4th July 2020, Saturday

E-budhabar
Header Right Side NTC Advertisement

एसपीसहित २ सय ५६ को जागिर चट

काठमाडौं । नेपाल प्रहरीले गत आर्थिक वर्षमा एसपीदेखि कार्यालय सहायकसम्म गरि २ सय ५६ जनालाई सेवाबाट हटाएको छ । गत वर्ष भ्रष्टाचारसहितका गम्भीर गल्ती गर्ने मध्ये २४९ लाई सेवाबाट हटाइएको र सातजनालाई बर्खास्त गरेको हो । यसरी सेवाबाट हटाइएकामा एक एसपी, दुई इन्स्पेक्टर, पाँच सई, ११ असई, २४ हवल्दार, १ सय ९५ जवान र ११ जना कार्यालय सहयोगी छन् । त्यस्तै, एकएकजना असई र सई, दुई हवल्दार, दुई जवान र एक कार्यालय सहयोगीलाई बर्खास्त गरिएको छ । त्यसअघि आव २०७४÷७५ मा २ सय ८० प्रहरी यस्तो कारबाहीमा परेका थिए ।
सेवाबाट हटाइएका सबैभन्दा माथिल्ला अधिकारीमा कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट छन् । निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा चरम लापरबाही गरेको आरोपमा सरकारले उनी र इन्स्पेक्टर जगदीश भट्टलाई सेवाबाट हटाएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार गत आर्थिक वर्षमा १ हजार ८ सय प्रहरीमाथि विभागीय कारबाही भएको छ । बर्खास्त र नोकरीबाट हटाइएका बाहेक १ हजार ५ सय ४४ माथि अन्य कारबाही भएको हो । प्रहरीका विभागीय कारबाहीमा घटुवा, ग्रेड घटुवा, ग्रेड रोक्का, पदोन्नति रोक्का, नसियत, निलम्बनलगायत रहेका छन् । विभागीय कारबाहीमा पर्नेमा दुई एसएसपी र तीन एसपी छन । त्यस्तै, दुई डिएसपी, १९ इन्स्पेक्टर, ७१ सई, एक सय ३८ असई, तीन सय ५९ हवल्दार, १ हजार १ सय ८३ जवान र २३ कार्यालय सहयोगी छन् । धेरैमाथि नसियतको कारबाही भएको छ ।
प्रहरी नियमावलीमा नैतिक पतन हुने काम गरे, भ्रष्टाचारमा दोषी ठहर भए, अन्य देशको स्थायी बसोबासको अनुमतिपत्र लिएको वा आवेदन दिएको पाइए र प्रहरीको विशेष अदालतबाट दोषी ठहर भएका प्रहरी बर्खास्त हुने व्यवस्था छ । त्यस्तै, पदीय जिम्मेवारीमा लापरबाही गरे, बारम्बार आचरण उल्लंघन गरे, ड्युटीमा मादक पदार्थ सेवन गरे, पटकपटक अनुशासनहीन काम गरे, राजनीतिमा भाग लिए, बिदा स्वीकृतबिना ४५ दिनभन्दा लामो समय हाजिर नभए, फौजदारी कसुरमा दोषी ठहर भए सेवाबाट हटाउन सकिने नियमावलीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • प्रदेश प्रमुखकसँग राष्ट्रपति रुष्ट

    काठमाडौं । संवैधानिक भूमिका र पदीय मर्यादालाई बिर्सिंदै राजनीतिक दलका प्रमुखको निवासमा पुगेर मागपत्र पेस गरेको सूचना पाएपछि राष्ट्रपति विद्या भण्डारी प्रदेश प्रमुखहरूसँग रुष्ट भएकी छन् । प्रदेश प्रमुखहरूको त्यस्तो कदमले लज्जाबोध गराएको भन्दै संविधानविद्ले चिन्ता व्यक्त गरेका छन् भने आमनागरिकसमेत आक्रोशित भएका छन् । प्रसंग गत २ गतेको हो...
  • रोकिएन हायातको मनपरी

    काठमाडौं । २७ वर्षअघि अर्थात् २०४९ सालदेखि आफूखुुसी गर्दै आएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको मनपरी अझै रोकिएको छ । होटलले फेरि आफूखुसी सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गराउने चलखेल सुरु गरेको छ । घाटा देखाउँदै नेपाल सरकारको लगानी ३९.६७ प्रतिशतबाट घटेर ९.०१ प्रतिशत घटाएको हायातले फेरि चलखेल सुरु गरेको हो...
  • दलाली गर्दै, पुरस्कार दिँदै

    काठमाडौं । साहित्यका नाममा दलाली गर्नेहरूको हामीकहाँ कमी छैन । लामो समयदेखि विभिन्न शक्तिकेन्द्र र व्यक्तिहरूलाई प्रभावमा पारेर साहित्यकै नाममा दलाली गर्दै आएको नइ प्रकाशनले राखेका विभिन्न पुरस्कारहरूको स्रोतहरू के हुन् भन्नेचाहिँ अहिलेसम्म गुपचुप नै देखिन्छ । नरेन्द्रराज प्रसार्इं र इन्दिरा प्रसाईंले दुई दशकअघि स्थापना गरेको नइ प्रकाशनले हरेक व्यवस्था...

चक्रपथ

बीजकोयाका हाकिमको यो हर्कत

काठमाडौं । प्रजनन पिँढी बीजकोया स्रोत केन्द्र बन्दीपुर तनहुँका हाकिम शंकरप्रसाद न्यौपानेको चर्तिकलाले सीमा नाघेको छ । अवकाशको केही महिना बाँकी रहँदा वरिष्ठ बाली संरक्षण अधिकृतको हैसियतमा रहेका उनले अनियमिता र भ्रष्टाचारको शृंखला नै चलाएको भन्दै सर्वत्र गुनासो आएको छ । माहुरी, च्याउ, रेशम खेतीलगायत बालीको विकास, विस्तार र अनुसन्धानसमेतको...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

‘गीता’ को राजनीति

कुनै वैचारिक मुद्दाका आधारमा नभई व्यक्तिगत टकरावको उत्पत्ति हुँदा विभाजनको पीडा झेल्ने नेपालका सीमित राजनीतिक दलमा पूर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले बदनामी कमाउँदै आएको छ । विभाजन र एकताको अनेक अभ्यास गरिसकेको सो पार्टी पछिल्लो समय फेरि एकताको सूत्रमा बाँधिएको छ । पछिल्लो समय तीन समूहमा विभाजित राप्रपा केही दिनपूर्व...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

फरक स्वरध्वनि

तीन दशकयता कविता–कर्म र साधनामै व्यस्त छन्, वीरु बाङ्देल । सिक्किमका बासिन्दा बाङ्देलले नेपाली भाषामा उम्दा काव्य सिर्जना गरेर पृथक पहिचान बनाउँदै आएका छन् । कवितालाई नै लेखनको मूल विषय बनाएका उनले आजको समाज र राजनीतिक परिस्थितिहरूको भित्री यथार्थको अभिव्यक्ति धेरै नै प्रभावशाली ढंगले पस्किँदै आएका छन् । उनको पछिल्लो...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • चिरायुको कर्जा फाइल किन गायब ?

    काठमाडौं । पदीय दुरुपयोगको चरम नमुना हेर्नुपरे नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले आफू पदमा रहँदा गरेका अनियमित कार्यहरू हेरे पुग्छ । विगतमा आफूले गरेका अनियमित कार्यहरूबाट सफाइ पाएको दाबी सिवाकोटीले गरे पनि कतिपय कसुरमा भने उनीमाथि कारबाही भएको छैन । डेपुटी गभर्नर भएपछि सिवाकोटीले चिरायु अस्पतालको कर्जा प्रवाह...
  • म्याट्रेस खरिदको १५ करोड फ्रिज हुने खतरा

    काठमाडौं । सरकारले दिएको पैसा समयमा नै खर्च गर्न नसक्दा नेपाल प्रहरीको म्याटेस खरिदका लागि छुट्याएको १५ करोड ४० लाख रुपैयाँ फ्रिज हुने अवस्था देखिएको छ । आर्थिक वर्ष सकिन अब चार महिना मात्र बाँकी छ । यो चार महिनामा नेपाल प्रहरीले खरिद गर्न सक्ने अवस्था नरहेको बताइन्छ । यो...
  • मुद्दती खाताको परिचय नै फे¥यो एनआईसीले

    काठमाडौं । एनआईसी एसिया बैंकले मुद्दती खातामा उच्च ब्याजदर सँगै २१ लाख रुपैयाँसम्मको बिमा सुविधा पनि दिँदै आएको छ । सर्वाधिक उच्च ब्याजदर पाइने खाताका रूपमा चिनिएको मुद्दती निक्षेप खातामा एनआईसी एसिया बैंकले न्यु सुपर चामत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बिमा सुविधा पनि थप गरेको हो । यसअघि विभिन्न...