25th August 2019, Sunday

E-budhabar
Header Right Side NTC Advertisement

शक्तिको छिनाछपटी अनिष्टको संकेत



शक्तिको छिनाछपटी अनिष्टको संकेत

लाग्छ, नेकपा विभाजनमा दवाफ बढ्न थालेको छ । त्यसो त प्रचण्ड बहुमतसहित नेकपा नेपाली राजनीतिमा जसरी उपस्थित भयो त्यसमा दुईवटा दबाब थिए । १. यस शक्तिको अघिल्तिर अस्थिरताको खेतीमा पल्केको शक्तिको अब हर्कत गर्ने आधार नभएको हुँदा ढुक्कसँग मुलुकको आर्थिक सामाजिक विकासप्रति बडो विश्वास, जसलाई सरकारले समृद्धिको नारामा समेटेको पनि हो । २. ‘कमी’हरूको शासनप्रति वैरभाव राख्ने बाह्य पक्ष, जतिसुकै खुसामद गरे पनि त्यो दाहिनो हुनेवाला थिएन । अलिक अघि भारतीय नाकाबन्दीमा प्रतिरोधको अगुवाइ गर्ने शक्ति नै नेकपाभित्रको रसायन हो भनेर नबुझ्ने कुरै भएन । त्यसैको बलमा नेकपाले निर्वाचनमार्फत शक्ति आर्जन पनि गरेको हो । त्यो शक्ति कति मुर्मुरिएको होला ?! जति आरती उतारे पनि कुनै काम छैन । राष्ट्रहरूका फगत स्वार्थ हुन्छन्, भावना होइन ।
पार्टीको आन्तरिक चुनौती आफ्नै ढंगको थियो । नेकपा दुइटा घटक, नेपाली कम्युनिस्ट आन्दोलनका दुई विराट घटक, एमाले र माओवादीको ‘एकताको घोषणा थियो पार्टी बनेको थिएन ।’ यो भयानक चुनौती भने थिएन । ¥याक एन्ड फायल जस्तोसुकै सेक्रिफाइस गर्न पनि मञ्जुर थियो । तर, पार्टीभित्रका शक्तिपीठ भविष्यको जोड घटाउ गर्न र आफ्नो पक्ष बलियो बनाउनमा भित्रभित्रै लागे । सुरुमै भीमकाय केन्द्रीय कमिटी र ठीकैको र सन्तुलित नै सचिवालय बनायो । समय घर्किंदै जाँदा केन्द्रीय कमिटी र त्यसको भीमकाय स्वरूप निर्णय निर्माणको व्यापकतम आयाम नभएर तुष्टीकरणका निम्ति भिराइएका फुली त होइनन् भनेर जोकोहीले लाख काट्न सक्छ । ती यस्ता जर्नेल भए, जसले युद्धको सामना त के परेड पनि खेल्नु थिएन । निर्णय प्रक्रिया साँघुरो घेरामा सीमित भयो । शासनको शैली पुरानोबाट उधारो लिएको जस्तो देखिन थाल्यो, नागरिक समाजले राज्य होइन राज्यले नागरिक समाज कज्याउने परिपाटीको छनक देखापर्न थाल्यो । अनि भने पार्टीले राज्य होइन, राज्यले पार्टी चलाउने, राजाले पञ्चायत चलाएजस्तो आभास हुन थाल्यो । यति भएपछि विरोधीहरूलाई खुँदो पल्टियो र ‘अधिनायकवाद’को आरोप लाञ्छित गर्न थाले । आफैंभित्र भने ‘जनवादी केन्द्रीयता’को हुर्मत । केही महिनाभित्र सकिनुपर्ने संगठनात्मक मिलान एकपछि अर्को गर्दै हलो अड्केको छ, अड्केको छ, वर्ष दिन बित्दा पनि अब कहिले तुरिने हो अझै ढुक्कले भन्न सकिने अवस्था छैन ।
यता केही समय शीर्ष तहका अभिव्यक्तिहरूको छनक निश्चय नै विस्मयकारी र उदेकलाग्दो छ । आपÞmू मुख खोल्दै जाने जो संस्थागत दायराबाट गुज्रनुनपर्ने, आधार भएर पनि त्यसमा बाँधिनुनपर्ने अनि ‘मातहत’का करियाझैं चुपचाप रहिरहलान् त ?! यसरी एक अर्काले पुनरुत्पादन गर्ने भनेको फगत भद्रगोल । शक्तिको यो छिनाझपटी, यसै भन्न सकिन्छ, अनिष्टकारी छ । अब यो लहरो धेरै लामो भएको छ र दुवै छेउमा तान्न भनेर बसेका हस्तीहरू आन्तरिक मात्रै होलान भनेर बस्नु यथार्थतापरक हुँदैन । यहीबेला प्रतिगमनका स्वरहरू चर्को सुनिन थालेका छन् । हुँदाहुँदा कांग्रेसका सभापति चुड्की बजाको भरमा दुई तिहाइ बहुमतको सरकार ढालिदिने उद्घोष गर्न भ्याइसकेका छन् । खिचडी पकाउनेहरू पकाइरहेका छन् । सबैले धमिलो पानीमा न माछा मार्ने हुन् । सच्चिन समय छ, तर इतिहासमा लालचले उत्पन्न गरेको संवेदनहीनता नराम्ररी दण्डित भएको छ । इतिहासको ऐनामा को–को कहाँ छन्, सबको अनुहार देखिने नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

नेकपामा कुन नेतालाई के जिम्मेवारी ?

ShareTweet काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गत शनिबार र आइतबार बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय विभागहरूको प्रमुख तथा उपप्रमुख र जनवर्गीय संगठनका- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

निभ्यो समृद्ध ज्ञान–पुञ्ज

ShareTweet नेपाली भाषा, साहित्य, संस्कृति, दर्शन र पत्रकारिता जगत्का मनिषि मदनमणि दीक्षितको दुःखद अवसानले पूर्वीय दर्शन र चिन्तन परम्पराको क्षेत्रमा शून्यता प्रतीत- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

‘मित्रताको आकाश’मा इन्द्रधनुषी विम्ब

ShareTweet पूर्वरंग संस्कृत साहित्यको नीतिवचनमा एउटा भनाइ छ– संसार विषवृक्षस्य द्वेफले अमृतोपमे । काव्यामृत रसास्वाद संलाप सज्जनैः सह ।। नीतिवचन संग्रह ६।७ अर्थात्- ...
पूरा पढ्नुहोस्

छोटकरीमा