25th August 2019, Sunday

E-budhabar
Header Right Side NTC Advertisement

साउन पहिलो साता सरकारको नयाँ कार्ययोजना



काठमाडौं । सरकारले साउन पहिलो साताबाट आर्थिक वर्ष २०७६÷७७ को नयाँ कार्ययोजनासहित काम सुरु गर्ने भएको छ । अघिल्लो वर्षलाई कानुन र संरचना निर्माण गर्ने समृद्धिको आधार वर्ष तथा आजबाट सुरु भएको नयाँ आर्थिक वर्षबाट समृद्धिको यात्राका लागि सरकारले गेयर बदल्ने प्रधानमन्त्री केपी ओलीले घोषणा गर्दै आएका छन् । त्यसअनुसार नै ओलीले २४ वटै मन्त्रालयलाई प्राथमिकताका पुराना योजनालाई तीव्रता दिएर समयभित्रै सम्पन्न गर्ने र थप नयाँ योजनाहरू अघि बढाउने तयारीसहित कार्ययोजना पेस गर्न निर्देशन दिएको बताइएको छ ।
गत २६ र २७ असारमा अघिल्लो आर्थिक वर्षको समीक्षा सकिएकाले एक हप्ताभित्र नयाँ कार्ययोजनामा छलफल गरी पारित गर्ने सरकारको तयारी छ । ती कार्ययोजनालाई प्रधानमन्त्रीले सीधै एप्समार्फत नियमित रूपमा अनुगमन र मूल्यांंकन गर्दै आएका छन् । राष्ट्रिय गौरवका आयोजनालाई सीधै प्रधानमन्त्री कार्यालयबाट भिडियो कन्फरेन्समार्फत निर्देशन दिन सकिनेगरी एक्सन रुम पनि सञ्चालनमा आइसकेको छ । प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव विनोदबहादुर कुँवरले २४ वटै मन्त्रालयले साउन पहिलो साताभित्र नयाँ कार्ययोजना पेस गर्नेगरी काम गरिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

नेकपामा कुन नेतालाई के जिम्मेवारी ?

ShareTweet काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गत शनिबार र आइतबार बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय विभागहरूको प्रमुख तथा उपप्रमुख र जनवर्गीय संगठनका- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

निभ्यो समृद्ध ज्ञान–पुञ्ज

ShareTweet नेपाली भाषा, साहित्य, संस्कृति, दर्शन र पत्रकारिता जगत्का मनिषि मदनमणि दीक्षितको दुःखद अवसानले पूर्वीय दर्शन र चिन्तन परम्पराको क्षेत्रमा शून्यता प्रतीत- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

‘मित्रताको आकाश’मा इन्द्रधनुषी विम्ब

ShareTweet पूर्वरंग संस्कृत साहित्यको नीतिवचनमा एउटा भनाइ छ– संसार विषवृक्षस्य द्वेफले अमृतोपमे । काव्यामृत रसास्वाद संलाप सज्जनैः सह ।। नीतिवचन संग्रह ६।७ अर्थात्- ...
पूरा पढ्नुहोस्

छोटकरीमा