20th November 2019, Wednesday

E-budhabar
Header Right Side NTC Advertisement

शुभलाभ नहुने भएपछि विकासविरोधी ?



शुभलाभ नहुने भएपछि विकासविरोधी ?

भक्तपुर जिल्लामा बग्ने मध्यपुर–थिमि र सूर्यबिनायक नगरपालिकाको सिमानाको रूपमा अवस्थित हनुमन्ते खोलाको सुन्दरनगर खण्ड विगत ८ वर्ष अगाडिदेखि चर्चाको विषय बन्दै आएको छ । यस क्षेत्रको हनुमन्ते खोलाको प्राकृतिक बहाव सार्न १२ पटकसम्म असफल प्रयास भएका छन् । विना अख्तियारी आपूmखुसी गरेको प्रयासको अन्तिम सृङ्खला २०७६ जेठ २८ गते पनि देखियो । खोलाको प्राकृतिक वहाव परिवर्तन विरूद्ध प्रहरी र जिल्ला प्रशासनमा बैठक, उच्च तहमा प्रतिनिधिमण्डल गई समस्या बोध गराउने कार्य, सर्बोच्च अदालतमा मुद्दा र सोको पेशी, सड्क अवरूद्ध गर्ने जस्ता थुप्रै घटना, परिघटना र आन्दोलन भए ।एउटै राजनैतिक आस्था र बिचार बोकेका जनप्रतिनिधि र जनताहरूसमेत खोलाको प्राकृतिक बहाव सार्नु पर्ने र सार्न नहुने खेमामा विभाजित भएको अवस्था देखिएको छ । यसरी कुनै विषयवस्तुमा मतविभाजन भएपछि सोको समाधान गर्नका लागि सम्बद्ध पक्षबाट हुनुपर्ने प्रयासहरू कहींकतैबाट भएको अनुभव छैन र थाहा पाएको पनि छैन । आपूmलाई उपयुक्त लागेको आधारमा बिचार प्रकट गर्ने र पक्षधरता प्रदर्शन गर्ने मानसिकता विकास भएको देखिएको छ । स्थानिय तह र संसदिय निर्वाचन पूर्व हामीबाट भएका प्रतिबद्धताहरूबाट बिमुख हुनु जनतालाई धोका दिनु र खोलाको प्राकृतिक बहाव फर्काएर आर्थिक लाभ लिन चाहनेहरूलाई सहयोग गर्नु हो भन्ने मान्यताले म यस क्षेत्रको स्थायी बासिन्दा, किसान र जनप्रतिनिधिको हैसियतले खोला फर्काउने कार्यको विपक्षमा आपूmलाई दृढतापूर्वक उभ्याउँदै आएको छु । खोला फर्काउन सक्दा शुभलाभ गर्न पाउनेहरूले म र म जस्तै विचार राख्नेहरू उपर विकास विरोधीको गलत आरोप लगाउँदै आएका छन् । ती आरोपहरूको खण्डन गर्दै निम्नलिखित बुँदाहरूका आधारमा सो सम्बन्धमा आफ्नो धारणा जनसमक्ष राख्न चाहन्छु ।
१. म स्थानिय किसान (साविक बालकुमारी कि.नं २६४,२६५,२७० समेत) लगायत मध्यपुर–थिमिको स्थायी बासिन्दा, विगत १४ वर्षदेखि सुन्दरनगरमा बस्दै आएको र सुन्दरनगर टोल सुधार समितिको संस्थापक अध्यक्ष समेत भएको छु । यसैले यस क्षेत्रको यस घटनाक्रमलाई गहिरोसँग अध्ययन गर्दै आएको छु ।
२. खोला सार्ने प्रयास किन हुँदैछ ? यो कार्य कुन कानुन अन्तर्गत हुन लागेको छ ? बिना कानुनी व्यवस्था कसरी सम्भव हुन्छ ? यसको आवश्यकता र औचित्य कसका लागि देखिन्छ ? यसबाट कसले लाभ प्राप्त गर्छ ? केही व्यक्तिहरू प्रहरी प्रशासन यन्त्रलाई दुरूपयोग गरी स्थानिय जनताको भावना विपरित खोला फर्काउने असफल प्रयास किन गर्दैछन् ? विगतमा यस समस्यामा स्थानिय जनताको पक्षमा अग्रीम पङ्तिमा रहेर साथ दिएका कारण जनमत प्राप्त गर्न सफल व्यक्तिहरू आज किन हिजोको अडान विपरितका कुरा गर्दैछन् ? कतै आफ्नो दुनो सोझ्याउने प्रयासमा त छैनन् ?
३. विद्यमान नेपालको कुनैपनि कानुनले खोला सार्न दिदैन । खोला सार्न नपाउने नमिल्ने, प्राकृतिक बहाव परिवर्तन नगरी यथास्थितिमा नै बहाव कायम गर्न दिने प्रावधान देखिन्छ । मनोहरा नदी सार्न खोज्दा सर्वोच्च अदालतले रोक लगाएको छ । यसैगरी स्थानिय सुन्दरनगरका किसानहरूले सर्वोच्च अदालतमा दिएको रिट निवेदनमा अन्तरिम आदेश दिइएको छ । खोला नसार्नु, नचलाई जस्ताको त्यस्तै राख्नु भन्ने आदेश आजको मितिसम्म कायमै छ ।
४. यस सन्दर्भमा समयको परिवर्तनसँगै भूमाफियाको चलखेल जारी छ तर रूपरङ्ग, चरित्र र पात्र बदलिन पुगेको देखिन्छ । हिजो खोला सार्न चाहेकाले जनताको तीब्र प्रतिरोधका कारण नसकेर वा असफल भएर छेउकुनामा पसेका छन् । एकथरी कुना पसेपछि सोही प्रवृत्ति बोकी नयाँ व्यक्तिहरू सो कार्यको बिँडो थाम्ने कुत्सित प्रयत्न गर्दैछन् । हिजो खोलाको बहाव परिवर्तनको विपक्षमा नेतृत्व गरेकाहरू आज हैसियत प्राप्त भएपछि कलम घुमाइ देशविदेशका बन्दकोठाहरूमा बैठक गरेर यस सन्दर्भमा हिजोका आफ्नै प्रतिवद्धता विरूद्ध आज मैनझै पग्लिएका छन् । अर्कोतर्फ निर्वाचन पश्चात् शक्ति प्राप्त भई हनुमन्ते खोलाको बहाव वर्तमान अवस्थामै कायम हुने विश्वासमा रहेका हनुमन्ते खोला सरोकार समिति र स्थानियहरू आज छाँगाबाट खसेजस्तो भई धोकेबाज र विश्वासघातीहरूलाई सरापी रहेका छन् ।

५. मिति २०७५ पुस ३० गतेसम्म खोलो सार्ने एकोहोरो प्रयासमा रहेकाहरूले आफ्नो दुश्प्रयास सफल हुने नदेखेपछि विकासको जामा पहि¥याएर मिति २०७६ जेठ २८ गतेदेखि खोला सार्ने विषय हनुमन्ते करिडोर निर्माणसँगै जोड्न ल्याएकोे छ । कहिँ नभएको जालझेल, नौटङ्की, अनधिकृत, गैरकानुनी र जबरजस्ती सर्वसाधारण जनतालाई भ्रममा पारेर नयाँ सकुनी चालका साथ खोलाको बहाव सार्न चाहने पक्ष सक्रिय देखिएको छ । खोलाको बहाव सार्न रोक्नेहरू विकास विरोधीको रूपमा दर्ज गर्ने प्रयास भएको छ । खोलाको बहाव यथावत हुनुपर्छ भन्ने पक्ष हनुमन्ते वरिपरी डुवान चाहने भनी चित्रण गरिएको छ । खोला सार्न नदिने पक्षलाई जनताले विकास विरोधीका रूपमा ठेगान लगाउने र अस्तित्व नामेट पार्ने धम्कीका स्याल हुईया चर्काइएको छ ।
६. राधेराधेदेखि विद्यमान खोला दायाँबायाँ करिडोर निर्माण गर्न हुने तर सुन्दरनगर पुगेपछि प्राकृतिक बहाव परिवर्तन गरेर मात्र करिडोर निर्माण कार्य अगाडि बढ्न खोज्नुको मनसाय घाम जतिकै छर्लङ्ग छ । खोलाको बहाव यथावत् राखी करिडोर निर्माणमा कसले व्यवधान सिर्जना गरेको छ ? विकासको नाममा फाइदा लुट्न खोज्ने तत्वहरू नै करिडोर नबन्नुका दोषि हुन् भनेर जनताले बुझ्न जरूरी देखिन्छ । त्यस्तै कुनै पनि नाममा सार्वजनिक जग्गालाई व्यक्तिकरण गर्ने प्रबृत्ति विरूद्ध एकजूट हुँदै सार्वजनिक जग्गा सुरक्षित गर्न प्रयत्नरत हुन पनि उतिकै जरूरी छ ।
७. करिडोर निर्माणपछि हनुमन्ते तट् डुवान नहुने भन्ने भनाइ व्यापक र चर्को स्वरमा सुनिएको छ । होस् त्यस्तै होस् म पनि त्यस्तै चाहन्छु यस्तो राम्रो र व्यापक प्रभावकारी सुरक्षा हुने कार्य किन अघि नबढाउने ? तर यसो गरिरहँदा स्थानिय जनताका अपेक्षा, हिजोका आफ्ना प्रतिबद्धता, प्रचलित नियम कानुन, सम्मानित सर्वोच्च अदालतको आदेशलाई मिचेर करिडोर निर्माण र विकासका नाममा आफ्नो कलुषित मनसाय कसैले पूरा गर्ने दुष्प्रयास कसैबाट नहोस् भन्ने कुरामा सबै सचेत हुनैपर्छ ।
डा राजेन्द्रमान श्रेष्ठ, सदस्य, ३ नं प्रदेश सभा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

अलपत्रै छाडियो कम्प्युटर ल्याब

ShareTweet काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अत्याधुनिक कम्प्युटर ल्याब राख्न देशभरिका करिब एक हजार विद्यालयसँग सम्झौता गरेको लामो समय बितिसक्दा पनि अझै काम- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

कति दुख्छ कालापानी ?

ShareTweet यतिबेला राष्ट्रवादी स्वरलहरी गुन्जिइरहेका छन्, सर्वत्र । युवापंक्ति सडकमा ओर्लिएका छन् । आवाज घन्काइरहेका छन्– ‘लिपुलेक हाम्रो हो ।’ नेपालको भूभाग एकपक्षीय- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

आफ्नै ठगी बुद्धिले रूपज्योति फन्दामा

ShareTweet काठमाडौं । अर्बौंको कारोबार भएका चर्चित व्यापारी रूपज्योति करोड चानचुनको ठगीमा परेका छन् । जग्गा बेच्न भन्दै विज्ञेन्द्र मल्लसँग एक करोड २६ लाख बैना लिएर- ...
पूरा पढ्नुहोस्

छोटकरीमा