19th September 2019, Thursday

E-budhabar
Header Right Side NTC Advertisement

चार महिनादेखि लुकाइयो मेडिकल प्रतिवेदन



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चार महिनादेखि एउटा प्रतिवेदन लुकाइराखेको छ । गएको वैशाखमा नै मेडिकल कलेजको सम्भाव्यता अध्ययनसम्बन्धी प्रतिवेदन बुझाइए पनि मन्त्रालयका पदाधिकारीहरूले अहिलेसम्म सार्वजनिक गर्न चाहेको छैन ।
मन्त्रालयले पाटन स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठानका प्राध्यापक मधुसूदन सुवेदीको संयोजकत्वमा देशका विभिन्न ठाउँहरूमा मेडिकल कलेजको सम्भाव्यतासम्बन्धी अध्ययन गर्न कार्यदल गठन गरेको थियो । सो कार्यदलमा मन्त्रालयका सहसचिव डा. हरि लम्साल, पूर्वाञ्चल विश्वविद्यालयका डिन डा. शैलेशमणि पोखरेल, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपप्राध्यापक शंकर भट्टराई, नेपाल मेडिकल काउन्सिलका प्राध्यापक विश्व दवाडी, विश्वविद्यालय अनुदान आयोगका शाखा अधिकृत विनोद भट्टराई र सदस्य–सचिवमा मन्त्रालयका उपसचिव विष्णु मिश्र रहेका थिए ।
सो कार्यदलले प्रदेश नम्बर १ का ३ ठाउँ र प्रदेश नम्बर ७ का २ ठाउँमा मेडिकल कलेज खोल्न सकिने भनी प्रतिवेदन दिएको थियो । कार्यदलले १ नम्बर प्रदेशको इलामको भोटेटार, पाँचथरको गणेशस्मृति पार्क र उदयपुरको कटारी तथा ७ नम्बर प्रदेशको डोटीको राजपुर र डडेलधुरामा मेडिकल खोल्न सकिने निष्कर्ष निकालेर त्यही अनुरुपको प्रतिवेदन शिक्षा मन्त्रालयमा बुझाएको थियो ।
तर, प्रतिवेदन बुझाएको चार महिना बित्न लाग्दासमेत त्यसलाई अहिलेसम्म मन्त्रालयले सार्वजनिक गर्न चाहेको छैन । गोप्य रुपमै कार्यदल गठन गरेर त्यसले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न मन्त्रालयले नचाहनुमा त्रिविवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीको त्रास रहेको अनुमान गरिएको छ । ती ठाउँहरूमा मेडिकल कलेज स्थापना गर्न पहल थाले डा. केसी अनसन बस्ने हुन् कि भन्ने त्रासमा मन्त्रालयका पदाधिकारीहरूलाई रहेको हुँदा प्रतिवेदन लुकाइएको हुनसक्ने अनुमान गरिएको छ ।
कार्यदलले सहरी विकास र पूर्वाधारको अभाव रहेका ती ठाउँहरूमा मेडिकल कलेज खोल्न सकिने भनी प्रतिवेदन दिए पनि निजी क्षेत्रले ती ठाउँहरूमा मेडिकल कलेज खोल्न चासो लिनेमा शंका रहेको छ । मेडिकल कलेजले अस्पताल पनि सञ्चालन गर्नुपर्ने भएको हुँदा कम जनघनत्व भएको ठाउँमा खोल्न निजी क्षेत्रहरू इच्छुक नदेखिने गरेको बताइन्छ । चितवन, पोखरा, काठमाडौंजस्ता ठाउँहरूमा मेडिकल कलेज खोल्दा अस्पताल सञ्चालनमा कठिनाइ नहुने गरेको हुँदा जनसंख्याको चाप भएको सहरी क्षेत्रहरूमा नै मेडिकल कलेज खोल्न चासो देखाउने गरेको पाइन्छ । यसैबीच, सरकारले सुर्खेत, बुटवल र बर्दिवासमा नयाँ मेडिकल कलेज खोल्ने भनेर कार्यालय स्थापना भएको थुपै्र समय बितिसक्दा पनि कामले गति लिन सकेको छैन । ती ठाउँहरूमा अहिलेसम्म जग्गा प्राप्ति नै हुन नसकेको हुँदा पूर्वाधार निर्माण कहिले हुने हो, हो भन्ने आशंका जन्मिन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

३ नम्बर प्रदेशमा संविधान दिवसको भव्य तयारीे

ShareTweet काठमाडौं । संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरू गर्ने भएको छ । सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सामाजिक मुद्दाहरूतिर उन्मुख

ShareTweet हामी वर्षौंदेखि जुन समाजमा भिजिरहेका छौं÷बाँचिरहेका छौं, त्यो समाजमा साहित्य, कला, सिनेमाजस्ता सिर्जना र अभिव्यक्तिका लागि अनेकानेक विषयहरू छन् । समाजका- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

विसंगतिमाथि चोट

ShareTweet पोखराको साहित्यिक परिवेशमा भिजेका अधिकांश सर्जकहरूले मुक्तक विधामा कलम नचलाएका कमै दृष्टान्त होलान् । सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पगेनी ‘शिव’, रमेश श्रेष्ठलगायत- ...
पूरा पढ्नुहोस्

छोटकरीमा