15th August 2020, Saturday

E-budhabar
Header Right Side NTC Advertisement

मूल्यवृद्धि नियन्त्रण गर

हिन्दू धर्मावलम्बीहरूले उत्साह र उमंगपूर्वक मनाउँदै आएको दुई ठूला पर्व दसैं र तिहार नजिकिँदै छ । धार्मिक एवं सांस्कृतिक महŒव बोकेका यी चाडपर्वको रौनक भित्रिन थालिसकेको छ । विदेशमा बस्नेहरू आफन्त, नातागोता भेट्न स्वदेशमा आउन थालिसकेका छन् र सहर–बजारमा बसोबास गर्नेहरू आफ्नो गाउँबस्तीमा फिर्ने तरखरमा छन् । वर्षमा एक पटक आफन्त, नातागोताबीच जमघट हुने, दुःख–सुखका पलहरू साटासाट गर्ने, मीठा–मीठा परिकार खाने, अभिभावकबाट आशीर्वाद लिने पर्वका रूपमा परिचित दसैंको रौनकले सर्वत्र छोइसके पनि दसैं–तिहारको पूर्वसन्ध्यामा देखिएका विकृति, कालाबजारीहरूको ग्राफ भने हरेक वर्ष उकालो चढ्ने गरेको पाइएको छ ।
दसैं नजिकिँदै जाँदा दैनिक उपभोग्य वस्तुहरूको मूल्यले आकाश छुने यथार्थबाट हामी टाढा छैनौं । बजारमा जे चिजको पनि मूल्य बढ्नु स्वाभाविकैजस्तो देखिन्छ । तरकारीको भाउ तेब्बर नै बढेको छ । खाद्य पदार्थको भाउ उस्तै बढेको छ । लत्ताकपडामा पनि मनलाग्दी मूल्य बढाइएको छ । अझ दसैंको पूर्वसन्ध्यामै दूधको समेत मूल्य बढाइएको छ । कुनै वस्तु अछुतो छैन, जसको मूल्य वृद्धि नभएको होस् । आखिर चाडपर्वकै मुखमा किन जनताले मूल्यवृद्धिको सामना गर्नुपर्छ ? यो गम्भीर र सोचनीय प्रश्न हो, जसको उत्तर दिन राज्य आजसम्म चुक्दै आएको विदितै छ ।
मूल्यवृद्धि हुनुका कारणहरू के–के हुन् र त्यसलाई नियन्त्रण गर्न केकस्ता संयन्त्रहरू परिचालन गर्नुपर्छ ? यो विषयमा हरेक वर्ष सरकार चुक्दै आएको प्रस्टै देखिन्छ । राज्यका निकायहरूले मूल्यवृद्धि नियन्त्रणमा चुस्त र प्रभावकारी कदम चाल्न नसक्दा मूल्यवृद्धिले प्रश्रय पाउँदै आइरहेको विदितै छ । सरकारी संयन्त्रहरू कमजोर बन्दा व्यापारी–व्यवसायीहरूले मनलाग्दी मूल्यवृद्धि गरेर आमजनतालाई ठग्दै आइरहेका छन् । व्यापारीहरूको मनोपोली र अराजकताबीच बजार फस्टाउँदै गइरहेको प्रस्टै देखिन्छ । केही दिनअघि न्युरोड क्षेत्रमा उब्जिएका एउटा घटनाले व्यापारीहरू कतिसम्म अराजक भइसके भन्ने स्पष्ट चित्र देख्न सकिन्छ । अनुगमनका लागि गएका कर्मचारीविरुद्ध नाराबाजी गर्ने, हुलहुज्जत गर्ने र अनुगमनमा बाधा–व्यवधान गर्ने कार्यमा व्यापारीहरूले अग्रसरता देखाएका थिए । यो प्रकरणबाट सरकार कति कमजोर बन्दै गएको रहेछ भन्ने प्रस्टै हुन्छ । अनुगमनमा जाने कर्मचारीहरूलाई व्यवधान खडा गर्ने कार्यले व्यापारीहरू अराजक मात्र बन्दै गइरहेका छैनन्, उनीहरूले लुटतन्त्रलाई मलजल गर्दै गइरहेको स्पष्ट हुन्छ ।
बजार अनियन्त्रित हुँदै जानु सरकारको कमजोरीको द्योतक हो । सानादेखि ठूला व्यापारीहरूले समेत बजारमा एकछत्र लुट मच्चाइरहेका छन् । सानाको सानै लुट, ठूलाको ठूलै लुट । आफूखुसी मूल्यवृद्धि गर्ने कार्यमा व्यापारीहरूले छलाङ नै मारेका छन् । उपभोक्ताहरू पनि मूल्यवृद्धिको मार खेपेर आवश्यक वस्तुहरू किन्न बाध्य छन् । किनभने, चाडपर्वको रौनकमा सामेल हुनका निम्ति महँगा मूल्य तिरेरै भए पनि उपभोग्य वस्तुहरू किन्नैपर्ने हुन्छ । अरू विकल्प रहँदैन ।
बजार अनुगमन गर्ने जिम्मा पाएका सरकारी संयन्त्रहरू अरू बेला निदाएर बस्छन् । जब दसैं–तिहारजस्ता ठूला चाडपर्व आउँछन्, अनुगमनमा सक्रियता देखाउन थाल्छन् । व्यापारीहरू पनि अनुगमनकर्तासँग रिसाउनु स्वाभाविकै हो । वर्षभरि अनुगमनमा नआउने र तुलनात्मक रूपमा धेरै व्यापार हुने दसैं–तिहारजस्ता चाडपर्वका बेला अनुगमनमा आउँदा व्यापारीहरू सन्किनु स्वाभाविक हो । सरकारले अनुगमन गर्नकै लागि पालेर राखेका कर्मचारीहरू अरू समय के हेरेर बस्छन् र चाडपर्व आउँदा मात्र सल्बलाउन थाल्छन् ? त्यस्ता कर्मचारीहरूलाई प्रभावकारी रूपमा परिचालन गर्न नसकेको पुष्टि यिनै प्रकरणहरूबाट हुन्छ ।
उपभोक्ताहरूका हकहितका निम्ति खुलेका अनेक संघसंस्थाले पनि कुनै प्रभावकारी भूमिका खेल्न सकेको देखिँदैन । बजार अनुगमनका लागि सरकारलाई दबाब दिने कार्यमा त्यस्ता संघसंस्थाले कुनै तत्परता देखाएको पाइएको छैन । उपभोक्ताहरूका हक, हितका निम्ति आफूहरू लड्ने बताए पनि चौतर्फी मूल्यवृद्धि हुँदा, आमउपभोक्ताले मार खेप्नुपर्दा समेत उपभोक्ता हित र संरक्षणको बोर्ड झुन्ड्याएर बसेका संघसंस्थाले केवल मौनता साँधिरहेका छन् ।
मूल्यवृद्धि नियन्त्रण गर्ने दायित्व सरकारको हो । सरकारले प्रभावकारी कदम चाल्ने हो भने मूल्यवृद्धि नियन्त्रण हुन सक्छ । व्यापारीहरूमा बढ्दो अराजक र मनोपोली प्रवृत्तिमा पनि कमी आउन सक्छ । अनियन्त्रित बजार नियन्त्रणमा आउन सक्छ । उपभोक्ताहरूले राहत पाउन सक्छन् । तर, अचाक्ली रूपले मूल्य वृद्धि भइरहे पनि त्यसलाई नियन्त्रण गर्न र जनतालाई राहत दिन सरकार दिनदिनै चुक्दै गइरहेको छ । देशमा सरकार छ कि छैन भन्ने आभास हुँदै गइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • कोरोनाका नाममा ३२ लाख झ्वाम

    काठमाडौं । कोभिड–१९ अर्थात् कोरेनाका कारण संसारभरि आक्रान्त फैलिरहेको बेला केहीलाई भने यो आर्थिक दुरुपयोग गर्ने मेलो भएको छ । जिल्ला अस्पताल तनहुँका कर्मचारीहरूले प्रदेश सरकारले पठाएको ५० लाख रकम त्यसैगरी मनपरी ढंगले भत्ताका नाममा खर्च गरेका छन् । आइसोलेसन र क्वारेन्टिनमा सिटामोलसम्म पुग्न नसकेको बेला सबै आइसोलेसन केन्द्रमा अत्यन्त...
  • काम रोकेर आन्दोलनमा व्यस्त

    काठमाडौं । कोभिड–१९ को जोखिम झन् बढ्दै गएको छ । विश्वव्यापी रूपमै यो महामारीले सताउँदा अग्रपंक्तिमा रहेर स्वास्थ्यकर्मीका साथै अस्पतालमा कार्यरत कर्मचारीहरूले महामारीविरुद्ध आफूहरूलाई उभ्याए । नेपालका स्वास्थ्यकर्मीहरूले पनि कोभिड–१९ मा खेलेका भूमिकालाई सराहना गर्ने गरिएको छ । तर, कोभिड–१९ को जोखिम बढ्दै जाँदा निजामती कर्मचारी अस्पतालमा कार्यरत कर्मचारीहरू भने...
  • ६ अर्ब उठ्नेमा अझै आशंका

    काठमाडौं । डेडिकेटेड र टंक लाइनको महसुल विवाद सुल्झाउने जिम्मा विद्युत् नियमन आयोगलाई दिने भित्री तयारी चलिरहे पनि सो आयोगको क्षमतामाथि प्रश्नचिह्न उब्जिएको छ । यो विवाद सुल्झाउन आयोगले नसक्ने जिकिर गर्न थालिएको छ । तर, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भने सो आयोगलाई नै जिम्मा दिन खोजेको छ ।...

चक्रपथ

चारवटै विषयगत सभापति यथावत्

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतका समितिहरूमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका छन् । हाल निर्विरोध निर्वाचित भएकाहरू नै यसअघि पनि त्यही समितिका सभापति थिए । कार्यकाल सकिएपछि पुनः उनीहरूलाई नै सभापतिमा चयन गरिएको हो । समिति सभापति चयन गर्न शुक्रबार निर्वाचन भएको हो । निर्वाचनबाट प्रत्यायोजित व्यवस्थापन...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पारिजात ः एउटी स्वाभिमानी स्रष्टा

दार्जिलिङको सुन्दर प्रकृतिको काखमा डुबुल्की मार्दै कहिले फ्रकभरि चाँपका कोपिला बटुलेर नागबेलीको माला लगाएर, जंगलमा लुकामारी खेलेर बाल्यकाल बिताएकी पारिजातको प्रारम्भिक शिक्षा त्यही नै सम्पन्न भएको थियो । सांस्कृतिक कार्यकलापमा बढी रुचि देखाउने पारिजातको पढाइ भने मध्यमस्तरको थियो । उनले अनौपचारिक रूपमा घरमै केही अध्ययन गरेर औपचारिक अध्ययनका लागि दार्जिलिङका...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

छोटो क्यानभासको चित्र

सामन्तकालीन अर्थ, सामाजिक, राजनीतिक र सांस्कृतिक व्यवस्थाले नारीलाई एउटा ‘तुच्छ वस्तु’ का रूपमा परिभाषित ग¥यो । नारीको बहुमुखी अस्तित्वलाई स्वीकार गर्न तत्कालीन समाजव्यवस्थाले चाहेन । एउटा भनाइ नै बन्यो, ‘वीर भोग्या वसुन्धरा...।’ सामन्तवादभन्दा धेरै हिसाबले प्रगतिशील ठानिने पुँजीवादले पनि नारीलाई ‘वीर भोग्या वसुन्धरा’ को तहभन्दा माथि उकास्ने चाहना राखेन ।...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • प्रहरी कार्यालयले नै कोरोनो ल्याउने त्रास

    काठमाडौं । गोंगबुस्थित एक होटलमा बस्दै आएका रोल्पाका कृष्णबहादुर बोहोराको हत्याप्रकरणमा नेपालप्रहरीले तत्कालै चितवनबाट अभियुक्तप्रकाउ गरेर अनुसन्धानमा सफलताप्राप्त गरेको छ । चितवनकीकल्पना मुडभरी (पौडेल) ले आफैंले हत्या गरेको स्वीकारसमेत गरिसकेकीछन् । तर, सोही सन्दर्भमामंगलबार महानगरीय प्रहरी परिसर टेकुमापत्रकार सम्मेलन गरेर भने प्रहरीले उल्टै कोरोना संक्रमण पो फैलायो किभन्ने आशंका बढाएको...
  • कमलामाई–मेसान मैत्रीपूर्ण सम्बन्ध कायमै

    काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका र चीनको सिचुवान प्रान्तस्थित मेसान सिटीबीच मैत्रीपूर्ण सम्बन्ध स्थापना भएको छ । बुधबार आयोजना गरिएको भर्चुअल समारोहमा कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्री र मेसान सिटीका मेयर ह्यु आनखुनले समझदारीपत्रमा हस्ताक्षर गरे । दुवै नगरका प्रमुखले आपसी हितका आधारमा मैत्रीपूर्ण सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता जनाएका छन्...
  • सेनाका परिवारलाई ७ लाख रुपैयाँ

    काठमाडौं । मोेटरसाइकल दुर्घटनामा परी असामयिक निधन भएका नेपाली सेनाका सिपाही शिवराज रानाका परिवारलाई मेगा बैंक नेपाल लिमिटेडले बिमाबापत ७ लाख रुपैयाँ प्रदान गरेको छ । मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट’ खोलेका दिवंगत सैनिक जवान रानालाई मेगा बैंकले सोही खाताको बिमाबापत ७ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।...