18th October 2019, Friday

E-budhabar
Header Right Side NTC Advertisement

दबदबासामु लाचार



भारत तथा तेस्रो मुलुकबाट आयातित तरकारी तथा फलफूल अत्यधिक विषादीयुक्त पाइएपछि भन्सार बिन्दुमा विषादी परीक्षण गर्न सरकार अग्रसर देखियो । विषादीयुक्त तरकारी र फलफूलका साथै मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने इनर्जी पेय पदार्थमाथि प्रतिबन्ध लगाइयो । तर, निर्बाध रूपमा भित्रिइरहेको तरकारी, फलफूल र इनर्जीयुक्त पेय पदार्थमाथिको प्रतिबन्ध र परीक्षण अन्ततः सरकारका निम्ति भारी बन्यो । विषादी परीक्षण गर्ने टुंगो गरेको केही दिनपछि नै भारतीय पक्षसामु सरकार झुक्न पुग्यो र अहिले पूर्ववत् रूपमै विषादी परीक्षण नगरीकनै भारत तथा तेस्रो मुलुकबाट तरकारी, फलफूल भित्रिन थालेका छन् र इनर्जी पेय पदार्थमाथिको प्रतिबन्ध फुकुवा भएको छ ।
अत्यधिक विषादी प्रयोग गरेर भारतमा उत्पादन गरिएका तरकारी निर्बाध रूपमा नेपालीको भान्सामा छिरेपछि त्यसले जनस्वास्थ्यलाई असर पु¥याउने कुराप्रति सरकार सचेत रहेको संकेत मिलेको थियो । साथै, फलफूललाई अवधिभन्दा अगावै पकाउन र लामो समयसम्म राख्न त्यसमा पनि विषादीयजन्य औषधि प्रयोग गर्ने गरिएको पाइएपछि भन्सार नाकामा परीक्षण गर्न सरकार अग्रसर देखिएको थियो । इनर्जी पेय पदार्थले मानवस्वास्थ्यमा क्रमिक असर पु¥याउने र करोडौं रकम बिदेसिने भएको हुँदा आयातमा प्रतिबन्ध नै लगाइएको थियो । सरकारको यस्तो कदमलाई अधिकांश नेपालीले ‘साहसिक कदम’ भनी अथ्र्याइएको थियो । नेपाली जनताको स्वास्थ्यमाथि खुलेआम खेलबाड भइरहेकोमा सरकार उदासीन बन्न सक्दैनथ्यो र सरकारको निर्णयले स्याबासी पाउनु स्वाभाविकै थियो । अन्ततः भारतीय पक्षको दबाबसामु सरकार लाचार देखियो र भन्सार नाकामा विषादी परीक्षण गर्ने कार्य स्थगित गर्न पुग्यो ।
सरकारले विषादी परीक्षण स्थगित गरेपछि कतिपय सचेत नेपालीले भारतीय तरकारी तथा फलफूल बहिष्कार गर्न आह्वान पनि गरे । तर, त्यस्तो आह्वान व्यावहारिक भने देखिँदैन । सरकारले नै भन्सार नाकामा विषादी परीक्षण गर्न नचाहेपछि कुन तरकारी भारतबाट भित्रिएको हो, कुन नेपालमै उत्पादन भएको हो, आमउपभोक्ताले कसरी छुट्ट्याउने ? विषादीजन्य हो कि विषमुक्त हो ? आमउपभोक्ताले कसरी थाहा पाउने ? यस्तो जटिलता व्याप्त छ । तर, यो घटनाक्रमले भने हामीमाथि भारतीय दबदबा कतिसम्म हाबी रहेछ भन्ने कुराचाहिँ स्पष्ट भएको छ ।
नेपाल र भारतमा उत्पादित कृषिजन्य उत्पादनहरू लामो समयदेखि दुवै देशमा आयात–निर्यात हुँदै आएको छ । भारतमा उत्पादित तरकारी र फलफूलहरू नेपाल भित्रिन्छन् र नेपालमा उत्पादित तरकारी, फलफूल र जडीबुटीजन्य वस्तुहरू पनि भारतीय बजारमा जान्छन् । तर तीतो यथार्थ के छ भने भारतीय तरकारी तथा फलफूलहरू बिनापरीक्षण नै नेपालमा भित्रिन्छन् र आमउपभोक्ताहरू त्यस्ता उत्पादनहरू किन्न बाध्य छन् । तर, भारतमा भित्रिने चिया, अदुवा, अलैंची, गोलभेंडा र अन्य तरकारीहरूको कडा परीक्षण हुँदै आएको छ । अझ, कतिपय समयमा त नेपाली उत्पादनहरूले भारतीय प्रवेशमा झन्झट र कष्ट बेहोर्दै आएको छ । कहिले मूल्य घटाउने, कहिले भन्सार नाकामा नै रोक्नेजस्ता कार्यले नेपाली उत्पादनहरूले मार खेप्दै आएको छ । तर, पछिल्ला केही दिनलाई छाड्ने हो भने भारतीय उत्पादनहरू चाहे त्यो विषादीजन्य होस् वा नहोस्, भन्सार नाकामा एक दिन रोकिएको तथ्यांक छैन ।
विषादी परीक्षण स्थगित गर्ने सरकारको निर्णयप्रति आमउपभोक्ता असन्तुष्ट देखिएका छन् । तर, सरकार आफ्ना जनताको स्वास्थ्यप्रति गम्भीर र सचेत देखिएको हो भने स्वदेशमै पर्याप्त तरकारी, फलफूल उत्पादन गर्नेतिर प्रयत्न थालिनु जरुरी छ । अहिले भारत तथा तेस्रो मुलुकबाट अर्बौंको तरकारी तथा फलफूल आयात नगरी हुँदैन । स्वदेशमै पर्याप्त उत्पादन नहुने भएको हुँदा बाह्य देशहरूको भर पर्नुपर्ने बाध्यता छ । तर, सरकारले चाहने हो भने विशेष कार्यक्रम ल्याएर स्वदेशमै तरकारी तथा फलफूल उत्पादन गर्न किसानहरूलाई उत्प्रेरित गर्न सक्छ । अझ, किसानहरूलाई विषादीमुक्त र जैविक तरिकाले तरकारी तथा फलफूलहरू उत्पादन गर्न उत्प्रेरित पनि गर्न सक्छ । उचित मूल्य पाउने हो भने किसानहरू उत्पादन गर्नतिर अग्रसर हुन सक्छन् र नेपाली जनताले विषादीमुक्त तरकारी र फलफूल खान पाउनेछन् । यद्यपि, यी कार्यका निम्ति सरकारले नै अग्रसरता लिनुपर्छ । भारतको एउटा सानो प्रान्त सिक्किम सरकारले आफ्नो प्रान्तलाई अर्गानिक बनाउन जुन प्रयत्न ग¥यो र अन्ततः सफल पनि भयो । सरकारले चाहने हो भने नेपाललाई पनि अर्गानिक उत्पादनमूलक देशका रूपमा उभ्याउन सक्छ । त्यसका निम्ति सरकार प्रतिबद्ध देखिनु जरुरी हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

३ नम्बर प्रदेशमा संविधान दिवसको भव्य तयारीे

ShareTweet काठमाडौं । संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरू गर्ने भएको छ । सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

समान पीडा

ShareTweet शिव रेग्मीले सिंगो जीवन नेपाली भाषा–साहित्यको प्रवद्र्धनमा बिताए । भाषा–साहित्यसँग जोडिएका खोज–अनुसन्धानमूलक कार्यमा उनको गहिरो अभिरुचि रह्यो । त्यही- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

विसंगतिमाथि चोट

ShareTweet पोखराको साहित्यिक परिवेशमा भिजेका अधिकांश सर्जकहरूले मुक्तक विधामा कलम नचलाएका कमै दृष्टान्त होलान् । सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पगेनी ‘शिव’, रमेश श्रेष्ठलगायत- ...
पूरा पढ्नुहोस्

छोटकरीमा