17th November 2019, Sunday

E-budhabar
Header Right Side NTC Advertisement

महावाणिज्य दूतका लागि दौडधुप



काठमाडौं । केही स्थानमा महावाणिज्य दूत रिक्त भएसँगै त्यसमा नियुक्तिका लागि नेपाल सरकारका सहसचिवहरूबीच दौडादौड चलेको छ । महावाणिज्य दूतका लागि परराष्ट्र मन्त्रालयमार्फत गएको सिफारिस मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि यसको टुंगो हुनेछ ।
आवासीय सुविधासहितको आकर्षक पद भएकाले सो पदमा जान धेरैले खुट्टा उचालिरहेको र त्यसका लागि विभिन्न राजनीतिक शक्तिकेन्द्रहरू धाइरहेको बताइन्छ । सरकारले नयाँ दिल्लीका लागि महावाणिज्यदूत रहेका कृष्णहरि पुष्करलाई फिर्ता बोलाइसकेको छ । सो स्थानमा जान अहिले राष्ट्रपति कार्यालयमा कार्यरत सहसचिव छवीन्द्र पराजुली, परराष्ट्र मन्त्रालयका सहसचिव नीता पोखरेल र यसअघि काठमाडौं महानगरपालिकाका कार्यकारी र अध्यागमन विभागका महानिर्देशक रहिसकेका ईश्वर पौडेललगायतले दौडधुप गरिरहेका छन् ।
पराजुलीले राष्ट्रपति विदादेवी भण्डारीको पावर लगाइरहेको बुझिएको छ । पौडेलले भने नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मार्फत नै प्रधानमन्त्री ओलीलाई यस विषयमा फोन गराउन भ्याइसकेको बताइएको छ । दबाबका बीच प्रधामन्त्री ओलीसमेत अन्योलमा परेको बुझिएको छ । अहिले पौडेल यस दौडमा अग्रपंक्तिमा रहेको बताइएको छ । अधिकांश समय कांग्रेसनिकट भएर काम गरेका र ऐनमौकामा माओवादीसित समेत सन्तुलनको सम्बन्ध कायम गरेका कारण अहिले पौडेल आफू प्रचण्डको पावरले सो पदमा पुग्नेमा ढुक्क छन् । तर उनी त्यस्तो विवादित पात्र हुन्, जसले महानगरको कार्यकारी हुँदा विवादास्पद निर्णय गरी टुँडिखेलमा भेटवाल कम्पनीलाई सटर बनाउन दिने निर्णयमा सदर गरेका थिए ।
सोही प्रकरणमा विवादमा आएपछि तत्कालीन महाशाखा प्रमुख ज्ञानेन्द्र कार्की अहिले मन्त्रालय तानिएका छन् तर तिनै ज्ञानेन्द्रसँग सेटिङ मिलाएर सो विवादस्पद निर्णयमा सही गर्ने पौडेल भने यदि पुरस्कृत भए भने त्यो इमानदार कर्मचारीहरूको चित्तदुखाइको विषय बन्ने बताइन्छ ।
३३ किलो सुन काण्डको छानबिन समितिमा रहेर राजनीतिक संरक्षणमा रहेका दीपक मलहोत्राजस्ता सुन तस्करलाई शक्तिकेन्द्रको दबाबमा सुनपानी छर्कनसमेत पौडेलले मद्दत गरेको उनीमाथि गम्भीर आरोप छ । सरकारले कलकत्ता, हङकङ, गोन्जाओ, दिल्लीलगायतका स्थानमा महावाणिज्य दूत पठाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

अलपत्रै छाडियो कम्प्युटर ल्याब

ShareTweet काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अत्याधुनिक कम्प्युटर ल्याब राख्न देशभरिका करिब एक हजार विद्यालयसँग सम्झौता गरेको लामो समय बितिसक्दा पनि अझै काम- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

कति दुख्छ कालापानी ?

ShareTweet यतिबेला राष्ट्रवादी स्वरलहरी गुन्जिइरहेका छन्, सर्वत्र । युवापंक्ति सडकमा ओर्लिएका छन् । आवाज घन्काइरहेका छन्– ‘लिपुलेक हाम्रो हो ।’ नेपालको भूभाग एकपक्षीय- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

आफ्नै ठगी बुद्धिले रूपज्योति फन्दामा

ShareTweet काठमाडौं । अर्बौंको कारोबार भएका चर्चित व्यापारी रूपज्योति करोड चानचुनको ठगीमा परेका छन् । जग्गा बेच्न भन्दै विज्ञेन्द्र मल्लसँग एक करोड २६ लाख बैना लिएर- ...
पूरा पढ्नुहोस्

छोटकरीमा