19th September 2019, Thursday

E-budhabar
Header Right Side NTC Advertisement

आईजीपीको बदनाम गर्दै पुरी



काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल आबद्ध भएको तेक्वान्दो संघका अध्यक्ष केशव पुरी हुन् । ३ नम्बर प्रदेश तेक्वान्दो संघका अध्यक्ष पुरीले आईजीपी खनालको नाममा प्रहरीभित्र सरुवा बढुवा गरिदिने भन्दै आर्थिक लेनदेन गर्दै आएको आरोप छ । आईजीपी खनाल मेरा उपाध्यक्ष हुन् भन्दै उनले जे चाह्यो त्यही हुने भन्दै प्रहरीका सरुवा बढुवादेखि विभिन्न खालका काम गरिदिने भनेर लाभ लिने गरेको स्रोतले बताएको छ । आईजीपी खनालको नाम भजाउने पुरीले ललितपुरका धेरै व्यक्तिको जग्गा धितोमा राखी कतिपयलाई सडकमै ल्याइदिएका छन् । तेक्वान्दोको आडमा पुरीले आईजीपी खनाललाई पनि विवादमा पार्ने काम गरेका छन् ।
सेन्ट जेभियर्स सोसियल सर्भिसको बालगृहमा हुर्किपढेका पुरीलाई पञ्चायतकालका शक्तिशाली मन्त्री केशरबहादुर विष्टले साथ दिए । विष्टले उनलाई पीएसमेत बनाए । विष्टको पीए भएका उनलाई पञ्चायतकालका अर्का हस्ती शरदसिंह भण्डारीले पनि हरेकचोटि मन्त्री हुँदा पीए बनाएका थिए । पीएका रूपमा उनले धेरै नै आर्थिक लाभ लिएको गुनासोपछि भण्डारीले निकालेका थिए । अहिले उनीहरू कसैसँग पनि पुरीको सम्बन्ध राम्रो छैन । जुन थालमा खायो, त्यसमै… स्वभावका उनको भण्डारीसँग त बोलचाल पनि छैन । उनले जो आफूसँग नजिक हुन्छ, त्यसैलाई सिध्याउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

३ नम्बर प्रदेशमा संविधान दिवसको भव्य तयारीे

ShareTweet काठमाडौं । संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरू गर्ने भएको छ । सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सामाजिक मुद्दाहरूतिर उन्मुख

ShareTweet हामी वर्षौंदेखि जुन समाजमा भिजिरहेका छौं÷बाँचिरहेका छौं, त्यो समाजमा साहित्य, कला, सिनेमाजस्ता सिर्जना र अभिव्यक्तिका लागि अनेकानेक विषयहरू छन् । समाजका- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

विसंगतिमाथि चोट

ShareTweet पोखराको साहित्यिक परिवेशमा भिजेका अधिकांश सर्जकहरूले मुक्तक विधामा कलम नचलाएका कमै दृष्टान्त होलान् । सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पगेनी ‘शिव’, रमेश श्रेष्ठलगायत- ...
पूरा पढ्नुहोस्

छोटकरीमा