25th August 2019, Sunday

E-budhabar
Header Right Side NTC Advertisement

भ्रष्टाचारको अखडा बन्दै महानगर



काठमाडौं । ३० असार २०७६ मा काठमाडौं महानगरपालिका, सामाजिक विकास विभागका नायव सुब्बा (पाँचौं तह) का कृष्णप्रसाद सोती कार्यालय परिसर परिसर बबरमहलबाट अख्तियार दुरुपयोग अनुसन्धानको फन्दामा परे । १ लाख ७ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका परेका उनी कांग्रेसनिकट महानगर कर्मचारी एकाइ अध्यक्षसमेत हुन् ।
अख्तियारको टोलीले घुससहित नियन्त्रणमा लिएपछि सोती टोलीसँग जंगिए । उनले भने, ‘लेखा अधिकृतहरूलाई चाहिँ के हुन्छ ? हाकिमहरूलाई चै के हुन्छ ?’ लेखा अधिकृत र हाकिमहरूको आदेशअनुसार आफूले काम गरेको उनको दाबी थियो । उनले जंगिँदै भनेको लेखा अधिकृत हुन्, श्याम न्यौपाने । स्रोतका अनुसार १ लाख ७ हजार घुसका हकदार उनी पनि थिए । न्यौपानेले भुक्तानीबापतको चेक घुस पाएपछि मात्रै काट्ने गरेको भन्दै सोतीले न्यौपानेलाई समेत अख्तियारमा पोलेका छन् ।
स्रोतका अनुसार काठमाडौं महानगरपालिकाका हरेकजसो कामहरूमा कर्मचारीहरूले ‘हलो अड्काएर’ राख्ने गरेका छन् । सरकारले विभिन्न संघ, संस्था र प्रतिष्ठानहरूलाई दिने अनुदान रकम पनि महानगरमार्फत नै भुक्तानी हुने गरेको छ । हरेकजसो कार्यक्रम र काममा कम्तीमा ५ प्रतिशत रकम कर्मचारीहरूले माग्ने गरेका छन् । ५ प्रतिशत रकमको ग्यारेन्टी नभएसम्म काम नै नहुने सेवाग्राहीहरूको भनाइ छ । एक सेवाग्राहीले भने, ‘अन्तिममा लेखा अधिकृतले यसको कुरो मिलाउनुभयो त ? भनेर सोध्छन् । हजुर मिलाएँ भनेपछि मात्रै चेक काट्छन् । त्यो कुरा भनेको चाहिँ घुस रहेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

नेकपामा कुन नेतालाई के जिम्मेवारी ?

ShareTweet काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गत शनिबार र आइतबार बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय विभागहरूको प्रमुख तथा उपप्रमुख र जनवर्गीय संगठनका- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

निभ्यो समृद्ध ज्ञान–पुञ्ज

ShareTweet नेपाली भाषा, साहित्य, संस्कृति, दर्शन र पत्रकारिता जगत्का मनिषि मदनमणि दीक्षितको दुःखद अवसानले पूर्वीय दर्शन र चिन्तन परम्पराको क्षेत्रमा शून्यता प्रतीत- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

‘मित्रताको आकाश’मा इन्द्रधनुषी विम्ब

ShareTweet पूर्वरंग संस्कृत साहित्यको नीतिवचनमा एउटा भनाइ छ– संसार विषवृक्षस्य द्वेफले अमृतोपमे । काव्यामृत रसास्वाद संलाप सज्जनैः सह ।। नीतिवचन संग्रह ६।७ अर्थात्- ...
पूरा पढ्नुहोस्

छोटकरीमा