18th October 2019, Friday

E-budhabar
Header Right Side NTC Advertisement

‘साइड इफेक्ट’ अध्ययनपछि प्रधानमन्त्री स्वदेश फर्किने



काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सिंगापुरमा जारी उपचार प्रक्रिया बुधबार (आज) सकिने भएको छ । बुधबार सातौं चरणको प्रक्रिया सम्पन्न भएसँगै उपचार पूरा हुनेछ । यससँगै प्लाजा फेरेसिस प्रक्रियाबाट मिर्गाैलाको आयु बढाउने उपचार प्रक्रिया सम्पन्न हुने बताइएको छ । सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा प्रधानमन्त्री ओलीको उपचार भइरहेको छ । प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्य अवस्थबारे जानकारी लिन महासचिव विष्णु पौडेल मंगलबार सिंगापुर पुगेका छन् ।
गत ५ भदौमा सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको ६ गतेबाट प्रत्येक एक दिनको फरकमा फेरेसिस गरिएको बताइएको छ । यसबाट मिगौलाको एन्टीबडी हटनेछन् । अहिलेसम्मको उपचारबाट स्वास्थ्य अवस्था सामान्य रहेकाले अन्यथा रिपोर्ट नआए प्रधानमन्त्री ओली २० भदौमै स्वदेश फर्किने बताइएको छ । तर, उपचार प्रक्रियाको साइड इफेक्ट अध्ययन र स्वास्थ्य परीक्षणको सबै रिपोर्ट हेरेर चिकित्सकहरूले प्रधानमन्त्री ओलीलाई सुझाव दिनेछन् । त्यस आधारमा मात्र प्रधानमन्त्री ओली स्वदेश फर्किने मिति निश्चित हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले बताए । सोमबार प्लाजा फेरेसिस प्रक्रियाबाटै छैटौं चरणको उपचार सम्पन्न भएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलीप शर्माका अनुसार बुधबार सातौं चरणको प्रक्रिया सम्पन्न भएसँगै उपचार पूरा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

३ नम्बर प्रदेशमा संविधान दिवसको भव्य तयारीे

ShareTweet काठमाडौं । संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरू गर्ने भएको छ । सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

समान पीडा

ShareTweet शिव रेग्मीले सिंगो जीवन नेपाली भाषा–साहित्यको प्रवद्र्धनमा बिताए । भाषा–साहित्यसँग जोडिएका खोज–अनुसन्धानमूलक कार्यमा उनको गहिरो अभिरुचि रह्यो । त्यही- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

विसंगतिमाथि चोट

ShareTweet पोखराको साहित्यिक परिवेशमा भिजेका अधिकांश सर्जकहरूले मुक्तक विधामा कलम नचलाएका कमै दृष्टान्त होलान् । सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पगेनी ‘शिव’, रमेश श्रेष्ठलगायत- ...
पूरा पढ्नुहोस्

छोटकरीमा