18th February 2020, Tuesday

E-budhabar
Header Right Side NTC Advertisement

लोकप्रियताको लालच

लोकप्रिय बन्ने रहर÷धुन, हरेक मानिसमा पलाउँछन् । मानवीय प्रवृत्ति नै मान्नुपर्छ, त्यसलाई । तर, लोकप्रिय बन्न खोज्दा सिँढीमा चिप्लिनेहरूका हामीकहाँ कुनै कमी छैन । अझ, सिर्जन–कर्ममा लाग्नेहरूमा बढ्दो लोकप्रियता–मोहले गर्दा पटक–पटक दुर्घटनाहरू निम्तिइरहेका छन् । पछिल्लो समय, गीत–संगीत क्षेत्र यस्तो प्रवृत्तिको सिकार बन्न बाध्य भइरहेको छ र संगीत–सर्जकहरू ‘चोरी’ को ट्याग झुन्ड्याउनमा महारत हासिल गरिरहेका छन् ।
नेपाली सिने वृत्तमा सफल चलचित्र मानिन्छ, ‘कबड्डी’ को शृंखलालाई । तेस्रो फिल्मी–शृंखला ‘कबड्डी, कबड्डी, कबड्डी’लाई सिँगार्ने कार्यमा सिनेकर्मीहरू व्यस्त छन् । तर, सिनेमा प्रदर्शनमा आउनुअगावै दाँतमा ढुंगा लाग्न पुग्यो । सिनेमाको एउटा गीत ‘दुबो फुल्यो’ को संगीत चोरिएको आक्षेप बर्सियो । सिनेमाको सिंगो टोलीका साथै संगीत–सर्जकले आफ्नो बचाउका निम्ति अथक प्रयत्न गरे । तर, यो विषय त्यति धेरै उछालिएन, विवाद गुपचुपमै टुंगिए पनि अर्को गीतको लयसँग हुबहु मिलेकोमा भने कुनै सन्देह रहेन ।
पछिल्लो समय नेपाली संगीत वृत्तमा जुन–जुन सर्जकहरूका सिर्जना चम्किइरहेका छन्, अधिकांशले बिनाहिच्किचाहट ‘संगीत चोरी’को बिल्ला भिर्न पाइरहेका छन् । बजार पिटेका अधिकांश संगीत–सर्जकका सिर्जनाले चोरीको आक्षेप झेल्नुपरेपछि सिनेमाका निर्माता–निर्देशकहरू पनि हैरान बन्न थालेका छन् । सिनेमा राम्रो बनाउने कि संगीत चोरीको मुद्दा र बहसमा अल्झिने ? निर्माता–निर्देशकहरू बिनाअर्थ विवाद बेसाउन बाध्य बन्दै गएका छन् ।
अघिल्लो पुस्ताका संगीत–सर्जकहरू सिनेमा संगीतको परिदृश्यबाट ओझेलमा परिसकेका छन् । उनीहरूका सिर्जना बिकाउयोग्य नभएर हो वा अरू कुनै कारणले हो ? कुनै समय नेपाली सिनेमालाई संगीतले सिँगार्ने सर्जकहरू नयाँ निर्देशक–निर्माताहरूको चयनभित्र पर्न छाडेका छन् । अघिल्लो पुस्ताका सर्जकहरूका सिर्जनामा एकरसता हुने भएको कारणले हो वा उनीहरूले समय दिन नसकेका कारणले हो, उनीहरूका सिर्जनाले स्थान गुमाउँदै गएका छन् र नेपाली संगीत क्षेत्रमा नितान्त नवसर्जकहरू भित्रिइरहेका छन् । नवसर्जकहरूले सिर्जनामा अथक मिहिनेत गर्ने मात्र होइन, संगीतको विश्वव्यापी तरंगलाई पनि छाम्न सक्ने भएका कारण सिने निर्माता–निर्देशकहरूको रोजाइमा पर्दै गइरहेको अनुभूत गर्न सकिन्छ ।
एउटा गम्भीर प्रश्न उठ्न पुग्छ, आखिरमा नवसर्जकहरू नै किन संगीत–चोरीको आक्षेप झेल्न बाध्य छन् ? संगीत चोरीको ट्याग लागेकाहरू अधिकांशतः संगीत क्षेत्रका नयाँ चेहराहरू नै रहेका हुँदा यस्तो प्रश्न उठ्नु स्वाभाविक देखिन्छ । केही समयपूर्व, एकजना सिने संगीत–सर्जकले संगीत चोरी गर्दा निर्माताले अनाहकमा लाखौं रुपैयाँ क्षतिपूर्ति तिर्नुपरेको दृष्टान्तले प्रस्ट पार्दछ कि, नवसर्जकहरू मौलिक सिर्जनामा भन्दा पनि कपी गर्ने मामिलामा अब्बल देखिन थालेका छन् ।
नवसर्जकहरूमा संगीत कपी गर्ने रोग सल्बलाउनुको पृष्ठभूमिमा कतै उनीहरूमा चाँडै लोकप्रिय बन्ने मनोवृत्तिले सघाएको त होइन ? यो यक्ष प्रश्न उठ्न पुग्दछ । निश्चय नै अधिकांश नवसर्जकहरूमा बजारमा रातारात लोकप्रिय बन्ने र आफ्नो बजार विस्तार गर्ने लालचले धेरै हदसम्म भूमिका खेलेको देखिन्छ । त्यसका निम्ति गम्भीर संगीत साधना र सिर्जनाको बाटोलाई पछ्याउनेभन्दा पनि कसरी हुन्छ लोकप्रिय संगीत सिर्जना गर्ने कुराले उनीहरूलाई मनोवैज्ञानिक रूपमा दबाब दिइरहेको हुन्छ । आफ्नो सिर्जनालाई जसरी भए पनि लोकप्रिय बन्ने धुन उनीहरूमा सवार हुन्छ र अरूका संगीतलाई तानतुन गरेर र लयलाई भाँचभुँच पारेर आफ्नो सिर्जना बनाउने दुष्कर्म गर्न उद्यत देखिँदै आएका छन् ।
नेपाली सिने संगीतमा कसैको संगीतलाई हुबहु कपी गर्ने र नभए लय मात्रै भए पनि भाँचभुँच पार्ने प्रवृत्तिले जरा गाडेको लामै समय बितिसकेको छ । खासगरी पचासको दशकयता सिनेमा निर्माणमा उल्लेख्य प्रगति आएसँगै संगीत–सर्जकहरूले सिने संगीतलाई विकृत तुल्याउन थालेका हुन् । सिने संगीतमा सजीव, गम्भीर र हृदयस्पर्शी सिर्जनाको अभाव खट्किन थालेको त्यही समयदेखि नै हो । लोकप्रिय तुल्याउने नाममा सिने संगीतलाई सस्तो, हल्का र अगम्भीर बनाउने होडबाजी त्यही समयदेखि नै चल्न थाल्यो र सिने संगीतमा विकृतिको भल–बाढी उर्लिन थाल्यो ।
कुनै बेला नेपाली सिने संगीतमा आएको विकृतिको भल–बाढी बिस्तारै रोकिन पुगेको थियो र क्रमशः सङ्लिन पनि थालेको थियो । तर, पछिल्लो समय भने नवसर्जकहरूले जसरी संगीत चोरीको आक्षेपको भारी बोक्नुपरिरहेको छ, यसले पुनः विकृतिको भलबाढी उर्लिन थालेको आभास हुँदै गएको छ । यद्यपि, यो भलबाढीलाई रोक्ने नसकिने भने होइन । तर, संगीत क्षेत्रमा उर्लिएको भलबाढीको रोकथाम गर्ने एक मात्र उपाय भनेको नव सर्जकहरू सिर्जनामा गम्भीर र संवेदनशील बन्नुमा मात्र निहित देखिन्छ । निश्यच नै, अरू उपाय र विकल्प देखिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • सामान्यमा आफ्नै हात जगन्नाथ

    काठमाडौं । रोजेको आकर्षक ठाउँमा जाने इच्छा प्रायः सबै कर्मचारीको हुन्छ । कतिपय कर्मचारी त पहुँच नपुगेकै कारण वर्षौंदेखि दुर्गम र अनाकर्षक ठाउँमा बस्दै आएका छन् । वर्षौंदेखि घरपरिवारसँग टाढिएर बस्नुपरेको धेरै दर्दनाक पीडा छन् । तर, सामान्य प्रशासन मन्त्रालयमा बसेका केहीले भने आफ्नो सरुवा पनि भनेको ठाउँमा आफैंले गरेर...
  • हिमालयन बैंकमा होडबाजी

    काठमाडौं । हिमालयन बैंकमा राणा, श्रेष्ठ, खेतान र पाण्डे समूहबीचको विवाद उत्कर्षमा पुगेको छ । आज बुधबार हुने साधारणसभाबाट राणा र श्रेष्ठ समूहको एकाधिकार तोड्न खेतान समूह सक्रिय भएको छ । एन ट्रेडिड्र कम्पनी प्रालि झम्सिखेलका तर्फबाट अध्यक्ष बनेका मनोजबहादुर श्रेष्ठ र आभा इन्टरनेसनलन प्रालि थापाथलीका तर्फबाट बैंकका प्रमुख कार्यकारी...
  • खरिपाटीमा ‘कोरोना’को त्रास

    काठमाडौं । कोरोना भाइरसबाट संक्रमित मुलुक चीनबाट फर्काइने नागरिकलाई राख्न भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र छनोट गरिएसँगै कर्मचारीहरूमा आतंक मच्चिएको छ । चीनबाट फर्काइने नागरिकलाई राख्न तीनचार ठाउँबारे छलफल चले पनि अन्ततः खरिपाटीमा नै राख्ने टुंगोमा सरकार पुगेको हो । सो स्थान सुरक्षित रहेको हुँदा सरकारले क्वारेन्टाइन राख्ने...

चक्रपथ

फागुनबाट नेकपाको विशेष अभियान

पार्टी प्रवेश, ¥यालीदेखि जनसभभासम्मको योजना काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन १ बाट पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार विशेष अभियान सञ्चालन गर्ने भएको छ । खासगरी पाँचमहिने कार्ययोजनासहित बनेको विशेष अभियान मूल रूपमा तीन महिना विशेष रूपले सञ्चालन गर्ने नेकपाको तयारी छ । गत १९ माघमा सम्पन्न...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

ढुंगे युगतिर डोर्याउने धृष्टता

केही दिनपूर्व, प्रदर्शनीमार्गको एउटा पुस्तक पसलको दराजमा सजाइएको एउटा पुस्तकमा आँखा प¥यो, जुन पुस्तक एकजना विदेशी लेखकले लेखेका थिए र जसमा उनले नेपालका हिमालीदेखि अरु भूभाग घुम्दाका अनुभवलाई उतारेका थिए । हरेक पुस्तक किन्दा छुट लिने बानी नै परिसकेको हुँदा पुस्तक बिक्रेतालाई सोधें, ‘यो पुस्तक किन्दा कति छुट पाइन्छ ?’...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

फरक स्वरध्वनि

तीन दशकयता कविता–कर्म र साधनामै व्यस्त छन्, वीरु बाङ्देल । सिक्किमका बासिन्दा बाङ्देलले नेपाली भाषामा उम्दा काव्य सिर्जना गरेर पृथक पहिचान बनाउँदै आएका छन् । कवितालाई नै लेखनको मूल विषय बनाएका उनले आजको समाज र राजनीतिक परिस्थितिहरूको भित्री यथार्थको अभिव्यक्ति धेरै नै प्रभावशाली ढंगले पस्किँदै आएका छन् । उनको पछिल्लो...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • फोटोमा हारजितको फैसला

    काठमाडौं । ‘तपाईंहरू यही हुनुहुन्छ तर तपाईंहरूकै फोटो राजारानीको जस्तो गरी राखिएको छ । यो फोटो राख्ने सामान्तवादी प्रवृत्ति हो । राजावादी प्रवृत्ति भयो । यो फोटो निकाल्नुहोस्, यसपटक सक्नुहुन्न भने अर्कोपटक नराख्नुहोला ।’ नेकपा केन्द्रीय कमिटी बैठक चलिरह“दा केन्द्रीय सदस्य राजेन्द्र राईले उठेर यसरी कडा स्वरमा प्रतिवाद गरेपछि १५...
  • कुन पार्टीमा जालिन् शिवमाया ?

    काठमाडौं । कुनै हालतमा राजीनामा नदिने अडानमा रहेकी तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहम्फेले पार्टी केन्द्रीय सदस्यको हैसियतमा क्रियाशील हुने इच्छा व्यक्त गरेकी छन् । तत्कालीन सभामुख कृष्णबहादुर महराले गरेको गल्तीको सजाय आफूलाई दिन लागिएको भन्दै तुम्बाहाम्फेले आफूले गल्ती गरेको लिखित कारण पार्टीले दिनुपर्ने सर्त राखेकी थिइन् । सभामुखमा उम्मेद्वारी दिने...
  • वैदेशिक रोजगार पत्रकार समाजमा थापा

    काठमाडौं । वैदेशिक रोजगार पत्रकार समाजको साधारणसभाले हरिबहादुर थापाको अध्यक्षतामा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार राजधानीमा सम्पन्न समाजको साधारणसभाले मिडिया मिसनका सञ्चालक थापाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो । वैदेशिक रोजगार क्षेत्रमा कलम चलाउने सक्रिय सञ्चारकर्मीहरूको संस्थाका रूपमा समाज १० वर्षअघि स्थापना भएको हो ।...