15th August 2020, Saturday

E-budhabar
Header Right Side NTC Advertisement

रिमालसहित अधिकांशलाई पुनर्नियुक्ति

काठमाडौं । ‘प्रधानमन्त्रीको समृद्ध नेपाल ः सुःखी नेपाली अभियानको भरोसायोग्य सारथि हो, कमरेड विष्णु रिमाल । प्रमुख सल्लाहकार परिवर्तन हल्ला साबित हुनेछ ।’
रिमालसहित १३ जना प्रधानमन्त्रीका सल्लाहकार र स्वकीय सचिवालयका सदस्यको राजीनामापछि नयाँ पात्रहरूको नियुक्तिबारे अनेक अड्कलबाजी चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार सामाजिक सञ्जालमार्फत उनै रिमालले निरन्तरता पाउने यस्तो प्रस्ट सन्देश दिएका छन् । रिमाललाई हटाउनकै लागि प्रधानमन्त्रीले सिंगै टिमलाई राजीनामा गराउन लगाएको हल्ला चलिरहेका बेला पोखरेलको भनाइले ती सबै गलत हुन् भन्ने संकेत गरेको छ । प्रधानमन्त्री ओलीसँग नियमित संवादमा रहने पोखरेलको त्यस्तो स्टाटस आएपछि सल्लाहकार समूह र सचिवालय पुनर्गठनका क्रममा केही सदस्यबाहेक अधिकांश कायम रहने बताउन थालिएको छ । यसअघि रिमाललाई हटाएर अमेरिकाका लागि राजदूत वा राष्ट्रिय सभा सदस्य बनाउन लागेको हल्ला चल्दै आएको थियो ।
प्राविधिक रूपमा दक्ष, चुस्त समय व्यवस्थापन गरेर गतिशील भइरहन रुचाउने प्रमुख सल्लाहकार रिमाललाई पार्टी पंक्ति र बाहिर नेताका रूपमा भन्दा पनि ‘टेक्नोक्रेट’का रूपमा चिनिन्छ । भूगोलबाट राजनीति नगरेका कारण रिमालले नेता–कार्यकर्ताहरूको गुनासा र समस्या नबुझ्ने भएकाले प्रधानमन्त्रीलाई उनीहरूबाट टाढै राख्ने र खोपीको देवता बनाइरहेको आरोप लाग्दै आएको छ । तर, प्रधानमन्त्री कार्यालयलाई प्रविधिमैत्री बनाएर वाररुममार्फत ठूला विकास निर्माण आयोजनाको अनुगमन गर्ने, मोबाइल एप्समार्फत नै मन्त्रीहरूको कामको अनुगमन गर्ने कन्सेप्टको कार्यान्वयन रिमालकै नेतृत्वमा सम्भव भएको बताउने गरिएको छ । यद्यपि, छाया प्रधानमन्त्रीका रूपमा उनले मन्त्री र सचिवहरूलाई ‘डिक्टेड’ गर्ने गरेको, प्रधानमन्त्रीलाई आफ्नो अनुकूल सूचना मात्रै दिने गरेको, मन नपरेका मन्त्रीहरूलाई प्रधानमन्त्रीलाई भेट्नबाटै वञ्चित गर्दै आएको आरोप लागेको छ । तर, मुख्यमन्त्री पोखरेलले भने रिमालको गतिशीलता र सिर्जनाशीलता प्रधानमन्त्रीलाई सफल बनाउन आवश्यक रहेको भन्दै सल्लाहकार समूहमा नेतृत्व परिवर्तन नहुने स्पष्ट पारेका छन् । सल्लाहकारहरूमध्ये परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले निरन्तरता पाउने निश्चित रहेको बताइन्छ । तर, प्रेस सल्लाहकार डा. कुन्दन अर्याल र जनसम्पर्क सल्लाहकार अच्यूत मैनालीको भने विकल्प खोज्ने कि भन्ने सोचमा प्रधानमन्त्री पुगेको बताइन्छ । अर्यालले सरकारले गरेका राम्रा नीतिगत कामको सूचनामा पहुँच राखेर सम्पादक र बिट रिपोर्टरहरूलाई उचित रूपमा ‘कन्भे’ गर्न नसकेको, कतिपय कुरा अनुमानकै भरमा भनिदिँदा गलत सूचना सम्प्रेषण भइरहेको आरोप लाग्ने गरेको छ । उता मैनालीलाई सज्जन व्यक्तित्वका रूपमा लिइने भए पनि जनसम्पर्कमा उचित भूमिका निभाउन नसकेको आरोप लाग्दै आएको छ । विकास विज्ञका रूपमा पछिल्लोपटक सल्लाहकार समूहमा भित्रिएका घनश्याम भट्टराईको भूमिकाप्रति पनि प्रधानमन्त्री सन्तुष्ट नरहेको स्रोतको भनाइ छ ।
सूचना प्रविधि विज्ञ अस्गर अली, स्वकीय सचिव राजेश बज्राचार्य, सल्लाहकार समूहका चेतन अधिकारी र रामशरण बजगाईंलाई भने प्रधानमन्त्रीले निरन्तरता दिन चाहेको बताइन्छ । सूचना विश्लेषण र अनुगमनको महŒवपूर्ण आन्तरिक काम हेर्दै आएका बजगाईं स्वयंले भने पटक–पटक बाहिरिने चाहना राख्दै आएका छन् । पछिल्लोपटक प्रमुख स्वकीय सचिवमा नियुक्त इन्द्र भण्डारीले पनि निरन्तरता पाउने कि नपाउने निश्चित नरहेको बताइन्छ ।
सल्लाहकार र स्वकीय सचिवालय सदस्यलाई एकैपटक राजीनामा गर्न लगाएर कार्यशैलीमा आमूल सुधार गर्ने सन्देश दिएका छन् । फटाफट फास्ट ट्र्याक शैलीमा काम गर्ने योजनाका लागि राजीनामा दिएर सहयोग गर्न प्रधानमन्त्रीको निर्देशनपछि दुवै समूहका सदस्यले आगामी १ मंसिरबाट लागू हुनेगरी गत शुक्रबारै एकमुष्ट राजीनामा बुझाएका थिए । दोस्रो चरणमा भने आफूले जनाएको प्रतिबद्धता पूरा गर्न नसकेको प्रधानमन्त्री कार्यालयको चौमासिक समीक्षामा निरन्तर रेड जोनमा रहेका सातदेखि नौजना मन्त्रीलाई हटाउनेगरी प्रधानमन्त्रीले तयारी गरिरहेका छन् । तर, मन्त्रिमण्डल पुनर्गठन भने उपनिर्वाचनपछि मात्रै हुने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • कोरोनाका नाममा ३२ लाख झ्वाम

    काठमाडौं । कोभिड–१९ अर्थात् कोरेनाका कारण संसारभरि आक्रान्त फैलिरहेको बेला केहीलाई भने यो आर्थिक दुरुपयोग गर्ने मेलो भएको छ । जिल्ला अस्पताल तनहुँका कर्मचारीहरूले प्रदेश सरकारले पठाएको ५० लाख रकम त्यसैगरी मनपरी ढंगले भत्ताका नाममा खर्च गरेका छन् । आइसोलेसन र क्वारेन्टिनमा सिटामोलसम्म पुग्न नसकेको बेला सबै आइसोलेसन केन्द्रमा अत्यन्त...
  • काम रोकेर आन्दोलनमा व्यस्त

    काठमाडौं । कोभिड–१९ को जोखिम झन् बढ्दै गएको छ । विश्वव्यापी रूपमै यो महामारीले सताउँदा अग्रपंक्तिमा रहेर स्वास्थ्यकर्मीका साथै अस्पतालमा कार्यरत कर्मचारीहरूले महामारीविरुद्ध आफूहरूलाई उभ्याए । नेपालका स्वास्थ्यकर्मीहरूले पनि कोभिड–१९ मा खेलेका भूमिकालाई सराहना गर्ने गरिएको छ । तर, कोभिड–१९ को जोखिम बढ्दै जाँदा निजामती कर्मचारी अस्पतालमा कार्यरत कर्मचारीहरू भने...
  • ६ अर्ब उठ्नेमा अझै आशंका

    काठमाडौं । डेडिकेटेड र टंक लाइनको महसुल विवाद सुल्झाउने जिम्मा विद्युत् नियमन आयोगलाई दिने भित्री तयारी चलिरहे पनि सो आयोगको क्षमतामाथि प्रश्नचिह्न उब्जिएको छ । यो विवाद सुल्झाउन आयोगले नसक्ने जिकिर गर्न थालिएको छ । तर, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भने सो आयोगलाई नै जिम्मा दिन खोजेको छ ।...

चक्रपथ

चारवटै विषयगत सभापति यथावत्

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतका समितिहरूमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका छन् । हाल निर्विरोध निर्वाचित भएकाहरू नै यसअघि पनि त्यही समितिका सभापति थिए । कार्यकाल सकिएपछि पुनः उनीहरूलाई नै सभापतिमा चयन गरिएको हो । समिति सभापति चयन गर्न शुक्रबार निर्वाचन भएको हो । निर्वाचनबाट प्रत्यायोजित व्यवस्थापन...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पारिजात ः एउटी स्वाभिमानी स्रष्टा

दार्जिलिङको सुन्दर प्रकृतिको काखमा डुबुल्की मार्दै कहिले फ्रकभरि चाँपका कोपिला बटुलेर नागबेलीको माला लगाएर, जंगलमा लुकामारी खेलेर बाल्यकाल बिताएकी पारिजातको प्रारम्भिक शिक्षा त्यही नै सम्पन्न भएको थियो । सांस्कृतिक कार्यकलापमा बढी रुचि देखाउने पारिजातको पढाइ भने मध्यमस्तरको थियो । उनले अनौपचारिक रूपमा घरमै केही अध्ययन गरेर औपचारिक अध्ययनका लागि दार्जिलिङका...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

छोटो क्यानभासको चित्र

सामन्तकालीन अर्थ, सामाजिक, राजनीतिक र सांस्कृतिक व्यवस्थाले नारीलाई एउटा ‘तुच्छ वस्तु’ का रूपमा परिभाषित ग¥यो । नारीको बहुमुखी अस्तित्वलाई स्वीकार गर्न तत्कालीन समाजव्यवस्थाले चाहेन । एउटा भनाइ नै बन्यो, ‘वीर भोग्या वसुन्धरा...।’ सामन्तवादभन्दा धेरै हिसाबले प्रगतिशील ठानिने पुँजीवादले पनि नारीलाई ‘वीर भोग्या वसुन्धरा’ को तहभन्दा माथि उकास्ने चाहना राखेन ।...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • प्रहरी कार्यालयले नै कोरोनो ल्याउने त्रास

    काठमाडौं । गोंगबुस्थित एक होटलमा बस्दै आएका रोल्पाका कृष्णबहादुर बोहोराको हत्याप्रकरणमा नेपालप्रहरीले तत्कालै चितवनबाट अभियुक्तप्रकाउ गरेर अनुसन्धानमा सफलताप्राप्त गरेको छ । चितवनकीकल्पना मुडभरी (पौडेल) ले आफैंले हत्या गरेको स्वीकारसमेत गरिसकेकीछन् । तर, सोही सन्दर्भमामंगलबार महानगरीय प्रहरी परिसर टेकुमापत्रकार सम्मेलन गरेर भने प्रहरीले उल्टै कोरोना संक्रमण पो फैलायो किभन्ने आशंका बढाएको...
  • कमलामाई–मेसान मैत्रीपूर्ण सम्बन्ध कायमै

    काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका र चीनको सिचुवान प्रान्तस्थित मेसान सिटीबीच मैत्रीपूर्ण सम्बन्ध स्थापना भएको छ । बुधबार आयोजना गरिएको भर्चुअल समारोहमा कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्री र मेसान सिटीका मेयर ह्यु आनखुनले समझदारीपत्रमा हस्ताक्षर गरे । दुवै नगरका प्रमुखले आपसी हितका आधारमा मैत्रीपूर्ण सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता जनाएका छन्...
  • सेनाका परिवारलाई ७ लाख रुपैयाँ

    काठमाडौं । मोेटरसाइकल दुर्घटनामा परी असामयिक निधन भएका नेपाली सेनाका सिपाही शिवराज रानाका परिवारलाई मेगा बैंक नेपाल लिमिटेडले बिमाबापत ७ लाख रुपैयाँ प्रदान गरेको छ । मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट’ खोलेका दिवंगत सैनिक जवान रानालाई मेगा बैंकले सोही खाताको बिमाबापत ७ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।...