14th August 2020, Friday

E-budhabar
Header Right Side NTC Advertisement

सशस्त्रको खरिदमा सेटिङ

काठमाडौं । सशस्त्र प्रहरी बलले २०७६ भदौ ६ मा ३५ हजार सेट चुस्तासहित १० किसिमका सामानका लागि टेन्डर गरेको छ । टेन्डर गर्दा केही व्यापारीको स्वार्थमा आईजीपी शैलेन्द्र खनालले डीएमएस बुटको स्पेसिफिकेसन परिवर्तन गरेका छन् । बुटबाहेक अरू सामानको स्पेक परिवर्तन गरिएको छैन ।
सशस्त्रका आईजीपी खनालको निर्देशनमा डीएएमएस बुटको स्पेक परिवर्तन गरिएको छ । ३७ हजार जोर डीएमएस बुट करिब १० करोड रुपैयाँबराबरको छ । नेपालमा होइन भारतमा समेत नबन्ने खालको जुत्ताको स्पेक राखिएको छ । दीपक मल्होत्राको डिजाइनमा आईजीपी खनालले डीएमएस बुटको स्पेक परिवर्तन गरेको स्रोतको दाबी छ । मल्होत्राको सिंगापुर र चीनमा पनि कारोबार छ । त्यही भएर उनी स्पेक परिवर्तन गरी बुटको ठेक्का लिने दाउमा रहेको बताइन्छ । मल्होत्रा र आईजीपी खनालबीच अति राम्रो सम्बन्ध रहिआएकाले पनि उनकै डिजाइनमा स्पेक परिवर्तन गरिएको दाबी स्रोतले गरेको छ । सामसुङ मोबाइल सेटका आधिकारिक बिक्रेता रहेका मल्होत्राले हरेक नयाँ मोडल आउँदा खनाललाई बोलाउने र उनी जाने गरेका छन् ।
झापाका इन्द्र श्रेष्ठ र इन्द्र ओडारी नामका व्यापारी पनि सिन्धुपाल्चोकका बच्चु पौडेललाई साझेदार राखेर सुरक्षा फौजको बन्दोबस्तीका सामानको कारोबारमा अगाडि बढेका छन् । डलर, रक्तचन्दनदेखि सुन तस्करीबाट अर्बाैं सम्पत्ति आर्जन गरेका पौडेलको पनि चीनसँग राम्रो कनेक्सन छ । श्रेष्ठ र ओडारीले चुस्ताको स्पेक पनि परिवर्तन गर्न चलखेल गर्दै आएका थिए । तर, सशस्त्रको चुस्ताको डिजाइन राम्रो भएकाले पनि उनीहरू असफल भएका छन् । झापा घर भएका उनीहरूले प्रधानमन्त्री केपी ओलीको नाम लिँदै ठेक्कापट्टा लिने गरेका छन् ।
सशस्त्रले २०७४ माघमा गरेको टेन्डरमा पनि श्रेष्ठ र ओडारीले ठेक्का पाएका थिए । तत्कालीन आईजीपी सिंहबहादुर श्रेष्ठले टेन्डर रद्द गरेपछि सार्वजनिक खरिद पुनरावलोकन समितिमा उजुरी दिएर आशयपत्र जारी गरिसकेको टेन्डर रद्द गर्न नपाउने भनी सदर गराउने काम पनि उनीहरूले नै गरेका थिए । अहिले उनीहरूको मात्र कारोबारका आधारमा नपुग्ने भएपछि बच्चु पौडेललाई पनि साझेदार राखी सशस्त्रको टेन्डरमा लागेका छन् ।
सशस्त्रले भदौ ६ मा पार्का ज्याकेट २० हजार थान, स्लिपिङ ब्याग १५ हजार थान, जर्सी ५ हजार थान, उलन पाइन्ट २ हजार मिटर, म्याटे«स ६ हजार थान, ट्याक्टिकल वेब ब्याग १० हजार वटा, पन्चु ३० हजार सेटको टेन्डर गरेको छ । विगतमा गुणस्तर परीक्षणका लागि भारतको एसजीएस र आईटीएसमा पठाउने गरिएकोमा योपटक नेपालकै गुणस्तर विभागमा टेस्ट गर्ने निर्णय सशस्त्रले गरेको छ । नेपालका गुणस्तर विभागको परीक्षणमा प्रश्न उठेपछि नेपाल प्रहरीले भारतका एसजीएस र आईटीएसमा टेस्ट गराउने गरेको छ । सशस्त्रले पनि भारतमै टेस्ट गराउँदै आएकोमा आईजीपी खनालले नेपालमै टेस्ट गराउने निर्णय गराएका छन् । गुणस्तर विभागका प्राविधिक अधिकृत किरण सुवेदी र महानिर्देशक विश्वबाबु पुडासैनीका पीए कालिका बरालसँग सेटिङ मिलाएर टेस्टका लागि राम्रो छानेर नमुना लाने र सामान बुझाउँदा भने कमसल बुझाउने खेल ठेकेदारहरूको रहेको समाचार छ ।
सशस्त्रका आईजीपी खनालले बजेटमा डीएसपी पूर्ण साउद, प्रबन्धमा एसपी दीपेन्द्र साउददेखि सबैतिर आफ्ना एसम्यान सेट गरेका छन् । र, मनलागी खरिद गर्दै आएका छन् । आर्थिक प्रशासन महाशाखा, प्रबन्ध महाशाखा छुट्टै छ । भण्डारलाई पनि महाशाखा बनाइयो । आर्थिक प्रशासन र भण्डारमा एसएसपी छन् । तर प्रबन्ध महाशाखाको प्रमुखमा एसएसपी नराखीे एसपी दीपेन्द्र शाहलाई नै राखिएको छ । शाह आईजीपी खनालनिकट भएकाले कमिसनका कुरा नमिल्ने भएपछि महाशााखा बनाए पनि एसएसपी नराखी उनलाई नै प्रमुखमा राखिएको चर्चा हल्चोकमा हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • कोरोनाका नाममा ३२ लाख झ्वाम

    काठमाडौं । कोभिड–१९ अर्थात् कोरेनाका कारण संसारभरि आक्रान्त फैलिरहेको बेला केहीलाई भने यो आर्थिक दुरुपयोग गर्ने मेलो भएको छ । जिल्ला अस्पताल तनहुँका कर्मचारीहरूले प्रदेश सरकारले पठाएको ५० लाख रकम त्यसैगरी मनपरी ढंगले भत्ताका नाममा खर्च गरेका छन् । आइसोलेसन र क्वारेन्टिनमा सिटामोलसम्म पुग्न नसकेको बेला सबै आइसोलेसन केन्द्रमा अत्यन्त...
  • काम रोकेर आन्दोलनमा व्यस्त

    काठमाडौं । कोभिड–१९ को जोखिम झन् बढ्दै गएको छ । विश्वव्यापी रूपमै यो महामारीले सताउँदा अग्रपंक्तिमा रहेर स्वास्थ्यकर्मीका साथै अस्पतालमा कार्यरत कर्मचारीहरूले महामारीविरुद्ध आफूहरूलाई उभ्याए । नेपालका स्वास्थ्यकर्मीहरूले पनि कोभिड–१९ मा खेलेका भूमिकालाई सराहना गर्ने गरिएको छ । तर, कोभिड–१९ को जोखिम बढ्दै जाँदा निजामती कर्मचारी अस्पतालमा कार्यरत कर्मचारीहरू भने...
  • ६ अर्ब उठ्नेमा अझै आशंका

    काठमाडौं । डेडिकेटेड र टंक लाइनको महसुल विवाद सुल्झाउने जिम्मा विद्युत् नियमन आयोगलाई दिने भित्री तयारी चलिरहे पनि सो आयोगको क्षमतामाथि प्रश्नचिह्न उब्जिएको छ । यो विवाद सुल्झाउन आयोगले नसक्ने जिकिर गर्न थालिएको छ । तर, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भने सो आयोगलाई नै जिम्मा दिन खोजेको छ ।...

चक्रपथ

चारवटै विषयगत सभापति यथावत्

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतका समितिहरूमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका छन् । हाल निर्विरोध निर्वाचित भएकाहरू नै यसअघि पनि त्यही समितिका सभापति थिए । कार्यकाल सकिएपछि पुनः उनीहरूलाई नै सभापतिमा चयन गरिएको हो । समिति सभापति चयन गर्न शुक्रबार निर्वाचन भएको हो । निर्वाचनबाट प्रत्यायोजित व्यवस्थापन...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पारिजात ः एउटी स्वाभिमानी स्रष्टा

दार्जिलिङको सुन्दर प्रकृतिको काखमा डुबुल्की मार्दै कहिले फ्रकभरि चाँपका कोपिला बटुलेर नागबेलीको माला लगाएर, जंगलमा लुकामारी खेलेर बाल्यकाल बिताएकी पारिजातको प्रारम्भिक शिक्षा त्यही नै सम्पन्न भएको थियो । सांस्कृतिक कार्यकलापमा बढी रुचि देखाउने पारिजातको पढाइ भने मध्यमस्तरको थियो । उनले अनौपचारिक रूपमा घरमै केही अध्ययन गरेर औपचारिक अध्ययनका लागि दार्जिलिङका...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

छोटो क्यानभासको चित्र

सामन्तकालीन अर्थ, सामाजिक, राजनीतिक र सांस्कृतिक व्यवस्थाले नारीलाई एउटा ‘तुच्छ वस्तु’ का रूपमा परिभाषित ग¥यो । नारीको बहुमुखी अस्तित्वलाई स्वीकार गर्न तत्कालीन समाजव्यवस्थाले चाहेन । एउटा भनाइ नै बन्यो, ‘वीर भोग्या वसुन्धरा...।’ सामन्तवादभन्दा धेरै हिसाबले प्रगतिशील ठानिने पुँजीवादले पनि नारीलाई ‘वीर भोग्या वसुन्धरा’ को तहभन्दा माथि उकास्ने चाहना राखेन ।...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • प्रहरी कार्यालयले नै कोरोनो ल्याउने त्रास

    काठमाडौं । गोंगबुस्थित एक होटलमा बस्दै आएका रोल्पाका कृष्णबहादुर बोहोराको हत्याप्रकरणमा नेपालप्रहरीले तत्कालै चितवनबाट अभियुक्तप्रकाउ गरेर अनुसन्धानमा सफलताप्राप्त गरेको छ । चितवनकीकल्पना मुडभरी (पौडेल) ले आफैंले हत्या गरेको स्वीकारसमेत गरिसकेकीछन् । तर, सोही सन्दर्भमामंगलबार महानगरीय प्रहरी परिसर टेकुमापत्रकार सम्मेलन गरेर भने प्रहरीले उल्टै कोरोना संक्रमण पो फैलायो किभन्ने आशंका बढाएको...
  • कमलामाई–मेसान मैत्रीपूर्ण सम्बन्ध कायमै

    काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका र चीनको सिचुवान प्रान्तस्थित मेसान सिटीबीच मैत्रीपूर्ण सम्बन्ध स्थापना भएको छ । बुधबार आयोजना गरिएको भर्चुअल समारोहमा कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्री र मेसान सिटीका मेयर ह्यु आनखुनले समझदारीपत्रमा हस्ताक्षर गरे । दुवै नगरका प्रमुखले आपसी हितका आधारमा मैत्रीपूर्ण सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता जनाएका छन्...
  • सेनाका परिवारलाई ७ लाख रुपैयाँ

    काठमाडौं । मोेटरसाइकल दुर्घटनामा परी असामयिक निधन भएका नेपाली सेनाका सिपाही शिवराज रानाका परिवारलाई मेगा बैंक नेपाल लिमिटेडले बिमाबापत ७ लाख रुपैयाँ प्रदान गरेको छ । मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट’ खोलेका दिवंगत सैनिक जवान रानालाई मेगा बैंकले सोही खाताको बिमाबापत ७ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।...