19th September 2019, Thursday

E-budhabar
Header Right Side NTC Advertisement

स्वस्थ आलोचना किन ग्रहण नगर्ने ?



स्वस्थ आलोचना किन ग्रहण नगर्ने ?

अस्वस्थ आलोचना गर्ने, भ्रम र वितृष्णा सिर्जना गर्ने, मर्यादको सीमालाई नाँघ्ने र अराजकता निर्माण गर्ने प्रवृत्ति आज निकै बढेको छ । विकसित सञ्चार प्रविधि यसका निम्ति सहायक बनेको छ । मूलतः आज यो पार्टी नेता, राजनीतिक प्रणाली, धार्मिक, सांस्कृतिक सद्भाव र सहिष्णुुताका विरोधमा देखिन्छ । खासगरी यो सत्तारूढ कम्युनिस्ट पार्टी र सरकारको विरोधमा केन्द्रित पाइन्छ । केही शक्ति यसप्रकारको स्थिति निर्माण गरेर लोकतन्त्रलाई असफल बनाउन चाहन्छन् । अस्वस्थ आलोचना गर्ने प्रवृत्ति आज जसरी बढेको छ, यसका निम्ति लोकतान्त्रिक एवं वामपन्थी शक्तिका कमजोरीहरू पनि जिम्मेवार छन् । यस्तो कमजोरी हामीले इतिहासदेखि गर्दै आएका छौंं । स्वस्थ आलोचनाको विकास र मनुुष्यको मानुुषीकरणको प्रक्रियालाई हामीले समुचित महŒव प्रदान गर्नै सकेनाँै । यसले निर्माण गरेको खाली ठाउँलाई आज गलत कुराले भर्न खोजिँदै छ । अस्वस्थ आलोचना र अराजकता मौलाउँदै छ ।
आलोचनात्मक चेतनाको निर्माणका दृष्टिले हाम्रो अतीत त्यति समृद्ध छैन । यसका अनेक कारणहरू छन् । यसका निम्ति मूलतः आर्थिक, राजनीतिक, सामाजिक–सांस्कृतिक संरचना जिम्मेवार रह्यो । सामन्तवादी संरचनाभित्र आलोचनात्मक चेतनाको निर्माणलाई महŒव प्रदान गर्ने कुरा हुुँदैनथ्यो, भएन । आलोचनात्मक चेतनाको निर्माणलाई महŒव प्रदान गर्नुु शासकहरूले आफ्नै विरोध र अन्त्यका निम्ति मार्गप्रशस्त गर्नुुहुुन्थ्यो । त्रिचन्द्र कलेजको स्थापना गर्दा चन्द्र शमशेरले मैले आफ्नो खट्टुामा आफैं बन्चरो हानें भनेर त्यसैै भनेका थिएनन् । समयको दबाबमा शिक्षाका क्षेत्रमा केही काम गर्न तयार भएका चन्द्र शमशेरलाई विद्यालय र कलेजको स्थापना गर्नुु दुनियाँको आँखा खोल्नुु र आफ्नो विरोधमा जनमत निर्माण गर्नुु हो भन्ने राम्रोसँग थाहा थियो । शिक्षाले मानिसको चेतना निर्माणमा योगदान दिने भएकोले उनी आफ्नै कदमबाट तर्सिएका थिए ।
समाजमा क्रमशः आलोचनात्मक चेतनाको विकास हुुन थालेपछि राणा विरोधी विभिन्न संघसंस्था एवं राजनीतिक पार्टीहरू जन्मिए । राणा शासन र शासकहरूप्रति जनता आलोचनात्मक बन्न सुरु गरे । विरोधका गतिविधिहरू सुुरु भए । अन्ततः जनताको लोकतान्त्रिक आन्दोलनका अगाडि शासकहरू पराजित भए । लोकतन्त्रको स्थापना भयो । राणा शासनको अन्त्य र लोकतन्त्रको स्थापना नेपालको राजनीतिक इतिहासको एक महŒवपूर्ण परिघटना थियो । लोकतन्त्रको स्थापनापछि आलोचनात्मक चेतनाको निर्माण र विकासमा गम्भीर रूपमा ध्यान दिनुुपथ्र्याे । यसलाई एक संस्कृतिकै रूपमा विकास गर्न प्रयत्न गरिनुुपथ्र्याे । मूलतः लोकतान्त्रिक एवं वामपन्थी शक्तिहरूले यस विषयलाई बढी महŒव प्रदान गर्नुुपथ्र्याे । आलोचनात्मक संस्कृतिको विकाससँग परिवर्तनको भविष्य पनि जोडिएको छ भन्ने कुुरामा सचेत हुुनुुपथ्र्यो । तर दुःखका साथ भन्नुुपर्छ यसतिर अपेक्षित रूपमा ध्यान गएन ।
दलका नेताहरू सामन्ती संरचनाबाट आएका थिए । पार्टीहरू यसबाट प्रभावित थिए । उनीहरूले आलोचनात्मक संस्कृतिको महŒवलाई गहिराइमा बोध गर्न सकेनन् । उनीहरूमा समेत सामन्ती चरित्र झाँगिन सुरु ग¥यो । पार्टीभित्र जनवाद फस्टाउन सकेन । आलोचनाभन्दा अन्धसमर्थन र प्रशंसा प्रिय हुन सुुरु ग¥यो । सुुस्त सुस्त यसले चाकडीको रूप लियो । माथिदेखि तलसम्म यस्तो प्रवृत्ति झाँगिँदै गयो । यस विषालु वृक्षको छायामुनि आलोचनात्मक चेतना क्रमशः मर्न थाल्यो । दलहरूमा विकसित यस्तो चरित्रले सिंगो समाजलाई प्रभावित ग¥यो । नागरिक समाजमा आलोचनात्मक चेतनाको निर्माण यसबाट गहिरो गरी प्रभावित भयो ।
२०१५ सालको आमनिर्वाचनबाट बहुमतसहित कांग्रेसको सरकार बनेपछि यसले अरूलाई सुुन्नै छाड्यो । विरोधी दलका आवाजलाई पाखा लगाइयो । जनताको भनाइ अरण्य रोदनजस्तै बन्यो । बेलगाम शासकहरूले एकपछि अर्काे गल्ती गर्दै गए । यो भर्खर भर्खर स्थापित र कमजोर लोकतन्त्रका निम्ति शुुभ कुरा थिएन । दलहरूले योजनाबद्ध रूपमा आलोचनात्मक चेतनाको विकासलाई महŒव दिएको भए कमजोरीबाट बच्न सकिन्थ्यो । गल्तीहरूलाई सच्याउन सजिलोे हुन्थ्यो । यसले २०१७ सालको राजनीतिक दुर्घटनाबाट बचाउन पनि सक्थ्यो ।
२००७ देखि २०१७ सम्मको अवधिमा स्वस्थ आलोचना कम र अस्वस्थ आलोचना बढी भयो । अनेकन् षड्यन्त्र र तिकडमहरू भए । स्वस्थ आलोचनात्मक परम्पराको विकास र त्यसलाई महŒव प्रदान गर्न नसकेपछि त्यसको ठाउँ गैरजिम्मेवार आलोचना र अराजकताले लिन्छ । यस अवधिमा यस्तै भयो । पञ्चायती कालखण्डमा जनताको चेतनामा बिर्काे लगाइयो । पार्टीहरू प्रतिबन्धित भए । प्रकाशन र वितरणलाई नियन्त्रण गरियो । बन्द समाजमा आलोचनात्मक चेतनालाई नियन्त्रण गरिनुु उदेकलाग्दो कुरा पनि थिएन । अन्ततः पञ्चायतको अन्त्य र बहुदलको पुुनःस्थापना भयो । पुुनःस्थापनापछि यस विषयमा गम्भीर रूपमा हाम्रो ध्यान जानुुपथ्र्याे । तर फेरि पनि स्थिति घुुमीफिरी रूम्जाटारकै रह्यो । समाजमा स्वस्थ आलोचनात्मक चेतनाको निर्माणमा दलहरूले नै अगुुवाको भूूमिका खेल्नुुपथ्र्याे । उनीहरू नै समाजमा उदाहरण बन्नुपथ्र्याे । तर त्यस दिशामा उनीहरूले भनेजस्तो गरी काम गर्नै सकेनन् ।
स्वस्थ आलोचनात्क चेतनाको अपेक्षित विकास हुन नसकेपछि अस्वस्थ आलोचना र अराजकता मौलाउँदै गयो । २०४६ सालपछि यसको विकास विगतका तुलनामा अलि तीव्र गतिमा हुुन सुुरु गयो । वर्तमान समयमा यो अझ बढी झाँगिएको छ । अस्वस्थ आलोचना र अराजकताका बीचमा स्वस्थ आलोचनाको अवस्था भयानक जंगलबीचको एक्लो यात्रीको यात्राजस्तो बनेको छ । रचनात्मक आलोचनालाई पनि सकारात्मक रूपमा ग्रहण गर्न नसक्ने प्रवृत्ति र बढ्दो अस्वस्थ आलोचना एवं अराजकता आज हाम्रा सामुु गम्भीर समस्या र चुनौतीका रूपमा देखापरेका छन् । यो स्थिति ऐतिहासिक उपलब्धिहरूको रक्षा र विकासका दृष्टिले घातक छ । यसप्रकारको स्थितिले लोकतन्त्रलाई समाप्त गर्नेबाहेक अरू कार्य गर्दैन ।
गणतन्त्रको स्थापना ठूलो उपलब्धि मात्र थिएन, चुनौती पनि थियो । ठूल्ठूला क्रान्तिपछि प्रतिक्रान्ति पनि भएका छन् । लेनिन क्रान्तिभन्दा क्रान्तिपछिका दिनहरू अझ कठिन हुुन्छन् भन्थे । संक्रमणको अवधिमा योजनाबद्ध रूपमा निराशा र अराजकताको खेती मात्र गरिँदैन, स्वतःस्फूर्त रूपमा मानिसहरू अराजक बन्न र उल्टो धारातर्फ बग्न पनि सुुरु गर्छन् । वर्तमानलाई उल्टाउन चाहनेहरूले त्यसलाई कुुशलतापूर्वक उपयोग गर्न खोज्छन् । संक्रमणको अवधि कठिन अवधि हो । हामी कहाँ संक्रमण अझै सकिएको छैन । अस्वस्थ आलोचना र अराजकता त्यसबेला अझ झाँगिन्छ जुुनबेला रचनात्मक आलोचनालाई पनि नसुन्ने प्रवृत्ति बढ्छ । स्वस्थ आलोचनात्मक चेतनाको निर्माण र विस्तार गर्न नसक्दा मौलाएको अस्वस्थ आलोचना र अराजकतालाई यसले अझ मलजल गर्छ ।
आज अझ योजनाबद्ध रूपमा जनतालाई निराश र भ्रमित बनाउने, गलत कुराहरूलाई पनि सत्यझैं लाग्ने गरी गोयबल्स शैलीमा प्रचार गर्ने, भाँडभैलो र अस्थिरता सिर्जना गर्ने प्रयत्नहरू भएका छन् । यस्ता प्रयासका आफ्ना अभीष्टहरू छन् । यससँग बाह्य स्वार्थहरू पनि गाँसिएका छन् । हाम्रो भूराजनीति नै संवेदनशील छ । वामपन्थीहरूको सरकार छ । यसले वर्षाैंवर्ष खाने र नेपाललाई पुँजीवादविरोधी धारातर्फ बगाउने हो कि भन्ने चिन्ता पनि छ । मुुलुुकलाई यथास्थितिको बन्दी र पछिल्तिर फर्काउन चाहनेहरू पनि यसप्रकारको खेतीपातीमा जुुटेका छन् । अस्वस्थ आलोचना र अराजकता योजनाबद्ध मात्र पनि छैन । ‘अराजकताको दर्शन’र वित्तीय पुँजीवादको लीलाबाट डोरिएर हिँड्नेहरू पनि थुप्रै छन् । उँभो लाग्न नसकेको मुलुक र राजनीतिमा मौलाएको विकृतिले पनि मानिसलाई निरास र आक्रोशित बनाएको छ ।
यस स्थितिलाई अन्त्य गर्न स्वस्थ आलोचनाको विकासलाई महŒव दिन मात्र पर्याप्त छैन, रचनात्मक आलोचनालाई ग्रहण गर्न पनि सरकार र सत्तारूढ पार्टी जनताले बुझ्ने गरी तयार हुुनुुपर्छ । हाम्रो आलोचनाको महŒव छ भन्ने बोध आलोचना गर्नेहरूलाई हुुनुपर्छ र सरकारले मुलुकलाई ठीक दिशातर्फ डो¥याइरहेको छ भन्ने लाग्नुुपर्छ । हामी प्रायः अरूलाई गाली गर्छाैं, तर आफूतिर फर्केर हेर्दैनौं । हामीमा भएको अलोकतान्त्रिक चरित्रले अरूका राम्रा कुुरा सुन्ने र ग्रहण गर्ने दिशामा अवरोध उत्पन्न गर्छ । यसले उत्पन्न गर्ने निराशामा परिवर्तनविरोधी शक्तिहरू खेल्न खोज्छन् । परिवर्तनविरोधी शक्तिहरूले अहिले नै परिवर्तनलाई उल्टाउने क्षमता राख्दैनन् । तर सधैं यस्तो हुन्छ भनेर भन्न सकिन्न । स्वस्थ आलोचनालाई सुनेर एवं आलोचनात्मक चेतनाको निर्माण र विकासमा आफैं लागेर, कमजोरीहरूलाई सच्याएर र भ्रमहरूलाई चिरेर नै अहिलेको अस्वस्थ आलोचना र अराजकतालाई ठेगान लगाउन सकिन्छ । सत्तारूढ पार्टी र सरकार मात्र होइन, अन्य वामपन्थी एवं लोकतान्त्रिक शक्तिहरू पनि यसप्रति गम्भीर बन्न सक्नुुपर्छ । क्षणिक लाभका निम्ति गोयबल्स शैलीको सिकार हुने हो भन्ने एक दिन आफैं पनि त्यसको सिकार हुुन सकिन्छ । कांगे्रसले यस यथार्थलाई अझ राम्रोसँग हृदयंगम गर्न जरुरी छ ।
योजनाबद्ध रूपमा गरिने गलत खेतीपाती कमबेंसी सधैं भइरहनेछ । हामीले यसो ग¥यौं भने यो पूूर्णतः ठीक भइहाल्छ भन्ने आशय मेरो होइन र यस्तो हँुुदैन पनि । सिद्धान्त र उद्देश्यहरूका बीच हुने भिन्नता र द्वन्द्वका कारण गोयबल्स शैलीको आलोचना र प्रचार धेरैथोरै सधैं हुुन्छ । तर यसको सचेत प्रतिवाद, देश र जनताप्रतिको प्रतिबद्धता, उच्च राजनीतिक मूूल्य एवं रचनात्मक आलोचनाको महŒव बोध र त्यसको विकासमा सक्रिय भूूमिका सम्पादन गर्न सक्दा ऐतिहासिक उपलब्धिलाई जोगाउँदै अघि बढ्न सकिन्छ । रेफ कार्मेनले भने जस्तै मुलुकको विकासलाई आर्थिक सन्दर्भमा मात्र नहेरेर मानवीय, शैक्षिक, सांस्कृतिक र नैतिक परिप्रेक्ष्यमा पनि हेर्न जरुरी छ । होइन भने एकातिर वित्तीय पुुँजीवादबाट पोषित व्यक्तिवाद, उपभोक्तावाद र अराजक प्रवृत्तिले समाजलाई बराल्ने छ भन्ने अर्कातिर अस्वस्थ आलोचना र कुप्रचारको योजनाबद्ध रूपमा खेतीपाती गर्नेहरूले यसलाई आफ्नो पक्षमा सक्दो उपयोग गर्नेछन् । वामपन्थी सरकार र पार्टी यसप्रति आज अझ गम्भीर र संवेदनशील बन्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

३ नम्बर प्रदेशमा संविधान दिवसको भव्य तयारीे

ShareTweet काठमाडौं । संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरू गर्ने भएको छ । सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सामाजिक मुद्दाहरूतिर उन्मुख

ShareTweet हामी वर्षौंदेखि जुन समाजमा भिजिरहेका छौं÷बाँचिरहेका छौं, त्यो समाजमा साहित्य, कला, सिनेमाजस्ता सिर्जना र अभिव्यक्तिका लागि अनेकानेक विषयहरू छन् । समाजका- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

विसंगतिमाथि चोट

ShareTweet पोखराको साहित्यिक परिवेशमा भिजेका अधिकांश सर्जकहरूले मुक्तक विधामा कलम नचलाएका कमै दृष्टान्त होलान् । सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पगेनी ‘शिव’, रमेश श्रेष्ठलगायत- ...
पूरा पढ्नुहोस्

छोटकरीमा