18th October 2019, Friday

E-budhabar
Header Right Side NTC Advertisement

उत्कृष्ट कार्यालयमा बिचौलियाको बिगबिगी



काठमाडौं । सरकारले सरकारी अड्डाभित्रबाट बिचौलिया र लेखापढी व्यवसायी निस्तेज पार्ने भने पनि त्यो पूर्ण रूपमा लागू हुन सकेको छैन । भ्रष्टाचार अन्त्य गर्ने र जनतालाई प्रभावकारी सेवा दिने भन्दै प्रधानमन्त्री केपी ओली नै उपस्थित भएर नमुना मालपोत घोषणा गरेको कलंकी मालपोतको नै उस्तै हालत भएपछि अन्यत्र के होला स्वतः अनुमान गर्न सकिन्छ ।
सेवाग्राहीबाट घुस लिएको आरोपमा केही दिनअघि नायब सुब्बा ईश्वरीप्रसाद पोख्रेल र खरिदार रामहरि सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा चलाएको छ । उनीहरू मालपोतका कर्मचारीहरू हुन् । सोसँगै केही लेखापढी व्यवसायी समेतलाई मुद्दा लगाइएको छ । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन कलंकी एकाइको अध्यक्षसमेत रहेका विश्वम्भर मैनालीसँगै अन्य दुई लेखापढी व्यवसायी इन्द्रावती खत्री र तुलसीप्रसाद नेपालसमेत मुद्दाको भागीदार भएका छन् । सेवाग्राही कृष्णप्रसाद घिमिरेविरुद्ध पनि मुद्दा चलाइएको छ । ती कर्मचारीहरूले बिचौलियाको सहायतामा सेवाग्राहीसँग घुस लिएर मात्र काम गरिदिएका थिए ।
तर यो विषय अख्तियारले हेर्दैमा त्यहाँ अनियमितता रोकिएको छैन । लेखापढी व्यवसायीमार्फत उनीहरूसँगै घुस लिने–दिने गर्दै आएको खुलेको छ । नासु पोख्रेलले काम गरिदिएबापत अन्य कर्मचारीलाई समेत रकम दिनुपर्ने, नभए काम ढिला हुने भन्दै लेखापढी व्यवसायी मैनाली र खत्रीसँग दुई हजार घुस लिएको उजुरी परेको थियो । अनुसन्धानमा घुस लिएको पुष्टि भएपछि अख्तियारले तीनैजनाविरुद्ध जनही दुई हजार बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।
लेखापढी व्यवसायी नेपालसँग पनि नासु पोख्रेलले एक हजार घुस लिएको अख्तियारले जनायो । यो बेग्लै मुद्दामा दुवैविरुद्ध जनही एक हजार बिगो दाबीसहित मुद्दा चलाइएको छ । त्यस्तै, खरिदार सुवेदीले सेवाग्राही घिमिरेसँग एक हजार घुस लिएको भन्दै दुवैविरुद्ध जनही एक हजार बिगो दाबी माग गरेको छ । कर्मचारीले विभिन्न बहानामा घुस माग्ने गरेका कारण सेवाग्राही बाध्य भई लेखापढी व्यवसायीमार्फत काम गराउनुपर्ने बाध्यता रहेको र उनीहरूमार्फत नै लेनदेन हुने गरेको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ । नमुना मालपोतमा अवलम्बन गरिएको एकद्वार प्रणालीका कारण सिधै घुस लिन नमिल्ने भएपछि कर्मचारीले लेखापढी व्यवसायीमार्फत लिन थालेका हुन् । त्यसो त त्यहाँ लेखापढीका पूर्वअध्यक्ष हरि आचार्यलगायत अन्य दर्जनौं लेखापढी व्यवसायीहरूले कार्यालय नै खोलेर कर्मचारी र सेवाग्रहीबीच समन्वयको काम गरिरहेको बताइन्छ । असार पहिलो हप्ता कलंकी मालपोतलाई ‘नमुना मालपोत’ कार्यालयका रूपमा उद्घाटन गराइएको थियो  । ७ फागुन ०७५ मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कलंकी मालपोतलाई नमुना मालपोत कार्यालय बनाउने निर्णय गरेको थियो ।
कलंकी मालपोत कार्यालयको निगरानी सिधै मन्त्रालय र विभागबाट हुनेगरी आधुनिकीकरण गरिएको भनिए पनि घुस लेनदेन हट्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

३ नम्बर प्रदेशमा संविधान दिवसको भव्य तयारीे

ShareTweet काठमाडौं । संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरू गर्ने भएको छ । सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

समान पीडा

ShareTweet शिव रेग्मीले सिंगो जीवन नेपाली भाषा–साहित्यको प्रवद्र्धनमा बिताए । भाषा–साहित्यसँग जोडिएका खोज–अनुसन्धानमूलक कार्यमा उनको गहिरो अभिरुचि रह्यो । त्यही- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

विसंगतिमाथि चोट

ShareTweet पोखराको साहित्यिक परिवेशमा भिजेका अधिकांश सर्जकहरूले मुक्तक विधामा कलम नचलाएका कमै दृष्टान्त होलान् । सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पगेनी ‘शिव’, रमेश श्रेष्ठलगायत- ...
पूरा पढ्नुहोस्

छोटकरीमा