19th January 2020, Sunday

E-budhabar
Header Right Side NTC Advertisement

सडकका करोड–अर्ब भ्रष्टाचारमा अख्तियार बेखबर नै हो ?

काठमाडांै । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सडक विभागअन्तर्गतका आकर्षक डिभिजन कार्यालय र आयोजनामा बदनाम र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदालिँदै समातेका डीईहरूको सरुवा गरेका छन् । अख्तियारले घुस लिँदालिँदै पक्राउ गरेर विशेष अदालतमा मुद्दा दायर नगरी गुपचुप उन्मुक्ति दिइएका डीई ललितजंग खनाललाई मदन भण्डारी राजमार्ग आयोजनाको पूर्वी खण्डको प्रमुखमा सरुवा गरिएको छ ।
काठमाडौं सडक डिभिजनको इन्जिनियर हुँदा उनलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको थियो । तर, उनलाई तत्कालीन अख्तियारका पदाधिकारीले मुद्दा दर्ता नगरी उन्मुक्ति दिएका थिए । धरान–चतरा–गाईघाट–हेटौंडा सडक मदन भण्डारी राजमार्गअन्तर्गत पर्दछन् । मदन भण्डारी मार्गअन्तर्गत पर्ने धरान–चतरा–गाईघाट–हेटौंडामा ठूला प्याकेज बनाई प्रतिस्पर्धा सीमित गरी ६ वटा ठेकेदारलाई मात्र मिलेमतोमा ठेक्का दिइएको छ । पुलबाहेक १४ अर्ब रुपैयाँको आयोजनामा पूर्वी खण्डका ललितजंग खनाल र पश्चिम खण्डका राजु पौडेलले मिलेर मन्त्री महासेठलाई बुझाउनुपर्छ भनेर अग्रिम ७ प्रतिशत ठेकेदारसँग लिएको स्रोत बताउँछ । अख्तियारले यसरी ठूला प्याकेज बनाएर १४ अर्बको ठेक्का ६ वटा ठूला ठेकेदारलाई दिएर भ्रष्टाचार गर्नेहरूका बारेमा छानबिन नगरी वाणिज्य विभागका नायब सुब्बा पुरूषोत्तम पोखरेललाई १ हजार घुस लिएको आरोपमा पक्राउ गरी बहादुरी प्रदर्शन गरिरहेको छ ।
सडक विभागअन्तर्गत भ्रष्टाचार गरी अकूत सम्पत्ति कमाउनेहरू पनि अख्तियारको नजरमा पर्न सकेका छैनन् । राजस्व समूहका कर संकलन गर्ने कर्मचारी मालपोत, नापीमा हजार, लाख भ्रष्टाचार नियन्त्रणमा केन्द्रित अख्तियारले करोड र अर्ब भ्रष्टाचारमा चासो नै नदिएको हो कि थाहा नपाएको हो भन्ने प्रश्न उठ्ने गरेको छ । सडक विभागका आयोजना र डिभिजन कार्यालयमा कार्यरत रही अकूत सम्पत्ति आर्जन गर्ने इन्जिनियरहरू गोपीप्रसाद अधिकारी, कैलाश साह, गोपालप्रसाद खकुरेल, श्यामनारायण मिश्र, विनोद साह, साधुशरण पूर्वे, रामेश्वर लम्साल, सजना अधिकारी, कृष्णकुमार महतोहरूको सम्पत्ति देखेर उनीहरूका आफन्त नै चकित परेका छन् । यिनीहरूमध्ये कतिपय त मन्त्रीका आफन्तलाई घुस बुझाएर आकर्षक आयोजना र डिभिजनका कामु डीई नै छन् । सधैं आकर्षक आयोजनमा बसी तर मार्ने यी इन्जिनिरहरूका बारेमा सूचना नपाएर हो कि किन हो अख्तियार भने बेखबर देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • नाट्टामा चुनावी प्रतिस्पर्धा तीव्र

    काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् नाट्टालाई तीव्र चुनावी रन्को लागेको छ । यही माघ ३ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि हालका वरिष्ठ उपाध्यक्ष अच्यूत गुरागाईं, पूर्वमहासचिवद्वय भीमप्रसाद पन्त र मिहीका शाह धाख्वाले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । निर्वाचनमा तीन अलगअलग समूहले मनोनयन दर्ता...
  • नौ महिना बित्यो, छैन सुरसार

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलाई नौ महिनादेखि अड्किएर रहेको संघीय निजामती विधेयकलाई टुंगो लगाउनुपर्ने चुनौती उभिएको छ । मन्त्री भएलगत्तै सो विधेयकलाई अघि बढाउन पहल गरे पनि कर्मचारीहरूको विरोध र असन्तुष्टि रहेका कारण त्यत्तिकै थाती रहेको छ । केही दिनअघि संसदीय समितिमा बोलाइएका मन्त्री त्रिपाठीले ‘विधेयकबारे...
  • राष्ट्रियसभामा कांग्रेस निल

    काठमाडौं । आगामी ९ माघमा १८ सांसदका लागि हुने राष्ट्रिय सभाको निर्वाचनमा प्रमुख प्रतिपक्षी कांग्रेसले सबैतिर सून्य सिट जित्ने करिब–करिब निश्चित देखिएको छ । सातमध्ये ६ ओटा प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुमत रहेको र प्रदेश २ मा पनि राष्ट्रिय जनता पार्टी (राजपा) स“ग नेकपाको गठबन्धन बनेकाले सबै प्रदेशमा...

चक्रपथ

नयाँ मन्त्रीको कार्यशैली सुस्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ‘भिजन’अनुसार कार्यसम्पादन गर्न नसकेको समीक्षासहित आर्थिक वर्ष सुरु भएयता दुईपटक मन्त्रिपरिषद् पुनर्गठन गरे । ६ महिनादेखि रिक्त रहेको संस्कृति, पयर्टन तथा नागरिक उडड्यन मन्त्रालयमा १५ साउनमा योगेश भट्टराई नियुक्त गरेर भिजिट नेपाल–२०२० लाई सफल रूपमा सञ्चालन गर्ने बाटो अख्तियार गरे । त्यसपछि ५...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

फर्केला स्वर्णकाल ?

पछिल्लो समय, नेपाली पप–संगीत क्षेत्रमा गहिरो शून्यता छाउन पुगेको छ । यो शून्यतालाई चिरेर पूर्ववर्ती साख फर्काउने प्रयत्न अझै हुन सकेको छैन । कुनै समय नेपाली गीत–संगीतको शीर्ष स्थानमा रहेको र लाखौं युवाको अभिरुचिसँग सन्निकट पप–संगीत किन सुस्ताउन पुग्यो ? पप–संगीत क्षेत्रमा गहन सुन्यता उब्जिनु, छाउनुको वस्तुगत कारण र अर्थहरू...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

वैचारिक ताप

निबन्ध विधालाई निरन्तर पछ्याउँदै रचना–कर्ममा निमग्न स्रष्टा हुन्, माधव काफ्ले । राजनीति, समाज र संस्कृतिलगायत क्षेत्रहरूमा देखिएका संगत–विसंगत पक्षहरूलाई उनले लेखन–कार्यमा समेट्दै आएका छन् । उनको पछिल्लो निबन्ध–कृति ‘लाक्षागृह’मा उनले पूर्ववर्ती दुई निबन्ध–सँगालो ‘लिगलिग कोट’ र ‘जीवन एउटा थोत्रो स्क्रिन’मा जस्तै आफू बाँचेको परिवेशका गहनदेखि सामान्य घटनाक्रमहरूलाई ‘नोटिस’ गर्न चाहेका...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • वैदेशिक रोजगार पत्रकार समाजमा थापा

    काठमाडौं । वैदेशिक रोजगार पत्रकार समाजको साधारणसभाले हरिबहादुर थापाको अध्यक्षतामा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार राजधानीमा सम्पन्न समाजको साधारणसभाले मिडिया मिसनका सञ्चालक थापाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो । वैदेशिक रोजगार क्षेत्रमा कलम चलाउने सक्रिय सञ्चारकर्मीहरूको संस्थाका रूपमा समाज १० वर्षअघि स्थापना भएको हो ।...
  • डिडिसीमा जिएमका लागि दौडधुप

    काठमाडौं । दुग्ध विकास संस्थानको महाप्रबन्धक पदका लागि दौडधुप सुरु भएको छ । सरकारले खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्ति गर्ने योजना अघि सारी आवेदन माग गरेपछि सो पदका लागि आकांक्षीहरूको दौडधुप चलेको हो । पछिल्लो सूचनाअनुसार संस्थानमा महाप्रबन्धक पदमा १० जनाले आवेदन दिएका छन् । आवेदन दिनेहरूमा शीतलकाजी श्रेष्ठ, बैकुण्ठ अधिकारी,...
  • यादव ‘आउट’, तुम्बाहाम्फे ‘इन’ !

    काठमाडौं । अन्ततः समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ । सो पार्टीबाट सरकारमा सहभागी उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले हिजै राजीनामा दिएका छन् । उपप्रधानमन्त्री यादवले सोमबारको मन्त्रीपरिषद् बैठकमा संविधान संशोधनसम्बन्धी प्रस्ताव टेबुल गर्न खोजे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेको भोलिपल्टै...