25th August 2019, Sunday

E-budhabar
Header Right Side NTC Advertisement

सशस्त्रको सरुवामा काखापाखा



काठमाडौं । सशस्त्र प्रहरी बलले गर्ने हरेक सरुवा र बढुवाहरू विवादित हुने गरेको छ । पछिल्लोपटक गरिएको सरुवामा पनि कसैलाई काखा र कसैलाई पाखा गरिएपछि यो गुनासो बढेको हो ।
हुन त एउटा सरकारी कर्मचारीलाई सरकारले जुन क्षेत्र खटाउँछ, त्यो क्षेत्रमा जानुपर्ने हुन्छ । उसले स्वच्छ तरिकाले जनताको काम गर्नुपर्ने हुन्छ । तर, जसको मान्छे शक्तिमा छ वा जोसँग पैसा छ त्यो कर्मचारीले मात्र सरुवामा राम्रो अवसर पाउने र अरू हेरेको हे¥यै हुने गरेका छन् ।
सशस्त्र प्रहरीले साउन १३ गते ४६ जना लेखापालहरूको सरुवा गरेको छ । ४६ जना लेखापाल सरुवामा ठूलो आर्थिक चलखेल भएको र सो रकम आइजीपी शेलेन्द्र खनालसम्म पु¥याइएको स्रोतको दाबी छ । सो सरुवामा कोही कर्मचारी भने जागिर गरेको १४ वर्षको अवधिसम्म पनि उपत्यका छोडर अन्यत्र जानुपरेको छैन । तीमध्येकी एक हुन् सई कल्पना गुरुङ । कल्पना १४ वर्ष सम्म उपत्यकाका विभिन्न गणहरूमा लेखापालका रूपमा कार्यरत हुदै आएकी छन् । हाल कल्पना सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोक मानवस्रोत विभागमा लेखापालका रूपमा कार्यरत छिन् । उनलाई अहिले नेपाल नं १४ गण हेडक्वाटर मकवानपुर सरुवा गरेको छ तर कल्पना मकवानपुर जान मानिरहेकी छैनन् । कल्पना अझै उपत्यकामै बस्न खोजिरहेकी छन् ।
कल्पनाले आफ्नो सरुवा रोकाउन शक्ति केन्द्रमा धाइरहेको स्रोतले बतायो । लेखा समूह तत्कालीन सशस्त्र प्रहरी प्रमुख सिंहबहादुर श्रेष्ठको पालामा गठन गरेको हो । लेखा समूह गठन गर्दा श्रेष्ठकी श्रीमती सरिता गुरुङलाई उक्त समूहले पैसा खुवाएर श्रीमान् आईजीपी श्रेष्ठमार्फत गृह मन्त्रालयामा सिफारिस गरेको थियो । सशस्त्र प्रहरी बलमा लेखा उपसमूहतर्फ कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई निरन्तर आर्थिक तथा लेखा मात्र जिम्मेवारी दिनुपर्ने बाध्यात्मक स्थितिका कारण एउटै व्यक्तिले लामो समयसम्म लेखामा काम गर्दा भ्रष्टाचारलाई बढुवाको सम्भावना बढेका छ । सुरक्षा निकायमा एउटै समूहमा बस्छु र त्यहीमात्र काम गर्छु भन्ने कुरा रहँदैन । लेखा समूहमा विभिन्न शीर्षकमा लाखौ हिनामिना भएको भन्दै सशस्त्र प्रहरीमा कानुन र लेखा समूहलाई खारेज गर्न समेत सुझाव दिइएको छ । यता सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनालले सोमबार ६२ एसपीको सरुवा गरेका छन् । खनालले एसपीहरूको सरुवामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका ज्वाइँ दीपेन्द्र कुँवरलाई १३ नम्बर गण पर्सामा सरुवा गरेका छन् । यो सरुवामा पनि कसैलाई काखा र कसैलाई पाखा गरिएको बताइन्छ ।
आईजीपी खनालले नाताले भाइ पर्ने शंकर खनाललाई १९ नम्बर गण (कार्यदल) मा सरुवा गरेका छन् । एसपी सरुवामा आफ्ना निकटहरूलाई मालदार र कमाउने ठाउँमा दिएका यी दुई प्रतिनिधि उदाहरण हुन् । उनले रकम उठाउन सक्नेहरूलाई आकर्षक ठाउँमा सरुवा गरेका छन् । एसपी कुँवरलाई एकपछि अर्को अवसरै अवसर दिने काम आइजीपी खनालबाट हुँदै आएको छ । आफ्नो समूहमा कनिष्ठ कुँवरलाई आवश्यक तालिमै नगरी डीएसपीबाट एसपी बढुवा गरियो । एसपी बढुवामा बरिष्ठहरूलाई पाखा पारी उनलाई तानिएको थियो । एसपी बढुवापछि शान्ति मिसनमा पनि उनैलाई हालियो । एकपटक शान्ति मिसनमा परिसकेकालाई दोहो¥याएर नदिने नीति छ । तर, त्यो नीति सबै कुल्चेर आईजीपी खनालले उनलाई मिसनमा हाले । सरकार नेकपाको छ, तर उनी देउवाका ज्वाइँलाई एकपछि अर्को अवसर त्यो पनि नियम मिचेर दिइरहेका छन् । आईजीपी खनालले कुँवर र एक हवल्दारलाई घुस खाएर छनोट गरेको कुरा मिसनमै सूचना पुगेका कारण नेपाल प्रहरीको टोली गएको सात महिनासम्म सशस्त्रको टोली जान सकेको छैन । मिसनमा छनोट भएको टोलीमा १, २, ३ नम्बर हुँदै मेरिटका आधारमा पठाउनुपर्नेमा आइजीपी खनालले घुस लिएर १ सय २ नम्बरका एसपी कुँवरलाई छनोट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

नेकपामा कुन नेतालाई के जिम्मेवारी ?

ShareTweet काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गत शनिबार र आइतबार बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय विभागहरूको प्रमुख तथा उपप्रमुख र जनवर्गीय संगठनका- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

निभ्यो समृद्ध ज्ञान–पुञ्ज

ShareTweet नेपाली भाषा, साहित्य, संस्कृति, दर्शन र पत्रकारिता जगत्का मनिषि मदनमणि दीक्षितको दुःखद अवसानले पूर्वीय दर्शन र चिन्तन परम्पराको क्षेत्रमा शून्यता प्रतीत- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

‘मित्रताको आकाश’मा इन्द्रधनुषी विम्ब

ShareTweet पूर्वरंग संस्कृत साहित्यको नीतिवचनमा एउटा भनाइ छ– संसार विषवृक्षस्य द्वेफले अमृतोपमे । काव्यामृत रसास्वाद संलाप सज्जनैः सह ।। नीतिवचन संग्रह ६।७ अर्थात्- ...
पूरा पढ्नुहोस्

छोटकरीमा