22nd January 2020, Wednesday

E-budhabar
Header Right Side NTC Advertisement

केपी–विद्याले लिए नेपालसँग बदला

काठमाडौं । केपी ओली र विद्या भण्डारीलाई दोस्रो कार्यकाल प्रधानमन्त्री र राष्ट्रपति बनाउन महŒवपूर्ण भूमिका खेलेका वरिष्ठ नेता माधवकुमार नेपालमाथि डेढ वर्ष नबित्दै घोर अपमान गरेर बदला लिइएको छ । पार्टीभित्र अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै हाराहारीको शक्तिसन्तुलनमा रहेका वरिष्ठ नेता नेपाललाई पार्टी एकता सम्पन्न भएको १५ महिनापछि बिनाप्रसंग वरीयता प्रकरण ब्युँताएर कमजोर बनाउने षड्यन्त्र गरिएको हो । पूर्वएमालेमा ओलीकै हाराहारीमा मत प्राप्त गरेका र पार्टीको पिल्लर मानिने पूर्वएमालेको जिल्ला कमिटीमा बहुमतमा रहेका नेपाललाई अहिले वरीयताको नाममा अपमान गरिएपछि षड्यन्त्रकै डिजाइनअनुसार कमजोर बनेको धुमधाम प्रचार गरिँदै छ ।
कोअर्डिनेसन केन्द्र, नेकपा माले हुँदै एमाले स्थापनासम्म संंस्थापकमध्येका एक वरिष्ठ नेता नेपाल १५ वर्षसम्म पार्टी प्रमुख बनिसकेका नेता हुन् । तर, अर्का वरिष्ठ नेता झलनाथ खनालसँग वरीयताको प्रसंग जोडेर राष्ट्रपति भण्डारीसमेतको प्रत्यक्ष संलग्नतामा अध्यक्ष ओलीले सचिवालयको बैठकबाट बहुमतको बलमा नेपालको वरीयता तलमाथि गराएका छन् । पार्टी एकताका बेला चीन भ्रमणमा रहेका खनाललाई केन्द्रीय सदस्य मात्रै बनाएर हुर्मत लिने र वरिष्ठ नेता नै नबनाउने ओलीको योजना त्यतिबेला वरिष्ठ नेता नेपालकै कारण असफल भएको थियो । त्यतिबेला खनालको हुर्मत लिन ओलीले चालेको षड्यन्त्र पर्दाफास गर्दै वरिष्ठ नेता नेपालले आइतबारको सचिवालय बैठकमा यस्तो ‘धुन्धुकारी’ चरित्र आइन्दा नदेखाउन कडा चेतावनी दिएका थिए । नेताहरूको योगदान र इतिहासको षड्यन्त्र गरेर हुर्मत लिने कुराले पार्टीमा ध्वंस निम्त्याउने भन्दै नेपालले त्यस्तो चरित्र आइन्दा नदेखाउन भन्दै अध्यक्ष ओलीका अतीतका हानिकारक क्रियाकलापको भण्डाफोर गर्ने चेतावनी पनि दिएका थिए ।
‘त्यतिबेला जेएन कमरेडलाई केन्द्रीय सदस्यभन्दा माथि नबनाऔं भन्दै प्रस्ताव गर्ने तपाईं नै हो, बरु मैले नै हुन्न उहाँ निवर्तमान अध्यक्ष भएकाले वरिष्ठ नेता बनाउन जोड गरें र त्यसअनुसारै निर्णय भयो, तपाईंलाई उहाँको अपमान गरेर बदला लिनु थियो, त्यसैले मलाई दया गरेर त्यसबेला माथिल्लो वरीयतामा प्रस्ताव गर्नुभएको थिएन,’ बैठकमा नेपालको भनाइ थियो, ‘अहिले मसँग बदला लिन जेएन कमरेडलाई प्रयोग गरेर कमजोर बनाउने किन षड्यन्त्र गर्नुहुन्छ ?’ साबिक एमालेको विधानअनुसार निवर्तमान अध्यक्षका रूपमा जेएनलाई आफूभन्दा माथिल्लो वरीयताको नेता मान्न एकताका बेला पनि तयार रहेको र अहिले पनि स्वीकार्य रहेको भन्दै नेपालले प्रस्ताव अनुमोदनका लागि आग्रह गर्दै स्वार्थअनुकूल गलत प्रक्रिया अपनाउने अध्यक्ष ओलीलाई पहिले आत्मालोचना गर्न चुनौती दिएका थिए । साबिक एमालेको विधानलाई आधार मानेर वरीयता हेरफेरदेखि वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव भएकाले साबिक एमाले उपाध्यक्षत्रय र उपमहासचिव घनश्याम भुसाललाई सचिवालय सदस्यमा मनोनीत गर्नुपर्ने नेपालले अडान राखेका छन् ।
केही वर्षयता धोकाधडी, छलछाम र षड्यन्त्रको राजनीतिमा कीर्तिमान कायम गरेर उद्देश्य प्राप्तिमा सफलता हासिल गर्दै आएका प्रधानमन्त्री ओलीले पछिल्लोपटक वरिष्ठ नेता नेपाललाई नियोजित रूपमै कमजोर बनाउने गम्भीर षड्यन्त्र गरेका हुन् । वरिष्ठता हेरफेरमा अर्का नेता झलनाथ खनालसँग भिडाएर प्रधानमन्त्री ओलीले एउटा खुट्किलोमा सफलता हासिल गरेका छन् । ओलीको षड्यन्त्रको डिजाइन सफल बनाउन देशको अभिभावक राष्ट्रपति भण्डारी घोषित रूपमै मुछिएकी छिन् । गणतन्त्र स्थापनापछि पार्टीको आन्तरिक राजनीतिक समीकरणमा मुछिएकी राष्ट्रपति भण्डारीको पदीय मर्यादा र अनुशासनमाथि नै गम्भीर प्रश्नचिह्न खडा हुँदा पनि मौनता जनाउँदै आएकी छन् । जबकि, पार्टीभित्र वरिष्ठ नेता झलनाथ खनाल वा सुवास नेम्वाङमध्ये एक राष्ट्रपति बन्न सक्ने अनुकूल वातावरण बनिरहेको अवस्थामा पनि भण्डारीलाई दोहो¥याउने ओलीको प्रस्तावमा नेपालले नै साथ दिएका थिए । खनालको असन्तुष्टिका बाबजुद नेपालले ओली र भण्डारीलाई साथ दिएकै कारण उनी दोस्रो कार्यकाल पनि राष्ट्रपतिमा दोहोरिएकी थिइन् । तर पछिल्लोपटक राष्ट्रपति कार्यालयलाई नै नेकपाको अघोषित कार्यालय बनाएर उनले पूर्वएमाले समूहमा करिब ५०÷५० को शक्तिसन्तुलनको सामथ्र्य राख्ने नेपाललाई कर्नरमा पार्ने कामको अगुवाइ गरेको आरोप लागेको छ । राष्ट्रिय गुप्तचर एजेन्सी, सेना, प्रहरीदेखि राज्ययन्त्रमा उनले गरेका ती क्रियाकलाप अभिलेखित भएका छन् ।
त्यसो त पार्टी एकताका क्रममा अध्यक्ष केपी ओलीलाई दोस्रोपटक प्रधानमन्त्री बनाउने प्रस्ताव मात्र होइन, जनताको बहुदलीय जनवादको जगबिना पार्टी एकीकरण गर्न असहज हुने वैचारिक अडानको अगुवाइदेखि ओलीलाई प्रधानमन्त्री बन्न सहज वातावरणका लागि संसदीय दलको नेता प्रस्ताव गर्ने सक्रिय अगुवाइ पनि वरिष्ठ नेता नेपालले नै गरेका थिए । पार्टी एकताका क्रममा जावलाखेल सानेपास्थित शारदाप्रसाद अधिकारी निवासमा बसेको तत्कालीन एमाले स्थायी समिति बैठकमा नेपालले अध्यक्षको हैसियतमा ओलीलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका थिए । सो प्रस्ताव बैठकले सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो । पार्टी कार्यालय धुम्बाराहीमा अकस्मात बोलाइएको संसदीय दलको बैठकमा ओलीसँग एउटै गाडीबाट ओर्लिएर सहभागी भएका वरिष्ठ नेता नेपालले दलको नेतामा प्रस्ताव गरेका थिए । उनले नै अचानक प्रस्ताव गरेपछि नेपाल समूहका कोही पनि नेताले प्रतिवाद गर्ने आँट गरेनन्, गडगडाहट तालिका साथ बैठकले अनुमोदन गरेको थियो ।
साबिक एमालेमा ‘एक व्यक्ति ः एक पद’ जस्तो नवीन विचारको आविष्कारक ओली नै थिए । तत्कालीन अध्यक्ष झलनाथ खनालले ‘एक व्यक्ति ः एक पद’को विचारका आधारमा संसदीय दलको नेता बन्नुहुँदैन भन्दै चुनावमार्फत ओली दलको नेता बनेका थिए । जबकि, पार्टी अध्यक्ष नै दलको नेता बन्नुपर्छ भन्ने विचारका नेपालले त्यतिबेला खनाललाई साथ दिएका थिए । पछिल्लोपटक उनले त्यही विचारलाई निरन्तरता दिँदै दोस्रो कार्याकाल ओलीलाई पार्टी अध्यक्षसँगगै दलको नेता र प्रधानमन्त्री बन्न साथ मात्र दिएनन्, अगुवाइसमेत गरे । यी काम गर्दा समूहभित्र कुनै छलफल नगरी र जानकारीसमेत नदिई ओलीलाई सर्बसम्मत्त दलको नेता बन्न दिएको भन्दै तत्कालीन उपमहासचिव घनश्याम भुसालले स्थायी समिति बैठकमै नेपालको आलोचना गरेका थिए । नेपालको प्रस्तावले प्रतिस्पर्धालाई निषेध गरेको भन्दै ओलीसँग चुनावी प्रतिस्पर्धा गर्ने योजना उनकै कारण असफल भएको भुसालले त्यही बैठकमा खुलासा गरेका थिए । निर्णयअघि आफ्ना मत कडाइका साथ राख्ने र निष्कर्षपछि त्यसैलाई कडाइका साथ अवलम्बन गर्ने पार्टीभित्र नेपालको विशेषता छ । त्यसो त पार्टी एकताका क्रममा जनताको बहुदलीय जनवाद नै एकीकृत पार्टीको राजनीतिक दस्तावेजमा पनि मार्गदर्शक सिद्धान्तका रूपमा उल्लेख हुनुपर्ने र त्यसकै जगमा एकीकरण गर्नुपर्ने पहिलो अडान वरिष्ठ नेता नेपालले नै राखेका थिए । तर, त्यसले पार्टी एकताको हलो अड्किने भएपछि जबजका मूलमर्म र विशेषताहरू सबै राखेर जनताको जनवाद नाम दिइँदा एकीकरण गर्न माओवादी तयार भएपछि नेपाल पनि लचिलो भएका थिए । एकीकृत पार्टीको राजनीतिक दस्तावेजमा महाधिवेशनसम्म अन्तरिम राजनीतिक कार्यदिशा तय भएकाले नेपाल त्यसकै पक्षमा छन् । त्यति मात्र होइन, उनले सरकारको सकारात्मक कामको प्रशंसा गर्दै थप जनमुखी र प्रगतिशील कामका लागि खबरदारी पनि गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • क–कसले जोगाए शिवराजलाई ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको निलम्बन–प्रकरण अन्ततः ‘हात्ती आयो, फुस्सा’ हुन पुगेको छ । वित्तीय अपचलन र अनियमितताको आरोप लगाएर निलम्बनमा परेका डेपुटी गभर्नर श्रेष्ठ कारबाही हुनबाट जोगिएका छन् । पदावधि सकिन केही समय मात्र बाँकी रहँदा डेपुटी गभर्नरमाथि गम्भीर प्रकृतिका आरोपहरू लागेको थियो र केही...
  • नाट्टामा चुनावी प्रतिस्पर्धा तीव्र

    काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् नाट्टालाई तीव्र चुनावी रन्को लागेको छ । यही माघ ३ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि हालका वरिष्ठ उपाध्यक्ष अच्यूत गुरागाईं, पूर्वमहासचिवद्वय भीमप्रसाद पन्त र मिहीका शाह धाख्वाले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । निर्वाचनमा तीन अलगअलग समूहले मनोनयन दर्ता...
  • नौ महिना बित्यो, छैन सुरसार

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलाई नौ महिनादेखि अड्किएर रहेको संघीय निजामती विधेयकलाई टुंगो लगाउनुपर्ने चुनौती उभिएको छ । मन्त्री भएलगत्तै सो विधेयकलाई अघि बढाउन पहल गरे पनि कर्मचारीहरूको विरोध र असन्तुष्टि रहेका कारण त्यत्तिकै थाती रहेको छ । केही दिनअघि संसदीय समितिमा बोलाइएका मन्त्री त्रिपाठीले ‘विधेयकबारे...

चक्रपथ

द्वन्द्वपीडित शिक्षकलाई राहत

काठमाडौं । द्वन्द्वकालीन समयमा पीडा झेलेका शिक्षकहरूले बल्ल राहत पाउने भएका छन् । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले सेवा अवधि बाँकी रहेका द्वन्द्वपीडित शिक्षकहरूलाई रिक्त दरबन्दीमा समायोजन गर्ने तयारी थालेको छ । द्वन्द्वपीडित शिक्षकहरूलाई रिक्त दरबन्दीमा समायोजन गर्ने विषयमा अर्थ मन्त्रालयले संकेत दिएपछि शिक्षा मन्त्रालयले सो प्रक्रियाको थालनी गरेको हो...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

कथित बाबा र साक्षीकर्ताहरू

धर्मको आड र आवरणमा अनैतिक क्रियाकलाप उद्घाटित हुने क्रम झन् बढ्दो छ÷फस्टाउँदो छ । पछिल्लो समय कृष्णदास गिरीको कर्तुत सहतमा उत्रिएसँगै धार्मिक टेकोमा हुँदै आएका शोषण, विकृति र व्यापार हामीकहाँ दिनानुदिन कसरी झाँगिदै गइरहेको रहेछ भन्ने स्पष्ट तस्बिर देखाउँछ । कथित बाबा वा धार्मिक गुरुहरूले सत्ता र शक्तिको आड र...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

वैचारिक ताप

निबन्ध विधालाई निरन्तर पछ्याउँदै रचना–कर्ममा निमग्न स्रष्टा हुन्, माधव काफ्ले । राजनीति, समाज र संस्कृतिलगायत क्षेत्रहरूमा देखिएका संगत–विसंगत पक्षहरूलाई उनले लेखन–कार्यमा समेट्दै आएका छन् । उनको पछिल्लो निबन्ध–कृति ‘लाक्षागृह’मा उनले पूर्ववर्ती दुई निबन्ध–सँगालो ‘लिगलिग कोट’ र ‘जीवन एउटा थोत्रो स्क्रिन’मा जस्तै आफू बाँचेको परिवेशका गहनदेखि सामान्य घटनाक्रमहरूलाई ‘नोटिस’ गर्न चाहेका...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • वैदेशिक रोजगार पत्रकार समाजमा थापा

    काठमाडौं । वैदेशिक रोजगार पत्रकार समाजको साधारणसभाले हरिबहादुर थापाको अध्यक्षतामा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार राजधानीमा सम्पन्न समाजको साधारणसभाले मिडिया मिसनका सञ्चालक थापाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो । वैदेशिक रोजगार क्षेत्रमा कलम चलाउने सक्रिय सञ्चारकर्मीहरूको संस्थाका रूपमा समाज १० वर्षअघि स्थापना भएको हो ।...
  • डिडिसीमा जिएमका लागि दौडधुप

    काठमाडौं । दुग्ध विकास संस्थानको महाप्रबन्धक पदका लागि दौडधुप सुरु भएको छ । सरकारले खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्ति गर्ने योजना अघि सारी आवेदन माग गरेपछि सो पदका लागि आकांक्षीहरूको दौडधुप चलेको हो । पछिल्लो सूचनाअनुसार संस्थानमा महाप्रबन्धक पदमा १० जनाले आवेदन दिएका छन् । आवेदन दिनेहरूमा शीतलकाजी श्रेष्ठ, बैकुण्ठ अधिकारी,...
  • यादव ‘आउट’, तुम्बाहाम्फे ‘इन’ !

    काठमाडौं । अन्ततः समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ । सो पार्टीबाट सरकारमा सहभागी उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले हिजै राजीनामा दिएका छन् । उपप्रधानमन्त्री यादवले सोमबारको मन्त्रीपरिषद् बैठकमा संविधान संशोधनसम्बन्धी प्रस्ताव टेबुल गर्न खोजे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेको भोलिपल्टै...