28th January 2020, Tuesday

E-budhabar
Header Right Side NTC Advertisement

प्रधानमन्त्री ओली युटर्न !

प्रधानमन्त्री ओली युटर्न !

काठमाडौं । सरकार गठनको पहिलो वर्षलाई समृद्धिको आधार वर्ष र दोस्रो आर्थिक वर्षपछि तीव्र आर्थिक समृद्धितर्फको यात्रामा अघि बढ्ने घोषणा गरेका प्रधानमन्त्री केपी ओलीले गत १ साउनयता कार्यशैलीमा आमूल परिवर्तनको संकेत गरेका छन् । मन्त्रिपरिषद् फेरबदलको हल्ला चलिरहेका बेला प्रधानमन्त्री ओलीले पार्टीभित्र र बाहिर रुचाइएका नेता योगेश भट्टराईलाई इन्ट्री गराएका छन् । रिक्त संस्कृति, पयर्टन तथा नागरिक उड्डयन मन्त्रालयमा भट्टराईलाई जिम्मा दिएसँगै उनले एकैपटक धेरै प्रश्नको जवाफ दिएका छन् ।
भट्टराईको इन्ट्रीपछि सरकारमा रहेका सदस्यहरू कम्तीमा पनि एक÷डेढ वर्ष फेरबदल नहुने तर सरकारले विगतको कार्यशैलीमा भने आमूल सुधार गर्ने प्रस्ट सन्देश प्रधानमन्त्रीले दिएका छन् । इतिहासमै पहिलोपटक प्रधानमन्त्रीले मन्त्री, मन्त्रीले सचिव, सचिवले सहसचिव र विभागीय प्रमुखहरूले उपसचिव र अधिकृत तहसम्म कार्यसम्पादन करार सम्झौताअनुसार काम अघि बढाउने प्रतिबद्धतासहित ओलीले सरकारले जनअपेक्षाअनुसार नयाँ ढंगले विकास र समृद्धिको अभियान सञ्चालन सुरु गरेको प्रस्ट सन्देश दिएका छन् । यसबाट सरकार–कर्मचारीबीच ‘चेन अफ कमान्ड’ बलियो मात्र भएको छैन, विकास निर्माणको कामले अवश्य पनि गति लिने अपेक्षा गरिएको छ । किनभने क्यालेन्डरसहित करारमा कार्य सम्पादन गर्ने कुराले मन्त्री र कर्मचारीहरूले विगतको तुलनामा दोब्बर मिहेनतका साथ काम गर्नुपर्ने हुन्छ । त्यसो त राष्ट्रिय गौरवका आयोजनाहरूको कामको प्रधानमन्त्री कार्यालयबाटै अनुगमन गर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप सक्रिय तुल्याएर भ्रष्टाचार नियन्त्रणका लागि सरकारले गरेको प्रयासको पनि चौतर्फी प्रशंसा भइरहेको छ । जनताको तहबाट आलोचना भएपछि प्रधानमन्त्री ओलीले आफ्नो सचिवालयलाई पनि चुस्त बनाउँदै नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको जनतासँग प्रधानमन्त्री कार्यक्रम बन्द गराएका छन् । कुरा कम तर काम बढी गर्ने रणनीति अख्तियार गरेका प्रधानमन्त्री ओलीले पनि पार्टीभित्र पनि कमसेकम विधिलाई ‘फलो’ गर्ने प्रयास अघि बढाएका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूसँग निरन्तर संवाद गर्ने, पार्टीका विधिको माग गर्ने नेताहरूको कुरा सुन्ने मात्र होइन, कतिपय कुरा उनले व्यवहारमै लागू गर्ने प्रयास गरिरहेका छन् । नेकपा पूर्वएमाले र पूर्वमाओवादी समूहबाट बनेको छ । यो पक्षलाई उनले ख्याल गरेका छन् । तर, पूर्वमाओवादी समूहका नेताहरू विचार, सिद्धान्त, विधि, प्रक्रिया र पद्धतिलाई आत्मसात् गर्ने प्रवृत्तिमा अझै अभ्यस्त हुन सकेका छैनन् । पार्टी अध्यक्षको जस्तोसुकै नकारात्मक शैली र प्रवृत्तिको पनि व्यक्ति पूजाको रूपमा प्रशंसा गर्ने, पद र प्रतिष्ठाका निम्ति अध्यक्ष प्रचण्डलाई घेराबन्दी गर्ने जस्ता प्रवृत्तिका कारण नेकपाभित्र पूर्वमाओवादी समूहको भूमिका फितलो बन्दै गएको छ । यी सबै परिप्रेक्ष्यमा लोकतान्त्रिक पद्धतिलाई आत्मसात् गरेर प्रधानमन्त्री ओली भावी दिनमा थप कसरी अघि बढ्छन्, त्यसबाटै उनको फेरिएको शैलीको परीक्षा हुने विश्लेषण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • क–कसले जोगाए शिवराजलाई ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको निलम्बन–प्रकरण अन्ततः ‘हात्ती आयो, फुस्सा’ हुन पुगेको छ । वित्तीय अपचलन र अनियमितताको आरोप लगाएर निलम्बनमा परेका डेपुटी गभर्नर श्रेष्ठ कारबाही हुनबाट जोगिएका छन् । पदावधि सकिन केही समय मात्र बाँकी रहँदा डेपुटी गभर्नरमाथि गम्भीर प्रकृतिका आरोपहरू लागेको थियो र केही...
  • नाट्टामा चुनावी प्रतिस्पर्धा तीव्र

    काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् नाट्टालाई तीव्र चुनावी रन्को लागेको छ । यही माघ ३ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि हालका वरिष्ठ उपाध्यक्ष अच्यूत गुरागाईं, पूर्वमहासचिवद्वय भीमप्रसाद पन्त र मिहीका शाह धाख्वाले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । निर्वाचनमा तीन अलगअलग समूहले मनोनयन दर्ता...
  • नौ महिना बित्यो, छैन सुरसार

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलाई नौ महिनादेखि अड्किएर रहेको संघीय निजामती विधेयकलाई टुंगो लगाउनुपर्ने चुनौती उभिएको छ । मन्त्री भएलगत्तै सो विधेयकलाई अघि बढाउन पहल गरे पनि कर्मचारीहरूको विरोध र असन्तुष्टि रहेका कारण त्यत्तिकै थाती रहेको छ । केही दिनअघि संसदीय समितिमा बोलाइएका मन्त्री त्रिपाठीले ‘विधेयकबारे...

चक्रपथ

द्वन्द्वपीडित शिक्षकलाई राहत

काठमाडौं । द्वन्द्वकालीन समयमा पीडा झेलेका शिक्षकहरूले बल्ल राहत पाउने भएका छन् । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले सेवा अवधि बाँकी रहेका द्वन्द्वपीडित शिक्षकहरूलाई रिक्त दरबन्दीमा समायोजन गर्ने तयारी थालेको छ । द्वन्द्वपीडित शिक्षकहरूलाई रिक्त दरबन्दीमा समायोजन गर्ने विषयमा अर्थ मन्त्रालयले संकेत दिएपछि शिक्षा मन्त्रालयले सो प्रक्रियाको थालनी गरेको हो...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

कथित बाबा र साक्षीकर्ताहरू

धर्मको आड र आवरणमा अनैतिक क्रियाकलाप उद्घाटित हुने क्रम झन् बढ्दो छ÷फस्टाउँदो छ । पछिल्लो समय कृष्णदास गिरीको कर्तुत सहतमा उत्रिएसँगै धार्मिक टेकोमा हुँदै आएका शोषण, विकृति र व्यापार हामीकहाँ दिनानुदिन कसरी झाँगिदै गइरहेको रहेछ भन्ने स्पष्ट तस्बिर देखाउँछ । कथित बाबा वा धार्मिक गुरुहरूले सत्ता र शक्तिको आड र...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

वैचारिक ताप

निबन्ध विधालाई निरन्तर पछ्याउँदै रचना–कर्ममा निमग्न स्रष्टा हुन्, माधव काफ्ले । राजनीति, समाज र संस्कृतिलगायत क्षेत्रहरूमा देखिएका संगत–विसंगत पक्षहरूलाई उनले लेखन–कार्यमा समेट्दै आएका छन् । उनको पछिल्लो निबन्ध–कृति ‘लाक्षागृह’मा उनले पूर्ववर्ती दुई निबन्ध–सँगालो ‘लिगलिग कोट’ र ‘जीवन एउटा थोत्रो स्क्रिन’मा जस्तै आफू बाँचेको परिवेशका गहनदेखि सामान्य घटनाक्रमहरूलाई ‘नोटिस’ गर्न चाहेका...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • वैदेशिक रोजगार पत्रकार समाजमा थापा

    काठमाडौं । वैदेशिक रोजगार पत्रकार समाजको साधारणसभाले हरिबहादुर थापाको अध्यक्षतामा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार राजधानीमा सम्पन्न समाजको साधारणसभाले मिडिया मिसनका सञ्चालक थापाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो । वैदेशिक रोजगार क्षेत्रमा कलम चलाउने सक्रिय सञ्चारकर्मीहरूको संस्थाका रूपमा समाज १० वर्षअघि स्थापना भएको हो ।...
  • डिडिसीमा जिएमका लागि दौडधुप

    काठमाडौं । दुग्ध विकास संस्थानको महाप्रबन्धक पदका लागि दौडधुप सुरु भएको छ । सरकारले खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्ति गर्ने योजना अघि सारी आवेदन माग गरेपछि सो पदका लागि आकांक्षीहरूको दौडधुप चलेको हो । पछिल्लो सूचनाअनुसार संस्थानमा महाप्रबन्धक पदमा १० जनाले आवेदन दिएका छन् । आवेदन दिनेहरूमा शीतलकाजी श्रेष्ठ, बैकुण्ठ अधिकारी,...
  • यादव ‘आउट’, तुम्बाहाम्फे ‘इन’ !

    काठमाडौं । अन्ततः समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ । सो पार्टीबाट सरकारमा सहभागी उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले हिजै राजीनामा दिएका छन् । उपप्रधानमन्त्री यादवले सोमबारको मन्त्रीपरिषद् बैठकमा संविधान संशोधनसम्बन्धी प्रस्ताव टेबुल गर्न खोजे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेको भोलिपल्टै...