28th January 2020, Tuesday

E-budhabar
Header Right Side NTC Advertisement

तामाकोसीलाई अदालतको अंकुश

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सञ्चालक समितिले तत्काल पूर्णता नपाउने भएको छ । सञ्चालक बन्न इच्छुक एउटी उम्मेदवारले अदालतको ढोका ढक्ढक्याउन पुगेपछि त्यस्तो स्थिति सिर्जना हुन पुगेको हो ।
तामाकोसीको सञ्चालक समितिका लागि उम्मेदवार दिएकी गोसाई केसीले सर्वोच्च अदालतमा ‘सञ्चालक समितिमा अनिवार्य महिला प्रतिनिधि चाहिन्छ’ भन्दै मुद्दा दायर गरेकी थिइन् । नेपाल विद्युत् प्राधिकरणको पूर्वउपमहाप्रबन्धकसमेत रहेकी केसीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि केही दिनअघि अदालतले अन्तरिम आदेश जारी गरेको थियो । सो आदेशपछि तामाकोसीको सञ्चालक समितिमा महिलाको प्रतिनिधित्व गराउनुपर्ने अवस्था सिर्जना भएको छ । अदालतको अन्तरिम आदेशपछि असार ३१ गते तोकिएको साधारणसभाले पनि सञ्चालक समितिका लागि निर्वाचन गराउन नसकेको बताइन्छ । यसअघि असार ११ गते बोलाइएको साधारणसभा पनि स्थगित हुन पुगेको थियो । सो सभा सञ्चालकहरूको गणपूरक संख्या नपुगेको हुँदा स्थगित भएको थियो ।
तामाकोसीमा ११ जना सञ्चालक रहनेमा सेयरधनीका तर्फबाट चारजना चयन हुन बाँकी छ । यही असार ३१ गते हुने साधारणसभाबाट बाँकी सञ्चालकहरू छनोट गरेर सञ्चालक समितिलाई पूर्णता दिइने तय भएको थियो । तर, महिला उम्मेदवार केसीले मुद्दा दायर गरेर अदालतबाट अन्तरिम आदेश जारी भएपछि भने सञ्चालक समितिमा महिला प्रतिनिधिको निश्चितता नभएसम्म सञ्चालक समितिले पूर्णता नपाउने बताइन्छ । तर, अदालतको अन्तरिम आदेश पनि अस्पष्ट रहेको बताइन्छ । अदालतले अन्तरिम आदेश दिँदा महिला प्रतिनिधि चार जना सेयरधनीका तर्फबाट चयन गर्नुपर्ने हो वा पूरै ११ जना सञ्चालक समितिमध्येबाट चयन गर्नुपर्ने हो भन्ने स्पष्ट नभएको बताइन्छ ।
अहिले तामाकोसीमा प्राधिकरणबाट चार, कर्मचारी सञ्चय कोषबाट एक, नेपाल टेलिकम, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानबाट एक र स्वतन्त्र एकजनाका साथै सेयरधनीका तर्फबाट चारजना सञ्चालक समितिमा चयन हुने व्यवस्था रहेको छ । तामाकोसीमा प्राधिकरणको ४१, टेलिकमको ६, टेलिकमलगायतको दुई÷दुई र सर्वसाधारण, कर्मचारी र दोलखा जिल्लावासीको ४९ प्रतिशत सेयर रहेको छ ।
४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसीको सञ्चालक समितिमा जान धेरैजना इच्छुक देखिएका छन् । तर, अदालतमा मुद्दा दायर गर्ने प्राधिकरणकै पूर्वकर्मचारी केसीले भने आफूले चुनाव जित्ने अनिश्चित भएपछि सञ्चालकमा आउन महिला प्रतिनिधि अनिवार्य हुनुपर्ने कुरा उठाइएको बताइन्छ । प्राधिकरणका कर्मचारीद्वय विश्वनाथ शर्मा र लोकेन्द्र साउदले पनि सञ्चालकमा उम्मेदवारी दिएका छन् ।
सेयरका दलाल पोस्न बिग मर्जर ?
काठमाडौं । केही समययता नेपाल राष्ट्र बैंकले ठूला बैंकहरू बिग मर्जरमा जानुपर्ने कुरामा दबाब दिइरहेको छ । तर, बिग मर्जरमा जानेबित्तिकै वित्तीय संकटहरू हल भइहाल्छन् त ? यस्तो प्रश्न स्वाभाविक रूपमा उठेको छ ।
राष्ट्र बैंकले बिग मर्जरको कुरामा जोड दिएपछि दुई ठूला बैंकहरू मेघा र जनता मर्जरमा जाने सहमति भइसकेको छ । केही दिनअघि मात्रै यी ठूला बैंकहरू मर्जरमा जाने नीतिगत सहमति बनेको हो । तर, राष्ट्र बैंकले बिग मर्जरमा जोड दिए पनि त्यसले समग्र अर्थतन्त्रमा तात्विक असर नपार्ने बताइन्छ । राष्ट्र बैंकले २०६६ सालमा मर्जरको नीति ल्याएयता बैंक तथा वित्तीय संस्थाहरू मर्जरमा जाने क्रम बढेको हो । साढे तीन वर्षअघि राष्ट्र बैंकको गभर्नरमा डा. चिरञ्जीवि नेपाल नियुक्त भएलगत्तै बैंक तथा वित्तीय संस्थाहरूले पुँजी वृद्धि गर्नुपर्ने नीति ल्याएका थिए । त्यसमा वाणिज्य बैंकहरूले २ अर्बको पुँजीको सीमा बढाएर ८ अर्ब पु¥याउनुपर्ने तोकिएको थियो । करिब चार वर्षको अवधिमा अधिकांश बैंकहरूले पुँजी वृद्धि गरे पनि केही बैंकले भने गर्न सकेनन् ।
अहिले पनि केही ठूला बैंकहरूले सन्तोषजनक विजनेस गर्न सकिरहेका छैनन् । मेघा, जनता, कुमारी, बिओके, सेञ्चुरीलगायत १ दर्जन बैंकहरूले सन्तोषजनक विजनेस गर्न नसकेको बताइन्छ । यी बैंकहरूले बजारमा प्रतिस्पर्धा गर्न नसकेपछि र आफ्नो विजनेस विस्तार गर्न नसकेपछि यिनै बैंकहरूमा लगानी गर्ने लगानीकर्ताहरूको स्वार्थ पूरा गर्न अहिले बिग मर्जरको कुरा उठेको बताइन्छ ।
तर, बैंकहरूको बिग मर्जर हुनेबित्तिकै वित्तीय तरलता कम नहुने विज्ञहरूकै राय रहँदै आएको छ । पछिल्लो समय मच्चाइएको बिग मर्जरको हल्लाको पछाडि सेयर बजारका दलालहरूलई कमाउने धन्दा चलाइरहने आधार बनेको बताइन्छ । साथै, सेयर बजारका बादशाहहरूलाई पोस्नका निम्ति बिग मर्जरको कुरा उठाइएको बताइन थालिएको छ । बैंकहरू ठूला हुँदा बलिया हुन्छन् भन्ने मान्यताले पछिल्लो समय बिग मर्जरको कुरालाई तीव्र रूपमा उठाए पनि ठूला बैंक हुँदा जोखिम पनि त्यत्तिकै बढ्ने हुँदा बिग मर्जरमा जानुअघि धेरै छलफल गर्नुपर्ने विज्ञहरूले नै बताउन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • क–कसले जोगाए शिवराजलाई ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको निलम्बन–प्रकरण अन्ततः ‘हात्ती आयो, फुस्सा’ हुन पुगेको छ । वित्तीय अपचलन र अनियमितताको आरोप लगाएर निलम्बनमा परेका डेपुटी गभर्नर श्रेष्ठ कारबाही हुनबाट जोगिएका छन् । पदावधि सकिन केही समय मात्र बाँकी रहँदा डेपुटी गभर्नरमाथि गम्भीर प्रकृतिका आरोपहरू लागेको थियो र केही...
  • नाट्टामा चुनावी प्रतिस्पर्धा तीव्र

    काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् नाट्टालाई तीव्र चुनावी रन्को लागेको छ । यही माघ ३ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि हालका वरिष्ठ उपाध्यक्ष अच्यूत गुरागाईं, पूर्वमहासचिवद्वय भीमप्रसाद पन्त र मिहीका शाह धाख्वाले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । निर्वाचनमा तीन अलगअलग समूहले मनोनयन दर्ता...
  • नौ महिना बित्यो, छैन सुरसार

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलाई नौ महिनादेखि अड्किएर रहेको संघीय निजामती विधेयकलाई टुंगो लगाउनुपर्ने चुनौती उभिएको छ । मन्त्री भएलगत्तै सो विधेयकलाई अघि बढाउन पहल गरे पनि कर्मचारीहरूको विरोध र असन्तुष्टि रहेका कारण त्यत्तिकै थाती रहेको छ । केही दिनअघि संसदीय समितिमा बोलाइएका मन्त्री त्रिपाठीले ‘विधेयकबारे...

चक्रपथ

द्वन्द्वपीडित शिक्षकलाई राहत

काठमाडौं । द्वन्द्वकालीन समयमा पीडा झेलेका शिक्षकहरूले बल्ल राहत पाउने भएका छन् । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले सेवा अवधि बाँकी रहेका द्वन्द्वपीडित शिक्षकहरूलाई रिक्त दरबन्दीमा समायोजन गर्ने तयारी थालेको छ । द्वन्द्वपीडित शिक्षकहरूलाई रिक्त दरबन्दीमा समायोजन गर्ने विषयमा अर्थ मन्त्रालयले संकेत दिएपछि शिक्षा मन्त्रालयले सो प्रक्रियाको थालनी गरेको हो...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

कथित बाबा र साक्षीकर्ताहरू

धर्मको आड र आवरणमा अनैतिक क्रियाकलाप उद्घाटित हुने क्रम झन् बढ्दो छ÷फस्टाउँदो छ । पछिल्लो समय कृष्णदास गिरीको कर्तुत सहतमा उत्रिएसँगै धार्मिक टेकोमा हुँदै आएका शोषण, विकृति र व्यापार हामीकहाँ दिनानुदिन कसरी झाँगिदै गइरहेको रहेछ भन्ने स्पष्ट तस्बिर देखाउँछ । कथित बाबा वा धार्मिक गुरुहरूले सत्ता र शक्तिको आड र...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

वैचारिक ताप

निबन्ध विधालाई निरन्तर पछ्याउँदै रचना–कर्ममा निमग्न स्रष्टा हुन्, माधव काफ्ले । राजनीति, समाज र संस्कृतिलगायत क्षेत्रहरूमा देखिएका संगत–विसंगत पक्षहरूलाई उनले लेखन–कार्यमा समेट्दै आएका छन् । उनको पछिल्लो निबन्ध–कृति ‘लाक्षागृह’मा उनले पूर्ववर्ती दुई निबन्ध–सँगालो ‘लिगलिग कोट’ र ‘जीवन एउटा थोत्रो स्क्रिन’मा जस्तै आफू बाँचेको परिवेशका गहनदेखि सामान्य घटनाक्रमहरूलाई ‘नोटिस’ गर्न चाहेका...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • वैदेशिक रोजगार पत्रकार समाजमा थापा

    काठमाडौं । वैदेशिक रोजगार पत्रकार समाजको साधारणसभाले हरिबहादुर थापाको अध्यक्षतामा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार राजधानीमा सम्पन्न समाजको साधारणसभाले मिडिया मिसनका सञ्चालक थापाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो । वैदेशिक रोजगार क्षेत्रमा कलम चलाउने सक्रिय सञ्चारकर्मीहरूको संस्थाका रूपमा समाज १० वर्षअघि स्थापना भएको हो ।...
  • डिडिसीमा जिएमका लागि दौडधुप

    काठमाडौं । दुग्ध विकास संस्थानको महाप्रबन्धक पदका लागि दौडधुप सुरु भएको छ । सरकारले खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्ति गर्ने योजना अघि सारी आवेदन माग गरेपछि सो पदका लागि आकांक्षीहरूको दौडधुप चलेको हो । पछिल्लो सूचनाअनुसार संस्थानमा महाप्रबन्धक पदमा १० जनाले आवेदन दिएका छन् । आवेदन दिनेहरूमा शीतलकाजी श्रेष्ठ, बैकुण्ठ अधिकारी,...
  • यादव ‘आउट’, तुम्बाहाम्फे ‘इन’ !

    काठमाडौं । अन्ततः समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ । सो पार्टीबाट सरकारमा सहभागी उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले हिजै राजीनामा दिएका छन् । उपप्रधानमन्त्री यादवले सोमबारको मन्त्रीपरिषद् बैठकमा संविधान संशोधनसम्बन्धी प्रस्ताव टेबुल गर्न खोजे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेको भोलिपल्टै...