25th August 2019, Sunday

E-budhabar
Header Right Side NTC Advertisement

ओली सिंगापुर जाँदै, प्रचण्ड दुबई भ्रमणमा



काठमाडौं । प्रधानमन्त्री केपी ओली नियमित स्वास्थ्य परीक्षणको सिलसिलामा सिंगापुर जाने भएका छन् । गत शनिबार वीरेन्द्र सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गरेका ओलीलाई चिकित्सकहरूले थप परीक्षण गर्न सुझाव दिएपछि उनी १८ साउनमा त्यसतर्फ प्रस्थान गर्ने तयारीमा रहेको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ । स्वास्थ्य परीक्षणमा पहिलेभन्दा सन्तोषजनक अवस्था नरहेको बताइए पनि चिकित्सकहरूले खुलाएका छैनन् ।
२०६३ सालमा प्रधानमन्त्री ओलीको थाइल्यान्डको बैंककमा मिर्गाैला ट्रान्सप्लान्ट गरेका थिए । त्यसयता उनले कहिले थाइल्यान्ड कहिले सिंगापुर र दिल्लीमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन् । सोमबारको सचिवालय बैठकमा उनले लामो समयदेखि स्वास्थ्य परीक्षण नगराएकाले उपयुक्त समय मिलाएर एक हप्ताका लागि सिंगापुर जान लागेको नेताहरूलाई जानकारी गराएका छन् । उनी २५ गते स्वदेश फर्किनेछन् ।
ओली स्वास्थ्य परीक्षणको सिलसिलामा सिंगापुर जाने तयारीमा रहेको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । त्यस्तै, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि निजी भ्रमणको सिलसिलामा मंगलबार दुबई प्रस्थान गरेका छन् । उनीसहित श्रीमती सीता, छोरी र नातिनीहरू पनि भ्रमण दलमा छन् । चारदिने भ्रमणपछि उनी फर्किने निकट स्रोतले जनाएको छ । दुवै अध्यक्षको विदेश भ्रमणका कारण पनि २९ साउनसम्मका लागि बैठक स्थगित भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

नेकपामा कुन नेतालाई के जिम्मेवारी ?

ShareTweet काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गत शनिबार र आइतबार बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय विभागहरूको प्रमुख तथा उपप्रमुख र जनवर्गीय संगठनका- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

निभ्यो समृद्ध ज्ञान–पुञ्ज

ShareTweet नेपाली भाषा, साहित्य, संस्कृति, दर्शन र पत्रकारिता जगत्का मनिषि मदनमणि दीक्षितको दुःखद अवसानले पूर्वीय दर्शन र चिन्तन परम्पराको क्षेत्रमा शून्यता प्रतीत- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

‘मित्रताको आकाश’मा इन्द्रधनुषी विम्ब

ShareTweet पूर्वरंग संस्कृत साहित्यको नीतिवचनमा एउटा भनाइ छ– संसार विषवृक्षस्य द्वेफले अमृतोपमे । काव्यामृत रसास्वाद संलाप सज्जनैः सह ।। नीतिवचन संग्रह ६।७ अर्थात्- ...
पूरा पढ्नुहोस्

छोटकरीमा