19th September 2019, Thursday

E-budhabar
Header Right Side NTC Advertisement

कहिलेसम्म निमित्त हो मन्त्रीज्यू ?



कहिलेसम्म निमित्त हो मन्त्रीज्यू ?

काठमाडौं । मन्त्री र उच्च तहका कर्मचारीहरूले असक्षमताका कारण कृषि तथा पशुपन्छी मन्त्रालय मातहतका थुप्रै निकाय निमित्तको भरमा चल्दै आएका छन् । चक्रपाणि खनाल मन्त्रीमा नियुक्त भएदेखि नै अधिकांश बोर्ड र संस्थानहरू निमित्तले हाँकिरहेका छन् ।
कृषि क्षेत्रको अनुसन्धान गर्ने मुख्य निकाय नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) करिब डेढ वर्षदेखि निमित्तको भरमा चलिरहेको छ । कहिले कायममुकायम र कहिले निमित्तका भरमा सो संस्था चल्दै आइरहेको छ । अहिले डा. टेकबहादुर गुरुङले निमित्त पाएका छन् । कामु पाएका डा. गुरुङको अवधि सकिएपछि उनले निमित्त चलाइरहेका हुन् । कुनै कर्मचारीलाई ६ महिनाभन्दा बढी कामु दिन नपाइने भएको हुँदा सो अवधि गुज्रिएपछि डा. गुरुङले नाकर्को निमित्त चलाइरहेका हुन् ।
डेढ वर्षअघि नै डा. वाईआर पाण्डेको पदावधि सकिएपछि डा. वैद्यनाथ महतोले कामु चलाएका थिए । उनको पनि अवधि सकिएपछि डा. गुरुङले कामु पाएका हुन् । तर, पछिल्लो समय भने नार्कको कार्यकारी–निर्देशकमा बन्न केही कर्मचारीहरूले रुचि देखाएका छन् । त्यसमा बाली तथा बागवानी महाशाखा सम्हालिरहेका मुख्य वैज्ञानिक डा. दीपक भण्डारी, प्रशासन महाशाखाका प्रमुख वरिष्ठ वैज्ञानिक डा. सीताराम अर्याल, योजना महाशाखाका प्रमुख रामचन्द्र अधिकारी र लेखाका प्रमुख रामबहादुर केसीको रुचि रहेको बताइन्छ ।
दुग्ध विकास संस्थान त करिब दुई वर्षदेखि निमित्तको भरमा चलिरहेको छ । दुई वर्षअघि डा. गंगा तिमल्सिनाको अवधि सकिएपछि डा. ईश्वरीप्रसाद अधिकारीले निमित्त पाएका थिए । डा. अधिकारीको पनि अवधि सकिएपछि ईश्वरी न्यौपानेले निमित्त चलाए । न्यौपानेको पनि जागिरको अवधि सकिएको हुँदा अहिले वित्तीय विभागका प्रमुख शैलेन्द्रकुमार घिमिरले निमित्त चलाइरहेका छन् ।
त्यस्तै, राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशक पद पनि गएको वैशाखदेखि रिक्त छ । शेषकान्त गौतमको अवधि सकिएपछि सो पद रिक्त रहेको हो । तर, सो पदका निम्ति केही व्यक्तिले दौडधुप सुरु गरिसकेका छन् । दौडधुपका क्रममा रमेश गुरागाईं अग्रपंक्तिमा रहेको बताइन्छ । तत्कालीन कृषि विकास मन्त्री हरिबोल गजुरेलको स्वकीय सचिव रहेका गुरागाईं अहिलेसम्म दौडमा अगाडि रहेको बुझिएको छ । तर, गुरागाईंसँग चिया तथा कफी क्षेत्रको अनुभव भने नरहेको र मन्त्री खनालले भने सोही क्षेत्र बुझेको व्यक्तिलाई कार्यकारी निर्देशक बनाए पाए हुन्थ्यो भन्ने पक्षमा रहेको बताइन्छ ।
यसरी नै कृषि सामग्री कम्पनी लिमिटेड पनि निमित्तकै भरमा सञ्चालित हुँदै आएको छ । सो कम्पनीका प्रबन्ध सञ्चालक अमरराज खैरको अवधि सकिएपछि अच्यूत पौडेलले निमित्त चलाइरहेका छन् । उनले निमित्त चलाएको लामै समय बिते पनि अहिलेसम्म नयाँ प्रबन्ध सञ्चालक नियुक्ति गर्नेतिर मन्त्रालयले कुनै चासो र तत्परता देखाइरहेको छैन ।
राष्ट्रिय दुग्ध विकास बोर्ड पनि अहिले खाली नै रहेको छ । बोर्डका कार्यकारी निर्देशक खाली भएको करिब दुई वर्ष बिते पनि कसैलाई नयाँ नियुक्ति गरिएको छैन । तत्कालीन कार्यकारी निर्देशक कैलाश ढुंगेलले रामेछापबाट निर्वाचन जितेर प्रदेश ३ को आर्थिक मामिलामन्त्री भएपछि सो पद त्यही समयदेखि खाली रहँदै आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

३ नम्बर प्रदेशमा संविधान दिवसको भव्य तयारीे

ShareTweet काठमाडौं । संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरू गर्ने भएको छ । सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सामाजिक मुद्दाहरूतिर उन्मुख

ShareTweet हामी वर्षौंदेखि जुन समाजमा भिजिरहेका छौं÷बाँचिरहेका छौं, त्यो समाजमा साहित्य, कला, सिनेमाजस्ता सिर्जना र अभिव्यक्तिका लागि अनेकानेक विषयहरू छन् । समाजका- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

विसंगतिमाथि चोट

ShareTweet पोखराको साहित्यिक परिवेशमा भिजेका अधिकांश सर्जकहरूले मुक्तक विधामा कलम नचलाएका कमै दृष्टान्त होलान् । सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पगेनी ‘शिव’, रमेश श्रेष्ठलगायत- ...
पूरा पढ्नुहोस्

छोटकरीमा