19th September 2019, Thursday

E-budhabar
Header Right Side NTC Advertisement

मन्त्रीको लोकप्रियता–मोहले कर्मचारीहरू तनावग्रस्त



काठमाडौं । आफू लोकप्रिय बन्नका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कदम चाल्दा एकजना सहसचिवले नराम्ररी तनाव झेल्नुपरेको छ । तनावकै कारण परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले मन्त्रीसमक्ष आफूलाई जिम्मेवारीमुक्त तुल्याउन अनुरोध गरेका छन् । डेढ वर्षअघि नियन्त्रक बनेर गएका अधिकारीले पछिल्लो समय भने मन्त्रीको दबाब झेल्न नसक्दा त्यस्तो अनुरोध गरेका हुन् ।
यो वर्षको एसईई परीक्षाको नतिजा आएपछि सी वा त्योभन्दा तल ग्रेड ल्याउने विद्यार्थीहरूले न्यूनतम दुई विषयमा मौका परीक्षा दिन पाउने टुंगो केही समयपूर्व परीक्षा बोर्डले गरेको थियो । त्यसका निम्ति परीक्षा नियन्त्रक कार्यालयले आगामी साउन २६ र २७ गतेका लागि रुटिनसमेत निकालेको थियो । पनिकाले रुटिन निकालेपछि मन्त्री पोखरेलले नियन्त्रक अधिकारीलाई ‘दुईवटा विषयको मात्र होइन, आठवटै विषयको मौका परीक्षा दिने व्यवस्था गर्नू, म मन्त्रालयबाट निर्णय गराउँछु’ भने । शिक्षामन्त्री स्वयंले ‘निर्णय गराउँछु’ भनेपछि पनिकाले मन्त्रीले भनेबमोजिम नै काम बढायो र आगामी भदौ १ गतेदेखि ११ गतेसम्म मौका परीक्षाका लागि सूचनासमेत निकाल्यो ।
तर एसईईमा दुईवटा विषयमा मात्र मौका परीक्षा दिने प्रचलनलाई तोडेर सबै आठवटै विषयमा मौका परीक्षा दिन पाउने गरिएपछि परीक्षा नियन्त्रक अधिकारी तनावमा परे । किनभने, मौका परीक्षाका निम्ति आठवटै विषयमा दिन पाइने भनिएपछि नियन्त्रक अधिकारी तनावमा परेका हुन् । भदौ १ गते आउन थोरै समय मात्र बाँकी रहेको हुँदा यो अवधिमा न त आठवटै विषयको प्रश्नपत्र छाप्न भ्याइन्छ न त उत्तरपुस्तिका नै छाप्ने समय पुग्छ । किनभने, यो वर्ष एसईई उत्तीर्ण हुनेमा सी वा सोभन्दा तल ग्रेड ल्याउनेहरू ३ लाख ६० हजार ६ सय विद्यार्थी छन् । त्यति ठूलो संख्याका विद्यार्थीले मौका परीक्षा दिन पाउने भएपछि प्रश्नपत्र र उत्तरपुस्तिका छाप्ने समयावधि नरहेको बताइन्छ ।
भदौको पहिलो सातामा एसईईको मौका परीक्षा भए पनि त्यसको नतिजा भने आगामी मंसिरयता नआउने बताइन्छ । मंसिरमा नतिजा आएपछि विद्यार्थीहरूले यो वर्ष कलेजमा भर्ना हुन पाउँदैनन् । विद्यार्थीहरूलाई मौका परीक्षा दिन पाउनुको अर्थ यही वर्षमा नै कलेजमा भर्ना हुन पाउने हेतुले गरिएको हो । तर, मंसिरयता नतिजा नआउने भएपछि सबै विषयमा मौका परीक्षा दिनुको अर्थ नरहने बताइन्छ । तर, शिक्षामन्त्री पोखरेलले आफू लोकप्रिय बन्न सबै विषयमा मौका परीक्षा दिन पाइने व्यवस्था गरेपछि पनिका र परीक्षा बोर्डका कर्मचारीहरू तनावमा परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

३ नम्बर प्रदेशमा संविधान दिवसको भव्य तयारीे

ShareTweet काठमाडौं । संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरू गर्ने भएको छ । सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सामाजिक मुद्दाहरूतिर उन्मुख

ShareTweet हामी वर्षौंदेखि जुन समाजमा भिजिरहेका छौं÷बाँचिरहेका छौं, त्यो समाजमा साहित्य, कला, सिनेमाजस्ता सिर्जना र अभिव्यक्तिका लागि अनेकानेक विषयहरू छन् । समाजका- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

विसंगतिमाथि चोट

ShareTweet पोखराको साहित्यिक परिवेशमा भिजेका अधिकांश सर्जकहरूले मुक्तक विधामा कलम नचलाएका कमै दृष्टान्त होलान् । सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पगेनी ‘शिव’, रमेश श्रेष्ठलगायत- ...
पूरा पढ्नुहोस्

छोटकरीमा