18th October 2019, Friday

E-budhabar
Header Right Side NTC Advertisement

टेलिकमले बाड्यो सिमकार्डसहित एन्ड्रोइड स्मार्टफोन



टेलिकमले बाड्यो सिमकार्डसहित एन्ड्रोइड स्मार्टफोन

काठमाडौं । विकट हिमाली क्षेत्रका साना बस्तीमा उपकरण ढुवानीका लागि मात्र पचासौं लाख खर्च गरी मोबाइल सेवा पु¥याएर होस् वा प्रविधिबाट वञ्चित दुर्गम क्षेत्रका विद्यालयलाई अत्याधुनिक प्रविधियुक्त उपकरणदेखि सञ्चार सेवा उपलब्ध गराएर होस् नेपाल टेलिकमले संस्थागत सामाजिक दायित्व निर्वाह गर्दै आएको छ । यसै क्रममा आज गत शुक्रबार कम्पनीले सुनसरीमा दृष्टिसम्बन्धी अपांगता भएका विद्यार्थीहरूलाई अध्ययन कार्यमा सहयोग पु¥याउने उद्देश्यले एन्ड्रोइड स्मार्टफोन सिमकार्डसहित वितरण गरेको छ ।
सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रममा दृष्टिसम्बन्धी अपांगता भएका कक्षा १२ र स्नातक अध्ययनरत विद्यार्थीहरूलाई सामसुङ ग्यालेक्सी एम–२० स्मार्टफोन उपलब्ध गराइएको हो । कम्पनीका तर्फबाट दूरसञ्चार कार्यालय इटहरीका प्रमुख उपप्रबन्धक ज्ञानेश दंगालले मोबाइल सेट हस्तान्तरण गरे । सो अवसरमा दंगालले मोबाइल सेट र उपलब्ध सञ्चार सुविधाहरूले विद्यार्थीहरूको पढाइमा सहयोग पु¥याउनुका साथै सहज जीवन यापनमा भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे । उनले विद्यार्थीहरूले ब्रान्ड एम्बेसडरको रूपमा रहेर कम्पनीको सेवाबारे जानकारी प्रवाह गर्ने विश्वास पनि व्यक्त गरे ।
कार्यक्रममा प्रमुख व्यावसायिक अधिकृतको कार्यालयका वरिष्ठ प्रशासकीय अधिकृत घनश्याम पाण्डेले सरकारको लगानी र राष्ट्रियताले ओतप्रोत कम्पनीका तर्फबाट गरिएको सानो सहयोगले दृष्टिसम्बन्धी अपांगता भएका विद्यार्थीहरूलाई सूचना प्रविधिमैत्री वातावरण प्रदान गर्न र थप योग्यता निर्माण गर्न सहयोग पुग्ने बताए । सो कार्यक्रमका लागि सहजकर्ताका रूपमा भूमिका निर्वाह गर्ने मैत्री समाज नेपालका अध्यक्ष प्रमेन्द्र ढकालले दृष्टिसम्बन्धी अपांगता भएका व्यक्तिहरूलाई नेपाल टेलिकमले सूचना प्रविधिमार्फत एउटा अवसरको सिर्जना गरिदिएको बताउँदै परीक्षणका रूपमा सहयोग प्रारम्भ गरेकोमा कम्पनीप्रति आभार प्रकट गरे । मोबाइल प्राप्त गर्नेे पदम ठटालले विभिन्न सेवासहितको मोबाइल प्राप्त गरेपछि एमपी थ्री बोक्नुपर्ने बाध्यता हटेको र अध्ययनका लागि प्रयोग गर्नुपर्ने विभिन्न एप्सहरू अब एउटै उच्च क्षमताको मोबाइलबाट प्रयोग गर्न सकिने भएकाले आफूहरूलाई निकै हौसला मिलेको बताए । उनी महेन्द्र बहूमुखी क्याम्पस धरानमा शिक्षा संकायतर्फ स्नातक चौथो वर्षका विद्यार्थी हुन् ।
‘आइसीटी फर द स्टुडेन्ट विथ भिजुअल डिसएबिलिटी’ कार्यक्रममार्फत प्रदेश १ मा सुनसरीको इटहरी र कर्णाली प्रदेशमा सुर्खेतको वीरेन्द्रनगरका विद्यार्थीहरूलाई सहयोग गर्ने कम्पनीको कार्यक्रम छ । यसअन्तर्गत आर्थिक एवं प्राविधिक रूपमा पछि परेका दृष्टिविहीन २० विद्यार्थीलाई कम्पनीको सिमकार्डसहित एन्ड्रोइड स्मार्टफोन उपलब्ध गराएर अत्याधुनिक सूचना प्रविधिमा आधारित अध्ययनको अवसर प्रदान गर्न लागिएको हो । विद्यार्थीहरूले कम्पनीले उपलब्ध गराएको विद्यार्थी अफरअन्तर्गतको सुविधा उपयोग गरी ६ महिनासम्म प्याकेज र एक वर्षसम्म बोनसको सुविधा उपयोग गर्न सक्नेछन् । अपांगता भएका व्यक्तिहरूका लागि कम्पनीले भ्वाइस सेवामा समेत विशेष सुविधा उपलब्ध गराइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

३ नम्बर प्रदेशमा संविधान दिवसको भव्य तयारीे

ShareTweet काठमाडौं । संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरू गर्ने भएको छ । सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

समान पीडा

ShareTweet शिव रेग्मीले सिंगो जीवन नेपाली भाषा–साहित्यको प्रवद्र्धनमा बिताए । भाषा–साहित्यसँग जोडिएका खोज–अनुसन्धानमूलक कार्यमा उनको गहिरो अभिरुचि रह्यो । त्यही- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

विसंगतिमाथि चोट

ShareTweet पोखराको साहित्यिक परिवेशमा भिजेका अधिकांश सर्जकहरूले मुक्तक विधामा कलम नचलाएका कमै दृष्टान्त होलान् । सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पगेनी ‘शिव’, रमेश श्रेष्ठलगायत- ...
पूरा पढ्नुहोस्

छोटकरीमा