25th August 2019, Sunday

E-budhabar
Header Right Side NTC Advertisement

नेकपामा विचार र कार्यशैलीमा सुधार



नेकपामा विचार र कार्यशैलीमा सुधार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा एकता र एकीकरणको काम ढिलो हुँदा सिंगो पार्टी पंक्तिमा ऊर्जा आउनुको सट्टा अनेक खालका र्चापरिचर्चा र टिप्पणी हुन थालेका छन् । खासगरी कम्युनिस्ट पार्टीमा जब विचारमा स्पष्टता हुन सक्दैन, संगठन र नेतृत्वको सही ढंगले व्यवस्थापन हँुदैन र सामूहिक सोच, दृष्टिकोणका साथ जनवादी केन्द्रीयताको अभ्यासका साथ पार्टीभित्र संस्थागत निर्णय गर्ने र निर्णय भएका विषयलाई निसर्त रूपमा लागू गरिँदैन, तब समस्या उत्पन्न हुन सुरु हुन्छ ।
भर्खरै एकीरकण भएको नेपाल कम्युनिस्ट पार्टीभित्र विचार, संगठन र कार्यशैलीलाई माक्र्सवादी लेनिनवादी दृष्टिकोण र लेनिनवाद संगठनात्मक सिद्धान्तको आलोकमा आत्मसात् गरिएको भए यस किसिमको अन्योल, चर्चा , परिचर्चा, आलोचना र टिप्पणी हँुदैनथ्यो भनेर पार्टी पंक्तिभित्रै चर्चा हुने गरेको छ । पहिलो समस्या, पार्टी एकीकरणको घोषणा त भयो तर पार्टीलाई विचारधारात्मक रूपमा दिशानिर्देश गर्ने राजनीतिक दस्तावेज सार्वजनिक हुन सकेन । वैचारिक दिशाबारे नेतापिच्चे भ्रम उत्पन्न हुने खालका अभिव्यक्ति सार्वजनिक भए । जुन पार्टी एकताको स्पिरिटविपरित थियो । भित्रभित्र पार्टीका भिन्नभिन्न विचार र कार्यशैलीका बीचमा बदलिएको परिस्थितिअनुरूप ‘कमन ग्राउन्ड’ निकालेर पार्टी एकताको घोषणा भएको जग जाहेर छ । आउने महाधिवेशनसम्म जनताको बहुदलीय जनवाद (जबज) र एक्काइसौं शताब्दीको जनवाद र माओवादलाई स्थगन गरेर पार्टीको राजनीतिक लक्ष्य वैज्ञानिक समाजवाद र कार्यनीतिक लक्ष्य समाजवाद उन्मुख जनताको जनवाद भनेर घोषणा भएको हो । तर यसको व्याख्या गरिएन । राजनीतिक प्रतिवेदनबाट यसको विस्तृत व्याख्या हुने भनेर एकीकरणको घोषाणा भयो । एकिकरणपछि गठन भएको कार्यदलले प्रतिवेदन तयार गरेर नेतृत्वसमक्ष बुझायो पनि तर १३ महिनासम्म त्यो सार्वजनिक नहुँदा ८÷९ लाख कार्यकर्ता जो ४०÷५० वर्षदेखि कम्युनिस्ट आन्दोलनमा विचार, सिद्धान्त र आदर्शबाट निर्देशित हुँदै आएका छन्, अहिले पार्टीको वैचारिक दस्तावेज नहुँदा पार्टीभित्र जुन वैचारिक शून्यता देखापरेको छ, यो निश्चय नै दुःखदायी विषय हो । जब पार्टीभित्र नेता–कार्यकर्ता विचारबाट दीक्षित हुँदैनन्, विचारमा बाँधिदैनन्, यसैबाट नै व्यक्तिवादी, अराजतावादी प्रवृत्ति र गतिविधि देखापर्छन् । यसैको परिणामस्वरूप पार्टीका केही नेता जबजको निरन्तरताको वकालत गर्दै छन् र यसको प्रत्युत्तरमा केही नेता माओवादी विचारको वकालत गर्दैछन् । यस्तो अभिव्यक्तिले पार्टी एकतालाई सार्थक बनाउन सक्दैन । तसर्थ यतिखेर, नेकपाभित्र विचारको प्रश्नलाई निरूपण गर्न शीघ्र कार्यदलले तयार गरेको राजनीतिक प्रतिवेदनलाई प्रकाशन गरि लाखौं कार्यकर्ताका बीचमा पु¥याउनुपर्छ । र, सँगसँगै राष्ट्रव्यापी रूपमा प्रशिक्षण कार्यक्रम गरेर कार्यकर्तालाई पार्टी एकताको महŒव र पार्टीका विचारहरूबारे सुस्पष्ट पार्नुपर्दछ ।
दोस्रो समस्या, संगठन र नेतृत्वको व्यवस्थापन हो । दुवै पार्टीको आधारभूत तहसम्मका कमिटी र जनसंगठनको सामाथ्र्यतता, नेतृत्वको वरिष्ठता, एकताको अपरिहार्यताका आधारमा निश्चित विधि र नीतिबाट समाधान गरिनुपथ्र्याे । तर, १३ महिनासम्म केन्द्रीय तहको नेतृत्वलाई जिम्मेवारी नदिइनु, पार्टी र सरकारलाई नीति निर्माणमा सहयोग पु¥याउन सक्ने विभागहरू गठन नगरिनु, केन्द्रीय कमिटी गठन भएयता एकपटक पनि बैठक आयोजना नगरिनु, काम र जिम्मेवारीविहीन हुँदा उच्च तहकै नेतृत्वले रोजगार भइयो भनेर सार्वजानिक अभिव्यक्ति दिने स्थिति पैदा हुनु दुःखको कुरा हो । एक व्यक्ति एक पद, पार्टीको मोर्चा र सरकारको मोर्चामा फरक फरक व्यक्तिले नेतृत्व गर्ने भन्ने वैधानिक मान्यता रहे पनि यी मान्यतालाई गम्भीर रूपमा ध्यान नदिएर निर्णय नगर्दा समस्या उत्पन्न भयो । एकै व्यक्तिले राजकीय पदको पनि नेतृत्व गर्ने र पार्टीको पनि कार्यकारी नेतृत्व लिनेगरी भएका निर्णयले नै समस्या उत्पन्न गरेको छ । पार्टी काम र सरकारको कामलाई अलगअलग ढंगले सम्पादन गरिएन र पार्टीभित्र चेक एन्ड ब्यालेन्सको पद्धतिलाई स्थापित गर्न सकिएन भने न त पार्टी काममा उत्कृष्टता आउँछ, न त सरकार सञ्चालनमा । कम्युनिस्ट पार्टीले पार्टी र सरकारवीचको स्पष्ट सम्बन्ध, सरकार सञ्चालनको विधि र नेतृत्वको विन्यास सही ढंगले गर्न नसक्दा अन्ततः समस्या उत्पन्न हुन्छन् । पार्टीले हरहमेसा सरकारलाई पार्टीका विचार, नीति, कार्यक्रम लागू गर्न निर्देशित गर्ने, सरकारका कामको अनुगमन गर्ने, समीक्षा र मूल्यांकन गर्न सकेन भने सरकारले गरेका राम्रा कामहरू सबै ओझेलमा पर्न थाल्छन् । प्रदेश र स्थानीय तहमा दुई वर्षदेखि नीति, कार्यक्रम र बजेटमार्फत विकासका गतिविधि सञ्चालन भएका छन् । थुप्रै राम्रा काम सम्पन्न भएका छन् । सँगसँगै गम्भीर प्रकृतिका आर्थिक अनुशासनहीनताका गतिविधि पनि बढ्दै गएको विषय सार्वजनिक भएको छ । प्रदेश र स्थानीय तहका सरकार सञ्चालन गर्न पनि पार्टी संयन्त्र निर्माण हुन सकेन । प्रदेश र स्थानीय तहका सरकारहरूलाई कसरी सञ्चालन गर्ने, के–कस्तो आचार–संहिता अवलम्बन गर्ने, जनप्रतिनिधिले पार्टी र जनताका बीचको सम्बन्धलाई कसरी व्यवस्थित गर्ने भन्ने सम्बन्धमा ठोस नीति र निर्देशन हुन सकेन । यसले गर्दा थुप्रै ठाउँमा जनप्रतिनिधिहरू व्यक्तिवादी र स्वच्छन्दवादी भएको टिप्पणी जनस्तरबाट भइरहेको छ । यस्तो अवस्थाको अन्त्य गरेर विधानबमोजिम पार्टी कामको आवश्यकताका आधारमा संगठन, संयन्त्र निर्माण गरेर उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारी प्रदान गर्नुपर्दछ । संगठनका सन्दर्भमा पार्टी सदस्यहरूको सदस्यतालाई नवीकरण गर्ने, तलदेखि माथिसम्म पार्टी सदस्यहरूको विवरण अपडेट गर्ने, पार्टीमा आकर्षित भएका हजारौं समर्थक र शुभचिन्तकहरूलाई संगठित गरेर टोलबस्तीसम्म एक टोल एक संगठनका आधारमा संगठन निर्माण र विस्तार गर्नुपर्छ । र, अब एकता र एकीकरण सँगै राष्ट्रव्यापी रूपमा संगठन सदृढीकरण र विस्तार अभियान सञ्चालन गरेर एकता महाधिवेशनको तयारी गर्नुपर्दछ ।
नेकपाभित्र अहिलेको कार्यशैलीले क्रान्तिकारी एवं परिवर्तनकारी कार्यशैलीलाई पक्रन सकेको छैन । पार्टीका बैठकहरू ढिलो आयोजना गर्ने, बैठकमा राष्ट्र र जनताका सरोकारका विषयमा गम्भीर ढंगले छलफल नहुने, पार्टीभित्र सरकारबाट गरिएका कामको मसिनो ढंगले समीक्षा नहुने खालका जुन समस्या देखिन्छन्, यसले कम्युनिस्ट पार्टीको संगठनात्मक पद्धतिलाई अंगीकार गर्न सकेको छैन । सरकारबाट प्रस्तुत गरिएका नागरिकता, मिडिया काउन्सिल, मानवअधिकार आयोग, निजामती सेवा, गुठीलगायत विधेयकहरू पार्टीभित्र तथा संसदीय दलभित्र सरोकारवालासँग छलपफल नभई कर्मचारी संयन्त्रले तयार पारेको मस्यौदा सोझै मन्त्रिपरिषद् हुँदै संसद्मा प्रस्तुत हुने र सडकबाट विधेयकको विषयलाई लिएर विरोध र आन्दोलन हुने तर पार्टी पंक्ति र नेतृत्वचाहिँ बेखबर बन्ने जुन शैली विकास हुँदै छ, यसमा सुधार नगर्ने हो भने यसले सरकारले अगाडि सारको नीति, कार्यक्रमलाई प्रभावकारी बनाउन चुनौती खडा हुने देखिन्छ । यस्तै सरकारबाट गरिने नियुक्तिहरूबारे पार्टीभित्र गहन अध्ययन विश्लेषण गरेर योग्य र विज्ञहरूलाई संस्थागत ढंगले नियुक्ति गर्ने परिपाटी बस्न सकेको छैन । पूर्वएमालेभित्र राज्यव्यवस्था विभागमा छलफल गरी विभागले सिफारिस गरेपछि मात्र पार्टीले निर्णय गर्ने जुन परिपाटी थियो, त्यसलाई आतमसात् गर्न सक्दा मात्र राज्य सञ्चालनका साथै कूटनीतिक क्षेत्रमा सक्षम, योग्य, विज्ञ व्यक्तिहरू छनोट हुने आधार तयार हुन्छ र सरकारका कामहरूमा प्रभावकारिता आउन सक्छ ।
नेकपाभित्र पार्टी एकता र एकीकरणको कामलाई व्यवस्थित गर्ने चीज भनेका पार्टी एकताको घोषणा गरिएको बेला जारी गरिएको घोषणापत्र, आन्तरिक सहमतिपत्र, पारित विधान र नियमावली नै हुन् । पार्टी एकतालाई व्यवस्थित गर्न, सरकारलाई सुव्यवस्थित ढंगले सञ्चालन गर्न र नेतृत्वलाई काम, जिम्मेवारी र हैसियत प्रदान गरेर नेतृत्वको व्यवस्थापन गर्न, पार्टी एकताको स्पिरिटबाट, विचार र सुस्पष्ट कार्यशैलीबाट निर्देशित हुँदै अगाडि बढ्दा पार्टी एकताबद्ध र सुदृढ भएर जान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

नेकपामा कुन नेतालाई के जिम्मेवारी ?

ShareTweet काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गत शनिबार र आइतबार बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय विभागहरूको प्रमुख तथा उपप्रमुख र जनवर्गीय संगठनका- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

निभ्यो समृद्ध ज्ञान–पुञ्ज

ShareTweet नेपाली भाषा, साहित्य, संस्कृति, दर्शन र पत्रकारिता जगत्का मनिषि मदनमणि दीक्षितको दुःखद अवसानले पूर्वीय दर्शन र चिन्तन परम्पराको क्षेत्रमा शून्यता प्रतीत- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

‘मित्रताको आकाश’मा इन्द्रधनुषी विम्ब

ShareTweet पूर्वरंग संस्कृत साहित्यको नीतिवचनमा एउटा भनाइ छ– संसार विषवृक्षस्य द्वेफले अमृतोपमे । काव्यामृत रसास्वाद संलाप सज्जनैः सह ।। नीतिवचन संग्रह ६।७ अर्थात्- ...
पूरा पढ्नुहोस्

छोटकरीमा