15th August 2020, Saturday

E-budhabar
Header Right Side NTC Advertisement

उपकुलपति नियुक्तिको मापदण्ड अझै गुपचुप

काठमाडौं । प्रतिवेदनहरू लुकाउने कार्यमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अग्रस्थानमा देखिएको छ । विज्ञहरूलाई राखेर कार्यदल बनाउने र सो कार्यदलले दिएका प्रतिवेदन लुकाएर राख्ने काम एकपछि अर्को हुँदै गएका छन् ।
मेडिकल कलेजको सम्भाव्यता अध्ययनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न आलटाल गरिरहेको सो मन्त्रालयले फेरि अर्को प्रतिवेदनसमेत लुकाएको छ । पाटन स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठानका प्राध्यापक मधुसूदन सुवेदीको संयोजकत्वमा गठित कार्यदलले गएको वैशाखमै बुझाएको सो प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरेको छैन । त्यस्तै, करिब तीन महिनाअगावै मन्त्री गिरिराजमणि पोखरेलसामु ‘विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्तिका लागि मापदण्ड निर्धारण समिति’ले प्रतिवेदन बुझाए पनि त्यसलाई अहिलेसम्म कार्यान्वयनमा नल्याई गुपचुप नै राखिएको छ ।
अहिले त्रिभुवन विश्वविद्यालयलगायत अरु विश्वविद्यालयहरूमा उपकुलपतिलगायतका पदाधिकारीहरू रिक्त हुँदै छन् । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियाको पदावधि भोलि भदौ ५ गते सकिँदैछ । तर, विश्वविद्यालयहरूका उपकुलपतिलगायत पदाधिकारीहरू नियुक्तिको मापदण्ड भने तीन महिनाअघि नै तयार भएर मन्त्री पोखरेलसामु पेस भइसकेको थियो । उक्त मापदण्ड समितिले दिएको सुझावलाई कार्यान्वयन गर्नतिर भने मन्त्रालयले कुनै चासो नदिएको बताइन्छ ।
मन्त्रालयका सहसचिव डा. हरि लम्सालको अध्यक्षतामा ‘विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्तिका लागि मापदण्ड निर्धारण समिति’ गठन भएको थियो । सो समितिमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा.डा. मधुर बस्नेत, स्वास्थ्य मन्त्रालयका सहसचिव डा. दीपेन्द्ररमण सिंह, विश्वविद्यालय अनुदान आयोगका एकजना शाखा अधिकृत, कानुनविद् ओमप्रकाश अर्याल सदस्य र सदस्यसचिवमा मन्त्रालयका उपसचिव विष्णु मिश्र रहेका थिए ।
सो समितिले विश्वविद्यालयका उपकुलपति र पदाधिकारीहरूका नियुक्तिका सम्बन्धमा मापदण्ड बनाउने कार्य गरेको थियो । समितिले विश्वविद्यालयका उपकुलपति र अरु पदाधिकारीहरू खुला प्रतिस्पर्धाको आधारमा छनोट गर्नुपर्ने गरी मापदण्ड तयार पारेको थियो । जसमा चारवटा मापदण्डलाई मुख्य आधारमा बनाइएको थियो । छनोट गर्दा ज्येष्ठता, कार्य–अनुभव, अनुसन्धान र प्रशासनिक क्षेत्रको अनुभव हुनुपर्ने कुरामा जोड दिइएको थियो । उपकुलपति वा पदाधिकारी बन्न इच्छुक उम्मेदवारले पेस गरेको कार्ययोजनाका आधारमा उत्कृष्टता हेरेर नियुक्ति गर्नुपर्ने सुझाव सो समितिले दिएको थियो ।
सो समितिले दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्न विद्यमान ऐन नै परिवर्तन गर्नुपर्ने हुन्छ । तर, तीन महिनाअघि नै प्रतिवेदन बुझाइसकेको हुँदा यो अवधिमा ऐन परिमार्जन गरेर त्यसलाई लागू गर्न सकिन्थ्यो । तर, मन्त्रीलगायत मन्त्रालयका उच्च तहका कर्मचारीहरूले सो प्रतिवेदनलाई कार्यान्वयन गर्नेतिरभन्दा पनि गुपचुप नै राख्न चाहेका कारण अहिलेसम्म सार्वजनिक हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • कोरोनाका नाममा ३२ लाख झ्वाम

    काठमाडौं । कोभिड–१९ अर्थात् कोरेनाका कारण संसारभरि आक्रान्त फैलिरहेको बेला केहीलाई भने यो आर्थिक दुरुपयोग गर्ने मेलो भएको छ । जिल्ला अस्पताल तनहुँका कर्मचारीहरूले प्रदेश सरकारले पठाएको ५० लाख रकम त्यसैगरी मनपरी ढंगले भत्ताका नाममा खर्च गरेका छन् । आइसोलेसन र क्वारेन्टिनमा सिटामोलसम्म पुग्न नसकेको बेला सबै आइसोलेसन केन्द्रमा अत्यन्त...
  • काम रोकेर आन्दोलनमा व्यस्त

    काठमाडौं । कोभिड–१९ को जोखिम झन् बढ्दै गएको छ । विश्वव्यापी रूपमै यो महामारीले सताउँदा अग्रपंक्तिमा रहेर स्वास्थ्यकर्मीका साथै अस्पतालमा कार्यरत कर्मचारीहरूले महामारीविरुद्ध आफूहरूलाई उभ्याए । नेपालका स्वास्थ्यकर्मीहरूले पनि कोभिड–१९ मा खेलेका भूमिकालाई सराहना गर्ने गरिएको छ । तर, कोभिड–१९ को जोखिम बढ्दै जाँदा निजामती कर्मचारी अस्पतालमा कार्यरत कर्मचारीहरू भने...
  • ६ अर्ब उठ्नेमा अझै आशंका

    काठमाडौं । डेडिकेटेड र टंक लाइनको महसुल विवाद सुल्झाउने जिम्मा विद्युत् नियमन आयोगलाई दिने भित्री तयारी चलिरहे पनि सो आयोगको क्षमतामाथि प्रश्नचिह्न उब्जिएको छ । यो विवाद सुल्झाउन आयोगले नसक्ने जिकिर गर्न थालिएको छ । तर, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भने सो आयोगलाई नै जिम्मा दिन खोजेको छ ।...

चक्रपथ

चारवटै विषयगत सभापति यथावत्

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतका समितिहरूमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका छन् । हाल निर्विरोध निर्वाचित भएकाहरू नै यसअघि पनि त्यही समितिका सभापति थिए । कार्यकाल सकिएपछि पुनः उनीहरूलाई नै सभापतिमा चयन गरिएको हो । समिति सभापति चयन गर्न शुक्रबार निर्वाचन भएको हो । निर्वाचनबाट प्रत्यायोजित व्यवस्थापन...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पारिजात ः एउटी स्वाभिमानी स्रष्टा

दार्जिलिङको सुन्दर प्रकृतिको काखमा डुबुल्की मार्दै कहिले फ्रकभरि चाँपका कोपिला बटुलेर नागबेलीको माला लगाएर, जंगलमा लुकामारी खेलेर बाल्यकाल बिताएकी पारिजातको प्रारम्भिक शिक्षा त्यही नै सम्पन्न भएको थियो । सांस्कृतिक कार्यकलापमा बढी रुचि देखाउने पारिजातको पढाइ भने मध्यमस्तरको थियो । उनले अनौपचारिक रूपमा घरमै केही अध्ययन गरेर औपचारिक अध्ययनका लागि दार्जिलिङका...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

छोटो क्यानभासको चित्र

सामन्तकालीन अर्थ, सामाजिक, राजनीतिक र सांस्कृतिक व्यवस्थाले नारीलाई एउटा ‘तुच्छ वस्तु’ का रूपमा परिभाषित ग¥यो । नारीको बहुमुखी अस्तित्वलाई स्वीकार गर्न तत्कालीन समाजव्यवस्थाले चाहेन । एउटा भनाइ नै बन्यो, ‘वीर भोग्या वसुन्धरा...।’ सामन्तवादभन्दा धेरै हिसाबले प्रगतिशील ठानिने पुँजीवादले पनि नारीलाई ‘वीर भोग्या वसुन्धरा’ को तहभन्दा माथि उकास्ने चाहना राखेन ।...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • प्रहरी कार्यालयले नै कोरोनो ल्याउने त्रास

    काठमाडौं । गोंगबुस्थित एक होटलमा बस्दै आएका रोल्पाका कृष्णबहादुर बोहोराको हत्याप्रकरणमा नेपालप्रहरीले तत्कालै चितवनबाट अभियुक्तप्रकाउ गरेर अनुसन्धानमा सफलताप्राप्त गरेको छ । चितवनकीकल्पना मुडभरी (पौडेल) ले आफैंले हत्या गरेको स्वीकारसमेत गरिसकेकीछन् । तर, सोही सन्दर्भमामंगलबार महानगरीय प्रहरी परिसर टेकुमापत्रकार सम्मेलन गरेर भने प्रहरीले उल्टै कोरोना संक्रमण पो फैलायो किभन्ने आशंका बढाएको...
  • कमलामाई–मेसान मैत्रीपूर्ण सम्बन्ध कायमै

    काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका र चीनको सिचुवान प्रान्तस्थित मेसान सिटीबीच मैत्रीपूर्ण सम्बन्ध स्थापना भएको छ । बुधबार आयोजना गरिएको भर्चुअल समारोहमा कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्री र मेसान सिटीका मेयर ह्यु आनखुनले समझदारीपत्रमा हस्ताक्षर गरे । दुवै नगरका प्रमुखले आपसी हितका आधारमा मैत्रीपूर्ण सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता जनाएका छन्...
  • सेनाका परिवारलाई ७ लाख रुपैयाँ

    काठमाडौं । मोेटरसाइकल दुर्घटनामा परी असामयिक निधन भएका नेपाली सेनाका सिपाही शिवराज रानाका परिवारलाई मेगा बैंक नेपाल लिमिटेडले बिमाबापत ७ लाख रुपैयाँ प्रदान गरेको छ । मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट’ खोलेका दिवंगत सैनिक जवान रानालाई मेगा बैंकले सोही खाताको बिमाबापत ७ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।...