18th February 2020, Tuesday

E-budhabar
Header Right Side NTC Advertisement

सीमा सुरक्षाको इन्स्पेक्टरमा व्यापक चलखेल

काठमाडौं । सशस्त्र प्रहरी बलले पछिल्लो समय इन्सपेक्टरको सरुवा गर्दा व्यापक चलखेल भएको पुष्टि भएको छ । यसअघि डीएसपीदेखि डीआईजीसम्मको सरुवा सकिसकेको सशस्त्र बलले केही दिनअघि इन्सपेक्टरहरूको सरुवा निकाल्दा व्यापक चलखेल भएको हो ।
साउन सुरुमै हुनुपर्ने इन्स्पेक्टरहरूको सरुवा भदौ १ गते आएर ४ सय ३४ जनाको सरुवा निकालिएको हो । १ सय ६ वटा बोर्डर आउटपोस्ट (बीओपी) को इन्चार्ज इन्स्पेक्टर हुन्छन् । ती बीओपीमा सरुवा हुनेहरूसँग रकमको मोलमोलाइ भएर मात्र सरुवा निकालिएको बताइएको छ । हरेक प्रदेशमा बाहिनी रहेको हुन्छ, जसको कमान्ड डीआईजीले गर्ने गर्छन् । त्यस्तै जिल्ला तहमा सीमा सुरक्षा गण हुन्छ, जसको कमान्ड एसपीले गर्ने गरेका छन् । तर बीओपीमा इन्स्पेक्टरहरू खटाउन भने प्रदेशका डीआइजीहरूलाई निश्चित नामको सूची नै अग्रिम पठाएर कार्यविभाजन गरिएको बताइएको छ । पहिले नै अनअफिसियल सूची निकालेर कनिष्ठ, पावरदार र आर्थिक रूपमा चलखेल गर्ने इन्सपेक्टरहरूलाई रोजेको स्थानमा खटाउन बाध्य पारिएको बताइएको छ । त्यसो त बीओपीमा यसअघि कार्यविभाजन गर्दा पनि आइजी खनालले यस्तै मनपरी गरेका थिए ।
अहिले ८६ वटा बीओपीबाट बढाएर सरकारले १ सय ६ पु¥याएको छ । खनालले तराईका जिल्लाका सीमा सुरक्षा कार्यालय, गण र बीओपीबाट सशस्त्रको संख्या कटौती गर्दै मनपरी गरी पहाडतिर थुपारेका थिए । तर सशस्त्रका उच्च अधिकारी र गृहको जोडमा बीओपीको संख्या बढाएको छ । उनले नै त्यही आधारमा सरुवा गर्दा लाभ लिएका छन् । आफ्ना निकट भनिएकालाई छानीछानी राम्रो र आकर्षण बोर्डरमा पठाइएको स्रोतको दाबी छ । स्रोतका अनुसार आईजीपी खनालले बोर्डर आउट पोस्टमा सरुवा हुने इन्स्पेक्टरहरूको लिस्ट तयार पार्न पीए नारायण गुरुङ र डीआईजी सुरजकुमार श्रेष्ठको टोली नै परिचालन गरेका थिए । भन्सार नाका र छोटी भन्सार केन्द्रका बोर्डर आउट पोस्टको इन्चार्ज हुन सशस्त्र प्रहरीभित्र हानथाप चल्ने गर्छ ।
बीओपीमा सरुवा हुने प्रत्येक इन्स्पेक्टरका लागि ३ देखि ५ लाख रुपैयाँसम्म उनका मतियारहरूले उठाएको चर्चा छ । यसरी १ सय ६ वटा बीओपीमा सरुवा हुनेहरूसँग करोडौं रकम असुली भएको स्रोतले बतायो । हरेक प्रदेशमा सीमा सुरक्षा खुकुलो पारिएको बताइन्छ । पछिल्लो समय प्रदेश १ को इन्चार्ज नरेन्द्र थापा र प्रदेश ५ को इन्चार्ज नारायणदत्त पौडेल रहेका छन् । उनीहरूको कमान्ड भएको ठाउँमा खुकुलो ढंगले तस्करी जारी रहेकाले पोस्टका इन्चार्जहरू ती प्रदेशमा जान उत्साही भएका हुन् । अधिकांश इन्चार्जहरूको एउटा जिल्लाबाट त्यही जिल्लामा सरुवा भएको छ ।
जागिरबाट अवकाश हुने बेलामा इन्स्पेक्टरको सरुवाबाट मात्रै ठूलो रकम उठाएको बताइएको छ । उनी शक्तिकेन्द्रलाई रिझाएर अझै पनि एक एआईजीको दरबन्दी थप गर्न सकिन्छ कि भनेर लागि नै रहेको चर्चा पनि छ । यद्यपि, सशस्त्रमा एआईजीको दरबन्दी थप हुने सम्भावना अति कम रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • सामान्यमा आफ्नै हात जगन्नाथ

    काठमाडौं । रोजेको आकर्षक ठाउँमा जाने इच्छा प्रायः सबै कर्मचारीको हुन्छ । कतिपय कर्मचारी त पहुँच नपुगेकै कारण वर्षौंदेखि दुर्गम र अनाकर्षक ठाउँमा बस्दै आएका छन् । वर्षौंदेखि घरपरिवारसँग टाढिएर बस्नुपरेको धेरै दर्दनाक पीडा छन् । तर, सामान्य प्रशासन मन्त्रालयमा बसेका केहीले भने आफ्नो सरुवा पनि भनेको ठाउँमा आफैंले गरेर...
  • हिमालयन बैंकमा होडबाजी

    काठमाडौं । हिमालयन बैंकमा राणा, श्रेष्ठ, खेतान र पाण्डे समूहबीचको विवाद उत्कर्षमा पुगेको छ । आज बुधबार हुने साधारणसभाबाट राणा र श्रेष्ठ समूहको एकाधिकार तोड्न खेतान समूह सक्रिय भएको छ । एन ट्रेडिड्र कम्पनी प्रालि झम्सिखेलका तर्फबाट अध्यक्ष बनेका मनोजबहादुर श्रेष्ठ र आभा इन्टरनेसनलन प्रालि थापाथलीका तर्फबाट बैंकका प्रमुख कार्यकारी...
  • खरिपाटीमा ‘कोरोना’को त्रास

    काठमाडौं । कोरोना भाइरसबाट संक्रमित मुलुक चीनबाट फर्काइने नागरिकलाई राख्न भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र छनोट गरिएसँगै कर्मचारीहरूमा आतंक मच्चिएको छ । चीनबाट फर्काइने नागरिकलाई राख्न तीनचार ठाउँबारे छलफल चले पनि अन्ततः खरिपाटीमा नै राख्ने टुंगोमा सरकार पुगेको हो । सो स्थान सुरक्षित रहेको हुँदा सरकारले क्वारेन्टाइन राख्ने...

चक्रपथ

फागुनबाट नेकपाको विशेष अभियान

पार्टी प्रवेश, ¥यालीदेखि जनसभभासम्मको योजना काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन १ बाट पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार विशेष अभियान सञ्चालन गर्ने भएको छ । खासगरी पाँचमहिने कार्ययोजनासहित बनेको विशेष अभियान मूल रूपमा तीन महिना विशेष रूपले सञ्चालन गर्ने नेकपाको तयारी छ । गत १९ माघमा सम्पन्न...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

ढुंगे युगतिर डोर्याउने धृष्टता

केही दिनपूर्व, प्रदर्शनीमार्गको एउटा पुस्तक पसलको दराजमा सजाइएको एउटा पुस्तकमा आँखा प¥यो, जुन पुस्तक एकजना विदेशी लेखकले लेखेका थिए र जसमा उनले नेपालका हिमालीदेखि अरु भूभाग घुम्दाका अनुभवलाई उतारेका थिए । हरेक पुस्तक किन्दा छुट लिने बानी नै परिसकेको हुँदा पुस्तक बिक्रेतालाई सोधें, ‘यो पुस्तक किन्दा कति छुट पाइन्छ ?’...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

फरक स्वरध्वनि

तीन दशकयता कविता–कर्म र साधनामै व्यस्त छन्, वीरु बाङ्देल । सिक्किमका बासिन्दा बाङ्देलले नेपाली भाषामा उम्दा काव्य सिर्जना गरेर पृथक पहिचान बनाउँदै आएका छन् । कवितालाई नै लेखनको मूल विषय बनाएका उनले आजको समाज र राजनीतिक परिस्थितिहरूको भित्री यथार्थको अभिव्यक्ति धेरै नै प्रभावशाली ढंगले पस्किँदै आएका छन् । उनको पछिल्लो...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • फोटोमा हारजितको फैसला

    काठमाडौं । ‘तपाईंहरू यही हुनुहुन्छ तर तपाईंहरूकै फोटो राजारानीको जस्तो गरी राखिएको छ । यो फोटो राख्ने सामान्तवादी प्रवृत्ति हो । राजावादी प्रवृत्ति भयो । यो फोटो निकाल्नुहोस्, यसपटक सक्नुहुन्न भने अर्कोपटक नराख्नुहोला ।’ नेकपा केन्द्रीय कमिटी बैठक चलिरह“दा केन्द्रीय सदस्य राजेन्द्र राईले उठेर यसरी कडा स्वरमा प्रतिवाद गरेपछि १५...
  • कुन पार्टीमा जालिन् शिवमाया ?

    काठमाडौं । कुनै हालतमा राजीनामा नदिने अडानमा रहेकी तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहम्फेले पार्टी केन्द्रीय सदस्यको हैसियतमा क्रियाशील हुने इच्छा व्यक्त गरेकी छन् । तत्कालीन सभामुख कृष्णबहादुर महराले गरेको गल्तीको सजाय आफूलाई दिन लागिएको भन्दै तुम्बाहाम्फेले आफूले गल्ती गरेको लिखित कारण पार्टीले दिनुपर्ने सर्त राखेकी थिइन् । सभामुखमा उम्मेद्वारी दिने...
  • वैदेशिक रोजगार पत्रकार समाजमा थापा

    काठमाडौं । वैदेशिक रोजगार पत्रकार समाजको साधारणसभाले हरिबहादुर थापाको अध्यक्षतामा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार राजधानीमा सम्पन्न समाजको साधारणसभाले मिडिया मिसनका सञ्चालक थापाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो । वैदेशिक रोजगार क्षेत्रमा कलम चलाउने सक्रिय सञ्चारकर्मीहरूको संस्थाका रूपमा समाज १० वर्षअघि स्थापना भएको हो ।...