18th October 2019, Friday

E-budhabar
Header Right Side NTC Advertisement

दूरसञ्चार प्राधिकरणमा भद्रगोल



दूरसञ्चार प्राधिकरणमा भद्रगोल

काठमाडौं । दूरसञ्चार क्षेत्रको एक मात्र नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणमा भद्रगोल भएको छ । प्राधिकरणले ठेक्कामा लगाएको परियोजनाहरूको कामको शून्य प्रगति भएको बताइन्छ ।
शेरधन राई सञ्चारमन्त्री हुँदा प्राधिकरणले सुरु गरी ठेक्का लगाएको यो वर्षमा आइपुग्दा पनि अप्टिकल फाइबर परियोजनाको प्रगति शून्य देखिएको हो । अर्बांैको सो योजनामा स्मार्ट टेलिकम र युटीएलले करोडौंको मोबिलाइजेसन खर्च लिइसकेका छन् । सो खर्च लिएर अन्यत्र लगानी गर्ने तर अप्टिकल फाइबर बिछ्याउने कार्य अलपत्र भइरहँदा पनि अध्यक्ष पुरुषोत्तम खनाल भने रमिते बनेर बसेका छन् । स्मार्टले ३ अर्बको ठेक्का लिएकोमा ६० करोड रुपैयाँ पेस्कीस्वरूप लिइसकेको छ तर काम भने अलिकति पनि भएको छैन । यस्तै युटीएलले २ अर्बको ठेक्का पाएकोमा ४० करोड रुपैयाँ पेस्की लिइसकेको छ । नीति तथा कार्यक्रममा समेटिएको र बजेटमा समेत प्राथमिकता पाएको उक्त कार्यक्रम चारवटा आर्थिक वर्ष बितिसक्दा पनि निर्माण कार्य सुरु नै हुन सकेको छैन ।
चार वर्षपछि गत शुक्रबार वैशाख २० मा दुवै संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि सोही कार्यक्रम दोहोरिएको छ । राष्ट्रपति भण्डारी प्रस्तुत गरेको कार्यक्रममा सबै स्थानीय तहका वडा, स्वास्थ्य केन्द्र तथा सामुदायिक माध्यमिक विद्यालयहरूमा ब्रोडब्यान्ड इन्टरनेट विस्तार कार्य आगामी आवभित्र सम्पन्न गरिने उल्लेख छ । त्यसो त नियामक नेपाल दूरसञ्चार प्राधिकरणले परियोजनालाई ३ खण्डमा विभाजन गरी ०७३–७४ मा छुट्टाछुट्टै कम्पनीसँग सम्झौतासमेत गरेको थियो । दुई वर्षभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिसक्नुपर्नेमा उक्त सम्झौताको अवधि सकिनै लाग्दा पनि कुनै निर्माण कार्य भने सुरु हुन सकेको छैन ।
प्राधिकरणले २४ वैशाख ०७४ मा मध्यपहाडी लोकमार्गअन्तर्गत गोरखाको आरुघाटदेखि बाग्लुङको बुर्तिबाङसम्म तथा प्रदेश ४ र ५ का सबै जिल्ला सदरमुकाम जोड्ने गरी युटीएलसँग सम्झौता गरेको थियो । २ अर्ब १ करोड रुपैयाँ अनुदानस्वरूप उपलब्ध गराउने गरी भएको दुईवर्षे सम्झौताको म्याद सकिएको छ । युटीएलले संयुक्त कम्पनी खडा गरी बिक्री गरिसकेको उक्त ठेक्का सम्झौताको म्याद नथप्ने प्राधिकरणको निर्णयसँगै खारेज भइसकेको भनिएको छ तर योे पनि स्पष्ट छैन । तर, परियोजनाका लागि दिइएको अग्रिम भुक्तानीबापत ४० करोड २० लाख रुपैयाँ भुक्तानी भने असुल हुन बाँकी छ । प्रदेश ६ र ७ मा अप्टिकल फाइबर विस्तारको ठेक्का अर्को दूरसञ्चार कम्पनी स्मार्ट टेलिकमले पाएको थियो । प्राधिकरण र स्मार्ट टेलिकमबीच परियोजनाको तेस्रो खण्डका लागि भएको सम्झौताको म्यादसमेत साउनमा सकिएको छ । तर, ३ अर्ब ९४ लाख रुपैयाँ अनुदानको उक्त खण्डमा समेत खासै प्रगति हुन हुन सकेन । सम्झौताअनुसार गोरखाको आरुघाटदेखि पूर्व पाँचथरको चियाभन्ज्याङ तथा प्रदेश १, २ र ३ का सबै जिल्ला सदरमुकाम जोड्ने गरी टेलिकमले १८ महिनाभित्रै अप्टिकल फाइबर विस्तार गर्ने गरी विभिन्न कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । नेपाल टेलिकमको हकमा ठेकेदार कम्पनीसँग सम्झौता गरेको भनिएको मितिबाट दुई वर्षभित्र परियोजना सम्पन्न गरिसक्ने गरी सम्झौता भएको भए पनि अन्य कम्पनीले भने प्राधिकरणसँग सम्झौता भएको दुई वर्षमै सम्पन्न गरिसक्नुपर्ने व्यवस्था गरिएको थियो । युटीएलसँगको सम्झौताको म्याद यही गत २४ वैशाखमा सकियो भने स्मार्ट टेलिकमकोे प्रगति शून्य छ । स्मार्टले १० किलोमिटर फाइबर बिछ्याएको जानकारी गराएको छ । तर, उसले पनि समसयमै सम्पन्न गर्न सक्ने सम्भावना छैन ।
यता प्राधिकरण केन्द्रीय कार्यालयमा नातावाद हाबी भएको छ । अध्यक्ष खनालले पहिले आफू प्रशासन प्रमुख हुँदा भर्ती गरेका आफन्तहरूलाई नै महŒवपूर्ण जिम्मेवारी दिएका छन् । अध्यक्ष खनाललको आफन्तहरु नै करिब आधा दर्जनजति कर्मचारी रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

३ नम्बर प्रदेशमा संविधान दिवसको भव्य तयारीे

ShareTweet काठमाडौं । संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरू गर्ने भएको छ । सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

समान पीडा

ShareTweet शिव रेग्मीले सिंगो जीवन नेपाली भाषा–साहित्यको प्रवद्र्धनमा बिताए । भाषा–साहित्यसँग जोडिएका खोज–अनुसन्धानमूलक कार्यमा उनको गहिरो अभिरुचि रह्यो । त्यही- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

विसंगतिमाथि चोट

ShareTweet पोखराको साहित्यिक परिवेशमा भिजेका अधिकांश सर्जकहरूले मुक्तक विधामा कलम नचलाएका कमै दृष्टान्त होलान् । सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पगेनी ‘शिव’, रमेश श्रेष्ठलगायत- ...
पूरा पढ्नुहोस्

छोटकरीमा