22nd January 2020, Wednesday

E-budhabar
Header Right Side NTC Advertisement

उपनिर्वाचन ः नेकपाको पक्षमा लहर

काठमाडौं । यही मंसिर १४ गते हुन लागेको प्रतिनिधिसभा एक, प्रदेश सभा दुई, उपमहानगरपालिका एकसहित रिक्त पदहरूको उपनिर्वाचनमा सत्तारूढ दल नेकपाको पक्षमा माहोल बलियो बन्दै गएको छ । प्रतिनिधिसभातर्फ कास्की–२ को उपनिर्वाचनमा नेकपाकी उम्मेदवार विद्या भट्टराईले भारी मतले जित हासिल गर्ने निश्चित देखिएको छ । विगतमा लगातार तीन निर्वाचनमा तत्कालीन एमालेका तर्फबाट रवीन्द्र अधिकारीले जितेको सो क्षेत्र वामपन्थीको बलियो किल्ला हो ।
अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि सो क्षेत्रमा नेकपाले उनकै पत्नी विद्यालाई उम्मेदवार बनाएको छ । एक त रवीन्द्रका अधुरा सपना पूरा गर्नुपर्ने जिम्मेवारी, अर्कातर्फ आफैं पनि निपुण र सक्षम उम्मेवार साथै नेपाली कांग्रेसबाट बनाइएका उम्मेवार अलोकप्रिय भएकाले पनि विद्याको जित सुनिश्चित बनेको हो । उमेरले पनि वृद्ध भइसकेका र कार्यकर्ताले समेत नचिन्ने पुराना कार्यकर्तालाई कांग्रेस सभापति शेरबहादुर देउवाले अरू पदाधिकारीले नचाहँदा नचाहँदै उम्मेदवार बनाएपछि कांग्रेस कार्यकर्ताले खुलेर आफ्नै उम्मेदवारलाई पनि सहयोग नगर्ने अवस्था सिर्जना भएको बताइन्छ ।
त्यस्तै दाङ प्रदेशसभामा पनि नेकपाकि उम्मेदवार विमला ओलीको जित सुनिश्चित बनेको छ । त्यहाँ यसअघि नेकपाकै उत्तर ओली निर्वाचित भएका थिए । नेकपाले त्यहाँ उनकै पत्नी विमलालाई उम्मेदवार बनाएको छ । भक्तपुरबाट नेकपाका उम्मेदवार डीपी ढकालको नामलाई लिएर नोमिनेसनअघिसम्म केही सानातिना विवाद उत्पन्न भए पनि अहिले जिल्लाको नेकपा नेतृत्व पुरै एकताबद्ध ढंगले ढकाललाई जिताउन मैदानमा होमिएकाले उनको जितमा कुनै शंका नभएको बताइन्छ । त्यहाँ यसअघि पनि नेकपाकै हरिशरण लामिछाने विजयी बनेका थिए । धरान उपमहानगरपालिका यसै पनि वामपन्थीको पुरानै किल्ला भएकाले नेकपाका उम्मेदवार प्रकाश राईले जित्नेमा शंका नभएको बताइन्छ । नेकपाका उम्मेदवारहरूले आ–आफ्नो निर्वाचन क्षेत्रमा अहिले घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • क–कसले जोगाए शिवराजलाई ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको निलम्बन–प्रकरण अन्ततः ‘हात्ती आयो, फुस्सा’ हुन पुगेको छ । वित्तीय अपचलन र अनियमितताको आरोप लगाएर निलम्बनमा परेका डेपुटी गभर्नर श्रेष्ठ कारबाही हुनबाट जोगिएका छन् । पदावधि सकिन केही समय मात्र बाँकी रहँदा डेपुटी गभर्नरमाथि गम्भीर प्रकृतिका आरोपहरू लागेको थियो र केही...
  • नाट्टामा चुनावी प्रतिस्पर्धा तीव्र

    काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् नाट्टालाई तीव्र चुनावी रन्को लागेको छ । यही माघ ३ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि हालका वरिष्ठ उपाध्यक्ष अच्यूत गुरागाईं, पूर्वमहासचिवद्वय भीमप्रसाद पन्त र मिहीका शाह धाख्वाले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । निर्वाचनमा तीन अलगअलग समूहले मनोनयन दर्ता...
  • नौ महिना बित्यो, छैन सुरसार

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलाई नौ महिनादेखि अड्किएर रहेको संघीय निजामती विधेयकलाई टुंगो लगाउनुपर्ने चुनौती उभिएको छ । मन्त्री भएलगत्तै सो विधेयकलाई अघि बढाउन पहल गरे पनि कर्मचारीहरूको विरोध र असन्तुष्टि रहेका कारण त्यत्तिकै थाती रहेको छ । केही दिनअघि संसदीय समितिमा बोलाइएका मन्त्री त्रिपाठीले ‘विधेयकबारे...

चक्रपथ

द्वन्द्वपीडित शिक्षकलाई राहत

काठमाडौं । द्वन्द्वकालीन समयमा पीडा झेलेका शिक्षकहरूले बल्ल राहत पाउने भएका छन् । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले सेवा अवधि बाँकी रहेका द्वन्द्वपीडित शिक्षकहरूलाई रिक्त दरबन्दीमा समायोजन गर्ने तयारी थालेको छ । द्वन्द्वपीडित शिक्षकहरूलाई रिक्त दरबन्दीमा समायोजन गर्ने विषयमा अर्थ मन्त्रालयले संकेत दिएपछि शिक्षा मन्त्रालयले सो प्रक्रियाको थालनी गरेको हो...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

कथित बाबा र साक्षीकर्ताहरू

धर्मको आड र आवरणमा अनैतिक क्रियाकलाप उद्घाटित हुने क्रम झन् बढ्दो छ÷फस्टाउँदो छ । पछिल्लो समय कृष्णदास गिरीको कर्तुत सहतमा उत्रिएसँगै धार्मिक टेकोमा हुँदै आएका शोषण, विकृति र व्यापार हामीकहाँ दिनानुदिन कसरी झाँगिदै गइरहेको रहेछ भन्ने स्पष्ट तस्बिर देखाउँछ । कथित बाबा वा धार्मिक गुरुहरूले सत्ता र शक्तिको आड र...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

वैचारिक ताप

निबन्ध विधालाई निरन्तर पछ्याउँदै रचना–कर्ममा निमग्न स्रष्टा हुन्, माधव काफ्ले । राजनीति, समाज र संस्कृतिलगायत क्षेत्रहरूमा देखिएका संगत–विसंगत पक्षहरूलाई उनले लेखन–कार्यमा समेट्दै आएका छन् । उनको पछिल्लो निबन्ध–कृति ‘लाक्षागृह’मा उनले पूर्ववर्ती दुई निबन्ध–सँगालो ‘लिगलिग कोट’ र ‘जीवन एउटा थोत्रो स्क्रिन’मा जस्तै आफू बाँचेको परिवेशका गहनदेखि सामान्य घटनाक्रमहरूलाई ‘नोटिस’ गर्न चाहेका...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • वैदेशिक रोजगार पत्रकार समाजमा थापा

    काठमाडौं । वैदेशिक रोजगार पत्रकार समाजको साधारणसभाले हरिबहादुर थापाको अध्यक्षतामा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार राजधानीमा सम्पन्न समाजको साधारणसभाले मिडिया मिसनका सञ्चालक थापाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो । वैदेशिक रोजगार क्षेत्रमा कलम चलाउने सक्रिय सञ्चारकर्मीहरूको संस्थाका रूपमा समाज १० वर्षअघि स्थापना भएको हो ।...
  • डिडिसीमा जिएमका लागि दौडधुप

    काठमाडौं । दुग्ध विकास संस्थानको महाप्रबन्धक पदका लागि दौडधुप सुरु भएको छ । सरकारले खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्ति गर्ने योजना अघि सारी आवेदन माग गरेपछि सो पदका लागि आकांक्षीहरूको दौडधुप चलेको हो । पछिल्लो सूचनाअनुसार संस्थानमा महाप्रबन्धक पदमा १० जनाले आवेदन दिएका छन् । आवेदन दिनेहरूमा शीतलकाजी श्रेष्ठ, बैकुण्ठ अधिकारी,...
  • यादव ‘आउट’, तुम्बाहाम्फे ‘इन’ !

    काठमाडौं । अन्ततः समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ । सो पार्टीबाट सरकारमा सहभागी उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले हिजै राजीनामा दिएका छन् । उपप्रधानमन्त्री यादवले सोमबारको मन्त्रीपरिषद् बैठकमा संविधान संशोधनसम्बन्धी प्रस्ताव टेबुल गर्न खोजे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेको भोलिपल्टै...