25th August 2019, Sunday

E-budhabar
Header Right Side NTC Advertisement

करिअर फेस्ट २०१९ सम्पन्न



काठमाडौं । काठमाडौंमा प्लस टुपछि कुन विषय पढ्ने भनेर अन्योल रहेका विद्यार्थीहरूलाई लक्षित गरी करिअर फेस्ट २०१९ आयोजना गरिएको छ । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सो फेस्टको उद्घाटन गरेका हुन् ।
करिअर प्वाइन्ट इजुकेसन सर्भिस प्राइभेट लिमिटेडको आयोजनाको शुक्रबार राष्ट्रिय सभागृहमा सो कार्यक्रम भएको हो । प्लस टु पढेर सकेका युवामा रहेको अन्योल हटाउने उद्देश्यले करिअर फेस्ट २०१९ को आयोजना गरिएको करिअर प्वाइन्ट एजुकेसन सर्भिस प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक विशाल केसीले बताए ।
सो अवसरमा प्रमुख अतिथि खनालले अन्य देशजति नै विकसित भए पनि आफ्नो देश नेपाल नै सुन्दर रहेको उनले बताए । साथै, युवालाई उद्देश्य परिवर्तन नगरी एउटा मात्र उद्देश्यका साथ निरन्तर काम गर्न अनुरोधसमेत गरे । कार्यक्रमका विशेष अतिथि नेकपाका नेता योगेश भट्टराईले नेपाल सुन्दर देश भएको र उद्यम गर्न चाहने युवाहरूलाई यहाँ नै प्रशस्त अवसरहरू रहेको उनले बताए । त्यसैगरी राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले युवा नै नेपालको भविष्य भएको बताए । त्यस्तै हरेक क्षेत्रमा युवाको सहभागिता जरुरी रहेको समेत उनले बताए । युवाले भ्रष्टाचारलाई अन्त्य गर्न लाग्नुपर्ने बताए ।
त्यस्तै बिजनेस अक्सिजनका सीईओ सिद्धान्तराज पाण्डेले युवामा उद्यमशीलता बन्ने भावना हुनुपर्ने बताए । कार्यक्रममा एक हजार बढी युवाको उपस्थिति रहेको निर्देशक शिवु दनाईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

नेकपामा कुन नेतालाई के जिम्मेवारी ?

ShareTweet काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गत शनिबार र आइतबार बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय विभागहरूको प्रमुख तथा उपप्रमुख र जनवर्गीय संगठनका- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

निभ्यो समृद्ध ज्ञान–पुञ्ज

ShareTweet नेपाली भाषा, साहित्य, संस्कृति, दर्शन र पत्रकारिता जगत्का मनिषि मदनमणि दीक्षितको दुःखद अवसानले पूर्वीय दर्शन र चिन्तन परम्पराको क्षेत्रमा शून्यता प्रतीत- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

‘मित्रताको आकाश’मा इन्द्रधनुषी विम्ब

ShareTweet पूर्वरंग संस्कृत साहित्यको नीतिवचनमा एउटा भनाइ छ– संसार विषवृक्षस्य द्वेफले अमृतोपमे । काव्यामृत रसास्वाद संलाप सज्जनैः सह ।। नीतिवचन संग्रह ६।७ अर्थात्- ...
पूरा पढ्नुहोस्

छोटकरीमा