20th November 2019, Wednesday

E-budhabar
Header Right Side NTC Advertisement

के समाजवाद नैतिकताहीन लुटको व्यवस्था हो र ?



के समाजवाद नैतिकताहीन लुटको व्यवस्था हो र ?

मान्छेहरू कुदाकुद गरेका छन् ! हाप र झाप गरेका छन् ! सधंै हतारो छ ! एकछिन फुर्सद छैन ! केही छुटेजस्तो, केही हराएजस्तो गर्छन् ! किन यति धेरै व्यग्रता ! किन यति धेरै व्यस्तता ! किन यति धेरै पाउंन खोज्छन् थाहा भएन ! अपहत्ते गरेका छन् ! मरिहत्ते गरेका छन् ! कसैले कसैलाई टेर्दैन ! कसैले कसैलाई मान्दैन ! सब आफैं ठूला छन् ! आफैं जान्ने छन् ! आफंै सुन्ने छन् ! सबै गुरु छन् ! सबै डाक्टर छन् ! कुरा गरी साध्य छैन ! आफैं सम्पूर्ण भएको ठान्छन् ! आफैं राजा भएका छन् ! के हुँदै छ ! दुनिया कता जाँदै छ ! बुझ्नै कठिन भो बा !
यता ठेक्कापट्टा छ, उता तस्करीको धन्दा चलिरहेको छ ! विदेशमा बिजनेस छ रे ! गाउँमा कथित अर्गानिक कृषि फार्म छुट्टै छ ! आफ्नो पेन्सन आउँदै छ ! एउटा छोरो अमेरिका छ ! अर्को क्यानडा छ ! पु¥याउनु, पठाउनुपर्ने केही छैन ! दुवै कमाउने धन्दामै छन् ! छोरी पनि आम्दानी हुने ठेगाना समातेर बसेकी छन् ! फेरि पनि मान्छेलाई पुगेको छैन ! ऊ अझै केही पाऊन्, केही कमाउन लागेकै छ ! मरिमेटेर हिँडेकै छन् ! उमेर पाके पनि, चाउरी परेका गाला, सुकेका ओठ लिएर खटिएका छन् ! यो मानव जीवन कती दुःखी हो ! कति मोही हो ! कति अभाव र आवश्यकताले भरिपूर्ण हो बुझ्न कठिन भो बा !
यता लुट्याछ, उता ठग्याछ ! यता जग्गा दलाली छ ! उता भन्सारको बिचौलियागिरी छ ! भ्याइ नभ्याइ छ ! माथि गयो, तल आयो ! प्रदेशमा, स्थानीय तहमा चारैतिर आउने ठाउँ मात्र खोजिहिँड्छ ! दुनियाँ जहाँ जाओस् ! जेसुकै होस्, मतलब छैन ! जहासुकै जाऊंन ! जेसुकै गरून् ! केवल आफू, आफ्ना र आफैंलाई चाहिने ! मान्छे किन यति धेरै स्वार्थ केन्द्रित भएको छ ! किन यति धेरै मतलबी भएको छ ! आखिर मरिलानु के नै होला र ! एक दिन ढिलोचाँडो हो ! मर्न सबैले पर्छ ! साथमा जाने केही पनि होइन ! यो भएको एउटा शरीर पनि डढेर जाने हो ! पन्चतŒवले बनेको हो ! त्यही पञ्च तŒवमा मिल्ने हो ! फेरि पनि किन यति धेरै तानातान ! यति धेरै मारामार ! हैट ! कति टेन्सन यो मान्छेको जातलाई !
मान्छेले क्रान्ति गर्छु भन्यो ! दुनियाँ बदल्छु भन्यो ! ज्यान छाडेर लाग्यो ! जेल प¥यो, नेल खायो, प्रवास बस्यो ! दुःखकष्ट दुनियाँ भोग्यो ! जनयुध्द लड्यो ! कति मरे, कतिलाई मारे ! युद्धका डरलाग्दा अनुभव छन् ! कष्टकर भूमिगत जिन्दगी थियो ! घनघोर लडाइँ बित्यो ! लडाइँ सफल भयो ! अहिले देशको सत्ता आफ्नै हातमा छ ! स्थिर सरकार बनेको छ ! भत्ता सुविधा खाको छ ! सम्पूर्ण नाफाको जिन्दगी हो ! फेरि पनि पुगेको छैन ! ठेक्कामा चासो छ ! व्यापारमा पनि लगानी छ ! प्लटिङमा सेयर छ ! कमिसनमा ध्यान छ ! नियुक्ति त आफ्नाभन्दा बाहिर जान दिएकै छैन ! फेरि पनि संसार उनैलाई चाहिएको छ ! यस्तो किन हुन्छ ? ए बाबा ! बुझिसक्नुभएन !
यो मान्छे भन्ने अचम्मको प्राणी छ ! उसलाई जति भए पनि पुग्दैन ! यति धेरै लोभी त कुनै जनवार पनि हँुदैन ! बरु पशुहरू पेटभरि खान पाएपछि आनन्दसँग बस्छन् ! उग्राउन थाल्छन् ! मान्छे त हत्तपत्त अघाउँदै अघाउँदैन ! जति भए पनि भरिँदैन यो मनुष्यको पेट ! जति हाले पनि अटाउँछ उसको पेटमा ! लाउडा अटाउँछ ! वाइड बडी अटाउँछ ! एनसेलको झन्डै ४० अर्ब हराउँछ ! मेलम्चीको सिंगै सुरुंग अलमलमा पर्छ ! बालुवाटारको जग्गा घटाउँछ ! गुठीको जग्गा पनि मज्जाले पचाउँछ ! सर्वजनिक सम्पत्ति पनि छुट्याउँदैन यसले ! यसले कडा–नरम केही भन्दैन ! साना–ठूलाबीच विभेद गर्दैन ! सबैलाई समान रूपले पचाउन सक्षम छ मान्छे !
गज्जब छ बा यो मनुस्य ! बुझिनसक्नु !
फाटेको चप्पलले काम चलेकै थियो ! जुत्ता चाहियो गोल्डस्टारको ! त्यसले पुगेन अब विदेशी जुत्ता ! खाडीको मयलपोसले काम चलेको थियो ! अब विदेशी सुट ! पैदल नै संसार डुलिन्थ्यो ! साइकल , साईकलबाट अब मोटरसाइकल ! अब त मोटरसाइकल के चढ्नु, एउटा सानो गाडी किनौ ! सकभर आफ्नो परिचयअनुसारको सवारी जोडौ ! टोयोटा कार , पोजेरो, प्राडो चढौ ! राम झुपडीमा आरामले जिन्दगी चलेको थियो ! अब एउटा घर त राम्रो बनाऊ ! साथीभाइ, इष्ट(मित्र अनि जोरीपारीलाई पनि त देखाउनुप¥यो !
एवंरितले मान्छे स्वार्थी बन्दै गयो ! लोभी हँुदै गयो ! पापी बन्दै गयो र आजको शोषणमा आधारित समाज स्थापित भयो ! यो शोषण र अन्यायमा आधारित समाज टिकाउन दमन गर्नुप¥यो ! यसरी आमनगरिकलाई दमन गर्न राज्य स्थापित भयो ! त्यही शोषण र दमनमा आधारित राज्यकै कारण आजको अस्तव्यस्त र ध्वस्त एकल स्वार्थी समाज यस्तो भएको हो ! यसलाई बदल्ने विचार माक्र्सवादी विचार हो ! माक्र्सीय विचारमा आधारित कम्युनिस्ट पार्टीको सरकार देशमा छ ! तर, समाज बदल्ने कामले बाटो लिएन ! कारण के हो ? कारण अनेक हुन सक्छन् ! सबभन्दा प्रमुख कारणचाहिँ हामीजस्ता मान्छे देश बनाउनभन्दा आफू बन्नतिर लाग्यौं ! स्वार्थ साधनातिर प्रवेश ग¥यौं !
आखीर मान्छेले जतिसुकै स्वार्थ राखून् ! कमाऊन्, लुटून् ! नगद–जिन्सी , जग्गा–जमिन , सुन–चाँदी र डलर जम्मा गरून् ! यो पृथ्वीमा बाँच्नेसम्म हो ! हाँस्नेसम्म हो ! खुसी हुनेसम्म हो ! हामी देखिरहेका छौ ! मान्छेलाई पँुजी वा सम्पत्तिले होइन, सन्तुष्टिले खुसी दिन्छ ! सन्तुष्टिले आनन्दित बनाएको हुन्छ ! समाज र सामाजिक भावनाले खुसी बनाएको हुन्छ ! मान्छे आफ्नो खुसी खोज्दा अरुको दुःख चाहने वर्गमा पर्दैन तर ऊ आफ्नो खुसीमा यति मग्न छ कि दुनियाँ भुल्न थालिसक्यो !
आरामले मजदुरी गरेर, आफ्नै कमाइ खाने मजदुर जति खुसी हुन्छ, त्यति खुसी शोषण गरेर पुँजीको ठुलो थुप्रो जम्मा गरेर राख्ने मान्छे हुन सक्दैन ! दुनियाँमा बाँच्नका निम्ति खाने हो ! जम्मा गरेर, थुपारेर राखेको सम्पत्तिको केही अर्थ छैन ! यो सब क्षणिक मात्र हुन्छ ! दुई दिनको जिन्दगीमा सरल र सादा भएर आरामले बाँच्न सकिन्छ ! सादा जीवन उच्च विचार ! सादा जीवन उच्च विचार नै खुसी हुने सबभन्दा सुन्दर तरिका हो ! किन बुझ्दैन मान्छे !
हामी क्रान्ति गर्न, नयाँ समाज बनाउन अनि समानता ल्याउन लाग्यौं ! जनताले साथ दिए ! क्रान्ति भयो ! सडकबाट सदनमा हामी पुग्यौं ! सदनबाट मन्त्री, प्रधानमन्त्री सबै भयौ ! दोहोरो, तेहेरो पनि प्रधानमन्त्री भइसक्यौ ! पद भयो ! प्रतिष्ठा पाइयो ! तर हामीले समाज बदल्न सकेनौ ! यो गम्भीर कुरा हो ! यसको हामीले गम्भीर समीक्षा गर्नुपर्छ ! र, दुनियाँ बदल्ने बाटो खोज्नैपर्छ !
दुनियाँ किन बदल्न सकिएन ? यसमा बाधा के छ ! पहिचान गरेर अघि बढ्नुपर्छ ! दुनियाँ बदल्न, यो समाज बदल्न पहिला हाम्रो सोच बदल्नुपर्छ ! हामीले स्वार्थी सोच त्याग्नुपर्छ ! समाजको सोच बदल्नुपर्छ ! समाजमा नैतिक मूल्यको सम्मान गर्नुपर्छ ! समाज बदल्ने कुरामा सबभन्दा डरलाग्दा अवरोध भनेका भ्रष्टाचार बेथिति र कुसंस्कार हुन ! भ्रष्टाचारमाथि आक्रमण केन्द्रित गर्नुपर्छ ! बेथिति रोकेर कुनै निकायमा विधि, प्रक्रिया र प्रणालीबाट चल्ने परिपाटी स्थापित गर्नुपर्छ ! घुसखोरी–कमिसनखोरीलाई निषेध गर्नुपर्छ ! त्यत्तिकै महŒवपूर्ण कुरा सबै किसिमका कुसंस्कारको अन्त्य गरी प्रेम, सद्भाव र भाइचाराको असल संस्कार स्थापित गर्नुपर्छ ! यो नै समाज बदल्ने तरिका हो !
समाजवाद र क्रान्तिका ठूला कुरा गरेर मात्र हुन्न ! इमान र इतिहासका कुरा गरेर मात्र पनि हुन्न ! विचार र सिद्धान्तको प्रवचनले मात्र पनि हुन्न ! सिद्धान्त लाई व्यवहारमा रूपान्तरण गर्नु आवस्यक छ ! राज्य
र राज्यका सम्पूर्ण अंगहरूलाई जनता र केवल जनताको सेवामा लगाउन सक्नुपर्छ ! आम र आधारभूत जनताका लागि राज्य हो ! उनीहरूको प्रगतिका लागि काम गर्नु नै राज्यको मूलभूत कर्तव्य हो भन्ने कुरा स्थापित गर्नुपर्छ ! अनि जनता साथमा हुनेछन् ! जनताको साथले मात्र समाज बदलिने हो !
इतिहासका निर्माता जनता हुन् ! समाजवादको असली निर्माता पनि जनता नै हुन ! जय जनता !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

अलपत्रै छाडियो कम्प्युटर ल्याब

ShareTweet काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अत्याधुनिक कम्प्युटर ल्याब राख्न देशभरिका करिब एक हजार विद्यालयसँग सम्झौता गरेको लामो समय बितिसक्दा पनि अझै काम- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

कति दुख्छ कालापानी ?

ShareTweet यतिबेला राष्ट्रवादी स्वरलहरी गुन्जिइरहेका छन्, सर्वत्र । युवापंक्ति सडकमा ओर्लिएका छन् । आवाज घन्काइरहेका छन्– ‘लिपुलेक हाम्रो हो ।’ नेपालको भूभाग एकपक्षीय- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

आफ्नै ठगी बुद्धिले रूपज्योति फन्दामा

ShareTweet काठमाडौं । अर्बौंको कारोबार भएका चर्चित व्यापारी रूपज्योति करोड चानचुनको ठगीमा परेका छन् । जग्गा बेच्न भन्दै विज्ञेन्द्र मल्लसँग एक करोड २६ लाख बैना लिएर- ...
पूरा पढ्नुहोस्

छोटकरीमा