18th October 2019, Friday

E-budhabar
Header Right Side NTC Advertisement

व्यक्तिको जग्गामा गाउ ँपालिका भवन



सोलुखुम्बु । स्थानीय निकायलाई अधिकार सम्पन्न बनाउने लक्ष्यले मुलुक संघीय संरचनामा गएको छ । तर, स्थानीय निकायका प्रमुखहरूले गरेको मनोमानी नियाल्दा जनताका लागि दिइएको अधिकार ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात्’ जस्तो बन्दै छ । किनभने, स्थानीय निकायका प्रमुखहरूले अधिकारको मनोमानी दुरुपयोग गरिरहेका छन् । यसै मेसोमा सोलुखुम्बुको थुलुङ दूधकोसी गाउ“पालिकाका अध्यक्ष असिम राईले व्यक्तिको जग्गामा करोडौं खर्च गरी सरकारी भवन बनाएको खुलासा भएको छ ।
साबिक मुक्ली गाविस–५ का एकबहादुर गुरुङका नाममा रहेको जग्गामा अध्यक्ष राईले १ करोड ८० लाख रुपैया“ खर्चिएर गाउ“पालिकाको भवन निर्माण गरेका हुन् । स्थानीय तह पुनःसंरचना आयोगले साबिक नेले, का“गेल, पञ्चन, जुबु, मुुक्ली, देउसा र लोखिम गाविस समेटेर गठन गरेको पालिकाको नाम दूधकौशिका राखेको थियो । राई गाउ“पालिका अध्यक्ष भएपछि वीरेन्द्रोदय उच्च मावि मुक्लीमा भएको गाउ“ परिषद् बैठकमा सदस्यहरूलाई कोठाभित्र थुनेर दूधकौशिका नाम परिवर्तन गरी थुलुङ दूधकोसी राखेका थिए । तिनै राईले गाउ“पालिका भवन ब्यक्तिको जग्गामा बनाएको खुलासा भएको हो ।
गाउ“पालिकाको भवन निर्माणका लागि २०७५ बैशाख २६ गते नया“ पत्रिका दैनिकमा १ करोड ९ लाख ७४ हजारको बोलपत्र आह्वान गरिएको थियो । यसपछि भवनको निर्माण ठेक्का वेद थापाले लिएका थिए । बोलपत्र आह्वान गरेको रकमले गाउ“पालिका भवन निर्माण पूरा नभएको भन्दै अध्यक्ष राईले युजन बस्नेतको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी थप ७० लाख रुपैया“ खर्च गरेका थिए । उनले उपभोक्ता समितिका अध्यक्ष बनाएका बस्नेत सशस्त्र प्रहरी बलका भगौडा हुन् । राईले उनलाई मासिक ४० हजार रुपैया“ ‘तलब’ दिएर ‘बडिगार्ड’ राखेका छन्, जुन कुरा बुधबार साप्ताहिकले दुई वर्षअघि नै खुलासा गरिसकेको छ । राईले आफ्नै बडिगार्डलाई उपभोक्ता समिति अध्यक्ष बनाएर ७० लाख रुपैया“ खर्चिएपछि भवन बनाउने क्रममा ठूलो अनियमितता भएको आवाज स्थानीयले उठाएका थिए । १ करोड ८० लाख खर्चिएर निर्माण गरिएका भवन अस्थायी प्रकृतिका प्रिफ्याब हुन् ।
जानकारहरूका भनाइमा अध्यक्ष राईले भवन निर्माण गरिएको जग्गा गाउ“पालिकाको नाममा रजिस्टे«सन गरिसकेको बताउ“दै आएका थिए । तर, मालपोत कार्यालय सोलुखुम्बुको अभिलेखले सो जग्गा व्यक्तिकै नाममा रहेको खुलासा गरेको हो । मालपोत कार्यालय सोलुखुम्बुको पत्रअनुसार थुलुङ दूधकोसी गाउ“पालिकाका नाममा कुनै जग्गाजमिन छैन । सोलुखुम्बुका संघीय सांसद हेमकुमार राई, प्रदेश सांसदहरू उत्तमकुमार बस्नेत र बुद्धिकुमार राजभण्डारी, पण्डित दिनबन्धु पोखेरलले २०७५ पुस ३० गते गाउ“पालिका भवन संयुक्त रूपमा उद्घाटन गरेका थिए । गाउ“पालिका भवन उद्घाटन गर्न राईले मनाङ एयरको हेलिकोप्टर चार्टर गरेर पण्डित पोखरेललगायतलाई मुक्ली पु¥याएका थिए । ०७५ वैशाख २६ गते मन्त्रिपरिषद् बैठकले ‘सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शन ०७५’ पारित गरेको थियो । मन्त्रिपरिषद्बाट पारित मार्गदर्शनअनुसार यातायातको सुविधा पुगेका स्थानहरूमा सरकारी कामकाजका लागि आउजाउ गर्दा हेलिकोप्टर चार्टर गर्न पाइँदैन । तर, राईले सरकारी नीतिविपरीत हेलिकोप्टर चार्टर गरेर गाउ“पालिका भवन उद्घाटन गराएका थिए ।
व्यक्तिको जग्गामा सरकारी भवन बनाउन कानुनतः नमिल्ने जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका एक अधिकृत बताउ“छन् । उनका अनुसार जग्गा जमिन सरकारी नाममा नल्याई कुनै पनि संरचना निर्माण गर्न मिल्दैन । भन्छन्, ‘यो पुरै गैरकानुनी कार्य हो । यस्तो काम किन गरियो ? म पनि अचम्ममा परें । व्यक्तिले ती भवनहरू आफ्नो भएको दाबी गरे राज्य कोषको करोडौं डुब्ने निश्चित छ ।’
स्मरण रहोस्, राई सहकारी ठगी मुद्दामा एक वर्ष कैद र करिब ३६ लाख रुपैया“ जरिवाना तोकिएका दोषी हुन् । काठमाडौंको गोंगबुमा युनिक बचत तथा ऋण सहकारी संस्था खोलेर राईले झन्डै ७ करोड रुपैया“ ठगी गरेका थिए । ठगिनेमध्ये ६ जनाले काठमाडौं जिल्ला अदालतमा मुद्दा दिए । यसपछि न्यायाधीश तेजेन्द्र शर्मा सापकोटाको इजलासले २०७३ पुस २५ गते राईलाई एक वर्ष कैद र ३६ लाख रुपैया“ जरिवानाको फैसला गरेको थियो । सर्वोच्च अदालतका एक अधिवक्ताका अनुसार तल्लो अदालतले गरेको फैसला चित्त नबुझे ६ महिनाभित्र पुनरावेदन गरिसक्नुपर्नेछ । ६ महिनाभित्र पुनरावेदन नगरे अदालती बस्दोबस्तको २०८ बमोजिम अदालतले दोषीको कुनै निवेदनसमेत लिन मिल्दैन । तर, राईले पुनरावेदनको अवधि समाप्त भएको २४ दिनपछि ०७४ साउन १८ गते तत्कालीन महान्याधिवक्ता रमण श्रेष्ठलाई दुरुपयोग गरी ठाडो निवेदन दिएर म्याद बदर गराएका थिए । जबकि उनले सोलुखुम्बु जिल्लाका तत्कालीन तामेलदार डिठ्ठा गोपाल राईले बुझाएको म्याद तत्कालीन गाविस सचिव पुण्यप्रसाद निरौलालाई साक्षी राखी ०७१ जेठ २२ गते आफ्नै हातले बुझेका थिए । अहिले उनको ठगी मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । त्यो मुद्दालाई प्रभावित बनाउन राईले गाउ“पालिकाको बजेट खर्च गरिरहेका छन् । मुद्दालाई प्रभावित बनाउन राईले गाउ“पालिका कोषको झन्डै ६० लाख रुपैया“ खर्च गरिसकेका स्रोत बताउ“छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

३ नम्बर प्रदेशमा संविधान दिवसको भव्य तयारीे

ShareTweet काठमाडौं । संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश सरकारले विविध कार्यक्रमहरू गर्ने भएको छ । सोमबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा दिवस- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

समान पीडा

ShareTweet शिव रेग्मीले सिंगो जीवन नेपाली भाषा–साहित्यको प्रवद्र्धनमा बिताए । भाषा–साहित्यसँग जोडिएका खोज–अनुसन्धानमूलक कार्यमा उनको गहिरो अभिरुचि रह्यो । त्यही- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

विसंगतिमाथि चोट

ShareTweet पोखराको साहित्यिक परिवेशमा भिजेका अधिकांश सर्जकहरूले मुक्तक विधामा कलम नचलाएका कमै दृष्टान्त होलान् । सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पगेनी ‘शिव’, रमेश श्रेष्ठलगायत- ...
पूरा पढ्नुहोस्

छोटकरीमा