18th October 2019, Friday

E-budhabar
Header Right Side NTC Advertisement

वामदेवसँग रामचन्द्र भिडाउने



काठमाडौं । आगामी १४ मंसिरका लागि घोषित उपनिर्वाचनको मिति दिनगिन्ती सुरु भएसँगै कास्की–२ मा कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि सम्भावित उम्मेदवारका रूपमा चर्चामा ल्याएको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपाध्यक्षमा प्रस्तावित पूर्वउपप्रधानमन्त्रीसमेत रहेका हेभिवेट नेता वामदेव गौतमलाई अघि सार्ने तयारी गरेपछि कांग्रेसले पनि समकक्षी हेभिवेट पौडेलको नाम चर्चामा ल्याएको हो ।
गौतम गत निर्वाचनमा बर्दियाबाट कांग्रेसका सञ्जय गौतमसँग पराजित भएका थिए भने पौडेल साबिक एमालेका किसन श्रेष्ठसँग तनहुँमा पराजित भएका थिए । २०४८ सालदेखि नै लगातार चुनाव जित्दै आएका पौडेलले पछिल्लो पराजयपछि निकै आहत महसुस गरेको बताइन्छ । त्यसैले पनि नेकपाले गौतमलाई अघि सारे सभापति शेरबहादुर देउवाले नै पौडेललाई अघि सार्ने योजना बनाएको बुझिएको छ । पौडेललाई उम्मेदवारका रूपमा चर्चामा ल्याउनुका पछाडि देउवाको धेरै स्वार्थ लुकेको बताइन्छ । यद्यपि, पौडेल स्वयंले भने अहिलेसम्म यसबारे मुख खोलेका छैनन् । पौडेलले जितेको खण्डमा पार्टीलाई मिलाएर महाधिवेशनमा लैजाने र उनको जिताइको सकारात्मक सन्देशबाट पुनः सभापति बन्ने देउवाको योजना रहेको बताइन्छ । त्यस्तै, पौडेललाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर पनि सभापति पुनः सुरक्षित राख्ने देउवाको खेल रहेको बुझिएको छ । यदि पुनः पौडेल पराजित भएको खण्डमा पार्टीमा उनी थप कमजोर बन्दा फाइदा पुग्ने जोडघटाउ देउवाले गरेको बताइन्छ । गौतमले जितेको खण्डमा पनि उनलाई समेत सहजै प्रभावमा राख्न सकिनेसम्मको आँकलन देउवाले गरेको बताइन्छ ।
तत्कालीन पयर्टनमन्त्री रवीन्द्र अधिकारीको क्षेत्र भएकाले पनि नेकपाले प्रतिष्ठाका रूपमा हेरेको छ । गौतमले उठ्न नचाहेको अवस्थामा नेकपाले उनकी धर्मपत्नी विद्या भट्टराईलाई उठाउने तयारी गरेको छ । गौतम उठेको अवस्थामा भने भट्टराईलाई राष्ट्रियसभामा मनोनीत गर्ने बताइएको छ । उता, कांंग्रेसले पनि आफ्नो राम्रै जनमत भएकाले पौडेलबाहेक जित्न सकिने अन्य उम्मेदवारहरूको समेत खोजी गरिरहेको छ । त्यसक्रममा अहिलेसम्म धनराज गुरुङ र यसअघि अधिकारीसँगको प्रतिस्पर्धामा पराजित देवराज पोखरेललगायतको नाम कांग्रेसबाट चर्चामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

३ नम्बर प्रदेशमा संविधान दिवसको भव्य तयारीे

ShareTweet काठमाडौं । संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरू गर्ने भएको छ । सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

समान पीडा

ShareTweet शिव रेग्मीले सिंगो जीवन नेपाली भाषा–साहित्यको प्रवद्र्धनमा बिताए । भाषा–साहित्यसँग जोडिएका खोज–अनुसन्धानमूलक कार्यमा उनको गहिरो अभिरुचि रह्यो । त्यही- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

विसंगतिमाथि चोट

ShareTweet पोखराको साहित्यिक परिवेशमा भिजेका अधिकांश सर्जकहरूले मुक्तक विधामा कलम नचलाएका कमै दृष्टान्त होलान् । सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पगेनी ‘शिव’, रमेश श्रेष्ठलगायत- ...
पूरा पढ्नुहोस्

छोटकरीमा