25th August 2019, Sunday

E-budhabar
Header Right Side NTC Advertisement

समितिको निर्देशनपछि आखेटोपहार व्यवस्थापनमा तिव्रता



काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा भएको वन्यजन्तुको आखेटोपहार व्यवस्थापन प्रक्रिया सुरु गरिएको छ । राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको निर्देशनमा बनेको समितिले व्यवस्थापन थालेको हो ।
दरबार संग्रहालय क्षेत्रमा राजा वीरेन्द्रले राखेका वन्यजन्तुको हाड, छाला, सिङ, दाँत, प्वाँख, चराको टाउकोलगायत जंगलबाट तत्कालीन समयमा सिकार गरेर ल्याइएको वन्यजन्तुका आखेटोपहार अहिले काम नलाग्ने अवस्थामा पुगेको भन्दै समितिले चासो देखाएको थियो ।
यसको व्यवस्थापनका लागि संसदीय समितिले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईको संयोजकत्वमा सम्बन्धित मन्त्रालय तथा निकाय सदस्य रहनेगरी समिति बनाएको थियो ।
समितिले प्रविधिको टोलीसहित धमाधम व्यवस्थापनको काम गरिरहेको छ । दरबार संग्रहालय क्षेत्रमा रहेका वन्यजन्तुको आखेटोपहारमध्ये अहिले हड्डी, टाउको, सिङ, दाँतको व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको समिति संयोजक भट्टराईले बताए । ‘आहिले हामीले छालाको काम गरेका छैनौं,’ उनले भने, ‘हाड र सिङको लगभग सकिएको छ ।’
तत्कालीन राजपरिवारमा उपहारका लागि आएका तथा सिकार गरेर राखिएका आखेटोपहार अहिले कतिपय काम नलाग्ने अवस्थामा पुगेको भट्टराईले बताए । कतिपय नेपालमै नपाइने वन्यजन्तुको आखेटोपहार भेटिएको उनको भनाइ छ । ‘पछि संग्रह गरेर राख्न मिल्नेलाई हामीले तौल, नाप लिएर माइक्रोचिप्स लगाएर राखेका छौं,’ भट्टराईले भने, ‘सबैको सम्पूर्ण विवरण राखेर फोटोसमेत खिचेर कम्युटरमा रेकर्ड राखेका छौं ।’
काम लाग्ने र नलाग्ने छुट्ट्याएपछि सरकारले जे निर्णय गर्छ त्यहीअनुसार अघि बढ्ने समितिको निष्कर्ष छ । ‘हामीले छुट्ट्याएपछि सरकारले कहाँ व्यवस्थापन गर्ने भन्छ, त्यहीँ गर्छौं,’ उनले भने, ‘तत्काललाई दरबार संग्रहालयको स्टोरमा राखेका छौँ ।’ संग्रहालयमा रहेको एउटा टहरामा आखेटोपहार राखिएको छ । सो टहरा भूकम्पले जीर्ण भएको छ । वन्यजन्तुको आखेटोपहार राखिएको टहराको पर्खाल भत्कनै लागेको छ । मरेको वन्यजन्तुको आखेटोपहार खासै महŒव नरहेको उपमहानिर्देशक भट्टराई बताउँछन् । ‘यसलाई धेरै महŒव मान्छेले दिएको हो । ज्यूँदोमा जति महŒव हुन्छ त्यति महŒव मरेको छाला, सिङ तथा प्वाँखमा हुँदैन’, उनले भने, ‘वन्यजन्तुको सिङ चक्कुको बिड बनाउन प्रयोग गरिन्छ । यो कहाँ बहुमूल्य भयो र ! सम्पत्ति थन्क्याउन मात्रै किनिन्छ, अरू उपयोगिता छैन ।’ संग्रहालयमा रहेका आखेटोपहार भावी पुस्तालाई अध्ययन–अनुसन्धानका लागि महŒव रहने भट्टराईको भनाइ छ । ‘यसले आउने पुस्तामा वन्यजन्तुबारे जानकारी दिन सजिलो हुन्छ,’ उनले भने, ‘वन्यजन्तुमाथि अध्ययन–अनुसन्धान गर्न संग्रह गरेर राख्नुपर्छ ।’
आखेटोपहार व्यवस्थापनका लागि समिति, नेपाली सेना र नेपाल प्रहरी गरी ३५ जनाको टोली खटिएको छ । जसमा समितिबाट संयोजक भट्टराईसहित आठजना नियमित र ६ जना पालो गरेर आउने गरेका छन् । ‘आर्मी र प्रहरी आखेटोपहारलाई बाहिरसम्म ल्याउन सहयोग गर्नुभएको छ,’ भट्टराईले भने ।
समितिको समय एक महिनाको दिइएको थियो । यो समितिले साउनसम्म काम गर्न सक्नेछ । ‘हामीले समयमा नै काम सक्ने प्रयास गरिरहेका छौं तर बर्खामा पानी पर्दा समस्या हुन्छ,’ उनले भने, ‘समयमा सकिएन भने एकपटक संसदीय समितिमा म्याद थपको माग गर्छौं ।’ प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण बिडारीले आखेटोपहार संरक्षणमा सहयोग गर्न तयार रहेको बताए । आखेटोपहार व्यवस्थापनको कामबारे निरीक्षण गर्न दरबार संग्रहालय पुगेका बिडारीले काम नलाग्नेलाई सरकारसँग सहकार्य गरेर नष्ट गर्न सहयोग गर्ने बताए । समितिलाई हनुमानढोका दरबार क्षेत्र र सिंहदरबारको ग्यालरी बैठकमा रहेको आखेटोपहार व्यवस्थापनको जिम्मेवारीसमेत दिइएको छ । नारायणहिटी दरबार संग्रहालयको सकिएपछि हनुमानढोकाको व्यवस्थापनमा लागिने संयोजक भट्टराईले बताए । सिंहदरबारको ग्यालरी बैठकमा पनि तत्काली राजाले सजावटका लागि वन्यजन्तुको आखेटोपहार राखेका थिए । लामो समयदेखि त्यो आखेटोपहार प्रयोगमा नआउँदा कतिपय बिग्रिसकेका छन् । त्यहाँको आखेटोपहार व्यवस्थापनमा भने चुनौती देखिएको समितिले जनाएको छ । भूकम्पल ग्यालरी बैठकमा क्षति पुग्दा त्यहाँ काम गर्न चुनौती भएको संयोजक भट्टराईले बताए । ‘भूकम्पले ग्यालरी बैठकमा क्षति पु¥याउँदा ढोकासमेत खुल्दैन,’ उनले भने, ‘हामीले गृह मन्त्रालयलाई पत्र लेखेका छौं । ढोका खुल्यो भने काम गर्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

नेकपामा कुन नेतालाई के जिम्मेवारी ?

ShareTweet काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गत शनिबार र आइतबार बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय विभागहरूको प्रमुख तथा उपप्रमुख र जनवर्गीय संगठनका- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

निभ्यो समृद्ध ज्ञान–पुञ्ज

ShareTweet नेपाली भाषा, साहित्य, संस्कृति, दर्शन र पत्रकारिता जगत्का मनिषि मदनमणि दीक्षितको दुःखद अवसानले पूर्वीय दर्शन र चिन्तन परम्पराको क्षेत्रमा शून्यता प्रतीत- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

‘मित्रताको आकाश’मा इन्द्रधनुषी विम्ब

ShareTweet पूर्वरंग संस्कृत साहित्यको नीतिवचनमा एउटा भनाइ छ– संसार विषवृक्षस्य द्वेफले अमृतोपमे । काव्यामृत रसास्वाद संलाप सज्जनैः सह ।। नीतिवचन संग्रह ६।७ अर्थात्- ...
पूरा पढ्नुहोस्

छोटकरीमा