18th February 2020, Tuesday

E-budhabar
Header Right Side NTC Advertisement

नयाँ पम्प थप्ने बहानामा आर्थिक चलखेल

काठमाडौं । नेपाल आयल निगमले नयाँ पेट्रोलपम्प थप्ने बहानामा आर्थिक चलखेल सुरु गरेको छ । नयाँ पेट्रोलपम्प सञ्चालन गर्न देशभरबाट ९ सय ३९ आवेदन परेकोमा छनोटका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरू चलखेलमा लागेका हुन् । तर पम्पको अन्तिम स्वीकृति भने मन्त्रालयले नभई निगमले नै दिने गर्छ ।
त्यसैले निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल आफ्ना विभिन्न मान्छेहरूसँग गोप्य रूपमा पेट्रोलपम्प व्यवसायीहरूसंग भेटघाटमा व्यस्त रहने गरेको बताइन्छ । आयल निगमले १७ वैशाखमा सूचना गरी खुला गरेको नयाँ पम्पको लाइसेन्सका लागि आवेदन दिने म्याद १३ असारमा सकिएको छ ।
आयल निगमले नयाँ राजमार्ग, पहाडी क्षेत्र र स्थानीय तहलाई लक्षित गरी पम्पको लाइसेन्स खुला गरेको थियो । अब प्राप्त आवेदनको नयाँ मापदण्डअनुसार स्थलगत अध्ययन गरी पम्प सञ्चालनका लागि स्वीकृति दिने, नदिने विषयमा निर्णय गर्ने तयारी निगमको रहेको छ । तर बाहिर स्थलगत अध्ययन भने पनि भित्रभित्र आर्थिक चलखेल नै यसमा मुख्य कारण भएको बताइन्छ ।
आयल निगममा नयाँ कार्यकारी प्रमुख आएपछि पम्पको लाइसेन्स खुला गर्ने पुरानो प्रवृत्ति हो । यसपटकदेखि प्रत्येक ३ वर्षमा पम्पको लाइसेन्स खुलाउने मापदण्ड बनाइएको छ । काठमाडौं र ललितपुरमा एक रोपनी आठ आना, बजार क्षेत्रमा चार कट्ठा, पहाडी क्षेत्रको राजमार्गमा आठ कट्ठा र पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा १० कट्ठा क्षेत्रफलमा आवश्यक मापदण्ड पुरा भएमा पम्पका लागि स्वीकृत दिने सकिने उल्लेख छ ।
त्यस्तै, दुई पम्पबीचको दूरी कम्तीमा ३ सय मिटर हुनुपर्नेछ । यो मापदण्डका आधारमा नयाँ पम्पका लागि लाइसेन्स माग्ने आवेदकको पालैपालो स्थलगत निरीक्षण केही समयभित्रै सुरु हुने आयल निगमले जनाएको छ । एक इन्जिनियरसहितको दुई सदस्यीय टोलीले मापदण्डको क्षेत्र रहे, नरहेको हेरेर सात दिनभित्र प्रतिवेदन दिने र लाइसेन्स दिन ठीक भएको देखिए प्रतिवेदन आएको १५ दिनभित्र पम्प सञ्चालकलाई जानकारी दिने व्यवस्था छ ।
निगमबाट पम्प सञ्चालनको अनुमति पाएपछि सञ्चालकले ९० दिनभित्र स्थानीय तहको सिफारिसपत्र, कम्पनी दर्ताको प्रमाणपत्र, ट्राफिक वा प्रहरी कार्यालयको सिफारिसपत्र, विद्युत् प्राधिकरणको सिफारिस, स्वच्छ कारोबार गर्ने प्रतिबद्धतापत्र पेस गर्नुपर्छ ।
सबै कागजात बुझाएको ३० दिनभित्र धरौटीबापतको रकम (महानगर, उपमहागर र ठूला राजामार्ग क्षेत्रमा ८ लाख, नगरपालिकाभित्र ५ लाख, गाउँपालिकाभित्र ३ लाख र विकट हिमाली तथा पहाडी जिल्लामा दुई लाख) निगमको खातामा जम्मा गरिदिनुपर्छ । नमुना पम्प खोल्न चाहेको भए धरौटीबापत १० लाख रुपैयाँ बुझाउनुपर्छ । धरौटी रकम जम्मा भएको सात दिनभित्र निगमले पम्प सञ्चालक नियुक्त गरेको आशयपत्र दिन्छ । आशयपत्र पाएको एक वर्षभित्र तोकिएको पूर्वाधार तयार गरेर तेल वितरणका लागि पम्प ठिक्क पारेर निगमलाई जानकारी दिनुपर्छ । त्यसपछि निगमको तीन सदस्यीय उच्चस्तरीय टोलीले पूर्वाधारको अन्तिम निरीक्षण गर्नेछ । उक्त निरीक्षणमा सबै पूर्वाधार ठीक देखिए ९० दिनभित्र तेल खरिदका लागि सम्पर्क राख्न पम्प सञ्चालकलाई निगमले पत्राचार गर्नेछ । निगमको सोच भनेको हरेक स्थानीय तहमा नयाँ एउटा पम्प खोल्नुपर्छ भन्ने हिसाबले आवेदन माग गरेको बताइएको छ । त्यसैले कम्तीमा ५ सय नयाँ पम्पको लाइसेन्स वितरण हुनसक्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • सामान्यमा आफ्नै हात जगन्नाथ

    काठमाडौं । रोजेको आकर्षक ठाउँमा जाने इच्छा प्रायः सबै कर्मचारीको हुन्छ । कतिपय कर्मचारी त पहुँच नपुगेकै कारण वर्षौंदेखि दुर्गम र अनाकर्षक ठाउँमा बस्दै आएका छन् । वर्षौंदेखि घरपरिवारसँग टाढिएर बस्नुपरेको धेरै दर्दनाक पीडा छन् । तर, सामान्य प्रशासन मन्त्रालयमा बसेका केहीले भने आफ्नो सरुवा पनि भनेको ठाउँमा आफैंले गरेर...
  • हिमालयन बैंकमा होडबाजी

    काठमाडौं । हिमालयन बैंकमा राणा, श्रेष्ठ, खेतान र पाण्डे समूहबीचको विवाद उत्कर्षमा पुगेको छ । आज बुधबार हुने साधारणसभाबाट राणा र श्रेष्ठ समूहको एकाधिकार तोड्न खेतान समूह सक्रिय भएको छ । एन ट्रेडिड्र कम्पनी प्रालि झम्सिखेलका तर्फबाट अध्यक्ष बनेका मनोजबहादुर श्रेष्ठ र आभा इन्टरनेसनलन प्रालि थापाथलीका तर्फबाट बैंकका प्रमुख कार्यकारी...
  • खरिपाटीमा ‘कोरोना’को त्रास

    काठमाडौं । कोरोना भाइरसबाट संक्रमित मुलुक चीनबाट फर्काइने नागरिकलाई राख्न भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र छनोट गरिएसँगै कर्मचारीहरूमा आतंक मच्चिएको छ । चीनबाट फर्काइने नागरिकलाई राख्न तीनचार ठाउँबारे छलफल चले पनि अन्ततः खरिपाटीमा नै राख्ने टुंगोमा सरकार पुगेको हो । सो स्थान सुरक्षित रहेको हुँदा सरकारले क्वारेन्टाइन राख्ने...

चक्रपथ

फागुनबाट नेकपाको विशेष अभियान

पार्टी प्रवेश, ¥यालीदेखि जनसभभासम्मको योजना काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन १ बाट पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार विशेष अभियान सञ्चालन गर्ने भएको छ । खासगरी पाँचमहिने कार्ययोजनासहित बनेको विशेष अभियान मूल रूपमा तीन महिना विशेष रूपले सञ्चालन गर्ने नेकपाको तयारी छ । गत १९ माघमा सम्पन्न...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

ढुंगे युगतिर डोर्याउने धृष्टता

केही दिनपूर्व, प्रदर्शनीमार्गको एउटा पुस्तक पसलको दराजमा सजाइएको एउटा पुस्तकमा आँखा प¥यो, जुन पुस्तक एकजना विदेशी लेखकले लेखेका थिए र जसमा उनले नेपालका हिमालीदेखि अरु भूभाग घुम्दाका अनुभवलाई उतारेका थिए । हरेक पुस्तक किन्दा छुट लिने बानी नै परिसकेको हुँदा पुस्तक बिक्रेतालाई सोधें, ‘यो पुस्तक किन्दा कति छुट पाइन्छ ?’...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

फरक स्वरध्वनि

तीन दशकयता कविता–कर्म र साधनामै व्यस्त छन्, वीरु बाङ्देल । सिक्किमका बासिन्दा बाङ्देलले नेपाली भाषामा उम्दा काव्य सिर्जना गरेर पृथक पहिचान बनाउँदै आएका छन् । कवितालाई नै लेखनको मूल विषय बनाएका उनले आजको समाज र राजनीतिक परिस्थितिहरूको भित्री यथार्थको अभिव्यक्ति धेरै नै प्रभावशाली ढंगले पस्किँदै आएका छन् । उनको पछिल्लो...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • फोटोमा हारजितको फैसला

    काठमाडौं । ‘तपाईंहरू यही हुनुहुन्छ तर तपाईंहरूकै फोटो राजारानीको जस्तो गरी राखिएको छ । यो फोटो राख्ने सामान्तवादी प्रवृत्ति हो । राजावादी प्रवृत्ति भयो । यो फोटो निकाल्नुहोस्, यसपटक सक्नुहुन्न भने अर्कोपटक नराख्नुहोला ।’ नेकपा केन्द्रीय कमिटी बैठक चलिरह“दा केन्द्रीय सदस्य राजेन्द्र राईले उठेर यसरी कडा स्वरमा प्रतिवाद गरेपछि १५...
  • कुन पार्टीमा जालिन् शिवमाया ?

    काठमाडौं । कुनै हालतमा राजीनामा नदिने अडानमा रहेकी तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहम्फेले पार्टी केन्द्रीय सदस्यको हैसियतमा क्रियाशील हुने इच्छा व्यक्त गरेकी छन् । तत्कालीन सभामुख कृष्णबहादुर महराले गरेको गल्तीको सजाय आफूलाई दिन लागिएको भन्दै तुम्बाहाम्फेले आफूले गल्ती गरेको लिखित कारण पार्टीले दिनुपर्ने सर्त राखेकी थिइन् । सभामुखमा उम्मेद्वारी दिने...
  • वैदेशिक रोजगार पत्रकार समाजमा थापा

    काठमाडौं । वैदेशिक रोजगार पत्रकार समाजको साधारणसभाले हरिबहादुर थापाको अध्यक्षतामा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार राजधानीमा सम्पन्न समाजको साधारणसभाले मिडिया मिसनका सञ्चालक थापाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो । वैदेशिक रोजगार क्षेत्रमा कलम चलाउने सक्रिय सञ्चारकर्मीहरूको संस्थाका रूपमा समाज १० वर्षअघि स्थापना भएको हो ।...