20th November 2019, Wednesday

E-budhabar
Header Right Side NTC Advertisement

आश्रित र नास्तिक हामी पुराना साथी



जीवराजसँग मेरो भेट भएकोे र घरमा आवतजावतका पुराना दिन सम्झँदा अहिले ४६ वर्ष बितेछन् । यस अवधिमा हामी साथी भयौं । पहिलो भेट्मा उनी बुटवल कालिका–१ का प्राविका शिक्षक थिए, म बुटवल हाई स्कुलको विद्यार्थी । हाम्रा समयका साहित्यकार विद्वान् कुलमणि देवकोटा, जगतबहादुर जोशीका बारेमा चर्चा हुन्थ्यो । प्रवासी कवि हरिभक्त कटुवाल अनि नाटककार भीमनिधि तिवारीसँग साहित्यिक चर्चा हुन्थ्यो । मोदनाथ प्रश्रित त हाम्रा औपचारिक अनौपचारिक गुरु, साथी दुवै थिए । बुटवल अहिलेजस्तो फराकिलो बनेको थिएन । यस्तो परिवेशमा हामी ‘आश्रित’ र ‘नास्तिक’ साथी बनेका थियौं । साहित्य गोष्ठी, सांस्कृतिक कार्यक्रम र महावीर तथा सोभियतमैत्री पुस्तकालय हाम्रा भेटघाट तथा छलफलका केन्द्र थिए । रूपन्देहीको कम्युनिस्ट संगठनलाई जगाएर २०२६ सालको विद्यार्थी आन्दोलनको नेतृत्व गर्ने अवस्थासम्म प्रश्रित, आश्रित र नास्तिक प्रशासनका निम्ति संयुक्त हाउगुजी नै बनेका थिए । यस अवधिमा हामी कमरेड भयौं । त्यसपछि जीवराजले जनताका बीचमा संगठन बनाउने र त्यसलाई परिचालन गर्ने कुशलता प्राप्त गरे, मदन भण्डारीको पहिचान गरे, साथी बनाए, सँगै काम गरे र सँगै मृत्युवरण गरे ।
मेरो संस्मरणको गुदी यही हो । यिनै ४६ वर्षको अवधिभित्रका झलक, आरोह, अवरोह, घटना–परिघटना र यसभित्र निर्वाह गरेका भूमिकाका अनेकौं पत्र र पात्रहरूका सम्बन्धमा देखेका र लागेका कुराको कतै, व्याख्या कतै सूत्र र संकेत, आश्रित क्रियाशील रहेको अवस्था र उनलाई बिर्सन नसकेका हाम्रा गुनासाको कुरा पनि संस्मरण बन्न पुगेका छन् ।
वरिपरिको उत्पीडित परिवेशबाट मुक्ति पाउने लालसाले मलाई कम्युनिस्ट पार्टीतिर तान्यो । त्यसै दौरानमा आश्रितले बुटवल कालिकानगरमा पढाउने र साहित्यमा रुचि राख्ने भएकाले हाम्रो हिमचिम बढ्यो । हामी राम्रै साथी बन्यौं । कम्युिनस्ट पार्टीमा भने सल्लाह गरेर लागेका होइनाौ । म देशभित्रै कम्युनिस्ट बनें, उनी बनारस गएका बेला पुष्पलाललाई भेटेर कम्युनिस्ट बने । केशव घिमिरेको भनाइअनुसार दसपुत्रगल्लीमा बुझाएका उनको पार्टी सदस्यता आवेदनपत्रमा प्रस्तावक केशव घिमिरे र समर्थकमा माधव ज्ञवाली रहेका थिए ।
२०२२ सालदेखिका खुला र पार्टीमा लाग्नुपूर्वका हामी मित्र थियाौं, मित्रै रह्याौ । हामी विभिन्न विषयमा निर्धक्क बहस गर्ने साथी पनि थियाौं । गोपनीयता र अनुशासनका विषयमा हाम्रो मतैक्यता निरन्तर रह्यो । एकअर्काको झूटो प्रशंसा गर्नु मित्रता होइन भन्ने कुरामा हामी स्पष्ट थियाौं ।
साथीका रूपमा २०२२÷२३ का दुई वर्ष हामी दुईजना एउटै डेरा र भान्छाका साथी रह्याौ । भाइ शिवलालको मृत्युले उनलाई निकै दुःखित बनाएको थियो । उनले बनारसबाट आईए पास गरेपछि पक्लिहवा कलेजमा बीएको कक्षा ज्वाइन गरे । उनी सादा, मितव्ययी र व्यवस्थित थिए । गाउँका गरिब जनताको सेवा गर्नुपर्छ भन्ने विषयमा चर्चा गथ्र्याौं, हामी । पार्टीमा पूर्णकालीन हुने सोच भने थिएन ।
रूपन्देहीमा केही पार्टी सेलको गठन र सञ्चालनपछि हामी २०२४ मा म सचिव र जीवराज आश्रित, तारेन्द्र माण्डव्य, रमेश श्रेष्ठ, बाबुराम अर्याल, गोविन्दसिंह थापा, तीर्थमुनि बज्राचार्य, थम्मनबहादुर हमाल, विजय शेरचन र दुर्गा जेजी सदस्य रहेको कम्युनिस्ट पार्टीको जिल्ला संगठन कमिटी निर्माण ग¥याौं । २०२५ को तेस्रो राष्ट्रिय सम्मेलनमा रूपन्देही जिल्लाको प्रतिनिधित्व रहेको थियो ।
त्यसबेला हामीमा कतै काम गर्दै त्यही टिकेर जनताको सेवा गर्नेसम्मको चेतना थियो । पढेर कुनै जागिर खाँदै गाउँको विकासमा लाग्नेभन्दा माथि हामी पुगेका थिएनाौं । पुष्पलालले नै जीवराज आश्रितलगायत यता लुम्बिनीका हामी दर्जनाौं युवालाई पूर्ण रूपमा जनतामा पठाउने काम गरेका हुन् । हामीलाई पूर्णकालीन हुन, किसानका बीच पार्टीलाई बसाउन, पुष्पलालको १÷३ सर्कुलरले प्रेरित गरेको थियो । हामी स्कुल, कलेज, घर–परिवारलाई पहिलो प्राथमिकतामा नराख्ने एउटा क्रान्तिकारी पुस्ता तयार गर्न लाग्याौं र संघर्षमा होमियाौ । जीवनयापन र पढाइका लागि जीवराजलाई भने जागिर खानु जरुरी थियो । त्यो जागिर उनको सक्रिय राजनीतिमा अड्चन बनेको थियो । हामी उपायको खोजीमा पनि थियौं ।
जीवराजले पक्लिहवा कलेज भैरहवा भेग र मैले लुम्बिनी कलेज बुटवल भेगको विद्यार्थी संगठनलाई परिचालन गरिरहेका थियाौ । १८ कलेजको स्वीकृति र परीक्षाको विषयले २०२६ मा ठूलो आन्दोलनको रूप लियो । हामी नेतृत्वको अग्रपंक्तिमा थियाौ । जीवराज, पुण्यभक्त प्रधानांग र उदयराज पाण्डे सात दिन थुनामा परे । त्यसपछि हामी पाल्पा परीक्षा दिन गयाौं । परीक्षा सकिएर बुटवल झरेकै दिन मेरो डेराबाट ‘क्रान्तिकारी विद्यार्थीलाई आह्वान’ भन्ने पर्चा छापेको आरोपमा आश्रितलाई पुलिसले समात्यो । यो मुद्दामा मुछिएका कुलप्रसाद नेपाल र केशव ज्ञवाली तीनैजनालाई तीन वर्ष कैद र २ हजार जरिवाना तोकिएको थियो । वकिल टेकबहादुर पन्थीको सहयोगमा मुद्दा जितेर डेड वर्षमा सबै रिहा भए । आश्रित जेलबाट छुटेर त आए, तर घर फर्केनन् । मैले गुल्मीको एउटा सेल्टरमा लुम्बिनी अञ्चल ब्युरोको कार्यवाहक सचिवको जिम्मेवारी सम्हालेको अवस्थामा हामी एक दिन एक रात सँगै बस्याौं । त्यहीँबाट पार्टी कामको जिम्मा लिएर जनताका बीचमा गएका उनले सिंगो जीवन जनताकै खातिर समर्पण गरे ।
खासगरी राजतन्त्र भएका मुलुकमा, कम्युनिस्ट पार्टीभित्र जमिन्दारहरूको प्रवेशलाई अनौठो मानेर काम चल्दैन । पढाइ र पहुँचले उनीहरूलाई माक्र्सवादको अध्ययन गर्ने र मध्यम वर्गीयहरूको नेता हुने अवसर प्रदान गरेको हुन्छ । दस्तावेजमा मजदुर किसानको मुक्तिका कुरा लेख्ने र व्यवहारमा आफ्नै वर्गचरित्रको रक्षाका खातिर लाग्ने कुराप्रति आश्रितको सदैव तिखो निगरानी रहेको थियो । उनमा वर्ग पक्षधरता पहिलेबाटै थियो । उनी उत्पीडनको विरोधमा र उत्पीडितहरूको पक्षमा, बोल्थे र लेख्थे पनि । हरेक विषयमा गहिरो रुचि, खोतलेर जानकारी लिने, त्यसको टिपोट तयार गर्ने आश्रितको पहिलेदेखिकै बानी थियो । पछि पूर्णकालिक हुँदा उनले त्यसलाई झन् गहिरोसँग समाए । समस्याको तहमा पुगेर बुझ्ने र ठीक–बेठीक खुट्याएर समाधानमा लाग्ने उनको विशिष्ट गुण थियो । यसैले उनलाई हामीले सहर्ष अगाडि बढाउने आधार पायाौं ।
आश्रित र मेरो मित्रतामा कहिल्यै तँछाड–मछाडको अवस्था आएन, हामीबीच त्यस्तो सोच पनि आएन । को–अर्डिनेसन केन्द्र प्रवेशताका कतिपयले फाटो हाल्ने नाकाम कोसिस चाहिँ गरेकै हुन् । कम्युनिस्ट पार्टीभित्र घुसेका जमिनदार वर्गका व्यक्तिहरूका सामन्ती प्रवृत्ति र हैकम चलाउनेहरूको म पटक–पटक सिकार भएँ । २०२९ को चौथो सम्मेलनपछि पुष्पलालको संगठनमा आफू महासचिव हुन केशरमणि पोखरेलले गुटको खेती सुरु गरे । गोरखपुर बैठकमा मलाई सुदूरतिर पन्छाउने हुकुमी आदेशलाई मैले अस्वीकार गरेपछि उनले कहीँकतै खानबस्न नदिने तथा सबै कमिटीबाट हटाउने काम गरे । त्यस्तो परिस्थितिमा जीवराज र वामदेवहरू केशरमणिको विपक्षमा तथा माधव ज्ञवाली, मोहनलाल आचार्य आदि पक्षमा उभिए । सिद्धिनाथ ज्ञवाली तटस्थ रहे । केशरमणिले केन्द्रको जानकारीबिनै सदरमुकाम घेर्ने र सशस्त्र क्रान्तिको नाममा गोप्य रूपमा ‘मनी–एक्सन’को नेतृत्व गरे । चर्को दमन भयो । पक्रिएपछि उनले ‘राजा मान्छु’ भनी आत्मसमर्पण गरे । कम्युनिस्ट आन्दोलनप्रति निष्ठावान् धेरै साथीहरूले लामो जेल यातना भोग्नुप¥यो । यसरी केशरमणिको महŒवाकाङ्क्षा र गुटबन्दी तुहेको थियो । जीवराजसमेतका हामीहरू आत्मसमर्पणविरुद्ध निरन्तर वैचारिक एवं सांगठनिक काममा लागिरह्याौ ।
यो आश्रितको वैचारिक नेतृत्व स्थापित हुने समय थियो । उनले ठाउँ–ठाउँमा माक्र्सवादी कक्षा चलाउने र क्रान्तिकारी धारबाट पार्टीहरूबीच एकता कायम हुनुपर्ने विषयमा स्थानीय र बाहिरका साथीहरूबीच छलफल चलाए । केन्द्रमा व्यवस्थित रूपमा साथीहरूलाई हाम्रो विचार र समस्या राख्न पठाइयो । त्यसपछि मात्र पुष्पलालबाट अलग हुने टुंगोमा पुगेर २०३३ को असार १५ गते रूपन्देहीको सौरहियास्थित भीमनारायण थारूको घरमा भएको जीवराज आश्रित, मोदनाथ प्रश्रित, सिद्धिनाथ ज्ञवाली, वामदेव गौतम, शान्ता मानवी, भीमनारायण थारू, महेन्द्र थारू, धर्मबहादुर खत्री, भक्तबहादुर केसी, तुलसी चौधरी, गणेश पोखरेल, भm्याउल लोध र मलगायतको भेलाले पुष्पलालबाट पूर्ण रूपमा अलग भई विद्रोहको घोषणा गरेको थियो । यसको वर्ष दिनअघि २०३२ मा आश्रितको सिद्धिनाथ ज्ञवालीकी भतिजी माया ज्ञवालीसँग प्रगतिशील विवाह हाम्रो रोहवरमा भएको थियो । वामदेव गौतमको ससुराली घरमा भएको उक्त विवाह अघि र पछि मैले फोटो खिचेको छु । त्यतिबेला भूमिगत भएर फोटो खिचेको आलोचना पनि मैले खानुपरेको थियो ।
२०३४ भदौमा हामी आफ्ना विमतिलाई थाती राखेर को–अर्डिनेसन केन्द्रमा समाहित भएका थियाौ । को–के भने हाम्रीप्रति सकारात्मक बनेन । आश्रित, मदन भण्डारी र मोदनाथ प्रश्रितजस्ता प्रखर, पाका, व्यवस्थित र तर्कशील व्यक्तित्वहरूबाट नेतृत्व पनि भयभीतजस्तै हुन पुगेको अनुमान गर्न सकिन्थ्यो । हामीसँग मित्रवत् व्यवहार गरिएन । सिद्धिनाथ ज्ञवालीका शब्दमा ‘पार्टी एकीकरण भएपछि हामीलाई छिन्नभिन्न पारियो । जीवराज आश्रित, देवेन्द्र घिमिरे र म गुल्मी खटाइयाौं । मोदनाथ प्रश्रित कपिलवस्तु र भीमनारायन थारू रूपन्देहीमा रहनुभयो ।’ यो कुरा २०६८ को लुम्बिनी सन्देशमा छापिएको छ ।
सीपी मैनाली २०३९ मा नेतृत्वबाट हटेपछि प्रदीप नेपालले आफू झापाको उग्रवादका विपक्षमा रहेको, सीपीको निर्देशन अमैत्रीपूर्ण रहेको चर्चा गरे पनि मुक्ति मोर्चाप्रति गरेको विभेद, अविश्वास, सीपीतिर सारेर मात्र पुग्दैन । सीपीका पत्र आश्रितलाई देखाएको भन्ने अमूर्त तर्कले इतिहास हँुदैन । तथ्य बोल्नुपर्छ, आश्रितलाई सोधेर बुझ्न आज सकिँदैन । आश्रितका बारेमा लेख्न बस्दा के लेख्ने होइन, कति संक्षेपमा लेख्ने भन्ने कुरा सोच्नुपर्ने हुन्छ हामीले । उनी बहुआयामिक व्यक्तित्वका धनी थिए । भूमिगत कालका नखुलेका माथिल्ला सूचनाबाहेक आश्रित जनताका बीचमा अत्यन्त लोकप्रिय र खुला थिए । आश्रितले हामीसँगै डेरामा बस्दा २०२२ सालमा र अन्तिम पटकसमेत १३ थान पत्र र मेराबारेमा उनले २०२२ सालमा गरेको भविष्यवाणी संग्रहालयमा बुझाउनेगरी सुरक्षित छन् । पत्रका केही अंश ‘जीवराज आश्रित ः स्मृति ग्रन्थ’ले समेटेको छ । अरू मित्रहरूसँग रहेका पत्रहरू संकलन गर्ने काम पनि जारी छ ।
२०४६ भदौमा नेकपा (माले)को चौथो महाधिवेशन हुनेभयो । सिरहाको माथि खोंचमा आयोजक र प्रतिनिधिहरू भेला भयाौ । महाधिवेशनले बहुदलीयता स्वीकार्दै पञ्चायतविरोधीहरूसँग संयुक्त जनआन्दोलनमा जाने नीति पारित ग¥यो । केन्द्रीय कमिटीको निर्वाचनको प्रक्रिया सुरु हुँदा अध्यक्ष मण्डलले पेस गरेका नाममा ताली बजाउने र अनुमोदन गराउने प्रयत्न भयो । नेतृत्वले एकजना पनि हलले पठाएका सदस्य राख्न मानेन । धैरै साथीहरूले लामै बहस गर्नुभयो । त्यसैक्रममा माथिबाट प्रस्तुत गरेका नामलाई मनाउन जिद्दी गर्ने नेतृत्वको शैलीलाई जनवाद भनिँदैन, यो त ‘राताआँखे जनवाद’ले हो, यस्तो किन गरिन्छ भन्ने प्रश्न उठ्यो । यस्ता प्रश्नहरूको जवाफ आउन वर्षाौ पर्खिनुप¥यो । आश्रित, मदन भण्डारीलगायत नेतृत्वका साथीहरूलाई ‘राताआँखे जनवाद’ले झस्काइरह्यो । खास–खास बेलामा यसको चर्चा भइरन्छ । पाँचौं महाधिवेशनमा मसमेत बहुपदीय नेतृत्वको पक्षमा थोरै थियौं, छैटौं महाधिवेशनमा पार्टी नै अहंकारको सिकार बन्यो । साताौ महाधिवेशनमा केपी शर्मा ओलीले पार्टी फोर्दै छन् भन्ने हुइयाँ मच्चाएर यो विषय ओझेलमा पारियो । ‘राताआँखे जनवाद’ले वर्षौंपछि आठौं महाधिवेशनमा बल्ल विधिवत् निकास पायो ।
२०४६ सालको बहुदलपछि खुला भेट र फोनको व्यवस्थित प्रयोग हुन थाल्यो । २०४८ को पहिलो संसदीय निर्वाचनमा माले–माक्र्सवादी एकीकरणका कतिपय नकारात्मक असरका बाबजुद एमालेको पक्षमा राम्रै परिणाम आएको हो । यतिबेला जीवराज आश्रितलाई भने जन्मथलोमा माग हुँदा पनि गुल्मी–२ मा चुनाव लडाउने केन्द्रको निर्णय बेठीक भएको तथ्य र तर्कलाई स्वीकार गरिएन । चुनाव हारियो । व्यक्तिगत रूपमा उनलाई गुल्मी–२ मा नउठ्न मैले विशेष सुझाव दिएको थिएँ । पराजयले उनलाई निकै गम्भीर बनायो । त्यस्ता मामिलामा आश्रित पहिल्यैदेखि अन्तरमुखी थिए ।
मुक्तिमोर्चा विद्रोहपछि मदन भण्डारीले माता–पिताको रेखदेख गर्दै राजनीतिक काममा लाग्ने विचार रहेछ । आश्रित र प्रश्रितले उहाँलाई पटक–पटक घरमै भेटेर, अब यसरी घरमा बसेर पुग्दैन, राजनीतिक मैदानमा निस्केर देशकै माता–पिता र जनताको सेवा गर्नुपर्छ, भन्ने कुरामा जोड दिए । त्यसपछि मुक्तिमोर्चा प्रकाशन २०३३ का सहयात्री मदन भण्डारीलाई सँगै हिँडाएर जीवराज आश्रितले विचार निर्माणदेखि संगठन निर्माणमा सँगै काम गरेर सबै यात्रामा दुवैजना सँगै हिँडे । २०५० को जेठ ३ को दिन अन्तिम कास्की–चितवन यात्रामा षड्यन्त्रकारीहरूबाट जिपसँगै दुवैजना त्रिशूलीमा खसालिए । यस दुःखद घटनाले सिंगो देश स्तब्ध र शोकाकुल बन्यो । जीवराज आश्रित र मदन भण्डारी सँगै राजनीतिमा क्रियाशील भएर सँगै मृत्युवरण गर्न पुगे ।
हामी शोकलाई शक्तिमा बदल्ने वाचा गर्दै ठाउँ–ठाउँमा दुवैजना प्रिय नेताहरूको अस्तु समाधिस्थ गर्दै रहँदा एमाले केन्द्रीय कमिटीले श्रद्धाञ्जली पुस्तिका छापेर वितरण ग¥यो । त्यसको मुख पृष्ठको चित्र संयोजनमा गरिएको विभेदलाई मैले वर्षौं बिर्सन सकिनँ । यो क–कसको निर्देशन र जानकारीमा तयार भयो भन्ने कुरा ‘मदन भण्डारी स्मृति–ग्रन्थ’मा वासुदेव अधिकारीको लेखले बल्ल खुलासा गरेको छ ।
काठमाडौंमा २०५० मा ‘मदन–आश्रित स्मृति प्रतिष्ठान’ बन्यो । अहिले गोठाटारमा छ । वाचस्पति देवकोटा अध्यक्ष हुँदा ‘जीवराज आश्रितका अभिव्यक्तिहरू’ नामक पुस्तिका छापिएको थियोे, त्यसको अब पुनः प्रकाशनको आवश्यकता बढिरहेको छ । आश्रितको निधनपछि लुम्बिनी, गुल्मी, काठमाडौं सम्पर्क मञ्चले स्मृति दिवस तथा जन्मजयन्ती मनाउँदै आएको छ । २०५७ सालमा जीवराज आश्रित स्मृति प्रतिष्ठान घोषणा हुन हुनबाट रोकियो । यो कुरा माधवकुमार नेपाल र पीएल मणिलाई थाहा छ । काठमाडौं केन्द्रित भएर प्रतिष्ठान बनाउन त परै जाओस्, हामीले स्मारिका निकाल्न गरेको प्रयास पनि सफल भएन ।
कथंकदाचित् काठमाडौंमा प्रतिष्ठान बनेको भए मेरोे पनि केही जिम्मेवारी हुन्थ्यो होला ! २०५९ मा पार्टीको सातौं महाधिवेशनमा आइपुग्दा एमालेमा मेरो सक्रिय भूमिका समाप्त भएको तथ्यलाई मैले आत्मसात् गरें र अप्रतिस्पर्धी समर्थक बन्न पुगें । यसपछि २०६३ मा काठमाडौंको डेरा छाडेर बुटवल फर्कें ।
तल कार्यकर्ताहरूमा अहिलेसम्म पनि आज जीवराज भइदिएको भए भन्ने उद्गार बाक्लै सुनिन थाले । हामीले उनलाई बिर्सन सकेनौं । दासढुंगा षड्यन्त्रका १७ वर्षपछि इतिहासले कुरेको जिम्मेवारी लिन आश्रितका समकालीन र नयाँ पुस्ता तयार भयो । २०६६ माघमा आश्रित स्मृति प्रतिष्ठान, नेपालको केन्द्रीय कार्यालय भवन बनाउने, संग्रहालय सञ्चालन गर्ने र स्मृतिग्रन्थ प्रकाशित गर्ने उद्घोषका साथ यसको स्थापना भयो । यो सुनेर कतिले हामीलाई गिज्याए र कतिले खुसी पनि व्यक्त गरे । जीवराज आश्रितको जीवनशैली र कृतित्वको रक्षा गर्न लागेका हामी साथी, आफन्ती, शुभचिन्तक सबैले यतिबेला निर्धक्क भन्न सक्छांै ः
जीवराज आश्रित गुनले जितेको नाम हो
देश र जनतामा समर्पित
उज्यालो घाम हो ।
सके छेक हत्केलाले अझै
उनलाई स्मृतिमा बचाइरहने
हाम्रो साझा अभियान हो ।
(घिमिरे दिवंगत कमरेड आश्रितका घनिष्ठ सहयोद्धा, जीवराज आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष, इतिहास लेखन कार्यका संयोजक र स्मृतिग्रन्थका संरक्षक हुनुहुन्छ । हाल उहाँ पार्टीको केन्द्रीय सल्लाहकार परिषद्का सदस्य रहनुभएको छ ।) यो संस्मरण प्रकाशोन्मुख आश्रित स्मृति ग्रन्थबाट साभार गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

अलपत्रै छाडियो कम्प्युटर ल्याब

ShareTweet काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अत्याधुनिक कम्प्युटर ल्याब राख्न देशभरिका करिब एक हजार विद्यालयसँग सम्झौता गरेको लामो समय बितिसक्दा पनि अझै काम- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

कति दुख्छ कालापानी ?

ShareTweet यतिबेला राष्ट्रवादी स्वरलहरी गुन्जिइरहेका छन्, सर्वत्र । युवापंक्ति सडकमा ओर्लिएका छन् । आवाज घन्काइरहेका छन्– ‘लिपुलेक हाम्रो हो ।’ नेपालको भूभाग एकपक्षीय- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

आफ्नै ठगी बुद्धिले रूपज्योति फन्दामा

ShareTweet काठमाडौं । अर्बौंको कारोबार भएका चर्चित व्यापारी रूपज्योति करोड चानचुनको ठगीमा परेका छन् । जग्गा बेच्न भन्दै विज्ञेन्द्र मल्लसँग एक करोड २६ लाख बैना लिएर- ...
पूरा पढ्नुहोस्

छोटकरीमा