8th December 2019, Sunday

E-budhabar
Header Right Side NTC Advertisement

उपनिर्वाचनको सरगर्मी सुरु



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मंसिर १४ मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारको छनोट गरेको छ । आइतबार बसेको सचिवालय बैठकले प्रतिनिधिसभामा कास्की–२ सँगै प्रदेशसभाअन्तर्गत भक्तपुर र दाङ तथा धरान उपमहानगरपालिका प्रमुखको उम्मेदवार टुंगो लगाएको हो ।
नेकपाले उपनिर्वाचनका लागि कास्की–२ बाट विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी स्वर्गीय रवीन्द्र अधिकारीकी पत्नी हुन् । सोही क्षेत्रबाट निर्वाचित भएका तत्कालीन पर्यटनमन्त्री अधिकारीको हवाई दुर्घटनामा निधन भएको थियो । उनको निधनपछि सो क्षेत्रमा नेकपाका नेता तथा सचिवालय सदस्य वामदेव गौतमलाई उठ्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरे पनि उनले अस्वीकार गरेका थिए । क्षेत्रीय कमिटीले सो क्षेत्रमा विद्याको नाम मात्र प्रस्ताव गरेको थियो । प्रस्तावित नामलाई सचिवालय बैठकले अनुमोदन गरेको हो । त्यस्तै, सचिवालय बैठकले खाली रहेको प्रदेश सभाअन्तर्गत भक्तपुरबाट देवीप्रसाद ढकाल र दाङबाट विमला ओलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै, धरान उपमहानगरपालिकाका लागि प्रकाश राईलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरिएको छ ।
भक्तपुर–१ (क) प्रदेशसभा सदस्य हरिशरण लामिछानेको हृदयाघातका कारण निधन भएपछि सो क्षेत्र खाली भएको थियो । ढकाललाई सिफारिस गरिएपछि अहिले त्यहाँ नेकपा कार्यकर्ताले नै पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । पहिले बागी उम्मेदवारी दिएकै व्यक्तिलाई पार्टीले उम्मेदवार बनाएको भन्दै कार्यकर्ताले असन्तुष्टि जनाएका छन् । दाङ–३ (ख) बाट उम्मेदवार बनाइएकी ओली स्वर्गीय उत्तरकुमार ओलीकै पत्नी हुन् । स्थानीय तह निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित उत्तरकुमारको सडक दुर्घटनामा परी निधन भएको थियो ।
उम्मेवारहरूको टुंगो लागेसँगै नेकपाले चुनावी गतिविधि तीव्र रूपमा अगाडि बढाएको छ । कास्कीमा चुनावी सभा सुरु भइसकेको छ । चुनावी सभालाई सम्बोधन गर्दै विद्याले आफू पतिवियोगको समवेदना लिएर मात्र राजनीतिमा नहोमिएको बताएकी छन् । पार्टी एकतापछिको पहिलो निर्वाचन भएकाले चुनावी माहोल नेकपाको पक्षमा देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

श्री लालीगुँरास सहकारीको २०औं साधारणसभा सम्पन्न

ShareTweet ललितपुर । ललिलतपुर महानगरपालिका–३ पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । पूर्वप्रधानमन्त्री- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

रहेनन् यथार्थका अन्वेषक

ShareTweet मितभाषी, मृदुभाषी । थाहा भएन, गते र बार । न त महिना नै । पहिलोपटक विनयकुमार कसजू सरलाई भेट्दा उहाँका बानी, बेहोरा र अरूसँग प्रस्तुत हुने शैलीले आकर्षित तुल्याएको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

संवेदनाको उच्चता

ShareTweet कवि गोकुल अधिकारीको कविताका स्वर बहुआयामिक छन् । देश, समाज र पारिवारिक जीवनभित्रका विभिन्न निर्मम यथार्थलाई सहज रूपमा चित्रित गर्न उनी माहिर देखिन्छन्- ...
पूरा पढ्नुहोस्

छोटकरीमा