19th September 2019, Thursday

E-budhabar
Header Right Side NTC Advertisement

नेपालको अर्थव्यवस्था ः केही तथ्य र प्रवृत्ति



नेपालको अर्थव्यवस्था ः केही तथ्य र प्रवृत्ति

० सन् १९६५ मा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ६५ प्रतिशत थियो र कृषिमा आधारित जनसंख्या ८१ प्रतिशत थियो । त्यसको ५० वर्षपछि सन् २०१५ मा कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान घटेर ३३ प्रतिशतमा आउँदा कृषिमा आधारित जनसंख्या केवल १५ प्रतिशतले घटेर ६६ प्रतिशतमा आएको छ ।
० अर्कातिर त्यही ५० वर्षको अवधिमा कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान ३ प्रतिशतबाट जम्मा ६ प्रतिशत पुगेको छ । त्यो पनि गएको २५ वर्षदेखि ६ प्रतिशतमै सीमित छ । कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान र निर्माण क्षेत्र (खासगरी हाउजिङ) को योगदान करिब बराबर छ (क्रमशः ४३ अर्ब ३२ करोड र ४१ अर्ब ६६ करोड रुपैयाँ) । अर्कातिर सेवा क्षेत्रका सबैभन्दा महŒवपूर्ण मानिएका होटल तथा रेस्टुरेन्टको जम्मा योगदान १२ अर्ब १८ करोड मात्रै छ ।
० व्यापार सन्तुलनको चित्र उस्तै निराशाजनक छ । सन् १९६५ मा हाम्रो जम्मा निर्यात ४३ करोड ५० लाख रुपैयाँ थियो भने आयात ७८ करोड थियो अर्थात् ३४ करोड व्यापार घाटा थियो जुन जम्मा निर्यातको ७९ प्रतिशत हुन्छ । सन् १९९० मा त्यो घाटा १०६ प्रतिशत पुग्यो अर्थात् निर्यात करिब ११ अर्ब पुग्दा आयात २२ अर्ब रुपैयाँभन्दा बढी भयो ।
० अझ नराम्रो चित्र के छ भने त्यसपछिका २५ वर्षमा व्यापार निर्यात करिब साढे २ खर्ब रुपैयाँ पुग्दा आयात ८ खर्ब ८३ अर्ब पुग्यो, अर्थात् जम्मा निर्यातको २ सय ५७ प्रतिशत व्यापार घाटा पुग्यो । त्यति बढी व्यापार घाटा भएको अवस्थामा कुल गार्हस्थ्य उत्पादनमा व्यापारको योगदान (कुल आयात र निर्यातको योगदान) जम्मा ५३ प्रतिशत छ । यो विश्वव्यापीकरणको समयमा पनि अर्थतन्त्रमा व्यापारको यति सानो योगदान रहनु उदारवादका प्रवक्ताहरूका लागि चुनौतीको विषय हुनुपर्ने हो ।
० श्रमशक्तिको पलायन जुन अनुपातमा बढ्दैछ र हाम्रो अर्थतन्त्रमा जसरी विप्रेषणको मात्रा बढ्दैछ त्यो आफंैमा चिन्ताजनक छ । सन् २००९÷१० देखि २०१३÷१४ सम्म ५ वर्षमा २० लाखभन्दा बढी नेपालीहरू कामका लागि बिदेसिएका छन् । राष्ट्रिय जीवनस्तर सर्वेक्षणअनुसार अहिले जम्मा ५६ प्रतिशत घरधुरीबाट एक वा बढी सदस्य वैदेशिक रोजगारीमा गएका छन् र हाम्रो राष्ट्रिय आयमा ३२ प्रतिशतभन्दा बढी विप्रेषणको योगदान छ । तर त्यसको केवल २ प्रतिशत मात्रै पुँजीगत खर्च हुने गरेको छ । अर्को निराशापूर्ण तथ्य के छ भने वैदेशिक रोजगारीमा जानेहरू मध्ये ७४ प्रतिशत अदक्ष, २५ प्रतिशत अर्धदक्ष र १ प्रतिशत मात्रै दक्ष छन् ।
० अर्कातर्फ सन्दर्भवश भन्ने हो भने हाम्रो वरिपरि अजंगका परिवर्तनहरू भएका छन् । सन् १९६० मा नेपालको प्रतिव्यक्ति आय २ सय ६७ डलर हुँदा भारतको ३ सय १७ र चीनको १ सय ८९ मात्रै थियो । त्यसको ३० वर्षपछि १९९० मा नेपालको प्रतिव्यक्ति आय ३ सय ५७ पुग्यो, जबकि भारतको ५५९ र चीनको ७२६ डलर पुग्यो । सन् २०१५ मा नेपालको प्रतिव्यक्ति आय ६ सय ९० हुँदा भारत र चीनको क्रमशः १८०५ र ६४१६ डलर पुगेको थियो । यी तथ्यकै आधारमा गरिएको प्रक्षेपणअनुसार सन् २०२५ मा नेपाल १६२८ लडरमै रहँदा भारत ४२६३ र चीन १५१४५ डलर प्रतिव्यक्ति आयमा पुग्दैछन् । यसले हाम्रो र हाम्रा छिमेकीहरूको उत्पादक शक्तिको विकासको अवस्थालाई बताउँछ ।
० राष्ट्रिय उत्पादनमा कृषिको योगदान निरन्तर र तीव्ररूपमा घट्नु तर कृषिमा आधारित श्रमशक्ति असाध्यै कममात्रै घट्नुस उत्पादक पुँजीको विकासको सबैभन्दा मुख्य सूचक औद्योगिक क्षेत्रको योगदान गएको ५० वर्षमा ३ प्रतिशत मात्रै बढ्नु, गएको २५ वर्षमा त्यो ज्यूँका त्यूँ रहनुस सेवाका पनि बढी उत्पादक क्षेत्रमाभन्दा अनुत्पादक क्षेत्रमै वृद्धि देखिनुस व्यापार घाटाको दर निरन्तर बढिरहनुस उत्पादक श्रम विदेशिनेक्रम बढ्दै जानु र अर्थतन्त्रमा विप्रेषणको मात्रा बढ्दै जानु तर त्यसको पनि उत्पादक खर्च नगन्य हुनुजस्ता प्रवृत्तिले हाम्रो राष्ट्रिय पुँजीको अनुत्पादक र साधारण पुनरुत्पादनमुखी (गुजारामुखी) अवस्थालाई नै बताउँछन् । माथि उल्लेख गरिएका उत्पादक र अनुत्पादक पुँजी तथा साधारण र बिस्तारित पुनरुत्पादनका सैद्धान्तिक ढाँचामा उपरोक्त तथ्याङ्कहरूलाई राखेर हाम्रो पुँजीको मुख्य चरित्र निरूपण गर्दा निम्न निष्कर्ष निस्कन्छन् ः एक, उत्पादक पुँजीको विकासको तुलनामा अनुत्पादक पुँजीको विकास भएको छ, दुई– उत्पादक पुँजीको बिस्तारित पुनरुत्पादन भएन त्यसका तुलनामा साधारण पुनरुत्पादनको दर नै कायम रह्यो ।
० उद्यमशीलताको निरन्तर विकास नगर्ने वा औद्योगिक पुँजीको विकासलाई अवरुद्ध गर्ने पुँजीलाई ‘वित्तीय पुँजी’, ‘क्रोनी पुँजीवाद’, ‘कूतखोर पुँजीवाद’ (चभलतष्भच अबउष्तबष्किm) आदि नाम दिने गरिएको छ । तर ‘वित्तिय पुँजी’ ले यसको उत्पादक शक्तिलाई क्षय गर्ने चरित्रलाई बताउँदैन । ‘क्रोनी पुँजीवाद’ ले मूलतः नातेदारी र आफन्तवादलाई जोड दिन्छ । ‘क्यासिनो पुँजीवाद’ ले अर्थतन्त्रका खासखास अवस्थामा पुँजीपतिको जुवाडे चरित्रलाई बढी चित्रण गर्छ । ‘एकाधिकार पुँजीवाद’ ले स्वामित्वको रूपमा बढी जोड दिन्छ । वस्तुतः अनुत्पादक पुँजीको श्रोत श्रमशक्तिको विकास नगर्ने पुँजी हो । त्यसैले त्यसको आधारभूत चरित्र अनुत्पादक नै हो । व्यापारमा आधारित नाफा, व्याज वा सूदमा आधारित नाफा, राजनीतिक पार्टीका आडमा नेता–कार्यकर्ताहरूले प्राप्त गर्ने सम्पत्ति, कर्मचारीले कमाउने सम्पत्ति, नातेदारीका आधारमा थुपार्ने सम्पत्ति मूलतः विचौलियाको भूमिकामा प्राप्त गर्ने नाफा हो । सम्पत्ति थुपार्ने यी सबै तरिकाहरूलाई, मार्क्सको उत्पादक पुँजीसम्बन्धी व्याख्या, चिनियाँ प्रयोगको ऐतिहासिकता र समिर अमिनको परिभाषा समेतका आधारमा नेपालको पुँजीवादलाई अनुत्पादक वा दलाल नै भन्न सकिन्छ ।
० के कुरा भनिरहनु पर्दैन भने पुँजीवादको बिस्तार हुँदै जाँदा कृषिमा आधारित श्रमको मात्रा घट्दै जान्छ । पुँजीको चरित्र उत्पादक हुँदा जुन अनुपातमा कृषिश्रम विस्थापित हुँदै जान्छ त्यसै अनुपातमा औद्योगिक श्रम बढ्छ, उत्पादन बढ्छ । तर उत्पादक पुँजीको अभावमा जनसंख्या विस्थापित हुँदै जान्छ तर उत्पादन बढ्दैन । जीवनको बजारीकरण जसरी दिनदिनै बढिरहेको हुन्छ त्यसलाई कृषिले थेग्न सक्दैन र जनसंख्या नै विस्थापित हुनु पर्छ । वर्षभरी काम गरेर खान नपुग्ने वा मुस्किलले खानमात्रै पुग्ने भएपछि आधारभूत आवश्यकता पूरा गरेर बचत गर्ने र त्यस्तो बचतबाट पुँजी निर्माण गर्ने सम्भावना भएन । हाम्रो गरिबीलाई पनि यसरी नै हेर्नु पर्छ । परम्परागत कृषि श्रमलाई उद्यममा ल्याउन नसक्ने पुँजी दलाल हो भन्ने कुरा माथि नै चर्चा गरिएको छ । त्यसैले हाम्रो गरिबीको मुख्य कारण पनि दलाल पुँजी हो ।
० दलाल पुँजी मूलतः विनिमयमा अर्थात् ब्यापारमा आधारित हुन्छ । हाम्रो जस्तो मुलुकमा यस्तो पुँजीले सस्तो श्रम र कच्चा पदार्थ निर्यात गर्छ र बनिबनाउ सामानहरू आयात गर्छ । यसरी त्यो पुँजीले हाम्रो उत्पादक शक्तिको विकासलाई कुण्ठित पार्न नै योगदान गर्छ । हाम्रो उत्पादक शक्ति जति पछौटे हुन्छ उसको जीवन यापनको अवस्था कमजोर हुन्छ त्यसरी दलाल पुँजीले श्रमलाई कृषिबाट उखेल्छ तर उद्यममा जान दिँदैन । वैदेशिक रोजगारीमा जाने हाम्रो श्रम शक्तिलाई यसरी नै हेर्नु पर्छ । त्यस्तै, हाम्रो निरन्तर बढ्दो ब्यापार घाटा र आर्थिक पराधीनताको कारण पनि दलाल पुँजीको प्रधान्यता हो भन्ने कुरा प्रष्ट छ ।
दलाल पुँजी मूलतः विनिमयमा अर्थात् ब्यापारमा आधारित हुन्छ । हाम्रो जस्तो मुलुकमा यस्तो पुँजीले सस्तो श्रम र कच्चा पदार्थ निर्यात गर्छ र बनिबनाउ सामानहरू आयात गर्छ । यसरी त्यो पुँजीले हाम्रो उत्पादक शक्तिको विकासलाई कुण्ठित पार्न नै योगदान गर्छ ।
० बैदेशिक रोजगारीमा गएको श्रमशक्ति मूलतः उद्यमसँग गाँसिएको छ तर त्यस्तो श्रमले त्यहीँकै उत्पादक शक्तिको विकासमा जति योगदान गर्छ त्यति यहाँको उत्पादक शक्तिको विकासमा गर्दैन, अतिरिक्त नाफा त्यही मुलुकमा रहन्छ । किनकि उत्पादक शक्तिको विकासका दौरानमा श्रमिकले अरु बढी श्रमिक, पुँजीले बढी पुँजी र उद्यमले अरु उद्यम जन्माउँदै जान्छ । वैदेशिक रोजगारीमा गएको हाम्रो श्रमशक्तिले त्यहीँको श्रम, पुँजी र उद्यमको विकासमा सघाउँछ । त्यस्तै, हाम्रो सस्तो कच्चा पदार्थले पनि उतैको उत्पादक शक्तिको विकासमा सहयोग गर्छ ।
० दलाल पुँजीको विकासले मानिसलाई परम्परागत कृषिबाट उखेल्छ, पुराना सामाजिक सम्बन्धहरूबाट पनि स्वतन्त्र बनाउँछ । तर त्यो श्रमशक्ति उद्यममा जान नपाएपछि राजनीतिक अस्थिरताका लागि कारण बन्छ । हामीले २०४६ सालको क्रान्ति, काङ्ग्रेस, एमाले र माओवादीको राजनीतिक उतार–चढाव र अहिलेको गणतन्त्रलाई समेत यो अर्थराजनीतिक सन्दर्भमा हेर्नु पर्छ ।
० लामो समयदेखि दलाल पुँजीको उत्पादन–पुनरुत्पादनले राज्यलाई र क्रमशः समाजलाई पनि प्रभावित पार्दै लान्छ र दलाल अर्थराजनीतिक सामाजिक परिस्थिति बन्दै जान्छ । चुनावमा टिकट पाउने–जित्ने, कर्मचारीतन्त्रको सञ्चालन, संवैधानिक निकायहरूमा नियुक्ति, ऐन–कानूनहरूको निर्माण आदिद्वारा राज्य नै दलाल पुँजीको प्रभावमा पर्दै जान्छ र त्यो क्रमशः समाजको सांस्कृतिक तथा मनोवैज्ञानिक क्षेत्रमा सर्दै जान्छ । अहिले हाम्रो परिस्थितिलाई पनि यसरी नै हेर्नु वस्तुगत हुनेछ ।
नयाँ जनवाद, जनताको बहुदलीय जनवाद, जनताको प्रजातन्त्र, राष्ट्रिय पुँजीको विकास, समाजवाद वा वैज्ञानिक समाजवाद वा समृद्धिजस्ता उद्देश्य भएका पार्टी, नेता वा बुद्धिजीवीहरूले नेपाली अर्थव्यवस्थालाई कसरी साधारण पुनरुत्पादनबाट कसरी बिस्तारित पुनरुत्पादनमा लैजाने हो ? त्यसका लागि अहिलेको अनुत्पादक वा दलाल पुँजीको समस्यालाई कसरी समाधान गर्ने हो ? त्यसका लागि अहिलेका सिद्धान्त, संगठन र संघर्षका रूपहरू कस्तो हुनुपर्छ ? उत्पादनका क्षेत्रमा हाम्रै छिमेकमा घटिरहेका विश्व ऐतिहासिक घटना र त्यसले बनेको वर्तमान भूअर्थ–राजनीतिक परिस्थितिलाई ती पार्टीहरूले कसरी सम्बोधन गर्ने हो ? जस्ता प्रश्नहरूको वस्तुगत उत्तर दिनुपर्छ ।
० तर यसको अर्थ हाम्रो अर्थतन्त्रको सम्पूर्ण चरित्र दलाल हो भन्ने होइन । अहिले केही क्षेत्रमा भएको व्यावसायिक कृषि, धर्मराएकै भए पनि औद्योगिक क्षेत्र, पर्यटन, ऊर्जा आदि क्षेत्रमा भएको पुँजी अर्थात् जुन पुँजीले उत्पादक शक्तिको विकास गर्छ त्यस्तो पुँजी राष्ट्रिय पुँजी, उत्पादक पुँजी हो । कुरा कति मात्रै हो भने उत्पादक वा राष्ट्रिय पुँजी कमजोर छ दलाल पुँजी बलियो छ ।
अन्त्यमा,
नयाँ जनवाद, जनताको बहुदलीय जनवाद, जनताको प्रजातन्त्र, राष्ट्रिय पुँजीको विकास, समाजवाद वा वैज्ञानिक समाजवाद वा समृद्धिजस्ता उद्देश्य भएका पार्टी, नेता वा बुद्धिजीवीहरूले नेपाली अर्थव्यवस्थालाई कसरी साधारण पुनरुत्पादनबाट कसरी बिस्तारित पुनरुत्पादनमा लैजाने हो ? त्यसका लागि अहिलेको अनुत्पादक वा दलाल पुँजीको समस्यालाई कसरी समाधान गर्ने हो ? त्यसका लागि अहिलेका सिद्धान्त, संगठन र संघर्षका रूपहरू कस्तो हुनु पर्छ ? उत्पादनका क्षेत्रमा हाम्रै छिमेकमा घटिरहेका विश्व ऐतिहासिक घटना र त्यसले बनेको वर्तमान भूअर्थ–राजनीतिक परिस्थितिलाई ती पार्टीहरूले कसरी सम्बोधन गर्ने हो ? जस्ता प्रश्नहरूको वस्तुगत उत्तर दिनुपर्छ । ती प्रश्नको वस्तुगत उत्तर बिना खोलिने पार्टी र गरिने गतिविधिले केवल सामाजिक शक्तिको क्षतिलाई बढाउँछन् । अर्कातिर, ती प्रश्नको वस्तुगत उत्तर खोज्ने सार्थक प्रयत्न गर्ने हो भने नेपालमा एकिकृत कम्युनिष्ट पार्टीको निर्माण र समाजवादका लागि सार्थक योगदानका असाधारण सम्भावना छन् ।
(‘नेपाल अध्ययन केन्द्र’द्वारा प्रकाशित पुस्तक ‘नेपालः पुँजीवाद र विकास’मा प्रकाशित लेखको एक अंश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

३ नम्बर प्रदेशमा संविधान दिवसको भव्य तयारीे

ShareTweet काठमाडौं । संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरू गर्ने भएको छ । सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सामाजिक मुद्दाहरूतिर उन्मुख

ShareTweet हामी वर्षौंदेखि जुन समाजमा भिजिरहेका छौं÷बाँचिरहेका छौं, त्यो समाजमा साहित्य, कला, सिनेमाजस्ता सिर्जना र अभिव्यक्तिका लागि अनेकानेक विषयहरू छन् । समाजका- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

विसंगतिमाथि चोट

ShareTweet पोखराको साहित्यिक परिवेशमा भिजेका अधिकांश सर्जकहरूले मुक्तक विधामा कलम नचलाएका कमै दृष्टान्त होलान् । सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पगेनी ‘शिव’, रमेश श्रेष्ठलगायत- ...
पूरा पढ्नुहोस्

छोटकरीमा