8th December 2019, Sunday

E-budhabar
Header Right Side NTC Advertisement

बालुवा ठगलाई उम्काउने खेल



काठमाडौं । प्रहरीले गुन्डानाइके सुकबहादुर लामा अर्थात् बाघेसहित २३ जनाविरुद्ध ठगीको आरोपमा पक्राउ गरेको थियो । लामो समय थुनामा राखी मुद्दा चलाउने तयारी गर्दै गर्दा फेरि उनीहरूलाई उम्काउने षड्यन्त्र हुन थालेको छ । उनीहरूले बालुवा, गिटी सप्लायर्स कम्पनी चलाउँदै आफ्नो गाडीमा बाक्सा फिट गरेर बालुवाको नाप घटाउँदै आएका थिए । उपभोक्ता हित संरक्षण मञ्चले लामो अध्ययन गरी उपभोक्ता ठगीमा पर्दै आएको दाबी सहित किटानी जाहेरी दिएपछि २३ व्यावसायी पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा जय महालक्ष्मी सप्लायर्सका प्रकाश श्रेष्ठ, बज्र इन्टरप्राइजेज सप्लायर्सका वीरेन्द्र कुइँकेल, शिवशक्ति सप्लायर्सका अर्जुन भुजेल, गरिमा सप्लायर्सका दीपेन्द्र केसी, कामना इन्टरप्राइजेजका बद्री गिरी, शुभकामना सप्लायर्सका सुरेन्द्र केसी, खाडादेवी निर्माण सप्लायर्सका प्रकाश भण्डारी, सेतीदेवी सप्लायर्सका राजु थापा, पञ्चेश्वर सप्लायर्सका महेश्वर श्रेष्ठ, धनेश्वर सप्लायर्सका सन्तोष कुँवर, श्रीभूमि सप्लायर्सका श्यामबहादुर मगर र नो नेम सप्लायर्सका पुष्कर थापा पनि छन् । त्यसैगरी श्रीकाली भैरव सप्लायर्सका बुद्धिराज थापामगर, कुण्डला सप्लायर्सका मदन प्रधान, कालिका सप्लायर्सका तोपनारायण श्रेष्ठ, आकर्षक सप्लायर्सका अर्जुन श्रेष्ठ, स्वयम्भू सप्लायर्सका कृष्णहरि नगरकोटी, महालक्ष्मी सप्लायर्सका मनोहर श्रेष्ठ, भ्याली क्वालिटी सप्लायर्सका जोगबहादुर तामाङ (विजय), गोरखकाली सप्लायर्सका गोपाल भण्डारी, विज्ञान सप्लायर्सका सिंहबहादुर तामाङ र नवअरुण सप्लायर्सका रामकृष्ण श्रेष्ठ छन् ।
उपभोक्ता हित संरक्षण मञ्चले दिएको उजुरीका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाले उनीहरूलाई पक्राउ गरेको थियो । महाशाखाले ती सप्लायर्सका ३५ वटा सवारीसाधन र चालकलाई पनि नियन्त्रणमा लिएको थियो ।
बालुवा ठगी काण्डमा मुछिएका मिनी ट्रक व्यवसायीहरूको एक समूह आइतबार मीनभवनस्थित यातायात व्यवस्था विभागमा पुगेर छलफलपछि निर्माण सामग्री बोक्ने मिनी ट्रकको समस्याबारे अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । तर, समितिले काम नथाल्दै विभागले निष्कर्ष निकालिसकेको छ, बालुवामा उपभोक्तासँग पैसा ठगिएको छैन, गाडीमा प्राविधि परिवर्तन गरेर झुक्याइएको मात्र हो । विभागको यस्तो निष्कर्षबाट आरोपी बालुवा व्यवसायी र यातायात व्यवसायीलाई उम्काउने चलखेल भएको स्पष्ट हुन्छ । गत कात्तिक १ गते मिनी ट्रकहरूमा बक्स बनाएर निर्माण सामग्रीको परिमाण घटाउँदै ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंका २३ वटा इँटा, गिट्टी, बालुवा र ढुंगाको डिपो सञ्चालकलाई पक्राउ गरेको थियो । उनीहरूमाथि ठगीसम्बन्धी कसुरमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमा थुनछेक बहसको क्रम चलिरहेको छ । यातायात व्यवस्था विभागले यही प्रकरणमा छुट्टै अनुसन्धान थाल्ने निर्णय गरेको पनि छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखा अनुसन्धानमा मिनी ट्रकभित्र पाँच इन्चसम्मको फलामे र काठको बाकस बनाई बालुवा, गिटी, इँटा र ढुंगाको परिमाण घटाएर बेच्ने गरेको पाइएको थियो । प्रहरीले यसलाई ठगीको दाबी गरिरहँदा व्यवसायीहरू भने प्राविधिक विषय ठह¥याउन खोजिरहेका छन् । ठगीबारे प्रहरीले अनुसन्धान गरेपछि यातायात तथा बालुवा व्यवसायीले भारवहन क्षमता उल्लंघन नहोस् भनेर बक्स बनाइएको तर्क गरेका छन् । मञ्चका महासचिव विष्णु तिमल्सिना यातायात व्यवस्था विभागले जनताको भन्दा व्यवसायीको पक्षपोषण गर्न थालेको आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

श्री लालीगुँरास सहकारीको २०औं साधारणसभा सम्पन्न

ShareTweet ललितपुर । ललिलतपुर महानगरपालिका–३ पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । पूर्वप्रधानमन्त्री- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

रहेनन् यथार्थका अन्वेषक

ShareTweet मितभाषी, मृदुभाषी । थाहा भएन, गते र बार । न त महिना नै । पहिलोपटक विनयकुमार कसजू सरलाई भेट्दा उहाँका बानी, बेहोरा र अरूसँग प्रस्तुत हुने शैलीले आकर्षित तुल्याएको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

संवेदनाको उच्चता

ShareTweet कवि गोकुल अधिकारीको कविताका स्वर बहुआयामिक छन् । देश, समाज र पारिवारिक जीवनभित्रका विभिन्न निर्मम यथार्थलाई सहज रूपमा चित्रित गर्न उनी माहिर देखिन्छन्- ...
पूरा पढ्नुहोस्

छोटकरीमा