19th September 2019, Thursday

E-budhabar
Header Right Side NTC Advertisement

फेरि बिचौलियालाई पोस्ने काम



काठमाडौं । दूधको मूल्य वृद्धि गर्दा फेरि बिचौलियालाई पोस्ने काम भएको छ । केही दिनअघि सरकारले दूधमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाउने टुंगो गरेको थियो । सो निर्णयसँगै सरकारको स्वामित्वमा रहेको दूग्ध विकास संस्थानले शनिबारदेखि नै मूल्य बढाएको छ ।
प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाउँदा किसानले ४ रुपैयाँ १४ पैसा पाउने भएका छन् । तर, वृद्धि भएको करिब २ रुपैयाँ भने व्यवसायी अर्थात् बिचौलियाले पाउने व्यवस्था गरिएको छ । व्यवसायीले २ रुपैयाँ पाउँदा पनि अर्बौं रकम उनीहरूले पाउने छन् । किसानलाई पोस्ने नाममा बिचौलियाहरूलाई समेत फाइदा हुने र पोस्ने काममा सरकार स्वयं लागेको देखिएको छ ।
दाना, औषधि र पशुहरूको मूल्यमा समेत वृद्धि भएको हुँदा दूधको मूल्य बढाउनुपर्ने माग पशुपालक किसानहरूले लामो समयदेखि गर्दै आएका थिए । दूधको मूल्य बढाउनुपर्ने माग बढेसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रिय दूग्ध विकास बोर्डका निमित्त कार्यकारी–निर्देशक बावुकाजी पन्तको संयोजकत्वमा के–कति मूल्य बढाउने भन्ने विषयमा एउटा सिफारिस कमिटी गठन गरेको थियो । पन्तको संयोजकत्वमा बनेको सिफारिस कमिटीले प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउनुपर्ने सिफारिस गरेको थियो ।
पन्त नेतृत्वको कमिटीले दूधको मूल्य वृद्धिको सिफारिस गरेसँगै कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सिफारिस कमिटीको सुझावअनुरुप १० रुपैयाँ मूल्य बढाउनुपर्ने कुरा बताएका थिए । तर, आफ्नो स्वास्थ्योपचारका क्रममा सिंगापुर जान लागेका प्रधानमन्त्री ओलीले एकैपटक १० रुपैयाँ बढाउँदा उपभोक्ताहरू मारमा पर्ने र महँगी बढ्ने भन्दै अर्थमन्त्रीसँग परामर्श गरेर मात्र बढाउनुपर्ने कुरा उठाएका थिए । एकैपटक १० रुपैयाँ मूल्य बढ्दा त्यसले केकस्तो असर पर्छ भन्ने विषयमा मन्त्री खनालले अर्थमन्त्री डा. युवराज खतिवडासँग परामर्श गरेपछि १० रुपैयाँबाट घटाएर ६ रुपैयाँमा झारिएको बताइन्छ ।
तर, दूधको मूल्यवृद्धि गरिँदा किसानहरूले मात्र पाउनेगरी मूल्य बढाउनुपर्ने कुरा नउठेको होइन । किसानहरूले मात्र पाउनेगरी मूल्यवृद्धि गर्दा अहिले चार रुपैयाँभन्दा बढी मूल्य बढ्दैनथ्यो । तर, बिचौलियाहरूलाई समेत पोस्ने नियतले उपभोक्तालाई मर्का पर्नेगरी ६ रुपैयाँ पु¥याइएको छ । दूधको मूल्यवृद्धिमा किसानहरूको दबाबभन्दा पनि बिचौलियाहरूको चलखेलले भूमिका खेलेको अनुमान गरिएको छ । नेपाल डेरी एसोसियसन, केन्द्रीय दुग्ध सहकारी संघ र डेरी उद्योग संघले दूधको मूल्य बढाउन सरकारलाई लामो समयदेखि दबाब दिँदै आएका थिए । अहिले दूधको मूल्यवृद्धि हुनुमा किसानहरूको मागभन्दा पनि व्यवसायीहरूकै दबाबले भूमिका खेलेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

३ नम्बर प्रदेशमा संविधान दिवसको भव्य तयारीे

ShareTweet काठमाडौं । संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरू गर्ने भएको छ । सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सामाजिक मुद्दाहरूतिर उन्मुख

ShareTweet हामी वर्षौंदेखि जुन समाजमा भिजिरहेका छौं÷बाँचिरहेका छौं, त्यो समाजमा साहित्य, कला, सिनेमाजस्ता सिर्जना र अभिव्यक्तिका लागि अनेकानेक विषयहरू छन् । समाजका- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

विसंगतिमाथि चोट

ShareTweet पोखराको साहित्यिक परिवेशमा भिजेका अधिकांश सर्जकहरूले मुक्तक विधामा कलम नचलाएका कमै दृष्टान्त होलान् । सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पगेनी ‘शिव’, रमेश श्रेष्ठलगायत- ...
पूरा पढ्नुहोस्

छोटकरीमा