28th January 2020, Tuesday

E-budhabar
Header Right Side NTC Advertisement

जमानाको नायक

जसले नेपाली कम्युनिस्ट आन्दोलनलाई सुसम्बद्ध विचार प्रणालीमा संगठित ग¥यो, मरते दमतक लड्यो । नेताको करिश्मामा होइन, सामाजिक विकासको वास्तविकता सुहाउँदो नीतिको जीवनभर वकालत ग¥यो । यसैका निम्ति जसले भनिरहन्थ्यो ‘नेता होइन नीति प्रधान ।’ कुरो प्रस्ट थियो, संगठन बाबुसाहेबको अघिपछि हिँड्ने लावालस्कर होइन । त्यो तुष्टीकरणले बन्ने पनि होइन, त्यो त सामाजिक मिसनप्रतिको निष्ठाले बन्ने हो । त्यसो भए मात्रै त्यो दिगो र प्रभावकारी हुन्छ । उसको काल्पनिकी बेजोड थियो । ऊ दूर क्षितिज नियाल्थ्यो । ऊ आफ्नो क्यानभासमा भएभरका सामाजिक रङ पोतेर सुन्दर चित्र प्रस्तुत गर्न चाहन्थ्यो, जहाँ दुर्बलहरू शिर ठाडो पारून्, सबै रङहरू हासुन र संगतिमा हातेमालो गरून् । ऊ समाजलाई कसैको रैती मान्दैनथ्यो, न त समाजलाई कागती निचोरेझैं निचोरेर खडा गरेको वैभवलाई न्यायिक करार गथ्र्याे ।
ऊ भन्थ्यो, ‘हाम्रो घरको भद्रगोल हामीले मिलाउने हो, त्यो क्षमता हामी राख्छौं पनि । तिमी आफ्नै घर हेर । हामीलाई तिमी साथी भए पुग्छ, बाबुसाहेब पल्टिनुपर्दैन ।’ स्वाभिमानको मूल्य उसलाई थाहा थियो । मित्रताको हैसियत पनि राख्दथ्यो ।
भोग र विलासमा उसको रुचि छँदै थिएन । ऊ अभावको पाशविकतालाई बुझ्दथ्यो र सामाजिक तहमा त्यसको उन्मूलनका निम्ति मरिहत्ते गरेर लागेको थियो । आफैंलाई भने त्यसले कुनै दाल गलाउन सकेन । जसले चना खाएर भोक टा¥यो तर आफ्नो विश्वास डगमगाउन दिएन । सायद ऊ आफ्नो दाइको सहादतलाई स्मरण गर्दै भन्थ्यो, ‘दाइ ! यति जाबो दुःखले मेरो रौं पनि झर्दैन, धन्दा न मान्नोस् । तपार्इंको सहादत खेर जान दिनेछैनौं ।’
उसलाई प्रतिपक्षसमेत पनि बडो आदर भावले हेर्दथे, उसको निष्ठा र समर्पण देखेर पानी पानी हुन्थे । हकिकत ! आफ्नै शिष्यले भने उसलाई अभरमा घचेटे । उबेला शक्तिको रंगशालामा अर्कै खेल थियो । टप्पर–टुइयाँ र उपबुज्रुग भन्थे ऊ प्राज्ञै छैन, कायर र कपटीहरू लाञ्छित गर्थे उसको गन्तव्य बत्तीमा होमिने पुतली हो । तिनैले यस्तो पनि भन्न भ्याए । ऊ विधर्मी हो, विधर्मीको पुच्छर हो । यो पनि त हकिकत हो ! – इतिहासको न्यायको इजलासमा अर्कै इन्साफ हुनु थियो, ऊ अद्वितीय जागृत थियो, एक कुशल रणनीतिज्ञ थियो । ऊ आफैं जलेर गयो, तर उसले प्रदीप्त गरेको मार्गमा अन्ततः उनका आलोचक र विपक्षीसहित सिंगो मुलुक होमियो पनि । ऊ थियो अटल नक्षत्र । यस्तो थियो ऊ जमानाको नायक ।
टंक कार्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • क–कसले जोगाए शिवराजलाई ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको निलम्बन–प्रकरण अन्ततः ‘हात्ती आयो, फुस्सा’ हुन पुगेको छ । वित्तीय अपचलन र अनियमितताको आरोप लगाएर निलम्बनमा परेका डेपुटी गभर्नर श्रेष्ठ कारबाही हुनबाट जोगिएका छन् । पदावधि सकिन केही समय मात्र बाँकी रहँदा डेपुटी गभर्नरमाथि गम्भीर प्रकृतिका आरोपहरू लागेको थियो र केही...
  • नाट्टामा चुनावी प्रतिस्पर्धा तीव्र

    काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् नाट्टालाई तीव्र चुनावी रन्को लागेको छ । यही माघ ३ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि हालका वरिष्ठ उपाध्यक्ष अच्यूत गुरागाईं, पूर्वमहासचिवद्वय भीमप्रसाद पन्त र मिहीका शाह धाख्वाले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । निर्वाचनमा तीन अलगअलग समूहले मनोनयन दर्ता...
  • नौ महिना बित्यो, छैन सुरसार

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलाई नौ महिनादेखि अड्किएर रहेको संघीय निजामती विधेयकलाई टुंगो लगाउनुपर्ने चुनौती उभिएको छ । मन्त्री भएलगत्तै सो विधेयकलाई अघि बढाउन पहल गरे पनि कर्मचारीहरूको विरोध र असन्तुष्टि रहेका कारण त्यत्तिकै थाती रहेको छ । केही दिनअघि संसदीय समितिमा बोलाइएका मन्त्री त्रिपाठीले ‘विधेयकबारे...

चक्रपथ

द्वन्द्वपीडित शिक्षकलाई राहत

काठमाडौं । द्वन्द्वकालीन समयमा पीडा झेलेका शिक्षकहरूले बल्ल राहत पाउने भएका छन् । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले सेवा अवधि बाँकी रहेका द्वन्द्वपीडित शिक्षकहरूलाई रिक्त दरबन्दीमा समायोजन गर्ने तयारी थालेको छ । द्वन्द्वपीडित शिक्षकहरूलाई रिक्त दरबन्दीमा समायोजन गर्ने विषयमा अर्थ मन्त्रालयले संकेत दिएपछि शिक्षा मन्त्रालयले सो प्रक्रियाको थालनी गरेको हो...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

कथित बाबा र साक्षीकर्ताहरू

धर्मको आड र आवरणमा अनैतिक क्रियाकलाप उद्घाटित हुने क्रम झन् बढ्दो छ÷फस्टाउँदो छ । पछिल्लो समय कृष्णदास गिरीको कर्तुत सहतमा उत्रिएसँगै धार्मिक टेकोमा हुँदै आएका शोषण, विकृति र व्यापार हामीकहाँ दिनानुदिन कसरी झाँगिदै गइरहेको रहेछ भन्ने स्पष्ट तस्बिर देखाउँछ । कथित बाबा वा धार्मिक गुरुहरूले सत्ता र शक्तिको आड र...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

वैचारिक ताप

निबन्ध विधालाई निरन्तर पछ्याउँदै रचना–कर्ममा निमग्न स्रष्टा हुन्, माधव काफ्ले । राजनीति, समाज र संस्कृतिलगायत क्षेत्रहरूमा देखिएका संगत–विसंगत पक्षहरूलाई उनले लेखन–कार्यमा समेट्दै आएका छन् । उनको पछिल्लो निबन्ध–कृति ‘लाक्षागृह’मा उनले पूर्ववर्ती दुई निबन्ध–सँगालो ‘लिगलिग कोट’ र ‘जीवन एउटा थोत्रो स्क्रिन’मा जस्तै आफू बाँचेको परिवेशका गहनदेखि सामान्य घटनाक्रमहरूलाई ‘नोटिस’ गर्न चाहेका...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • वैदेशिक रोजगार पत्रकार समाजमा थापा

    काठमाडौं । वैदेशिक रोजगार पत्रकार समाजको साधारणसभाले हरिबहादुर थापाको अध्यक्षतामा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार राजधानीमा सम्पन्न समाजको साधारणसभाले मिडिया मिसनका सञ्चालक थापाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो । वैदेशिक रोजगार क्षेत्रमा कलम चलाउने सक्रिय सञ्चारकर्मीहरूको संस्थाका रूपमा समाज १० वर्षअघि स्थापना भएको हो ।...
  • डिडिसीमा जिएमका लागि दौडधुप

    काठमाडौं । दुग्ध विकास संस्थानको महाप्रबन्धक पदका लागि दौडधुप सुरु भएको छ । सरकारले खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्ति गर्ने योजना अघि सारी आवेदन माग गरेपछि सो पदका लागि आकांक्षीहरूको दौडधुप चलेको हो । पछिल्लो सूचनाअनुसार संस्थानमा महाप्रबन्धक पदमा १० जनाले आवेदन दिएका छन् । आवेदन दिनेहरूमा शीतलकाजी श्रेष्ठ, बैकुण्ठ अधिकारी,...
  • यादव ‘आउट’, तुम्बाहाम्फे ‘इन’ !

    काठमाडौं । अन्ततः समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ । सो पार्टीबाट सरकारमा सहभागी उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले हिजै राजीनामा दिएका छन् । उपप्रधानमन्त्री यादवले सोमबारको मन्त्रीपरिषद् बैठकमा संविधान संशोधनसम्बन्धी प्रस्ताव टेबुल गर्न खोजे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेको भोलिपल्टै...