22nd January 2020, Wednesday

E-budhabar
Header Right Side NTC Advertisement

मूड बन्यो भने के गर्ने वामदेव कमरेड ?

मूड बन्यो भने के गर्ने वामदेव कमरेड ?

नेकपाका नेता वामदेव गौतम चुनावमा उठ्नेबारे फेरि चर्चा सुरु भएको छ । पूर्वपर्यटनमन्त्री तथा नेकपाका युवानेता स्वर्गीय रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्र कास्की–२ बाट वामदेवलाई चुनाव लड्न नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेको समाचार आएको छ । अध्यक्ष ओलीको प्रस्तावलाई गौतमले अस्वीकार गरेको पनि समाचारमा जनाइएको छ । आफू चुनाव लड्ने मुडमा नभएको भन्दै गौतमले सो क्षेत्रमा अधिकारीपत्नी विद्या भट्टराईलाई टिकट दिन आग्रह गरेको बताइएको छ ।
तत्कालीन पर्यटनमन्त्री एवं नेकपाका प्रभावशाली युवानेता रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएलगत्तै सो क्षेत्रमा वामदेव गौतमलाई टिकट दिइनुपर्ने तर्क नआएका होइनन् । तर, गौतमले तत्काल त्यसको प्रतिवाद गर्दै आफू कुनै पनि हालतमा सो क्षेत्रमा चुनाव नलड्ने बरु स्व. रवीन्द्रकी पत्नी विद्यालाई नै सो क्षेत्रमा टिकटका लागि पहल गर्ने बताएका थिए । उनले फेरि आफ्नो त्यही भनाइलाई दोहो¥याएका छन् । यदि समाचारमा जनाइएजस्तै कुरा साँचो हो भने वामदेवको यो निर्णयको स्वागत गर्नुपर्छ । उनको यो निर्णय सकारात्मक र स्वागतयोग्य छ ।
तर, समाचारमा उनले सम्पूर्ण रूपमा आफ्नो सम्भावनालाई नकारेका छैनन् । उनले यति मात्र भनेका छन् कि ‘अहिले मेरो मुड छैन ।’ राजनीति हो, भोलि उनको मुड बन्ला । उनका पक्षमा पार्टी पंक्तिको दबाब होला वा उनका वरिपरिका कार्यकर्ताले उनलाई यो अवसर फुत्कन नदिन दबाब सिर्जना गर्लान् । कुनै बहानामा आफ्नो निर्णयबाट पछि हट्नुपरेको कमरेड गौतमले स्पष्टीकरण दिनु नपरोस् । वामदेव कमरेड आफ्नो अडानमा अडिग रहनु नै स्वयं र पार्टीका लागि पनि फाइदा हुनेछ ।
बर्दिया–१ बाट चुनावमा पराजित भएपछि वामदेवले प्रतिनिधिसभामा जानका लागि गरेका सबै प्रयास असफल भइसकेका छन् । ती प्रयासहरू किन असफल भए भन्ने कुराको विवेचना हुनु जरुरी छ । ती प्रयासहरू माथिल्लो तहका नेताका कारण वा पार्टीभित्रको कुनै गुटका कारण असफल भएका थिएनन् । आमकार्यकर्ताको दबाबका कारण नै सबै नेताहरूले चाहँदाचाहँदै पनि गौतमलाई प्रतिनिधिसभामा लान नसकिएको यथार्थ हो ।
नवलपरासी, डोल्पा, प्युठान हुँदै काठमाडौंसम्म उनका लागि ठाउँ रोजिएका हुन् । काठमाडौं–७ मा त कुरा अन्तिम चरणसम्मै पनि पुगेको हो । तर ती कुनै पनि ठाउँका कार्यकर्ता र मतदाताले कमरेड वामदेवका पक्षमा अभिमत दिएनन् । बरु, कतिपयले उनको विपक्षमा विद्रोह नै गर्ने अवस्था आयो । आखिर वामदेवजस्तो उच्च तहको नेताका लागि तल्लो तहका कार्यकर्ता र आममतदाताका मनमा यस्तो भावना किन ? प्रश्न गम्भीर छ ।
कम्युनिस्ट आन्दोलनमा निःसन्देह वामदेवको ठूलो लगानी छ । उनले आफ्नो लामो जीवन यसैमा समर्पण गरेका छन् । तर उनको त्यो त्याग र समर्पणलाई उनको एउटै गल्तीले धुलिसात बनाइदिएको छ । वामदेवलाई लागेको सबभन्दा ठूलो चार्ज हो पार्टी विभाजन । आमवामपन्थी कार्यकर्ता र शुभेच्छुकका नजरमा उनको सबभन्दा ठूलो.अपराध नै २०५४ सालको पार्टी विभाजन हो । जसलाई तल्लो तहका कार्यकर्ता र आममतदाताले भुल्न सकेका छैनन् । यदि २०५४ मा पार्टी विभाजन नभएको भए २०५६ सालको आमनिर्वाचनमै बहुमत वा दुई तिहाईको कम्युनिस्ट सरकार निर्माण हुने कुरामा आम पार्टी कार्यकर्ता विश्वस्त छन् ।
आज पनि चिया पसलदेखि भोज पार्टीहरूका उनको प्रसंग उठ्नेबित्तिकै दुई कुराले उनलाई आमजनताले सम्झन्छन्, एक पार्टी विभाजन, अर्को सुनकाण्ड । आज कमरेड वामदेवको त्यही आमछवि बनेको छ । उनको पार्टी निर्माणमा कति भूमिका छ त्यो पार्टी कार्यकर्ताका लागि चासोको विषय बन्दैन । तर, पार्टी विभाजनले एमालेको एकल सरकारको सम्भावनामा तुषारापात भएको कुरा आमकार्यकर्ताका लागि नोटिसको विषय बन्छ । आज पनि उनका पछाडि उनको नाममा एकार लगाएर रिस पोख्ने जनता र कार्यकर्ताको ठूलो पंक्ति छ । यसो भन्दा वामदेव कमरेडलाई नमीठो लाग्न सक्छ । तर, सत्य यही हो ।
गौतम जुन पात्र वा प्रवृत्तिका रूपमा परिचित छन्, वास्तविकता त्यस्तो पनि होइन । यसका धेरै कारक छन् । उनलाई पार्टीभित्र गुटका नेताहरूले समेत बेलाबेलामा उपयोग (दुरुपयोग ?) गर्ने गरेका छन् । पार्टी पंक्तिमा माथिदेखि तलसम्मै सदैव उनलाई दुरुपयोग गरिँदै आइएको छ । वामदेवका नाममा जस आफू लिने र अपजस जति उनको पोल्टामा हालिदिने काम हुँदै आएको छ । तर यस्तो प्रवृत्तिलाई गौतमले कहिल्यै चिन्न सकेनन् । उनी एक हक्की नेताका रूपमा सदैव थिए र छन् तर उनको यही स्वभावलाई पार्टी पंक्तिमा सधैं दुरुपयोग गरिँदै आइएको छ ।
अर्कातिर उनका सल्लाहकारहरू योग्य र इमानदार छैनन् । उनीहरू पनि वामदेवको नाम भजाउनमै मस्त छन् । उनी शक्तिमा हुँदा उनको वरिपरि सल्बलाउने अनुहारहरू मात्र नियाल्ने हो भने पनि उनी कस्ता मान्छेको घेराभित्र छन् भन्ने स्पष्ट हुन्छ । उनलाई अप्ठेरो अवस्थामा निःस्वार्थ साथ दिने र तीतो भए पनि यथार्थ बताइदिने कार्यकर्ता उनको यही भजनमण्डलीको कोपभाजनमा पर्छन् ।
गौतमको आमरूपमा जुन छवि बनेको छ, त्यो उनका आसेपासेहरूले बताउने हिम्मत गर्दैनन् । र, जसले सुनाउनेछन् तिनको विश्वास गौतमलाई हुनेछैन, किनकि आजसम्म वामदेवले आफ्ना आलोचकलाई धैर्यपूर्वक सुनेको इतिहास छैन । वामदेव स्वयंमा असल हुँदाहुँदै पनि खराब संगतले उनलाई पनि खराब नै सिद्ध गर्दै गएको छ । उनले जुनजुन विवादास्पद काम गरेका थिए ती उनको व्यक्तिगत स्वार्थभन्दा पनि पार्टी वा सामूहिक स्वार्थका लागि थिए् ।
उनले पार्टी विभाजन गरेको ऋण पार्टी एकताका लागि गरेको अथक प्रयासले केही हदसम्म चुक्ता गरिसकेको छ । तर, यो कुरा बुझ्ने र बुझाउने कसले ? गौतमले विगतको गल्तीको सावाँ त छोडौं अहिलहेसम्म ब्याज मात्र तिरिरहनुपरेको छ । उनी चुनावमा असफल हुनुको प्रमुख कारण पनि यही नै हो । आगामी चुनावमा पनि वामदेवलाई यही चार्जले पराजित गर्ने पक्का छ । किनकि, तत्कालीन एमालेका आमकार्यकर्ताले वामदेवको २०५४ को छविलाई भुल्न सकेका छैनन् ।
गौतमले एमाले माओवादी एकताका लागि खेलेको भूमिका त्यसका अगाडि गौण बनिदिएको छ । उनको अथक प्रयासले नै यो एकता सम्भव भएको हो । तर, यस कुरालाई प्रचारप्रसार कसले गरिदिने ? किनकि, उनीसँग यो कामका लागि उनलाई सहयोग गर्ने मान्छे नै छैन । उनीसँग जो छन्, लोभीपापी, भ्रष्ट र दरिद्रहरू छन् । उनीहरूलाई गौतम बदनाम भए केही फरक पर्दैन तर उनी सफल हुँदा त्यसको प्रतिफल चाहिएको छ ।
यस्तो परिस्थितिमा कमरेड गौतमले कास्कीबाट चुनाव नलड्ने घोषणा गर्नु स्वागत र सम्मानयोग्य कुरा हो । यदि चुनाव लड्ने परिस्थिति बनेमा पनि वामदेवले अब चुनाव लड्ने सपना कमसेकम अर्को आमचुनावसम्म देख्नुहुन्न । बरु, पार्टी एकतालाई मजबुत बनाउँदै पार्टी आफ्नो छवि सुधारमा ध्यान दिनु जरुरी छ । त्यसैले, वामदेवले अहिले चुनावी झन्झटमा फसेर रहेबचेको साख गुमाउनुभन्दा उनले अघि सारेको पार्टी एकताको प्रक्रियालाई सही टुंगोमा पु¥याउनु नै अहिलेका लागि उत्तम विकल्प हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • क–कसले जोगाए शिवराजलाई ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको निलम्बन–प्रकरण अन्ततः ‘हात्ती आयो, फुस्सा’ हुन पुगेको छ । वित्तीय अपचलन र अनियमितताको आरोप लगाएर निलम्बनमा परेका डेपुटी गभर्नर श्रेष्ठ कारबाही हुनबाट जोगिएका छन् । पदावधि सकिन केही समय मात्र बाँकी रहँदा डेपुटी गभर्नरमाथि गम्भीर प्रकृतिका आरोपहरू लागेको थियो र केही...
  • नाट्टामा चुनावी प्रतिस्पर्धा तीव्र

    काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् नाट्टालाई तीव्र चुनावी रन्को लागेको छ । यही माघ ३ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि हालका वरिष्ठ उपाध्यक्ष अच्यूत गुरागाईं, पूर्वमहासचिवद्वय भीमप्रसाद पन्त र मिहीका शाह धाख्वाले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । निर्वाचनमा तीन अलगअलग समूहले मनोनयन दर्ता...
  • नौ महिना बित्यो, छैन सुरसार

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलाई नौ महिनादेखि अड्किएर रहेको संघीय निजामती विधेयकलाई टुंगो लगाउनुपर्ने चुनौती उभिएको छ । मन्त्री भएलगत्तै सो विधेयकलाई अघि बढाउन पहल गरे पनि कर्मचारीहरूको विरोध र असन्तुष्टि रहेका कारण त्यत्तिकै थाती रहेको छ । केही दिनअघि संसदीय समितिमा बोलाइएका मन्त्री त्रिपाठीले ‘विधेयकबारे...

चक्रपथ

द्वन्द्वपीडित शिक्षकलाई राहत

काठमाडौं । द्वन्द्वकालीन समयमा पीडा झेलेका शिक्षकहरूले बल्ल राहत पाउने भएका छन् । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले सेवा अवधि बाँकी रहेका द्वन्द्वपीडित शिक्षकहरूलाई रिक्त दरबन्दीमा समायोजन गर्ने तयारी थालेको छ । द्वन्द्वपीडित शिक्षकहरूलाई रिक्त दरबन्दीमा समायोजन गर्ने विषयमा अर्थ मन्त्रालयले संकेत दिएपछि शिक्षा मन्त्रालयले सो प्रक्रियाको थालनी गरेको हो...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

कथित बाबा र साक्षीकर्ताहरू

धर्मको आड र आवरणमा अनैतिक क्रियाकलाप उद्घाटित हुने क्रम झन् बढ्दो छ÷फस्टाउँदो छ । पछिल्लो समय कृष्णदास गिरीको कर्तुत सहतमा उत्रिएसँगै धार्मिक टेकोमा हुँदै आएका शोषण, विकृति र व्यापार हामीकहाँ दिनानुदिन कसरी झाँगिदै गइरहेको रहेछ भन्ने स्पष्ट तस्बिर देखाउँछ । कथित बाबा वा धार्मिक गुरुहरूले सत्ता र शक्तिको आड र...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

वैचारिक ताप

निबन्ध विधालाई निरन्तर पछ्याउँदै रचना–कर्ममा निमग्न स्रष्टा हुन्, माधव काफ्ले । राजनीति, समाज र संस्कृतिलगायत क्षेत्रहरूमा देखिएका संगत–विसंगत पक्षहरूलाई उनले लेखन–कार्यमा समेट्दै आएका छन् । उनको पछिल्लो निबन्ध–कृति ‘लाक्षागृह’मा उनले पूर्ववर्ती दुई निबन्ध–सँगालो ‘लिगलिग कोट’ र ‘जीवन एउटा थोत्रो स्क्रिन’मा जस्तै आफू बाँचेको परिवेशका गहनदेखि सामान्य घटनाक्रमहरूलाई ‘नोटिस’ गर्न चाहेका...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • वैदेशिक रोजगार पत्रकार समाजमा थापा

    काठमाडौं । वैदेशिक रोजगार पत्रकार समाजको साधारणसभाले हरिबहादुर थापाको अध्यक्षतामा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार राजधानीमा सम्पन्न समाजको साधारणसभाले मिडिया मिसनका सञ्चालक थापाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो । वैदेशिक रोजगार क्षेत्रमा कलम चलाउने सक्रिय सञ्चारकर्मीहरूको संस्थाका रूपमा समाज १० वर्षअघि स्थापना भएको हो ।...
  • डिडिसीमा जिएमका लागि दौडधुप

    काठमाडौं । दुग्ध विकास संस्थानको महाप्रबन्धक पदका लागि दौडधुप सुरु भएको छ । सरकारले खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्ति गर्ने योजना अघि सारी आवेदन माग गरेपछि सो पदका लागि आकांक्षीहरूको दौडधुप चलेको हो । पछिल्लो सूचनाअनुसार संस्थानमा महाप्रबन्धक पदमा १० जनाले आवेदन दिएका छन् । आवेदन दिनेहरूमा शीतलकाजी श्रेष्ठ, बैकुण्ठ अधिकारी,...
  • यादव ‘आउट’, तुम्बाहाम्फे ‘इन’ !

    काठमाडौं । अन्ततः समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ । सो पार्टीबाट सरकारमा सहभागी उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले हिजै राजीनामा दिएका छन् । उपप्रधानमन्त्री यादवले सोमबारको मन्त्रीपरिषद् बैठकमा संविधान संशोधनसम्बन्धी प्रस्ताव टेबुल गर्न खोजे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेको भोलिपल्टै...