4th July 2020, Saturday

E-budhabar
Header Right Side NTC Advertisement

आफ्नै ठगी बुद्धिले रूपज्योति फन्दामा

आफ्नै ठगी बुद्धिले रूपज्योति फन्दामा

काठमाडौं । अर्बौंको कारोबार भएका चर्चित व्यापारी रूपज्योति करोड चानचुनको ठगीमा परेका छन् । जग्गा बेच्न भन्दै विज्ञेन्द्र मल्लसँग एक करोड २६ लाख बैना लिएर जग्गाको भाउ बढेपछि जग्गा नदिएका कारण उनी ठगीमा परेका हुन् । जग्गाको भाउ बढेपछि ‘तिम्रो बैना फिर्ता लैजाऊ, त्यसमा म आफैं घर बनाउँछु’ भन्दा खरिदकर्ता मल्लले नमानेपछि यस्तो समस्या आएको हो ।
रूपज्योतिले मल्ललाई पटकपटक ठगी गरेको बारे बुधबारले यसअघि नै समाचार प्रकाशन गरेको थियो । मल्लले ठगी मुद्दा दायर गरेपछि बाठो भएर त्यति थैली अदालतमा जम्मा गरेर कानुनको नजरमा मुक्त हुने प्रयास गरे पनि अन्ततः रूपज्योति विदेशबाट आउँदाआउँदै विमानस्थलमा नै पक्राउ परेका हुन् । जतिसुकै ठूलो व्यापारिक घराना भए पनि कानुनका नजरमा सबै समान छन् भन्ने पनि यस घटनाले पुष्टि गरेको छ । त्यति मात्र होइन, देशमा कानुन छ भन्ने अनुभूति सर्वसाधारणले पनि यो घटनापछि गर्न थालेका छन् । रूपज्योतिले त्यो जग्गा छोरीका नाममा रहेको कम्पनीलाई दिएर ‘मैले बैना लिएकै होइन’ भनी अदालतमा समेत झूट बोल्न भ्याइसकेको देखिएको छ ।
आपूmलाई विपस्याना ध्यान तथा योगको आचार्यसमेत बताउने रूपज्योतिले कोलोनी बनाउने भन्दै सर्वसाधारणबाट रकम उठाएर वर्षाैंदेखि झुलाउँदै आएका थिए । आजभन्दा झन्डै चार वर्षअगाडि २०७१ जेठमा ‘बाँसबारी कोलोनी’ले घरहरू निर्माण गरी बिक्री गर्न लागेको र उक्त कोलोनी सञ्चालक ज्योति समूह रहेको थाहा पाएपछि सर्वसाधारणले घर बुकिङ गरेको बताइन्छ । ल्यान्डमार्क डेभलपर्स प्रालिका नाममा रहेको जग्गामा सीई कन्स्ट्रक्सनले २२ वटा घर बनाएर जिम्मा लगाउने भनिएको रहेछ । त्यसरी घर बुकिङका लागि १० लाख डाउन पेमेन्ट गर्ने मध्येका विज्ञेन्द्रकृष्ण मल्ल पनि एकजना ग्राहक रहेछन् । मल्लले २०७१ साल जेठ २ गते १० लाख रूपैयाँ तिरेर घर बुक गरेका रहेछन् । करिब सात आना जग्गामा कमर्सियल हिसाबको घर बनाएर ह्यान्डओभर गर्ने सम्झौता पनि गरिएको रहेछ । तर, उक्त सीई कन्स्ट्रक्सनले अहिलेसम्म मल्ललगायतलाई घर बनाएर दिनु त कहाँ हो कहाँ उल्टै रकमसमेत पचाउने षडयन्त्र गरेपछि पीडितहरू अहिले न्याय खोज्दै भौतारिएको थाहा भएको छ । त्यसो त सो कम्पनीले घर नबनाएको भने होइन । सञ्चालकहरूले सातवटा घर आपूmहरूकै नाममा बनाएको र केही घर नयाँ ग्राहक खोजेर बिक्री गरेको पाइएको छ । तर, जसले पहिलेदेखि बुकिङ गरेर रकम फसाए उनीहरूलाई भने हेरेको हे¥यै बनाइएको हो । ल्यान्डमार्क कम्पनीले आज दिने भोलि दिने भन्न लागेको समेत एक वर्षभन्दा बढी भइसकेको मल्लले बताएका छन् । मल्लका अनुसार जग्गा नै पास नगरिदिएका कारण नक्सा पाससमेत हुन सकेको छैन । उल्टै पुराना ग्राहकहरूलाई पार्टनरसिपको आश्वासन बाँड्ने कोसिस भइरहेको मल्लले बताए । रूपज्योतिहरूले भने सुनेको नसुन्यै गर्ने गरेको गुनासो पीडितहरूको थियो । कतिपयले त उनीहरूले यसैगरी साधारण व्यक्तिको पैसा वर्षाैं चलाएर अकूत सम्पत्ति जोडेको आरोपसमेत लगाएका छन् । प्रतिष्ठित उद्योगपति रूपज्योति ठगी आरोपमा पक्राउ पर्नु नै लज्जाजनक र सम्पूर्ण व्यवसायीहरूको शिर निहुराउनुपर्ने विषय भएको बताइन्छ ।
सो जग्गा बिक्री गरेपछि मल्लले रूपज्योतिसँग १९ नम्बरको प्लट खरिदका लागि आफूले १ करोड २६ लाख दिएको र उक्त जग्गा दिन भने । तर, जग्गा बिक्री भइसकेको थियो । त्यसपछि मल्लले रूपज्योतिविरुद्ध दरबारमार्ग प्रहरी वृत्तमा ठगीमा उजुरी दिएर थुनाउन खोजेपछि उनले जिल्ला अदालत काठमाडौंमा निषेधाज्ञा आदेश माग गर्दै मुद्दा हाले । अदालतले उक्त विषय देवानी भएको ठहर ग¥यो । जसअनुसार रूपज्योतिले मल्लको रकम आफूले लिँदै नलिएको भए पनि १ करोड २६ लाख ७ सय ५० रूपैयाँ काठमाडौं जिल्ला अदालतमा लगेर र फुयाँल र मल्ललाई दिइदिन भनी जम्मा गरिदिए । अदालतले देवानी विषय ठहर गरिसकेको अवस्थामा प्रहरीले २०७५ मंसिर १६ मा रूपज्योतिको परिवारविरुद्ध ठगी मुद्दा दर्ता ग¥यो । र, अदालतले प्रहरीको मागबमोजिम पक्राउ पुर्जी पनि जारी ग¥यो । अन्ततः प्रहरी सक्रियतामा उनी चिसो खोरमा बस्न बाध्य भएका छन् । प्रतिष्ठित व्यापारी भएकै आधारमा कानुनी नजरमा छुट हुनुपर्छ भन्ने कुराको तुक नभएको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • प्रदेश प्रमुखकसँग राष्ट्रपति रुष्ट

    काठमाडौं । संवैधानिक भूमिका र पदीय मर्यादालाई बिर्सिंदै राजनीतिक दलका प्रमुखको निवासमा पुगेर मागपत्र पेस गरेको सूचना पाएपछि राष्ट्रपति विद्या भण्डारी प्रदेश प्रमुखहरूसँग रुष्ट भएकी छन् । प्रदेश प्रमुखहरूको त्यस्तो कदमले लज्जाबोध गराएको भन्दै संविधानविद्ले चिन्ता व्यक्त गरेका छन् भने आमनागरिकसमेत आक्रोशित भएका छन् । प्रसंग गत २ गतेको हो...
  • रोकिएन हायातको मनपरी

    काठमाडौं । २७ वर्षअघि अर्थात् २०४९ सालदेखि आफूखुुसी गर्दै आएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको मनपरी अझै रोकिएको छ । होटलले फेरि आफूखुसी सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गराउने चलखेल सुरु गरेको छ । घाटा देखाउँदै नेपाल सरकारको लगानी ३९.६७ प्रतिशतबाट घटेर ९.०१ प्रतिशत घटाएको हायातले फेरि चलखेल सुरु गरेको हो...
  • दलाली गर्दै, पुरस्कार दिँदै

    काठमाडौं । साहित्यका नाममा दलाली गर्नेहरूको हामीकहाँ कमी छैन । लामो समयदेखि विभिन्न शक्तिकेन्द्र र व्यक्तिहरूलाई प्रभावमा पारेर साहित्यकै नाममा दलाली गर्दै आएको नइ प्रकाशनले राखेका विभिन्न पुरस्कारहरूको स्रोतहरू के हुन् भन्नेचाहिँ अहिलेसम्म गुपचुप नै देखिन्छ । नरेन्द्रराज प्रसार्इं र इन्दिरा प्रसाईंले दुई दशकअघि स्थापना गरेको नइ प्रकाशनले हरेक व्यवस्था...

चक्रपथ

बीजकोयाका हाकिमको यो हर्कत

काठमाडौं । प्रजनन पिँढी बीजकोया स्रोत केन्द्र बन्दीपुर तनहुँका हाकिम शंकरप्रसाद न्यौपानेको चर्तिकलाले सीमा नाघेको छ । अवकाशको केही महिना बाँकी रहँदा वरिष्ठ बाली संरक्षण अधिकृतको हैसियतमा रहेका उनले अनियमिता र भ्रष्टाचारको शृंखला नै चलाएको भन्दै सर्वत्र गुनासो आएको छ । माहुरी, च्याउ, रेशम खेतीलगायत बालीको विकास, विस्तार र अनुसन्धानसमेतको...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

‘गीता’ को राजनीति

कुनै वैचारिक मुद्दाका आधारमा नभई व्यक्तिगत टकरावको उत्पत्ति हुँदा विभाजनको पीडा झेल्ने नेपालका सीमित राजनीतिक दलमा पूर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले बदनामी कमाउँदै आएको छ । विभाजन र एकताको अनेक अभ्यास गरिसकेको सो पार्टी पछिल्लो समय फेरि एकताको सूत्रमा बाँधिएको छ । पछिल्लो समय तीन समूहमा विभाजित राप्रपा केही दिनपूर्व...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

फरक स्वरध्वनि

तीन दशकयता कविता–कर्म र साधनामै व्यस्त छन्, वीरु बाङ्देल । सिक्किमका बासिन्दा बाङ्देलले नेपाली भाषामा उम्दा काव्य सिर्जना गरेर पृथक पहिचान बनाउँदै आएका छन् । कवितालाई नै लेखनको मूल विषय बनाएका उनले आजको समाज र राजनीतिक परिस्थितिहरूको भित्री यथार्थको अभिव्यक्ति धेरै नै प्रभावशाली ढंगले पस्किँदै आएका छन् । उनको पछिल्लो...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • चिरायुको कर्जा फाइल किन गायब ?

    काठमाडौं । पदीय दुरुपयोगको चरम नमुना हेर्नुपरे नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले आफू पदमा रहँदा गरेका अनियमित कार्यहरू हेरे पुग्छ । विगतमा आफूले गरेका अनियमित कार्यहरूबाट सफाइ पाएको दाबी सिवाकोटीले गरे पनि कतिपय कसुरमा भने उनीमाथि कारबाही भएको छैन । डेपुटी गभर्नर भएपछि सिवाकोटीले चिरायु अस्पतालको कर्जा प्रवाह...
  • म्याट्रेस खरिदको १५ करोड फ्रिज हुने खतरा

    काठमाडौं । सरकारले दिएको पैसा समयमा नै खर्च गर्न नसक्दा नेपाल प्रहरीको म्याटेस खरिदका लागि छुट्याएको १५ करोड ४० लाख रुपैयाँ फ्रिज हुने अवस्था देखिएको छ । आर्थिक वर्ष सकिन अब चार महिना मात्र बाँकी छ । यो चार महिनामा नेपाल प्रहरीले खरिद गर्न सक्ने अवस्था नरहेको बताइन्छ । यो...
  • मुद्दती खाताको परिचय नै फे¥यो एनआईसीले

    काठमाडौं । एनआईसी एसिया बैंकले मुद्दती खातामा उच्च ब्याजदर सँगै २१ लाख रुपैयाँसम्मको बिमा सुविधा पनि दिँदै आएको छ । सर्वाधिक उच्च ब्याजदर पाइने खाताका रूपमा चिनिएको मुद्दती निक्षेप खातामा एनआईसी एसिया बैंकले न्यु सुपर चामत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बिमा सुविधा पनि थप गरेको हो । यसअघि विभिन्न...