25th August 2019, Sunday

E-budhabar
Header Right Side NTC Advertisement

रात्रिकालीन व्यवसायमा प्रशासनको आँखा



काठमाडौं । संघीय राजधानी तथा ७६औं सहरको परिचय बनाएको काठमाडौंमा बेलगाम खुलिरहेका डिस्को, दोहोरी, क्याबिन तथा खाजाघरहरूमा अनुगमन कडाइ गरिएको छ । शनिबार काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको नेतत्वमा रात्रिकालीन व्यवसायमा आकस्मिक अनुगमन गरी प्रशासनले आफ्नो अनुगमनको दायरा बढाएको हो ।
हुन त दसैं, तिहारजस्ता चाडपर्व नजिकिएसँगै अनुगमन गरेको अर्थमा केहीले व्याख्या गर्न थाले पनि आचार्य सीडीओ काठमाडौं आएयता सकारात्मक कायमा जोड दिँदै आएको बताइन्छ । अहिले ठमेल र दरबारमार्ग क्षेत्रमा विनाअनुमति रातभर डिस्को, डान्सबारदेखि रेस्टुरेन्टसम्म सञ्चालन हुँदै आएका छन् ।
राति १० बजेदेखि १२ बजेसम्म अनुमति पाएका डिस्को, क्लब र डान्सबारहरू २४सै घण्टा सञ्चालन हुँदा प्रहरीलाई सुरक्षा व्यवस्था मिलाउन कठिन हुँदै गएको गुनासो बढ्दै आएको थियो । ढिलासम्म डिस्को बिनाअनुमति सञ्चालन हुँदा दैनिकजसो झैझगडा, चोरीलगायत अपराध पनि बढेका छन् । अझ अचम्मको कुरा त स–साना खाजाघरहरूमा खाजाघरका नाममा अधिकांशमा वेश्यावृत्ति हुने गरेको अध्ययनले देखाएको छ । डान्स, दोहोरी, लाउन्ज बार, रेस्टुरेन्ट तथा क्याफेहरू १२ बजेसम्म सञ्चालन हुनुपर्नेमा निर्वाध रूपमा रातभर सञ्चालन भइरहेका छन् । यदि राज्यले तोकेको मापदण्डअनुसार क्याफे, रेस्टुरेन्ट, दोहोरी, डान्स, लाउन्जहरूले १२ बजे बन्द गर्ने र डिस्को थेकहरूले २ बजेसम्म सञ्चालन अनुमति पाएकोमा सो समयमै बन्द गर्ने हो भने सबै सुरक्षा व्यवस्थामा चुनौती नआउने बताइन्छ । नेपाल प्रहरीलाई समेत सुरक्षा व्यवस्था मिलाउन सहज हुने प्रहरी अधिकारीहरूको तर्क छ ।
त्यति मात्र होइन, अनुगमनका क्रममा करमा दर्ता भएको नभएको, खाद्य प्रविधि तथा गुण नियन्त्रणको गुणस्तरीयताको मापदण्ड पूरा भएको नभएको, प्रचलित श्रम ऐन पूरा गरेको नगरेकोलगायतमा समेत अनुगमन गरेको थियो ।
अहिले उपत्यकामा मात्र होइन, सिंगो मुलुकभरि जनसंख्याका आधारमा प्रहरी सुरक्षा अत्यन्त कम छ । सबै विषय सहज भयो र नियम कडाइ गरेर लागू भयो भने थोरै जनशक्तिले पनि त्यस्ता व्यवसायमा सुरक्षा प्रदान गर्न सक्नेछ । तर, मनोमानी ढंगले राज्यको कानुनलाई चुनौती दिँदै रातभर सञ्चालन हुँदा एकातिर प्रहरीले समेत जस नपाउने अवस्था छ भने अर्कोतिर जिल्ला प्रशासन कार्यालयको निर्णयसमेत कार्यान्वयन हुन सकिरहेको छैन । बिनाअनुमति रातभर सञ्चालित व्यवसायको अनुगमन गर्ने र आवश्यक कारबाही गर्ने जिम्मेवारी प्रहरी प्रशासनको भए पनि कडाइ गर्न सकेको छैन ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीलाई तताएर प्रमुख जिल्ला अधिकारी आचार्यले दुईतीनवटा बैठक डाकेपछि प्रहरीले पनि यस विषयमा अहिले भने ध्यान दिन थालेको छ । खाजाघरका नाममा हुने विभिन्न विकृतिलाई नियमन गर्न नसकको बरु उल्टै प्रहरीका घुमुवाहरूले महिनावारी रूपमा रकम संकलन गरिहेको पुष्टि भएपछि प्रशासन तातेको बताइन्छ । अनुगमनका क्रममा बिनादर्ता सञ्चालन गर्ने, यौनजन्य क्रियाकलाप गराउने, बालश्रमिकको प्रयोग गर्नेजस्ता क्रियाकलाप भेटिएको टोलीका एक सदस्यले जानकारी दिए । डिस्कोथेक र डान्सबारमा कम उमेरका कामदारलाई प्रयोग गरिएको बारेमा पनि निरन्तर निगरानी भइरहेको बताइन्छ ।
दरबारमार्ग र ठमेललाई पर्यटकीय क्षेत्र भएकाले रातभर सञ्चालन गर्नुपर्ने माग पनि हुँदै आएको छ । तर, शान्ति सुरक्षा मिलाउन कठिन भएकाले रातभर सञ्चालन अनुमति सरकारले दिन सकेको छैन । अमेरिकन डिजे मार्समेलो ल्याएर कार्यक्रम गर्ने भन्दै महँगोमा टिकट बेचेर ठगी गरेपछि दरबारमार्गको डेजाभु डिस्कोमा विवाद भयो । विवाद कुटाकुटमा परिणत भयो । प्रहरीलाई सो क्लबको विवाद मिलाउन हम्मे परेको थियो । ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) डिस्कोले पनि भारतीय गायिका नेहा कक्कर ल्याएर कार्यक्रम ग¥यो । तर, क्षमताभन्दा धेरै टिकट बेचेर ठगी गरेको भन्दै प्रहरीले डिस्कोका सञ्चालकहरूलाई कारबाही गरेको थियो । एलओडीमा दैनिक जसो झै–झगडा हुने गरेको छ । ढिलासम्म सञ्चालन गर्न दिँदा यस्तो झगडा हुने गरेको छ । क्लब डेजाभु र एलओडी प्रतिनिधि घटना हुन्, अधिकांशमा जथाभावी कार्यक्रम राख्ने, महँगोमा टिकट बिक्री गरेको बताइन्छ । पछिल्लो समयमा रातभर खुल्ने गरेका ठमेल र दरबारमार्ग क्षेत्रका डिस्को, डान्सबार र खाजाघरका कारण चोरीका घटना वृद्धि भएर दिनप्रतिदिन प्रहरीलाई व्यवस्थापन गर्न कठिन हुँदै गएको छ ।
प्रहरी प्रशासनले तिनलाई नियमन गर्न निश्चित मापदण्ड बनाउन सकेको छैन । राति २ बजेसम्म सञ्चालन अनुमति लिएर ठमेलमा २४ घण्टा सञ्चालन भइरहेका डिस्कोहरूमा फायर डिस्को थेक लाउन्ज बार प्रालि, ओजिज लाउन्ज एन्ड डिस्को प्रालि, सिनेट रेस्टुरेन्ट एन्ड लाउन्ज प्रालि, टकिला डिस्को एन्ड लाउन्ज प्रालि, इबिजा लाउन्ज एन्ड डिजे थेग प्रालि, सीएनआई क्लब प्रालि, फेसेस लाउन्ज रेस्टुरेन्ट प्रालि, लर्ड अफ द ड्रिक्स प्रालि (एलओडी), रिलोड बार, प्लेब्वाइज लाउन्ज प्रालि, जोमो लाउन्ज एन्ड डिस्को प्रालि, क्विन महल लाउन्ज एन्ड बार प्रालि, गितार लाउन्ज एन्ड बार प्रालि, एचटुओ लाउन्ज बार प्रालि, रिफ्रेस लाउन्ज एन्ड बारलगायत छन् ।
यस्तै राति १२ बजेसम्म सञ्चालन अनुमति लिएर २४ घण्टा सञ्चालित ठमेलका डान्स बार रेस्टुरेन्टहरू डोको रेस्टुरेन्ट एन्ड लाउन्ज, नसा रेस्टुरेन्ट एन्ड बार प्रालि, बेबो रेस्टुरेन्ट एन्ड बार प्रालि, डान्सिङ याक रेस्टुरेन्ट एन्ड बार प्रालि, कट्टी रोल एन्ड बर्गर सेन्टर, डेली डोज फर्म, स्यान्डविच प्वाइन्ट सेन्टर, फेवा रोधी क्लब प्रालि, हनी बिज डान्सबार प्रालि, लेटनाइट फुड कर्नर, बुद्धबार काठमाडौं रेस्टुरेन्ट प्रालि, स्यानबीच प्यालेस, ठमेल मार्ट, पोखरा दोहोरी नाच घर, दुनियाँ क्याफे एन्ड बार प्रालि, ड्रिंक हाउसटन एन्ड बार प्रालि, धुरी ग्यालरी लाइभ क्याफे, जिंक डान्सबार, नगरकोट दोहोरी डान्स कल्चर रेस्टुरेन्ट एन्ड बार प्रालि, दि निस्ट क्याफे प्रालि, रिफ रेस्टुरेन्ट एन्ड बार प्रालि र गाउँबेसी दोहोरीलगायत छन् ।
यस्तै दरबारमार्गमा १२ बजेसम्म अनुमति पाएका तर २४ घन्टा सञ्चालित रेस्टुरेन्टहरू र लाउन्जहरू लिक्विड लाउन्ज, कासा लाउन्ज, जुजुवा लाउन्ज, क्लासिक लाउन्ज, अन क्लक लाउन्ज, कौसी लाउन्ज, नोर्लिङ गजल, राजघराना रेस्टुरेन्ट, टाइटानिक डान्स एन्ड बार, सिजलिङ डान्स बार, त्रिसरा (ठमेल र लाजिम्पाटमा समेत) छन् । यसैगरी दरबारमार्गमा २ बजेसम्म अनुमति लिएर ४ बजेसम्म सञ्चालन हुने डिस्कोहरू उडल्यान्ड क्लब, आइक्लब, डेजाभु र भिक्ट्रीलगायत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

नेकपामा कुन नेतालाई के जिम्मेवारी ?

ShareTweet काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गत शनिबार र आइतबार बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय विभागहरूको प्रमुख तथा उपप्रमुख र जनवर्गीय संगठनका- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

निभ्यो समृद्ध ज्ञान–पुञ्ज

ShareTweet नेपाली भाषा, साहित्य, संस्कृति, दर्शन र पत्रकारिता जगत्का मनिषि मदनमणि दीक्षितको दुःखद अवसानले पूर्वीय दर्शन र चिन्तन परम्पराको क्षेत्रमा शून्यता प्रतीत- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

‘मित्रताको आकाश’मा इन्द्रधनुषी विम्ब

ShareTweet पूर्वरंग संस्कृत साहित्यको नीतिवचनमा एउटा भनाइ छ– संसार विषवृक्षस्य द्वेफले अमृतोपमे । काव्यामृत रसास्वाद संलाप सज्जनैः सह ।। नीतिवचन संग्रह ६।७ अर्थात्- ...
पूरा पढ्नुहोस्

छोटकरीमा