28th January 2020, Tuesday

E-budhabar
Header Right Side NTC Advertisement

व्यापारी रूपज्योतिको ठगी

काठमाडौं । चर्चित व्यापारिक घराना रूपज्योति समूहले घरजग्गा कारोबारमा गम्भीर ठगी गरेको प्रमाण फेला परेको छ । काठमाडौं महानगरपालिका–३ बाँसबारीस्थित आवासीय घरहरू बनाई बिक्री गर्दा बैना लिएर पनि हक हस्तान्तरण नगरेको भन्दै पीडितले अदालत गुहारेपछि ज्योति समूहको ठगी प्रकरण बाहिर आएको हो ।
काठमाडौं महानगरपालिका–४ बालुवाटार बस्ने विज्ञेन्द्र कृष्ण मल्ललाई आवासीय घरहरू बनाउने प्लट नम्बर १९ को जग्गा बैना लिएर दुई वर्षमा बनाउने सहमति भएको थियो । तर, सहमतिविपरीत चार वर्षसम्म बैना लिएको जग्गामा न त घर बन्यो न त जग्गाको हक हस्तान्तरण भयो ।
ज्योति गु्रपले आफूलाई ठगी गरेको थाहा पाएपछि घर किन्ने विज्ञेन्द्रकृष्ण मल्लले कानुनी उपचारको बाटो खोज्न थाले । रूपज्योतिद्वारा सञ्चालित ज्योति एन्ड कम्पनी प्रालिका सञ्चालकसमेतको जग्गामा ल्यान्डमार्क डेभलपर्स प्रालिले काठमाडौं महानगरपालिका–३ का आवासीय घरहरू बनाई बिक्री–वितरण गर्नेगरी निर्माण गर्ने सहमति भएको थियो । घरहरू निर्माण हुने भएपछि इच्छुक खरिदकर्ताहरूलाई खरिद गर्न २०७१ वैशाखमा आह्वान गरिएको थियो ।
काठमाडौं महानगरपालिका–३ जग्गामध्ये १९ नम्बर प्लटको ०–६–३–२.१६ को कायम भएको र यसको मूल्य २ करोड १४ लाख १९ हजार ७ सय ५० रुपैयाँ कायम गरिएको थियो । बुकिङका लागि विज्ञापनमा बुकिङ गर्दा १० लाख रुपैयाँ दिनुपर्ने र बाँकी राजीनामा पारित गरिदिने समयमा लिने दिने, सो प्लटमा दुवै पक्षको आपसी सहमतिमा घरको डिजाइन गरी दुई वर्षभित्र घरजग्गा हस्तान्तरण गर्ने विश्वासमा विज्ञेन्द्रकृष्ण मल्ल ल्यान्डमार्क डेभलपर्स प्रालिका शम्भुप्रसाद फुयाँललाई बुकिङ रकम बैना बुझाइएको थियो । फुयाँलले यो क्षेत्रका सबै प्लटको यसरी नै बैना लिएर घर निर्माण गरेर सुम्पेका थिए । बैनापछि उक्त जग्गामा घर निर्माण गर्नुपर्ने भएकाले थप रकमको आवश्यकता भएको भन्दै विश्वास दिलाएपछि पूर्ववत् सहमति र विज्ञापनमा नभनिएको भन्दा माथि उठेर १ करोड २६ लाख ७५ हजार फेरि बुझाए विज्ञेन्द्रकृष्ण मल्लले । सो प्लटमा घर बनाई दुई वर्षमा घर दिनुपर्नेमा सो जग्गामा घर नबनाई बसेपछि मल्लले पटक–पटक भेटी रूपज्योति र ल्यान्डमार्क डेभलपर्ससँग गुनासो राखेको उनी बताउँछन् । कहिले नक्साको डिजाइन फाइनल हुन बाँकी त कहिले ठेकेदारसँगको सहमति हुन बाँकी भएको भन्दै आलटाल गरिरहेको मल्लको गुनासो छ ।
चार वर्ष बितिसक्दा पनि घर निर्माण गरी नगरेपछि र हक हस्तान्तरणसमेत नभएपछि विज्ञेन्द्रकृष्ण मल्ल आफू अन्यायमा परेको भन्दै गुनासो गर्दै हिँडेका थिए । रूपज्योतिले आफू नेपालको सबैभन्दा धनाढ्य व्यापारी भएको र धेरै हल्ला गरे ठीक गरिदिनेसम्मको धम्की दिएपछि आफू उजुरी दिन बाध्य भएको उनले बताए । यसरी रूपज्योतिले आफ्नो जग्गामा ल्यान्डमार्कलाईसमेत झुक्याएर ठगी गरेको यकिन भएको हुँदा विपक्षीहरूलाई कारबाहीको माग गरी मुद्दासमेत दायर भएको छ । रूपज्योति ग्रुपले ठगी गरिसकेपछि मुद्दाबाट बच्न सर्वोच्च अदालतलाई समेत गुमराहमा राखी तथ्य लुकाएर देवानी प्रकृतिको भन्दै अदालत पुगेको बताइएको छ ।
अरू जग्गामा घर बनाउन सहमति शम्भुप्रसाद फुयाँललाई दिने तर १९ नम्बर प्लट मात्रै बैना हुँदा आफूलाई अनविज्ञ भएको र बेच्न नचाहेको दाबी गरेको छ । तर २०७१ सालमा भएको विज्ञापनमा प्रस्टसँग फुयाँलसँग कारोबार गर्न सकिने खुलाइएको छ । फुयाँलले उच्च अदालतमा ज्योति ग्रुपको बदमासीका कारण समस्या भएको र विज्ञेन्द्रकृष्ण मल्ललाई अन्याय परेको बताएका छन् । फुयाँलले कम्पनीले ती सबै जग्गामा घर बनाएर बेच्ने गरी बैना गर्न अधिकार दिएको अदालतमा स्विकारेका छन् । यो मुद्दा देवानी प्रकृतिको भएकाले ठगी हुन सक्दैन, यसलाई देवानीअन्तर्गत चलाउनुपर्छ भन्दै अदालतलाई प्रभाव पारेपछि समस्या उत्पन्न भएको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • क–कसले जोगाए शिवराजलाई ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको निलम्बन–प्रकरण अन्ततः ‘हात्ती आयो, फुस्सा’ हुन पुगेको छ । वित्तीय अपचलन र अनियमितताको आरोप लगाएर निलम्बनमा परेका डेपुटी गभर्नर श्रेष्ठ कारबाही हुनबाट जोगिएका छन् । पदावधि सकिन केही समय मात्र बाँकी रहँदा डेपुटी गभर्नरमाथि गम्भीर प्रकृतिका आरोपहरू लागेको थियो र केही...
  • नाट्टामा चुनावी प्रतिस्पर्धा तीव्र

    काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् नाट्टालाई तीव्र चुनावी रन्को लागेको छ । यही माघ ३ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि हालका वरिष्ठ उपाध्यक्ष अच्यूत गुरागाईं, पूर्वमहासचिवद्वय भीमप्रसाद पन्त र मिहीका शाह धाख्वाले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । निर्वाचनमा तीन अलगअलग समूहले मनोनयन दर्ता...
  • नौ महिना बित्यो, छैन सुरसार

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलाई नौ महिनादेखि अड्किएर रहेको संघीय निजामती विधेयकलाई टुंगो लगाउनुपर्ने चुनौती उभिएको छ । मन्त्री भएलगत्तै सो विधेयकलाई अघि बढाउन पहल गरे पनि कर्मचारीहरूको विरोध र असन्तुष्टि रहेका कारण त्यत्तिकै थाती रहेको छ । केही दिनअघि संसदीय समितिमा बोलाइएका मन्त्री त्रिपाठीले ‘विधेयकबारे...

चक्रपथ

द्वन्द्वपीडित शिक्षकलाई राहत

काठमाडौं । द्वन्द्वकालीन समयमा पीडा झेलेका शिक्षकहरूले बल्ल राहत पाउने भएका छन् । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले सेवा अवधि बाँकी रहेका द्वन्द्वपीडित शिक्षकहरूलाई रिक्त दरबन्दीमा समायोजन गर्ने तयारी थालेको छ । द्वन्द्वपीडित शिक्षकहरूलाई रिक्त दरबन्दीमा समायोजन गर्ने विषयमा अर्थ मन्त्रालयले संकेत दिएपछि शिक्षा मन्त्रालयले सो प्रक्रियाको थालनी गरेको हो...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

कथित बाबा र साक्षीकर्ताहरू

धर्मको आड र आवरणमा अनैतिक क्रियाकलाप उद्घाटित हुने क्रम झन् बढ्दो छ÷फस्टाउँदो छ । पछिल्लो समय कृष्णदास गिरीको कर्तुत सहतमा उत्रिएसँगै धार्मिक टेकोमा हुँदै आएका शोषण, विकृति र व्यापार हामीकहाँ दिनानुदिन कसरी झाँगिदै गइरहेको रहेछ भन्ने स्पष्ट तस्बिर देखाउँछ । कथित बाबा वा धार्मिक गुरुहरूले सत्ता र शक्तिको आड र...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

वैचारिक ताप

निबन्ध विधालाई निरन्तर पछ्याउँदै रचना–कर्ममा निमग्न स्रष्टा हुन्, माधव काफ्ले । राजनीति, समाज र संस्कृतिलगायत क्षेत्रहरूमा देखिएका संगत–विसंगत पक्षहरूलाई उनले लेखन–कार्यमा समेट्दै आएका छन् । उनको पछिल्लो निबन्ध–कृति ‘लाक्षागृह’मा उनले पूर्ववर्ती दुई निबन्ध–सँगालो ‘लिगलिग कोट’ र ‘जीवन एउटा थोत्रो स्क्रिन’मा जस्तै आफू बाँचेको परिवेशका गहनदेखि सामान्य घटनाक्रमहरूलाई ‘नोटिस’ गर्न चाहेका...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • वैदेशिक रोजगार पत्रकार समाजमा थापा

    काठमाडौं । वैदेशिक रोजगार पत्रकार समाजको साधारणसभाले हरिबहादुर थापाको अध्यक्षतामा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार राजधानीमा सम्पन्न समाजको साधारणसभाले मिडिया मिसनका सञ्चालक थापाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो । वैदेशिक रोजगार क्षेत्रमा कलम चलाउने सक्रिय सञ्चारकर्मीहरूको संस्थाका रूपमा समाज १० वर्षअघि स्थापना भएको हो ।...
  • डिडिसीमा जिएमका लागि दौडधुप

    काठमाडौं । दुग्ध विकास संस्थानको महाप्रबन्धक पदका लागि दौडधुप सुरु भएको छ । सरकारले खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्ति गर्ने योजना अघि सारी आवेदन माग गरेपछि सो पदका लागि आकांक्षीहरूको दौडधुप चलेको हो । पछिल्लो सूचनाअनुसार संस्थानमा महाप्रबन्धक पदमा १० जनाले आवेदन दिएका छन् । आवेदन दिनेहरूमा शीतलकाजी श्रेष्ठ, बैकुण्ठ अधिकारी,...
  • यादव ‘आउट’, तुम्बाहाम्फे ‘इन’ !

    काठमाडौं । अन्ततः समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ । सो पार्टीबाट सरकारमा सहभागी उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले हिजै राजीनामा दिएका छन् । उपप्रधानमन्त्री यादवले सोमबारको मन्त्रीपरिषद् बैठकमा संविधान संशोधनसम्बन्धी प्रस्ताव टेबुल गर्न खोजे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेको भोलिपल्टै...