काठमाडौं । एनआईसी एसिया बैंकले तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ को सत्रसयमा ३७औंं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । बैंकले सञ्चालनमा ल्याएको सो शाखारहित बैंकिङ सेवाको उद्घाटन आँबुखैरेनी गाउँपालिका–१ का वडाध्यक्ष किसान थापाले गरे । उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिका रूपमा सुशीला गुरुङलाई नियुक्त गरिएको छ ।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयवासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीयवासीलाई लामो दूरीसम्म हिँड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरूमा बैंकिङ कारोबारको विस्तार हुने विश्वास बैंकले लिएको छ ।
सो सेवाबाट स्थानीयवासीले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवाको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् । बैंकले हाल मुलुकभर २ सय ८५ शाखा कार्यालय, २ सय ९४ एटीएम, ४६ वटा एक्स्टेन्सन काउन्टर एवं ३७ वटा शाखारहित बैंकिङ एकाइमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
Leave a Reply