11th July 2020, Saturday

E-budhabar
Header Right Side NTC Advertisement

सिंहदरबारसम्मै नलिनीको चर्चा

काठमाडौं । एक महिनाअघि भिजिट नेपाल–२०२० को सचिवालयका सदस्य–सचिव नलिनी थापाले यति मात्र भनेकी थिइन्, ‘मलाई त्यति सन्चो छैन, अब अफिसमा आउदिनँ होला ।’ नभन्दै त्यसयता उनी काममा फर्किएकी छैनन् र भिजिट नेपाल–२०२० सदस्य–सचिवविहीन बन्न पुगेको छ ।
भिजिट नेपाल–२०२० सुरु हुन धेरै महिना बाँकी छैन । यतिबेला भिजिट नेपालको तयारी र प्रवद्र्धनमा जिम्मेवारी पाएकाहरू लाग्नुपर्ने हो । तर, सदस्य–सचिव थापाले के कारण हठात् रूपमा कार्यालय आउन छाडिन् ? यसको खोजी कसैले गरेका छैनन् । सन्चो नभएको बहाना बनाएर कार्यालय आउन छाडेपछि भिजिट नेपाल– २०२० को सम्पूर्ण कार्य ठप्पजस्तै बन्न पुगेको छ । सचिवालयमा करिब १५ जनाजति कर्मचारीहरू रहे पनि सदस्य–सचिवको अनुपस्थितिमा कुनै कामले गति लिन सकेको छैन । किनभने, भिजिट नेपाल–२०२० को सचिवालय चलाउने र नेतृत्व गर्ने मुख्य जिम्मेवारी नै सदस्य–सचिवको हुने गर्छ ।
सदस्य–सचिव नै एक महिनादेखि कार्यालयमा अनुपस्थित रहेपछि केही दिनअघि बसेको भिजिट नेपाल–२०२० को मूल समारोह समितिको बैठकमा सो विषयमा कुरा उठेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको सो बैठकमा सदस्य–सचिव थापा एक महिनादेखि कार्यालय नगएको कुरा उठेको बताइन्छ । गएको भदौ ११ गते बसेको मूल समारोह समितिको बैठकमा सदस्य–सचिव अनुपस्थितिको विषयलाई लिएर मन्त्रीसामु कुरा उठे पनि के गर्ने भन्ने विषयमा कुनै टुंगो लाग्न सकेन । थापालाई नै काममा फर्काउने वा नयाँ सदस्य–सचिव नियुक्ति गर्ने भन्ने विषयमा अहिलेसम्म मन्त्रालयले कुनै तत्परता देखाएको छैन । थापा नेपाल पर्यटन बोर्डको निर्देशक हुन् र उनलाई बोर्डबाट नै भिजिट नेपाल–२०२० को सदस्य–सचिवको जिम्मेवारी दिएर पठाइएको थियो ।
भिजिट नेपाल–२०२० का राष्ट्रिय संयोजक सुरज वैद्यले पनि प्रभावकारी रूपमा संयोजन गर्न सकेका छैनन् । सरकारले १० करोड बजेट छुट्याएकोमा त्यति बजेटले नपुग्ने र करिब ६० करोड चाहिने माग संयोजक वैद्यले गर्दै आएका छन् । संयोजक वैद्यले पनि भिजिट नेपाल–२०२० को मुल समितिको बैठक चासो दिएर राख्ने गरेका छैनन् । केन्द्रीय तहमा नै प्रभावकारी काम हुन नसकेपछि प्रदेश स्तरमा गठन भएका समितिहरूले पनि भिजिट नेपाललाई प्रभावकारी बनाउन तत्परता देखाइरहेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • डाटा सेवाको अवधी थप

    चैत २७, काठमाडौं । विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारीले सिर्जना गरेको विषम परिस्थितिका कारण मुलुकमा कायम रहेको लकडाउनको अवस्थामा नेपाल टेलिकमले आफ्ना ग्राहकवर्गलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराएको स्टे कनेक्टेड अफरको अवधि थप गरेको छ । नेपाल सरकारले तेश्रो पटक लकडाउनको समयावधि थप गरेपछि कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी...
  • प्रदेश प्रमुखकसँग राष्ट्रपति रुष्ट

    काठमाडौं । संवैधानिक भूमिका र पदीय मर्यादालाई बिर्सिंदै राजनीतिक दलका प्रमुखको निवासमा पुगेर मागपत्र पेस गरेको सूचना पाएपछि राष्ट्रपति विद्या भण्डारी प्रदेश प्रमुखहरूसँग रुष्ट भएकी छन् । प्रदेश प्रमुखहरूको त्यस्तो कदमले लज्जाबोध गराएको भन्दै संविधानविद्ले चिन्ता व्यक्त गरेका छन् भने आमनागरिकसमेत आक्रोशित भएका छन् । प्रसंग गत २ गतेको हो...
  • रोकिएन हायातको मनपरी

    काठमाडौं । २७ वर्षअघि अर्थात् २०४९ सालदेखि आफूखुुसी गर्दै आएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको मनपरी अझै रोकिएको छ । होटलले फेरि आफूखुसी सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गराउने चलखेल सुरु गरेको छ । घाटा देखाउँदै नेपाल सरकारको लगानी ३९.६७ प्रतिशतबाट घटेर ९.०१ प्रतिशत घटाएको हायातले फेरि चलखेल सुरु गरेको हो...

चक्रपथ

बीजकोयाका हाकिमको यो हर्कत

काठमाडौं । प्रजनन पिँढी बीजकोया स्रोत केन्द्र बन्दीपुर तनहुँका हाकिम शंकरप्रसाद न्यौपानेको चर्तिकलाले सीमा नाघेको छ । अवकाशको केही महिना बाँकी रहँदा वरिष्ठ बाली संरक्षण अधिकृतको हैसियतमा रहेका उनले अनियमिता र भ्रष्टाचारको शृंखला नै चलाएको भन्दै सर्वत्र गुनासो आएको छ । माहुरी, च्याउ, रेशम खेतीलगायत बालीको विकास, विस्तार र अनुसन्धानसमेतको...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

‘गीता’ को राजनीति

कुनै वैचारिक मुद्दाका आधारमा नभई व्यक्तिगत टकरावको उत्पत्ति हुँदा विभाजनको पीडा झेल्ने नेपालका सीमित राजनीतिक दलमा पूर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले बदनामी कमाउँदै आएको छ । विभाजन र एकताको अनेक अभ्यास गरिसकेको सो पार्टी पछिल्लो समय फेरि एकताको सूत्रमा बाँधिएको छ । पछिल्लो समय तीन समूहमा विभाजित राप्रपा केही दिनपूर्व...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

फरक स्वरध्वनि

तीन दशकयता कविता–कर्म र साधनामै व्यस्त छन्, वीरु बाङ्देल । सिक्किमका बासिन्दा बाङ्देलले नेपाली भाषामा उम्दा काव्य सिर्जना गरेर पृथक पहिचान बनाउँदै आएका छन् । कवितालाई नै लेखनको मूल विषय बनाएका उनले आजको समाज र राजनीतिक परिस्थितिहरूको भित्री यथार्थको अभिव्यक्ति धेरै नै प्रभावशाली ढंगले पस्किँदै आएका छन् । उनको पछिल्लो...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • चिरायुको कर्जा फाइल किन गायब ?

    काठमाडौं । पदीय दुरुपयोगको चरम नमुना हेर्नुपरे नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले आफू पदमा रहँदा गरेका अनियमित कार्यहरू हेरे पुग्छ । विगतमा आफूले गरेका अनियमित कार्यहरूबाट सफाइ पाएको दाबी सिवाकोटीले गरे पनि कतिपय कसुरमा भने उनीमाथि कारबाही भएको छैन । डेपुटी गभर्नर भएपछि सिवाकोटीले चिरायु अस्पतालको कर्जा प्रवाह...
  • म्याट्रेस खरिदको १५ करोड फ्रिज हुने खतरा

    काठमाडौं । सरकारले दिएको पैसा समयमा नै खर्च गर्न नसक्दा नेपाल प्रहरीको म्याटेस खरिदका लागि छुट्याएको १५ करोड ४० लाख रुपैयाँ फ्रिज हुने अवस्था देखिएको छ । आर्थिक वर्ष सकिन अब चार महिना मात्र बाँकी छ । यो चार महिनामा नेपाल प्रहरीले खरिद गर्न सक्ने अवस्था नरहेको बताइन्छ । यो...
  • मुद्दती खाताको परिचय नै फे¥यो एनआईसीले

    काठमाडौं । एनआईसी एसिया बैंकले मुद्दती खातामा उच्च ब्याजदर सँगै २१ लाख रुपैयाँसम्मको बिमा सुविधा पनि दिँदै आएको छ । सर्वाधिक उच्च ब्याजदर पाइने खाताका रूपमा चिनिएको मुद्दती निक्षेप खातामा एनआईसी एसिया बैंकले न्यु सुपर चामत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बिमा सुविधा पनि थप गरेको हो । यसअघि विभिन्न...