20th November 2019, Wednesday

E-budhabar
Header Right Side NTC Advertisement

नेकपा राजनीतिक प्रतिवेदनमाथि विहंगम दृष्टि



दुई ठूला कम्युनिस्ट पार्टीहरूको एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को राजनीतिक प्रतिवेदन करिब १३ मaहिना १० दिनपछि मात्र प्राप्त हुन सक्यो । अझै पार्टीका विभाग, आयोग, फाँट र सम्पर्क मञ्चहरू, भारत प्रवासको समेतको एकताको टुंगो लाग्न सकेको छैन । सबभन्दा ठूलो रस्साकस्सी पार्टी स्कुल विभाग कसलाई जिम्मा दिने भन्ने सवालमा केन्द्रित रह्यो । पार्टी स्कुल विभाग यति महŒवपूर्ण किन ठानियो ? यसैमा बढी केन्द्रित भएर पार्टी सचिवालयका बैठकहरूसमेत बारम्बार स्थगित भइरहनुले पनि यसमा अवश्य पनि केही कुराले काम गरेको हुनुपर्छ ।
सम्भवत ः संगठन विभाग र पार्टी स्कुल विभाग प्रत्यक्षतः कार्यकर्ताहरूसँग सरोकार राख्ने विभागहरू हुन् । कम्युनिस्ट पार्टीको संगठन विभागको काम भनेको संगठनबिना कुनै कम्युनिस्ट पार्टीको सदस्य नबनोस् यदि उसले पार्टीको सदस्यता लिएको छ भने त्यसले निश्चित रूपमा कुनै न कुनै संगठनमा आबद्ध हुनैपर्छ र कमिटीका तर्फबाट उसले कामको जिम्मा पाएको छछैन भन्ने विषयमा ध्यानकेन्द्रित गरेको हुन्छ । त्यस्तैगरी पार्टी स्कुल विभागले पनि पार्टीले लिएको सिद्धान्त, समाज परिवर्तनका लागि उसले गर्ने दीर्घकालीन र तात्कालिक विषयवस्तुको निक्र्योल गर्ने र पार्टी सदस्यहरूलाई विचारधारात्मक हिसाबले सचेत पार्ने सिद्धान्तनिष्ठ बनाउने, निरन्तर पार्टी शिक्षाका लागि पार्टी कक्षाहरू, पाठ्यक्रम निर्धारण र पाठ्यसामग्री उत्पादन गर्ने काम प्रमुख रहेको हुन्छ । कम्युनिस्ट पार्टीका सदस्यहरू र अन्य पार्टीका सदस्यहरूका बीचमा निश्चित रूपमा भिन्नता देखिनुपर्छ, सचेत प्रयत्नद्वारा सामाजिक परिवर्तनका लागि जनतालाई अभिपे्ररित र अग्रसर बनाउने काममा निरन्तर क्रियाशील बनाइरहनुपर्छ भन्ने कुरा पार्टी स्कुल विभागको मुख्य जिम्मेवारी हुन जान्छ । संस्कृति विभागहरूले पनि प्रगतिशील विचार दर्शनमा आधारित समाजको निर्माणमा योगदान गर्नुपर्छ । त्यसैअनुसारका योजना र प्रशिक्षणका विषयवस्तुहरू निर्धारित गर्न सक्छन् । यस्तै प्रकारका कार्यक्रमलाई विशिष्टीकृत स्वरूप प्रदान गर्न नै विभागहरूको गठन भएकाले र त्यसलाई व्यवस्थित र नियमित पार्न विभागहरू सञ्चालन गर्ने निश्चित प्रकारको नीति नियमहरूको पनि तर्जुमा गरिएको देखिन्छ । यी त थिए केही महŒवपूर्ण विभागका गतिविधि विषयका जानकारीहरू अब म बहुप्रतीक्षित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को राजनीतिक प्रतिवेदनमाथिको विहंगम दृष्टि यसरी प्रस्तुत गर्न चाहन्छु ।
राजनीतिक प्रतिवेदनको स्वरूप
प्रस्तुत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को राजनीतिक प्रतिवेदन ११ वटा मूल शीर्षकहरूमा विभाजित रहेको छ । त्यसको पहिलो अध्यायमा ‘वर्तमान विश्व परिस्थितिमा हामी कहाँ छौं र विश्वको गतिविधि कसरी अगाडि बढेको छ । यसको मूल प्रवृत्ति कस्तो छ र यसका मुख्य अन्तर्विरोधहरू के–कस्ता छन् भन्ने विषयमा प्रकाश पारिएको छ र विश्व परिस्थितिलाई बुझेर हामीले आफ्नो देशीय परिस्थितिबारे हामीले गर्ने नीति, विधान र कार्यक्रमको निर्धारण गर्न सक्नुपर्छ भनिएको छ । त्यस्तैगरी दोस्रो अध्यायमा वर्तमान नेपालको समग्र राष्ट्रिय परिस्थिति र नेपाली समाजको चरित्र, यसमा रहेको राष्ट्रिय परिस्थिति र नेपाली समाजको चरित्र, यसमा रहेको मार्ग अन्तर्विरोध आदिको समग्र रूपमा विश्लेषण गर्दै भनिएको छ– सामन्तवाद विघटन र पतन भएर समाज पुँजीवादी चरणमा प्रवेश गर्नु, संविधानसभाबाट संविधान निर्माण भएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र संस्थागत हुनु नेपाली जनता संवैधानिक र व्यावहारिक दुवै दृष्टिले सार्वभौम बन्नु बाह्य दबाब र हस्तक्षेपलाई अस्वीकार गर्दै नेपालले संविधान निर्माणलगायत आफ्ना आन्तरिक विषयहरूमा आफ्नो स्वतन्त्र निर्णय, राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई स्थापित गर्नु, निर्वाचनका माध्यमबाट संघीय, प्रादेशिक र स्थानीय तीनै तहमा वामपन्थी शक्तिहरू झन्डै दुई तिहाइ शक्तिका साथ नेतृत्वमा स्थापित हुनु र शान्तिपूर्ण तथा वैधानिक बाटोबाट समाजवाद निर्माणका आधारहरू बलियो बन्दै जानु यस नयाँ चरणका विशेषताका रूपमा रहेका छन् (पृ.७) यसैगरी राजनीतिक प्रतिवेदनको तेस्रो अध्यायमा नेपाली जनवादी क्रान्तिको चरित्र एवं समाजवाद उन्मुख कम्युनिस्ट आन्दोलनका शान्तिपूर्ण पूर्णधार र सशस्त्र आन्दोलनको धार जब एकीकृत रूपमा मिसिएर आयो यसले अनिवार्य रूपमा यसप्रकारको परिस्थिति सिर्जना गरिदिएको छ भन्ने विषयमा प्रतिवेदनमा भनिएको छ, ‘यसप्रकार नेपाली जनवादी क्रान्ति प्रक्रिया र सारतŒव दुवै हिसाबले मौलिक रहेको छ । संसदीय, गैरसंसदीय संघर्ष, माओवादी जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, शान्तिपूर्ण प्रक्रिया, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको मौलिक एवं विशिष्ट प्रक्रियाबाट नेपाली जनवादी क्रान्ति आधारभूत रूपले सम्पन्न भएको छ (पृ. १३) यसै अध्यायमा आधारभूत रूपमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भइसकेको र सामन्तवादको मूल राजनीतिक प्रतिनिधिका रूपमा रहेको राजतन्त्र समूल अन्त्य गरी गणतन्त्र संस्थागत भइरहेको परिपे्रक्ष्यमा राष्ट्र र यस पार्टीका सामु नयाँ–नयाँ खालका कार्यभारहरू थपिँदै गएका छन् भन्ने विषयका चर्चा रहेको छ । चौथो अध्यायमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मुख्य रणनीतिक लक्ष्य भनेको नेपाली समाजमा आधारभूत रूपले जनवादी क्रान्ति सम्पन्न भइसकेको र नेपाली समाज नयाँ समाजमा प्रवेश गरेर अगाडि बढ्न देशका सम्पूर्ण प्रगतिशील शक्ति र राष्ट्रवादी शक्तिलाई साथमा लिएर राष्ट्रिय पुँजीको निर्माण गर्नुका साथै वर्तमान अवस्थामा रहेको र दलाल नोकरशाही पुँजीवाद नै यतिबेलाका पुँजीवादको मूल प्रवृत्ति हुनाले त्यसको प्रभाव र वर्चस्वलाई समाप्त पार्दै राष्ट्रिय स्वाधीन अर्थतन्त्रको निर्माण गरेर परनिर्भरताबाट मुक्त पार्नु नै वर्तमान अवस्थाको मुख्य रणनीतिक लक्ष्य बन्न पुगेको अवस्था छ । सबभन्दा बढी यदि वर्तमान अवस्थामा समाज र राष्ट्रको शत्रुका रूपमा कुनै छ भने त्यो सबै क्षेत्रमा देखापरेको दलाल नोकरशाही पुँजीवाद नै बन्न पुगेको छ । यसको वर्चस्वलाई समाप्त पार्ने काम जनवादी क्रान्ति सम्पन्न गर्ने कामभन्दा पनि अत्यन्त कठिन काम बन्नेछ तर पनि यससँग नजुधी या यसलाई परास्त नगरीकन कुनै हालतमा समाजवादी ध्येयमा पुग्न सकिँदैन भन्ने विषयमा नै जोड दिइएको छ । पाँचौं अध्यायमा नेपालको वर्तमान विशिष्ट अवस्थामा अपनाउनुपर्ने राजनीतिक कार्यदिशाबारे चर्चा गरिनुका साथै मूल कार्यदिशा के–कस्तो हुनुपर्ने भन्ने विषयमा उक्त प्रतिवेदनमा भनिएको छ, वर्तमान समयमा नै हामी समाजवादमा संक्रमण वा रूपान्तरण गर्ने, समाजवादी कार्यक्रम लागू गर्ने, समाजवाद निर्माण गरिहाल्ने र समाजवादी क्रान्ति सम्पन्न गर्ने तहमा पुगिसकेका छैनौं । वर्तमान अवस्थामा प्रगतिशील उत्पादक शक्तिको विकास कमजोर रहेको, राष्ट्रिय पुँजी र स्वाधीन अर्थतन्त्रको विकास भइनसकेको, मुलुक अत्याधिक परनिर्भरताबाट गुज्रिरहेको लगायतका कारणहरूले गर्दा अहिले नै समाजवाद निर्माणका निम्ति उत्पादनलगायत अन्य भौतिक आधार खडा भएको छैन । (पृ. २१) उत्पादक शक्तिको पर्याप्त विकास र त्यसको उत्पादन सम्बन्धसँग पर्याप्त रूपमा अनुकूलता नहुनु पनि एक प्रकारले ठूलो अवरोध हो । यसलाई अन्त्य गर्दासम्म कुनै समाजको परिवर्तन सम्भव हुँदैन । यद्यपि, उत्पादन सम्बन्धको एउटा पक्षमा प्रगतिशील शक्तिको वर्चस्व रहे पनि त्यसको अर्को महŒवपूर्ण बाटो अर्थतन्त्र आदिमा उही पुरानै सामन्तवाद वा अवशेषहरू र दलाल नोकरशाही पुँजीवादकै बोलवाला भएको हुनाले पनि प्रगतिशील शक्तिलाई काम गर्न नदिने, उनीहरूलाई भ्रष्टीकरण गरिदिने, बदनाम गराउने, नचाहिँदा बखेडाहरू झिकेर गतिरोध खडा गर्ने, कहिले धर्म र संस्कृतिका नामबाट कहिले जातीयता र क्षेत्रीयताका आधारबाट काम गर्न नदिने शक्तिसँगको अन्तर्विरोध पनि उत्तिकै कायमै छ । यस्तो परिस्थिति नै अहिलेको विशिष्टि परिस्थिति हो र यसमा नेकपा चुक्नुहुँदैन र अत्यन्त सतर्कताका साथ बुद्धिमत्तापूर्ण तरिकाले परिस्थितिको सामना गर्न पनि अग्रसर हुनुपर्छ भन्ने विषयमा जोड दिनुपर्ने कुरा बताइएको छ । छैटौं अध्यायमा तात्कालिक राजनीतिक कार्यभारका विषयमा चर्चा गरिएको छ भने सातौं अध्यायमा नेपालका अन्य राजनीतिक शक्तिको प्रतिनिधित्व गर्ने पार्टीहरूका विषयमा चर्चा गरिएको छ । जसमा नेपाली कांगे्रस मूलतः दलाल नोकरशाही पुँजीवादकै अधिकांश रूपमा प्रतिनिधित्व गर्ने पार्टी हो र तर पनि विगतमा लोकतन्त्र बहालीका लागि उसले खेलेको भूमिकालाई भने हेक्का राख्नुपर्दछ । स्वयं नेपाल कम्युनिस्ट पार्टी के हो ? यसले कुन कुन वर्गको प्रतिनिधित्व गर्छ भन्ने सम्बन्धमा पनि सविस्तार चर्चा गरिएको छ । अन्य पार्टीहरूमा तराई–मधेसकेन्द्रित पार्टीहरू, अन्य साना–साना कम्युनिस्ट पार्टीहरू र राप्रपा समेतको चर्चा गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीका बारेमा यसरी भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाली सर्वहारा श्रमजीवी वर्गको राजनीतिक प्रतिनिधि हो । यसले वर्गीय तथा सामाजिक उत्पीडनमा परेका सबै उत्पीडित वर्ग, समुदाय र देशभक्त शक्तिहरू एवं आमजनसमुदायको हितको समेत प्रतिनिधित्व गर्दछ । यसले राष्ट्रिय पुँजीपति वर्गको हितको पनि रक्षा गर्दछ, यसको मुख्य मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हो । (पृ. २५)
यसै राजनीतिक प्रतिवेदनको आठौं अध्यायमा नेपाली कम्युनिस्ट आन्दोलनको गौरवशाली परम्पराका विषयमा चर्चा गर्दै पहिलो कुरा नेपालमा आजभन्दा ६८ वर्ष पहिले नेकपाको स्थापना हुनु नै महŒवपूर्ण कुरा थियो भने त्यसपछि कम्युनिस्ट पार्टीका गौरवशाली ६८ वर्षका विषयमा चर्चा गरिएको छ र त्यसपछि पूर्वनेकपा (एमाले) र पूर्वनेकपा (माओवादी केन्द्र) यी दुई पार्टीको एकीकरण जस्तो महान् कार्यका विषयमा चर्चा गरिएको छ । यी दुई पार्टीहरू केका आधारमा एकीकृत हुन गए, त्यसका सैद्धान्तिक आधार र अडानहरू के के थिए भन्ने विषयमा चर्चा गरिएको छ । नवौं अध्यायमा अबको पार्टी कस्तो प्रकारको हुनुपर्ने र त्यसको संगठनात्मक सिद्धान्तका रूपमा विस्तृत चर्चा गरिएको छ भने दसौं अध्यायमा आर्थिक–सामाजिक रूपान्तरणका विषयमा विस्तृत चर्चा र कार्यक्रम नै प्रस्तुत भएको छ । एघारौं अध्यायमा आगामी कार्यभारका विषयमा बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

अलपत्रै छाडियो कम्प्युटर ल्याब

ShareTweet काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अत्याधुनिक कम्प्युटर ल्याब राख्न देशभरिका करिब एक हजार विद्यालयसँग सम्झौता गरेको लामो समय बितिसक्दा पनि अझै काम- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

कति दुख्छ कालापानी ?

ShareTweet यतिबेला राष्ट्रवादी स्वरलहरी गुन्जिइरहेका छन्, सर्वत्र । युवापंक्ति सडकमा ओर्लिएका छन् । आवाज घन्काइरहेका छन्– ‘लिपुलेक हाम्रो हो ।’ नेपालको भूभाग एकपक्षीय- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

आफ्नै ठगी बुद्धिले रूपज्योति फन्दामा

ShareTweet काठमाडौं । अर्बौंको कारोबार भएका चर्चित व्यापारी रूपज्योति करोड चानचुनको ठगीमा परेका छन् । जग्गा बेच्न भन्दै विज्ञेन्द्र मल्लसँग एक करोड २६ लाख बैना लिएर- ...
पूरा पढ्नुहोस्

छोटकरीमा