‘अछुत जून’ र ‘मनको पहिरो’ एकसाथ लोकार्पण
काठमाडौं । कवि रुवि सत्यालको कविताकृति ‘अछुत जून‘ र मुक्तककार देवेन्द्र केसी देवुको मुक्तककृति ‘मनको पहिरो‘ एकसाथ लोकार्पण गरिएका छन् ।
लोकार्पित कृतिमाथि समालोचक महेश पौड्यालले आफ्नो भनाइ राख्दै रुबीका कवितामा विश्वजनिन चेतना, सामाजिक, राजनीतिक विचलन, मानवीय चेतना र व्यवहारमा ह्रासोन्मुख परिदृश्यको उद्घाटन गरिएको बताए । पौड्यालले देवुका मुक्तक समयको विम्ब रहेको र मुक्तकमा समकालीन जीवन भोगाइका चित्र समेटिएको उल्लेख गरे ।
लोकार्पण कार्यक्रममा साहित्यकार घनेन्द्र ओझाले देवुका मुक्तकमा समकालीन नेपाली समाजको चित्रण गरिएको धारणा राखे । ओझाले वर्तमानका थिति, बेथिति, आरोहअवरोह, दुःखसुख आदि मुक्तकका विषय बनेको उल्लेख गरे । रुबीका कवितामा मानवीय संवेदना र राष्ट्रप्रेम प्रबल रहेको ओझाको भनाइ थियो ।
कार्यक्रममा गीतकार संघका अध्यक्ष चूडामणि देवकोटा र साहित्यकार भोजराज घिमिरेले दुवै स्रष्टालाई बधाई तथा शुभकामना दिए । प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले दुवै स्रष्टाका रचनाको स्वर सामाजिक, राजनीतिक रूपान्तरण रहेको धारणा राखे । कार्यक्रम साहित्यकार डा. विष्णुराज आत्रेयको सभापतित्वमा सम्पन्न भएको थियो । मुक्तक कृति मनको पहिरो कन्दरा पब्लिकेसनले प्रकाशन गरेको हो भने अछूत जून कवितासंग्रह एडीबी पब्लिकेसनले बजारमा ल्याएको हो ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा
- अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
- मोफसलका ‘आँखा बा’
- भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर
- तस्वीरमा उहिलेको पोखरा
- एमालेसँग एक्लै चुनाव लडने तागत कसैसँग छैन : बिष्णु पौडेल
- एमसीसी स्वीकार्न अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ शुरु गरेको छ, प्रतिरोध गर्छौ : चीन
- देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुन्छ : प्रदीप ज्ञवाली
- एमालेले भारतलाई भन्यो-लिपुलेकमा सडक खन्ने बलमिच्याई रोक
- चुनावसम्म संसद अवरोध गरिरहन्छौं : ओली
- नयाँ ढङ्गले राजनीतिक यात्रा शुरु गर्छु : शेखर कोइराला
Leave a Reply